< एज्रा 8 >

1 राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट मसितै आएका परिवारका अगुवाहरू यिनै हुन्:
A oto naczelnicy rodów i rodowody tych, którzy wyruszyli ze mną z Babilonu za panowania króla Artakserksesa:
2 पीनहासका परिवारका– गेर्शोम । ईतामारका परिवारका– दानिएल । दाऊदका परिवारका– शकन्‍याहका छोरा हत्तूश,
Z synów Pinchasa – Gerszom; z synów Itamara – Daniel; z synów Dawida – Chattusz;
3 परोशका परिवारका– जकरिया र तिनीसँग दर्ता भएका १५० पुरुष जसको विवरण तिनको वंशावलीमा लेखिएको छ ।
Z synów Szekaniasza, z synów Parosza – Zachariasz, a z nim spisanych według rodowodów było stu pięćdziesięciu mężczyzn;
4 पहत-मोआबका परिवारका– जरयाहका छोरा एल्‍यहोएनै र तिनीसँग २०० पुरुष थिए ।
Z synów Pachat-Moaba – Elioenaj, syn Zerachiasza, a z nim dwustu mężczyzn;
5 जत्तूका परिवारका– बेन यहासेल र तिनीसँग ३०० पुरुष थिए ।
Z synów Szekaniasza – syn Jahaziela, a z nim trzystu mężczyzn;
6 आदीनका परिवारका– जोनाथनका छोरा एबेद र तिनीसँग ५० पुरुष थिए ।
Z synów Adina – Ebed, syn Jonatana, a z nim pięćdziesięciu mężczyzn;
7 एलामका परिवारका– अतल्‍याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष थिए ।
Z synów Elama – Jeszajasz, syn Ataliasza, a z nim siedemdziesięciu mężczyzn;
8 शपत्‍याहका परिवारका– मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष थिए ।
Z synów Szefatiasza – Zebadiasz, syn Mikaela, a z nim osiemdziesięciu mężczyzn;
9 योआबका परिवारका– यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष थिए ।
Z synów Joaba – Obadiasz, syn Jechiela, a z nim dwustu osiemnastu mężczyzn;
10 बानीका परिवारका– योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष थिए ।
Z synów Szelomita – syn Josifiasza, a z nim stu sześćdziesięciu mężczyzn;
11 बेबैका परिवारका– बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष थिए ।
Z synów Bebaja – Zachariasz, syn Bebaja, a z nim dwudziestu ośmiu mężczyzn;
12 अज्‍गादका परिवारका– हक्‍कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष थिए ।
Z synów Azgada – Johanan, syn Hakkatana, a z nim stu dziesięciu mężczyzn;
13 अदोनीकामका परिवारका– पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुष थिए ।
Z synów Adonikama [wyruszyli] ostatni, a oto ich imiona: Elifelet, Jejel i Szemajasz, a z nimi sześćdziesięciu mężczyzn;
14 बिग्‍वैको परिवारका– उत्तै र जक्‍कूर, र तिनीहरूसँग ७० पुरुष थिए ।
Z synów Bigwaja – Utaj i Zabbud, a z nimi siedemdziesięciu mężczyzn.
15 मैले यात्रुहरूलाई अहावातिर बग्‍ने नहरमा जम्मा गरें, र हामीले त्यहाँ तिन दिनसम्म छाउनी हाल्‍यौं । मैले मानिसहरू र पुजारीहरूको जाँच गरें तर त्यहाँ लेवीका सन्तानहरू कोही पनि पाइनँ ।
I zgromadziłem ich nad rzeką, która płynie do Achawy, i obozowaliśmy tam przez trzy dni. Potem dokonałem przeglądu ludu i kapłanów, a z synów Lewiego nie znalazłem tam [żadnego].
16 त्यसैले एलीएजर, अरीएल, शमायाह, एल्‍नातान, यारीब र एल्‍नातान र नातान, जकरिया र मशुल्‍लाम जो अगुवाहरू थिए, अनि योयारीब र एल्‍नातान जो शिक्षकहरू थिए, तिनीहरूलाई मैले बोलाएँ ।
Posłałem więc Eliezera, Ariela, Szemajasza, Elnatana, Jariba, Elnatana, Natana, Zachariasza i Meszullama, naczelników, a także Jojariba i Elnatana, [ludzi] rozumnych;
17 त्यसपछि मैले तिनीहरूलाई कासिपियाका अगुवा इद्दोकहाँ पठाएँ । इद्दो र तिनका आफन्तहरू, कासिपियामा बसिरहेका मन्दिरका सेवकहरूकहाँ गएर हामीकहाँ परमेश्‍वरको मन्दिरका लागि सेवकहरू पठाइदिनुहोस् भनी तिनीहरूलाई भन्‍न लगाएँ ।
I dałem przez nich polecenie Iddo, przełożonemu w miejscowości Kasifia, i przekazałem im słowa, które mieli powiedzieć do niego i jego braci Netinitów w miejscowości Kasifia; poleciłem, aby nam przyprowadzili sługi dla domu naszego Boga.
18 त्यसैले हाम्रा परमेश्‍वरको भलो गर्ने हातद्वारा तिनीहरूले बुद्धिमान् मानिस शरेबियाहलाई हामीकहाँ पठाइदिए । तिनी इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका थिए । तिनी अठार छोरा र दाजुभाइसँगै आए ।
I ponieważ łaskawa ręka naszego Boga była nad nami, przyprowadzili do nas, człowieka rozumnego spośród synów Machliego, syna Lewiego, syna Izraela, oraz Szerebiasza wraz z jego synami i braćmi – razem osiemnaście [osób];
19 तिनीसँगै हशब्याह पनि आए । त्यहाँ मरारीका छोराहरूमध्येका एक अर्थात् यशयाह र तिनका दाजुभाइ र तिनीहरूका छोराहरू गरी जम्मा बिस जना पुरुष थिए ।
I Chaszabiasza, a z nim Jeszajasz spośród synów Merariego wraz z jego braćmi i ich synów – razem dwadzieścia [osób];
20 दाऊद र तिनका अधिकारीहरूले लेवीहरूलाई सहायता गर्न मन्दिरमा सेवा गर्ने यस्ता सेवकहरूको नियुक्त गरेका, २२० जना त्यस्ता मानिसहरूको पनि नाउँ दर्ता गरिए ।
Ponadto spośród Netinitów, których Dawid i naczelnicy ustanowili do posługiwania Lewitom – dwieście dwadzieścia Netinitów. Ci wszyscy zostali imiennie wyznaczeni.
21 त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्‍चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें ।
Wtedy tam, nad rzeką Achawa, ogłosiłem post, abyśmy ukorzyli się przed naszym Bogiem i abyśmy uprosili u niego szczęśliwą drogę dla nas, naszych dzieci i całego naszego dobytku.
22 बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्‍न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्‍वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्‍नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।'
Wstydziłem się bowiem prosić króla o żołnierzy i jeźdźców, aby nas w drodze ratowali przed wrogami, ponieważ powiedzieliśmy królowi: Ręka naszego Boga [jest] nad wszystkimi, którzy go szukają, dla ich dobra, ale jego moc i gniew przeciwko wszystkim, którzy go opuszczają.
23 त्यसैले यस विषयमा हामीले उपवास बस्‍यौं, र परमेश्‍वरको खोजी गर्‍यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं ।
Pościliśmy więc i prosiliśmy o to naszego Boga. A on nas wysłuchał.
24 त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें: शरेबियाह र जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए ।
Wtedy spośród przedniejszych kapłanów wydzieliłem dwunastu: Szerebiasza, Chaszabiasza, a z nimi dziesięciu ich braci;
25 राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्‍वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।
I odważyłem im srebro, złoto i naczynia, czyli ofiarę dla domu naszego Boga, którą złożyli: król, jego doradcy, jego dostojnicy oraz cały Izrael tam obecny.
26 मैले तिनीहरूका हातमा बाइस हजार किलो चाँदी, चौतिस सय किलो चाँदीका वस्तुहरू, चौतिस सय किलोग्राम सुन,
Odważyłem im więc do rąk sześćset pięćdziesiąt talentów srebra, sto talentów naczyń srebrnych, sto talentów złota;
27 आठ किलो सुनका बाटाहरू र सुनजस्तै बहुमूल्य काँसाका दुईवटा भाँडा दिएँ ।
Dwadzieścia złotych pucharów, [ważących] po tysiąc darejków, i dwa naczynia z wybornego mosiądzu, tak piękne jak złoto.
28 तब मैले तिनीहरूलाई भनें, “तिमीहरू र यी वस्तुहरू परमप्रभुका निम्ति समर्पण गरिएका छन् । चाँदी र सुन तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरको निम्ति स्वेच्छिक भेटी हुन् ।
Potem powiedziałem do nich: Wy jesteście poświęceni PANU, naczynia [także] są poświęcone, a to srebro i złoto [są] dobrowolnym darem dla PANA, Boga waszych ojców.
29 यरूशलेममा परमेश्‍वरको मन्दिरका कोठाहरूमा भएका पुजारीका अधिकारीहरू, लेवीहरू र परिवारका अगुवाहरूको सामु यी जोखेर नदिएसम्म तिमीहरूले यिनको रेखदेख गरी सुरक्षित राख्‍नू ।”
Pilnujcie i strzeżcie [ich], dopóki nie odważycie [ich] przed przedniejszymi kapłanami, Lewitami i naczelnikami rodów Izraela w Jerozolimie, w komnatach domu PANA.
30 यरूशलेममा हाम्रा परमेश्‍वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्‍मा लिएर राखे ।
Wzięli więc kapłani i Lewici odważone srebro, złoto i naczynia, aby [je] zanieść do Jerozolimy, do domu naszego Boga.
31 पहिलो महिनाको बाह्रौं दिनमा हामी अहावा नहरबाट यरूशलेम प्रस्थान गर्‍यौं । हामीमाथि हाम्रा परमेश्‍वरको हात थियो । उहाँले हामीलाई शत्रु र बाटोमा लुकेर बसेका लुटेराहरूको हातबाट सुरक्षा दिनुभयो ।
Potem wyruszyliśmy znad rzeki Achawa dwunastego [dnia] pierwszego miesiąca, aby udać się do Jerozolimy. A ręka naszego Boga była nad nami i wyrwała nas z ręki wrogów i czyhających [na nas] w drodze.
32 यसरी हामी यरूशलेम प्रवेश गर्‍यौं, र त्यहाँ तिन दिन बस्यौं।
I przybyliśmy do Jerozolimy, i zamieszkaliśmy tam przez trzy dni.
33 तब चौथो दिनमा चाँदी, सुन र वस्तुहरू तौलेर हाम्रा परमेश्‍वरको घरमा उरियाह पुजारीका छोरा मरेमोत र तिनको साथमा भएका पीनहासका छोरा एलाजार, यशूअका छोरा योजाबाद, लेवी बिन्‍नूईका छोरा नोअदिया हातमा जिम्मा लगाइयो ।
A czwartego dnia odważono srebro, złoto i naczynia w domu naszego Boga – do ręki Meremota, syna kapłana Uriasza, z którym był Eleazar, syn Pinchasa; z nimi też [byli] Jozabad, syn Jeszuy, i Noadiasz, syn Binnuja, Lewici;
34 हरेक कुराको सङ्ख्या र तौल जाँच गरियो । त्यस बेला सबै कुराको तौल लेखेर राखियो ।
Wszystko według liczby i wagi; i zapisano wagę tego wszystkiego w tym czasie.
35 निर्वासन अर्थात् कैदबाट फर्केर आएकाहरूले इस्राएलका परमेश्‍वरको निम्ति होमबलिहरू चढाए । तिनीहरूले सारा इस्राएलीका निम्ति बाह्रवटा साँढे, पापबलिको रूपमा छयानब्बेवटा भेडा, सतहत्तरवटा थुमा र बाह्रवटा बोका चढाए । यी सबै परमप्रभुका निम्ति होमबलि थिए ।
Następnie ci, którzy zostali pojmani, a powrócili z niewoli, złożyli Bogu Izraela ofiarę całopalną: dwanaście cielców za całego Izraela, dziewięćdziesiąt sześć baranów, siedemdziesiąt siedem jagniąt i dwanaście kozłów na ofiarę za grzech, wszystko jako całopalenie PANU.
36 तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने राजाका उच्‍च अधिकारीहरू र गभर्नरहरूलाई राजाको आदेश दिए, अनि तिनीहरूले मानिसहरू र परमेश्‍वरको मन्दिरलाई मदत गरे ।
I przekazano rozporządzenie króla jego satrapom i namiestnikom zarzecza, a ci wspomagali lud i dom Boży.

< एज्रा 8 >