< यशैया 28 >

1 एफ्राइमका प्रत्‍येक मतवालाहरूले लगाएका गौरवशाली फुलमाला र त्‍यसको महिमित सुन्दरताको ओइलाउने फुललाई, दाखमद्यले लट्ठ परेकाहरूका हरियाली बेसीको शिरमा लगाइएको फुलमालालाई धिक्‍कार!
Biada koronie pychy, pijakom Efraima, których wspaniała ozdoba jest więdnącym kwiatem rosnącym na szczycie urodzajnych dolin odurzonych winem!
2 हेर, परमप्रभुले शक्तिशाली र बलियो एक जनालाई, असिनाको हुरीबतासझैं अनि विनाशकारी आँधीझैं, मुसलधार झरी र बाडीको पानीझैं पठाउनुहुन्‍छ र उहाँले प्रत्‍येक फुलमालालाई जमिनमा फाल्‍नुहुनेछ ।
Oto ktoś od Pana, mocny i silny, jak burza gradowa, jak niszcząca nawałnica, jak ulewa gwałtownych rwących wód, rzuci [ją] na ziemię swoją ręką.
3 एफ्राइमका मतवालाहरूका गौरवशाली फुलमालालाई खुट्टाले कुल्चिमिल्ची गरिनेछ ।
Zostanie zdeptana nogami korona pychy, pijacy Efraima.
4 त्‍यसको महिमित सुन्दरताको ओइलाउने फुल अर्थात् धनी बेसीको शिरमा रहेको छ, त्‍यो पहिले पाकेको अन्‍जिरजस्‍तो हुनेछ, जब कसैले त्‍यसलाई देख्‍छ, तब आफ्नो हातमा हुँदा नै त्यसले त्‍यो निलिहाल्‍छ ।
A wspaniała ozdoba, która jest na szczycie urodzajnej doliny, będzie więdnącym kwiatem jak przed latem wczesny owoc; kto go tylko zobaczy, weźmie do ręki i zje.
5 त्यो दिनमा सर्वशक्तिमान् परमप्रभु नै सुन्दर मुकुट बन्‍नुहुनेछ र आफ्‍ना बाँकी रहेका मानिसहरूका निम्‍ति महिमाको मुकुट बन्‍नुहुनेछ ।
W tym dniu PAN zastępów będzie koroną chwały i diademem ozdoby dla resztki swojego ludu;
6 न्याय आसनमा बस्‍नेको निम्ति न्यायको आत्मा र आफ्‍ना ढोकाहरूमा आफ्ना शत्रुलाई फर्काउनेहरूका निम्ति सामर्थ्य हुनुहुनेछ ।
Duchem sądu dla zasiadającego w sądzie i mocą dla tych, którzy odpierają atak aż do bramy.
7 तर यिनीहरू पनि दाखमद्यले लरबराउछन् र कडा मद्यले लरखराउछन् । पुजारी र अगमवक्ता कडा मद्यले लरखाराउछन् र दाखमद्यले तिनीहरूलाई निल्छ । कडा मद्यले तिनीहरू लरखराउँछन्, तिनीहरू दर्शनमा लरखराउँछन् र निर्णयमा लरबराउँछन् ।
Ale również ci od wina błądzą i od mocnego napoju zataczają się. Kapłan i prorok błądzą od mocnego napoju, utonęli w winie, zataczają się od mocnego napoju, błądzą w widzeniach, potykają się w sądzie.
8 साँच्‍चै नै सबै टेबलहरू बान्ताले ढाकेकोछ, जसले गर्दा त्यहाँ कुनै सफा ठाउँ नै छैन ।
Wszystkie ich stoły bowiem są pełne wymiotów i plugastwa, tak że nie ma [czystego] miejsca.
9 त्यसले कसलाई ज्ञान सिकाउनेछ र त्यसले कसलाई सन्देश बताउनेछ? जसलाई दूध छोडाइएका छन् वा जसलाई बरखरै दूधबाट अलग गरिका छन्?
Kogo ma uczyć poznania? Komu ma wyjaśnić naukę? Czyż odstawionym od mleka i odłożonym od piersi?
10 किनकि यो आज्ञामाथि आज्ञा, आज्ञामाथि आज्ञा, नियममाथि नियम, नियममाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ ।
Ponieważ podaje się przykazanie za przykazaniem, przykazanie za przykazaniem, przepis za przepisem, przepis za przepisem, trochę tu, trochę tam.
11 साच्‍चै, यी मानिहरूसँग उहाँले गिल्‍ला गर्ने ओठहरू र विदेशी भाषामा बोल्‍नुहुनेछ ।
Bo wargami jąkających się i obcym językiem będę mówił do tego ludu.
12 विगतमा उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो विश्राम हो, जो थकित हुन्‍छ त्यसलाई विश्राम गर्न देओ । अनि यो ताजा हुने कुरा हो,” तर तिनीहरू सुन्‍दैनन् ।
A gdy im powiedział: To jest odpoczynek, dajcie odpocząć spracowanemu; to jest wytchnienie. Ale oni nie chcieli słuchać.
13 त्यसैले तिनीहरूको निम्ति परमप्रभुको वचन आज्ञामाथि आज्ञा, आज्ञामाथि आज्ञा, नियममाथि नियम, नियममाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ हुनेछ । ताकि तिनीहरू जान र पछि हट्न र तोडिन र समातिन सक्छन् ।
I słowo PANA będzie im: przykazanie za przykazaniem, przykazanie za przykazaniem, przepis za przepisem, przepis za przepisem, trochę tu, trochę tam, po to, aby szli, padli na wznak i rozbili się, aby zostali uwikłani i pojmani.
14 त्यसैले ए गिल्ला गर्नेहरू हो, तिमीहरू जसले यरूशलेममा भएका यी मानिसहरूमाथि राज्‍य गर्छौ, तिमीहरूले परमप्रभुको वचन सुन ।
Dlatego słuchajcie słowa PANA, wy, mężowie szyderczy, panujący nad tym ludem, który jest w Jerozolimie.
15 तिमीहरूले यसो भनेका हुनाले यस्‍तो हुनेछ, “हामीले मृत्युसित करार बाँधेका छौं र चिहनसँग हामी समहती गरेका छौं । त्यसैले डरलाग्‍दो कोर्राले हामीलाई भेट्टाउँदा, त्‍यो हामीकहाँ पुग्‍नेछैन । किनकि हामीले झुठलाई हाम्रो शरणस्थान बनाएका छौं र असत्‍यमा वास बसेका छौं।” (Sheol h7585)
Ponieważ mówicie: Zawarliśmy przymierze ze śmiercią i z piekłem mamy układ; gdy przejdzie bicz gwałtowny, nie dosięgnie nas, gdyż kłamstwo uczyniliśmy naszą ucieczką i skryliśmy się za fałszem; (Sheol h7585)
16 यसकारण परमप्रभु परमेश्‍वर भन्‍नहुन्छ, “हेर्, म सियोनमा एउटा जगको ढुङ्गा, जाँचिएको ढुङ्गा, बहुमूल्‍य कुनेढुङ्गा, एउटा बलयो जग राख्‍नेछु । जसले विश्‍वास गर्छ ऊ लाजमा पर्नेछैन ।
Dlatego tak powiedział Pan BÓG: Oto kładę jako grunt na Syjonie kamień, kamień wypróbowany, węgielny, drogocenny, utwierdzony fundament. Kto uwierzy, nie pospieszy się.
17 न्यायलाई म नाप्‍ने लट्ठी र धर्मिकतालाई साहुल बनाउनेछु । असिनाले झुटको शरणस्थानलाई बढार्नेछ र बाढीले लुक्‍ने ठाउँलाई डुबाउनेछ ।
A wykonam sąd według sznura, a sprawiedliwość według pionu. I grad zmiecie schronienie kłamstw, a wody zaleją kryjówkę.
18 मृत्युसँग गरेको तिमीहरूको करार खारेज हुनेछ र चिहानसँगको तिमीहरूको सहमति रहनेछैन । जब उर्लंदो बाढी आउँछ, त्‍यसले तिमीहरूलाई डुबाउनेछ । (Sheol h7585)
Wasze przymierze ze śmiercią zostanie zerwane, a wasz układ z piekłem nie ostoi się; gdy ten bicz gwałtowny przejdzie, zostaniecie przez niego zdeptani. (Sheol h7585)
19 जब त्‍यो आउँछ त्‍यसले तिमीहरूलाई डुबाउनेछ, त्‍यो हरेक बिहान आउनेछ र त्‍यो दिन र रात आउनेछ । जब सन्देश बुझिन्छ, त्‍यसले त्रास पैदा गर्नेछ ।
Jak tylko zacznie przechodzić, pochwyci was, bo każdego poranka będzie przechodzić, dniem i nocą. Sam tylko postrach zaprowadzi was do zrozumienia tego, co słyszeliście;
20 किनकि तन्केर सुत्‍नलाई ओछ्यान छोटो छ र आफूलाई ढाक्‍न कम्बल सानो छ ।”
Bo łóżko będzie za krótkie, aby się na nim rozciągnąć, przykrycie zbyt wąskie, by się nim owinąć.
21 पराजीम पर्वतझैं परमप्रभु उठ्नुहुनेछ । गिबोनको बेंसीमा झैं आफ्‍नो काम, आफ्‍नो अनौठो काम र उहाँको अद्‍भुत काम गर्न उहाँ उठ्नुहुनेछ ।
PAN bowiem powstanie jak na górze Perazym i rozgniewa się jak w dolinie Gibeon, aby dokonać swego dzieła, swego niezwykłego dzieła, aby dokończyć swoje zadanie, swoje niezwykłe zadanie.
22 यसकारण, अब गिल्ला नगर, नत्र तिमीहरूको बन्धन झन् कसिलो पारिनेछ । मैले सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरबाट पृथ्वीको विनाशको उर्दी सुनेको छु ।
Teraz więc nie naśmiewajcie się, aby wasze węzły nie zacisnęły się mocniej, gdyż słyszałem od Pana, BOGA zastępów, że postanowione jest zniszczenie na całej ziemi.
23 ध्यान देओ र मेरो आवाज सुन । ध्यान मग्‍न होओ र मेरा वचनहरू सुन ।
Nadstawcie uszu, posłuchajcie mego głosu; bądźcie uważni, słuchajcie mojej mowy.
24 छर्नलाई दिनभरि जोत्‍ने किसानले के जमिन जोत्‍ने काम मात्र गर्छ र? के उसले बाँजो फुटाउने र डल्लो फुटाउँछ मात्र गर्छ र?
Czyż oracz codziennie orze, aby siać? [Czy] robi bruzdy i bronuje swoją rolę?
25 जब त्यसले जमिन तयार पार्छ, के त्यसले सूँप छर्ने र जीराको बीउ फैलाउने, गहुँलाई ड्‍याङमा रोप्‍ने र जौलाई ठिक ठाउँमा र कठियालाई यसको छेउहरूमा रोप्दैन?
Czyż gdy wyrówna jej powierzchnię, nie rozsiewa czarnuszki, nie rozsiewa kminu i nie obsiewa pszenicą wyborną, jęczmieniem przednim i orkiszem w odpowiednich miejscach?
26 त्यसको परमेश्‍वरले त्यसलाई सिकाउनुहुन्छ । उहाँले त्यसलाई बुद्धिमनीसाथ सिकाउनुहुन्छ ।
Jego Bóg uczy go roztropności i poucza go.
27 अनि सूँपलाई हथौडाले झारिंदैन, न जीरालाई झार्न गाडा नै गुडाइन्छ । तर सूँपलाई लट्ठीले कुटिन्छ र जीरालाई लुहुरोले कुटिन्छ ।
Czarnuszki bowiem nie młóci się saniami młockarskimi ani nie przetacza się koła wozu po kminku; ale kijem wybija się czarnuszkę, a kminek – laską.
28 रोटी बनाउन अन्‍नलाई पिसिन्छ, तर अति मिहिन पारिंदैन, र त्‍यसको गाडाका पाङ्ग्राहरू र त्यसका घोडाहरूले यसलाई छरे तापनि त्यसका घोडाहरूले यसलाई चूरचूर पार्दैनन् ।
Pszenicę młóci się, ale nie bez końca, i nie pociera jej kołem wozu ani jej nie kruszy zaprzęgiem.
29 यो पनि सर्वशक्तिमान् परमप्रभुबाट नै आउँछ, जो शिक्षा दिनमा अति हसल र बुद्धिमा उत्कृष्‍ट हुनुहुन्छ । ‍
I to także pochodzi od PANA zastępów, który jest cudowny w radzie i wielki w działaniu.

< यशैया 28 >