< इजकिएल 34 >

1 तब परमप्रभुको वचन यसो भेनर मकहाँ आयो,
I doszło do mnie słowo PANA mówiące:
2 “ए मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा अगमवाणी गर् । अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर गोठालाहरूलाई यसो भन्‍नुहुन्छ: इस्राएलका गोठालाहरूलाई धिक्‍कार जसले आफ्नै गोठालो गर्छन् । के गोठालाहरूले त बगालको सुरक्षा गर्नुपर्दैन र?
Synu człowieczy, prorokuj przeciwko pasterzom Izraela, prorokuj i powiedz im: Tak mówi Pan BÓG do tych pasterzy: Biada pasterzom Izraela, którzy sami siebie pasą! Czy pasterze nie [powinni] paść trzody?
3 तिमीहरू बोसे भागहरू खान्छौ र तिमीहरू ऊनको वस्‍त्र लगाउँछौ । तिमीहरू बगालको मोटा-मोटा पशुलाई मार्छौ । तिमीहरूले गोठालाको काम गर्दै गर्दैनौ ।
Jadacie tłuszcz, okrywacie się wełną i zabijacie tuczne [zwierzęta], lecz trzody nie pasiecie.
4 रोगीहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, न त बिरामीहरूलाई तिमीहरूले निको पारेका छौ । भाँचिएकाहरूलाई तिमीहरूले पट्टी बाँधेका छैनौ, र निर्वासितहरूलाई पुनर्स्थापित गरेका छैनौ वा हराएकालाई खोजेका छैनौ । त्‍यसको साटोमा, तिमीहरू तिनीहरूमाथि बल र हिंसामा शासन गर्छौ ।
Słabych nie posilacie, chorego nie leczycie, złamanego nie obwiązujecie, spłoszonego nie przyprowadzacie ani zgubionego nie szukacie, ale siłą i okrucieństwem panujecie nad nimi.
5 तब तिनीहरू गोठालाबिना छरपष्‍ट भएका थिए, र तिनीहरू मैदानका जीवित पशुहरूका निम्ति आहारा बने ।
Tak że rozproszyły się, bo nie było pasterza, i stały się żerem dla wszelkiego zwierzęcia polnego, ponieważ się rozpierzchnęły.
6 मेरो बगाल सारा पर्वतहरू र सबै अग्ला पहाडहरूमा भट्किन्छन्, र तिनीहरू पृथ्वी सारा सतहभरि नै छरिएका छन् । तापनि कसैले तिनीहरूको खोजी गर्दैन ।
Moje owce błąkają się po wszystkich górach i po każdym wysokim pagórku. Moja trzoda rozproszyła się po całej ziemi, a nikt ich nie szukał i nikt [o nie] nie pytał.
7 यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः
Dlatego wy, pasterze, słuchajcie słowa PANA:
8 यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, किनभने मेरो बागल लुटिएका र मैदानका सबै पशुका आहारा बनेका छन्, किनभने त्यहाँ कोही गोठाला थिएनन् र मेरा गोठालामध्‍ये कसैले पनि मेरो बगालको खोजी गरेनन्, तर ती गोठालाहरूले आफ्नै सुरक्षा गरे र मेरो बगालको सुरक्षा गरेनन् ।
Jak żyję, mówi Pan BÓG: Ponieważ moja trzoda stała się łupem i moje owce stały się żerem wszelkiego zwierzęcia polnego, bo nie [ma] pasterza, a moi pasterze nie szukali moich owiec, ale pasterze paśli [tylko] samych siebie, a moich owiec nie paśli;
9 यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः
Dlatego, pasterze, słuchajcie słowa PANA.
10 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, म गोठालाहरूका विरुद्धमा छु, र म तिनीहरूका हातबाट आफ्नो बगाललाई लिनेछु । त्यसपछि तिनीहरूलाई बगालको सुरक्षा गर्ने कामबाट म हटाउनेछु । ती गोठालाहरूले अब उसो आफ्नै घोठालो पनि गर्नेछैनन् किनभने मैले मेरो बगाललाई म तिनीहरूका मुखबाट खोस्‍नेछु, ताकि मेरो बगाल तिनीहरूका निम्ति फेरि कहिल्यै आहारा हुनेछैनन् ।
Tak mówi Pan BÓG: Oto jestem przeciwko pasterzom. Zażądam [moich] owiec z ich ręki i sprawię, że przestaną paść moje owce i pasterze nie będą już paśli samych siebie. Wyrwę moje owce z ich paszczy i nie będą już dla nich pokarmem.
11 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, मेरो बगालको खोजी म आफैं गर्नेछु र तिनीहरूको रेखदेख गर्नेछु,
Tak bowiem mówi Pan BÓG: Oto ja sam będę szukać moich owiec i o nie pytać.
12 जसरी गोठाला आफ्नो छरपष्‍ट भएको बगालको बिचमा भएको दिनमा उसले आफ्‍नो बगलाको खोजी गर्छ । त्‍यसरी नै म आफ्‍नो बगालको खोजी गर्नेछु, अनि बादल र अन्धकारको दिनमा तिनीहरू छरपष्‍ट भएका सबै ठाउँबाट म तिनीहरूलाई बचाउनेछु ।
Jak pasterz troszczy się o swoją trzodę, kiedy znajduje się wśród swoich rozproszonych owiec, tak ja będę troszczył się o moje owce i wyrwę je ze wszystkich miejsc, dokąd zostały rozproszone w dzień pochmurny i mroczny.
13 तब तिनीहरूलाई मानिसहरूका बिचबाट म बाहिर ल्याउनेछु । तिनीहरूलाई देशहरूबाट भेला गराउनेछु र तिनीहरूलाई आफ्‍नै देशमा ल्‍याउनेछु । तिनीहरूलाई इस्राएलको पर्वतहरूमा भएका खर्कहरूमा, खोलाहरूका छेउमा, र देशका हरेक वस्तीहरूमा म राख्‍नेछु ।
Wyprowadzę je z narodów, zgromadzę je z ziem i przyprowadzę je do ich ziemi, i będę je pasł na górach Izraela nad strumieniami i po wszystkich zamieszkałych miejscach tej ziemi.
14 तिनीहरूलाई असल खर्कमा म राख्‍नेछु । इस्राएलका अग्ला पर्वतहरू तिनीहरू चर्ने ठाउँहरू हुनेछन् । तिनीहरू असल ठाउँहरूमा र प्रशस्त खर्कहरूमा चर्नको निम्ति बस्‍नेछन्, र तिनीहरू इस्राएलका पहाडहरूमा चर्नेछन् ।
Będę je pasł na dobrym pastwisku, a ich pastwisko będzie na wysokich górach Izraela. Tam będą odpoczywać na bujnych błoniach i na tłustych pastwiskach będą się pasły na górach Izraela.
15 मेरो बगालको गोठालो म आफैंले गर्नेछु र तिनीहरूलाई म आफैंले बसाल्‍नेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो,
Ja [sam] będę pasł moje owce i sprawię, że położą się, mówi Pan BÓG.
16 म हराएकाहरूलाई खोज्नेछु र निर्वासितहरूलाई पुनर्स्थापित गर्नेछु । भाँचिएका भेडालाई पट्टी बाँध्‍नेछु र बिरामी भेडालाई निको पार्नेछु तर मोटा र बलियालाई म नष्‍ट गर्नेछु । म न्यायको साथमा गोठालोको काम गर्नेछु ।
Będę szukał zagubionej i przyprowadzę spłoszoną, obwiążę [to, co] złamane, i posilę słabą. Ale wytracę tłustą i mocną, [bo] będę je pasł w prawości.
17 यसैले, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, अब ए मेरा बगाल, हेर, भेडा-भेडाको बिचमा, र भेडा र बोकाको बिचमा म एक जना न्यायकर्ता हुनेछु ।
A do was, moja trzodo, tak mówi Pan BÓG: Oto będę rozsądzał między owcą a owcą, [między] baranami a kozłami.
18 के असल खर्कमा चर्नु पर्याप्‍त छैन र तिमीहरू खर्कमा बाँकी रहेको कुरालाई कुल्चन्छौ, अनि स्वच्छ पानीबाट पिउनु पर्याप्‍त छैन र नदीहरूलाई आफ्ना खुट्टाहरूले तिमीहरू धमिलो बनाउँछौ?
Czy mało wam, że się pasiecie na dobrym pastwisku, a resztę waszych pastwisk depczecie swoimi nogami; że pijecie czystą wodę, a resztę mącicie swoimi nogami?
19 के तिमीहरूले आफ्ना खुट्टाहरूले कुल्चेको कुराबाट मेरा भेडाहरूले खानु, र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्छ?
A moje owce muszą się paść na tym, co zdeptaliście swoimi nogami, i pić to, co zmąciliście swoimi nogami.
20 यसकारण, परमप्रभु परमेश्‍वर तिनीहरूलाई यसो भन्‍नुहुन्छ: हेर, मोटा र दुब्‍ला भेडाहरूका बिचमा म आफैंले न्याय गर्नेछु,
Dlatego tak mówi do nich Pan BÓG: Oto sam rozsądzę między owcą tłustą i owcą chudą.
21 किनकि तिमीहरूले तिनीहरूलाई आफ्ना कुइना र कुमले धकेल्छौ, अनि सबै कमजोरहरू देशबाट छरपष्‍ट नभएसम्म तिमीहरूले तिनीहरूलाई आफ्ना सिङ्ले हान्‍छौ ।
Ponieważ bokiem i ramieniem odpychaliście i swoimi rogami bodliście wszystkie słabe, tak że je rozpędziliście;
22 म आफ्‍नो बगाललाई बचाउनेछु, र तिनीहरू फेरि लुटिनेछैनन् अनि एउटा भेडा र अर्कोको बिचमा म न्याय गर्नेछु!
Ocalę moje owce i nie będą już łupem. Rozsądzę między owcą a owcą.
23 मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्‍यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ ।
I ustanowię nad nimi jednego pasterza, który będzie je pasł, mego sługę Dawida. On będzie je pasł i on będzie ich pasterzem.
24 किनकि म परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनेछु, र मेरो दास दाऊद तिनीहरूका बिचमा एउटा शासक हुनेछ । म, परमप्रभुले यो घोषणा गरेको छु ।
A ja, PAN, będę ich Bogiem, a mój sługa Dawid [będzie] księciem pośród nich. Ja, PAN, [to] powiedziałem.
25 त्‍यसपछि म तिनीहरूसँग शान्तिको करार गर्नेछु र देशबाट दुष्‍ट जङ्गली पशुहरूलाई हटाउनेछु, ताकि तिनीहरू उजाड-स्‍थान सुरक्षित बस्‍नेछन् र जङ्गलहरूमा सुरक्षित सुत्‍नेछन् ।
Zawrę z nimi przymierze pokoju i wytępię dzikie zwierzęta z ziemi. I będą bezpiecznie mieszkały na pustyni, i spały w lasach.
26 तिनीहरूमाथि र मेरो पहाडको वरिपरिका ठाउँहरूमा म आफ्‍नो आशिष् ल्याउनेछु, किनकि म ठिक ऋतुमा झरी पठाउनेछु । यी आशिष्‌का झरी हुनेछन् ।
Ponadto dam błogosławieństwo im oraz okolicy mojego pagórka. Będę zsyłał deszcz w swoim czasie, będą [to] deszcze błogosławieństwa.
27 तब मैदानका रूखहरूले आफ्ना फल उब्‍जाउनेछन् र पृथ्वीले आफ्नो उब्जनी दिनेछ । मेरा भेडाहरू आफ्नै देशमा सुरक्षित हुनेछन् । जब तिनीहरूका जुवाको काठ म भाँचिदिन्‍छु र जब तिनीहरूलाई दास बनाउनेको हातबाट तिनीहरूलाई म बचाउँछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।
Drzewo polne wyda swój owoc i ziemia wyda swój plon. Będą oni bezpieczni na swojej ziemi i poznają, że ja jestem PANEM, gdy połamię drążki ich jarzma i wyrwę ich z ręki tych, którzy ich zniewolili.
28 तिनीहरू फेरि जातिहरूका निम्‍ति लुट हुनेछैनन्, र पृथ्वीका जङ्गली पशुहरूले तिनीहरूलाई खानेछैनन् । किनकि तिनीहरू सुरक्षित बस्‍नेछन्, र तिनीहरूलाई कसैले पनि त्रासमा पार्नेछैन ।
I już nie będą łupem narodów ani zwierzęta ziemi nie będą ich pożerały, ale będą bezpiecznie mieszkali i nikt ich nie będzie straszył.
29 किनकि प्रशस्त अन्‍न उब्जनी हुने देश म तिनीहरूलाई दिनेछु । यसरी तिनीहरू फेरि देशमा अनिकालको शिकार हुनेछैनन्, र तिनीहरूले जातिहरूको गिल्ला सहनुपर्नेछैन ।
Wzbudzę im sławną latorośl i już nie będą niszczeni głodem w ziemi, ani nie będą znosili zniewag pogan.
30 तब तिनीहरूले म परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु भनी जान्‍नेछन् । इस्राएलको घराना मेरा मानिसहरू हुन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
I poznają, że ja, PAN, ich Bóg, jestem z nimi, a oni, dom Izraela, są moim ludem, mówi Pan BÓG.
31 किनकि तिमीहरू मेरा भेडा हौ, मेरो खर्कका बगाल, र मेरा मानिस हौ, र म तिमीहरूका परमेश्‍वर हुँ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”
A wy, moje owce, owce mego pastwiska, jesteście ludźmi, a ja jestem waszym Bogiem, mówi Pan BÓG.

< इजकिएल 34 >