< उत्पत्ति 18 >

1 दिउँसोको गर्मीमा मम्रेका फलाँटका रुखहरूछेउमा भएको आफ्‍नो पालको ढोकामा अब्राहाम बसेको बेला परमप्रभु तिनीकहाँ देखा पर्नुभयो ।
Againe the Lord appeared vnto him in the plaine of Mamre, as he sate in his tent doore about the heate of the day.
2 तिनले आफ्‍ना आँखा उठाएर हेरे, र तिनले आफ्‍नो सामु तिन जना मानिस उभिरहेका देखे । उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरे ।
And he lift vp his eyes, and looked: and lo, three men stoode by him, and when he sawe them, he ranne to meete them from the tent doore, and bowed himselfe to the grounde.
3 तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्‍नो दासलाई छोडेर नजानुहोस्‌ ।
And he said, Lord, if I haue now founde fauour in thy sight, goe not, I pray thee, from thy seruant.
4 केही पानी ल्‍याउन दिनुहोस्, र तपाईंहरू आफ्‍ना गोडा धुनुहोस्, र यही रुखमुनि आराम गर्नुहोस्‌ ।
Let a litle water, I pray you, be brought, and wash your feete, and rest your selues vnder the tree.
5 मलाई केही रोटी ल्‍याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस् । त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्‍नुहुन्छ, किनभने तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको छ ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर ।”
And I will bring a morsell of bread, that you may comfort your hearts, afterward ye shall go your wayes: for therefore are ye come to your seruant. And they said, Do euen as thou hast said.
6 तब अब्राहाम तुरुन्तै पालमा साराकहाँ गएर भने, “चाँडो पाँच पाथी मसिनो पिठो ल्याई मुछेर रोटी बनाऊ ।”
Then Abraham made haste into the tent vnto Sarah, and saide, Make ready at once three measures of fine meale: kneade it, and make cakes vpon the hearth.
7 अब्राहाम बथानतिर दौडेर गए, र एउटा कलिलो र असल बाछो लिएर नोकरलाई दिए, र त्‍यसलाई हतारमा तयार गर्न लागे ।
And Abraham ranne to the beastes, and tooke a tender and good calfe, and gaue it to the seruant, who hasted to make it ready.
8 तिनले दही, दूध र त्‍यो तयार गरिएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए । उनीहरूले खाँदा तिनी उनीहरूकै नजिक रूखमुनि उभिए ।
And he tooke butter and milke, and the calfe, which he had prepared, and set before them, and stoode himselfe by them vnder the tree, and they did eate.
9 उनीहरूले तिनलाई सोधे, “तेरी पत्‍नी सारा कहाँ छे?” तिनले जवाफ दिए, “त्यहीँ पालमा छिन्‌ ।”
Then they saide to him, Where is Sarah thy wife? And he answered, Beholde, she is in the tent.
10 परमप्रभुले भन्‍नुभयो, “आउँदो साल यही समयमा म निश्‍चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्‍नी साराले एक जना छोरो जन्‍माउनेछे ।” साराले चाहिँ उहाँको पछिल्तिर भएको ढोकाबाट यो कुरो सुनिरहेकी थिइन्‌ ।
And he saide, I will certainely come againe vnto thee according to ye time of life: and loe, Sarah thy wife shall haue a sonne. and Sarah heard in the tent doore, which was behinde him.
11 अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर ढल्किसकेको थियो । साराको बच्‍चा जन्माउने उमेर बितिसकेको थियो ।
(Nowe Abraham and Sarah were old and striken in age, and it ceased to be with Sarah after the maner of women)
12 यसकारण सारा मनमनै यसो भन्‍दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा स्वामी पनि वृद्ध भइसक्‍नुभएको छ, के मैले सुख पाउँछु र?”
Therefore Sarah laughed within her selfe, saying, After I am waxed olde, and my lord also, shall I haue lust?
13 तब परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “‘बुढेसकालमा मैले छोराछोरी पाउँछु र भनेर सारा किन हाँसी’?
And ye Lord saide vnto Abraham, Wherefore did Sarah thus laugh, saying, Shall I certainely beare a childe, which am olde?
14 परमप्रभुको निम्‍ति कुनै कुरो कठिन छ र? अर्को साल मैले तोकेको समयमा म तँकहाँ फर्किआउनेछु । अर्को वर्ष यही समयमा साराको एक जना छोरा हुनेछ ।”
(Shall any thing be hard to the Lord? at the time appointed will I returne vnto thee, euen according to the time of life, and Sarah shall haue a sonne.)
15 त्यसपछि साराले इन्कार गर्दै यसो भनिन्, “म हाँसिनँ ।” किनभने तिनी डराइन्‌ । तर उहाँले जवाफ दिनुभयो, “होइन, तँ हाँसेकै होस् ।”
But Sarah denied, saying, I laughed not: for she was afraide. And he said, It is not so: for thou laughedst.
16 तब ती पुरुषहरू उठे र सदोमतिर तल हेरे । अब्राहाम अलि परसम्‍म उनीहरूलाई बिदा गर्न गए ।
Afterwarde the men did rise vp from thence and looked toward Sodom: and Abraham went with them to bring them on the way.
17 तर परमप्रभुले भन्‍नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?
And the Lord said, Shall I hide from Abraham that thing which I doe,
18 अब्राहामबाट एउटा ठुलो र शक्तिशाली जाति बन्‍नेछ, र त्‍यसद्वारा नै पृथ्‍वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌ ।
Seeing that Abraham shalbe in deede a great and a mightie nation, and all the nations of the earth shalbe blessed in him?
19 किनभने मैले त्‍यसलाई आफ्‍ना छोराछोरीहरू र घरानालाई धर्म र न्‍याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस्‌ भनेर छानेको छु, ताकि परमप्रभुले अब्राहामलाई भन्‍नुभएको कुरा पुरा गर्नुभएको होस् ।”
For I knowe him that he will commande his sonnes and his houshold after him, that they keepe the way of the Lord, to doe righteousnesse and iudgement, that the Lord may bring vpon Abraham that he hath spoken vnto him.
20 तब परमप्रभुले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आवाज धेरै ठुलो, र तिनीहरूका पाप साह्रै गम्भीर भएको कारण
Then the Lord saide, Because the crie of Sodom and Gomorah is great, and because their sinne is exceeding grieuous,
21 मकहाँ आएको त्यसको विरुद्धको आवाजअनुसार तिनीहरूले गरेका छन् कि छैनन् भन्‍ने कुरा हेर्नलाई म तल जानेछु । होइन रहेछ भने मलाई थाहा हुनेछ।”
I will goe downe nowe, and see whether they haue done altogether according to that crie which is come vnto me: and if not, that I may knowe.
22 यसकारण ती पुरुषहरू त्‍यहाँबाट सदोमतिर गए, तर अब्राहामचाहिँ परमप्रभुको सामु उभिरहे ।
And the men turned thence and went toward Sodom: but Abraham stoode yet before the Lord.
23 तब अब्राहामले नजिक गएर भने, ‘के तपाईंले धर्मीहरूलाई पनि दुष्‍टहरूसँगै नष्‍ट गर्नुहुनेछ?
Then Abraham drewe neere, and said, Wilt thou also destroy the righteous with the wicked?
24 सायद त्‍यस सहरमा पचास धर्मी जन छन् होला । के त्‍यसमा भएका पचास धर्मी जनका निम्‍ति त्‍यस सहरलाई नजोगाएर नष्‍ट पार्नुहुनेछ र?
If there be fiftie righteous within the citie, wilt thou destroy and not spare the place for the fiftie righteous that are therein?
25 धर्मीलाई पनि दुष्‍टलाई जस्तै व्यवहार गरेर दुष्‍टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्‍वीका न्‍यायकर्ताले न्यायोचित काम गर्नुहुन्‍न र?
Be it farre from thee from doing this thing, to slay the righteous with the wicked: and that the righteous should be euen as the wicked, be it farre from thee. shall not the Iudge of all the worlde doe right?
26 परमप्रभुले भन्‍नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर सारा सहरलाई छोड़िदिनेछु ।”
And the Lord answered, If I shall finde in Sodom fiftie righteous within the citie, then will I spare all the place for their sakes.
27 अब्राहामले जवाफ दिएर भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु ।
Then Abraham answered and said, Behold nowe, I haue begun to speake vnto my Lord, and I am but dust and ashes.
28 यदि त्यहाँ पाँच कम पचास जना धर्मी जन रहेछन्‌ भने? केवल पाँच मात्र घटी भएको कारण तपाईं सारा सहरलाई नै नाश गर्नुहुनेछ?” त्यसपछि उहाँले भन्‍नुभयो, “यदि मैले त्‍यहाँ पैँतालीस पाएँ भने म त्‍यो नाश गर्नेछैनँ ।”
If there shall lacke fiue of fiftie righteous, wilt thou destroy all the citie for fiue? And he saide, If I finde there fiue and fourtie, I will not destroy it.
29 तिनले फेरि उहाँसँग बोल्दै भने, “यदि त्‍यहाँ चालीस रहेछन्‌ भने?” उहाँले भन्‍नुभयो, “चालीस जनाका खातिर पनि म त्‍यसो गर्नेछैनँ।”
And he yet spake to him againe, and saide, What if there shalbe found fourtie there? Then he answered, I will not doe it for fourties sake.
30 तिनले भने, “परमप्रभु रिसानी नहोस् ताकि म अझै बोल्न सकूँ । यदि त्‍यहाँ तिस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ तिस जना नै पाएँ भने पनि म त्‍यसो गर्नेछैनँ ।”
Againe he said, Let not my Lord nowe be angry, that I speake, What if thirtie be founde there? Then he saide, I will not doe it, if I finde thirtie there.
31 तिनले भने, “हेर्नुहोस्, मैले परमप्रभुसँग कुरा गर्ने आँट गरेको छु । बिस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “बिस जनाका खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ ।”
Moreouer he said, Behold, now I haue begonne to speake vnto my Lord, What if twentie be founde there? And he answered, I will not destroy it for twenties sake.
32 तिनले भने, “परमप्रभु रिसानी नहोस्‌। अब अन्तिम एक पल्ट बोल्‍नेछु । सायद त्‍यहाँ दस जना पाइन्छन् होला?” उहाँले भन्‍नुभयो, “दश जनाका खातिर पनि म त्‍यो नाश गर्नेछैनँ ।”
Then he saide, Let not my Lord be nowe angrie, and I will speake but this once, What if tenne be found there? And he answered, I will not destroy it for tennes sake.
33 अब्राहामसित कुरा गरिसक्‍ने बित्तिकै परमप्रभु गइहाल्‍नुभयो, र अब्राहामचाहिँ आफ्‍नो घर फर्के ।
And the Lord went his way when he had left communing with Abraham, and Abraham returned vnto his place.

< उत्पत्ति 18 >