< इजकिएल 25 >

1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
I doszło do mnie słowo PANA mówiące:
2 “ए मानिसको छोरो, अम्‍मोनका मानिसहरूतिर आफ्‍नो अनुहार फर्का, र तिनीहरूका विरुद्धमा अगमवाणी भन्‌ ।
Synu człowieczy, zwróć swoją twarz przeciwko Ammonitom i prorokuj przeciwko nim.
3 अम्मोनका मानिसहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वरको वचन सुन । परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मेरो पवित्रस्‍थान तुच्‍छा पारिंदा त्‍यसको बारेमा, र इस्राएलको देश उजाड हुँदा र यहूदाका मानिसहरू निर्वासनमा जाँदा तिमीहरूले, “अहा!” भन्‍यौ,
Powiedz Ammonitom: Słuchajcie słowa Pana BOGA. Tak mówi Pan BÓG: Ponieważ mówiłeś: Ha! na moją świątynię, gdy została zbezczeszczona, i na ziemię Izraela, gdy była spustoszona, i na dom Judy, gdy poszedł w niewolę;
4 यसकारण, हेर, म तिमीहरूलाई पूर्वका मानिसहरूकहाँ तिनीहरूका सम्‍पत्तिझैं सुम्‍पिदिनेछु । उनीहरूले तिमीहरूका विरुद्धमा छाउनी हाल्‍नेछन्, र तिमीहरूकै बिचमा आफ्‍ना पालहरू खडा गर्नेछन्‌ । उनीहरूले तिमीहरूका फल खानेछन्‌ र तिमीहरूको दूध पिउनेछन्‌ ।
Oto wydam cię w posiadanie narodom Wschodu. Pobudują swoje pałace u ciebie i urządzą u ciebie swoje mieszkania. Będą jeść twoje plony i będą pić twoje mleko.
5 म रब्‍बालाई ऊँटहरू चर्ने खर्क र अम्‍मोनका मानिसहरूलाई भेडाको मैदान बनाउनेछु । तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ ।
I uczynię z Rabby legowisko dla wielbłądów, a z [miast] Ammonitów – legowisko dla trzód. I poznacie, że ja jestem PANEM.
6 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्‍ना ताली बजाएका र आफ्‍ना खुट्टा बजारेका र आनन्‍दित बनेका छौ ।
Tak bowiem mówi Pan BÓG: Ponieważ klaskałeś rękami, tupałeś nogami i cieszyłeś się w sercu z całą pogardą wobec ziemi Izraela;
7 यसकारण, हेर, म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ' ।
Oto wyciągnę swą rękę przeciwko tobie i wydam cię na łup poganom; wytnę cię spośród narodów, wytracę cię z ziem i wyniszczę cię. I poznasz, że ja jestem PANEM.
8 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः 'किनभने मोआब र सेइरले यसो भन्छन्, “हेर, यहूदाको घरानाचाहिं अरू हरेक जातिजस्‍तै छ ।”
Tak mówi Pan BÓG: Ponieważ Moab i Seir mówią: Oto dom Judy jest jak wszystkie inne narody;
9 यसकारण, हेर्, सिमानामा भएका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैमका गौरव— मोआबको भिरालो भागलाई म खुलस्‍त पार्नेछु—
Dlatego odsłonię zbocze Moabu od miast, od jego granicznych miast, [które są] ozdobą ziemi: Bet-Jeszimot, Baal-Meon i Kiriataim;
10 अम्‍मोनका मानिसहरूको विरुद्धमा भएका पूर्व देशका मानिसहरूलाई । म तिनीहरूलाई सम्‍पत्तिको रूपमा दिनेछु, ताकि जातिहरूका बिचमा अम्मोनका मानिसहरूको सम्‍झना गरिनेछैन ।
Przed narodami Wschodu wraz z Ammonitami; dam je w posiadanie, aby nie wspominano Ammonitów między narodami.
11 यसैले मोआबको विरुद्धमा न्‍याय गर्नेछु, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।
I dokonam sądów nad Moabem, i poznają, że ja jestem PANEM.
12 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'एदोमले यहूदाको घरानासित बदला लियो, र त्‍यसो गरेर त्यसले गलत गर्‍यो ।
Tak mówi Pan BÓG: Ponieważ Edom srodze się mścił nad domem Judy i ciężko zawinił, mszcząc się nad nim;
13 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म आफ्नो हातले एदोमलाई हिर्काउनेछु, र त्‍यहाँ भएका हरेक मानिस र पशुको नाश गर्नेछु । तेमानदेखि ददानसम्‍मै म त्‍यसलाई भग्‍नावशेष, उजाड पार्नेछु । तिनीहरू तरवारले ढल्‍नेछन्‌ ।
Tak mówi Pan BÓG: Wyciągnę też swoją rękę na [ziemię] Edomu i wytracę z niej ludzi i zwierzęta, i zamienię ją w pustynię; od Temanu aż do Dedanu polegną od miecza.
14 मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु, र यिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोममाथि व्‍यवहार गर्नेछन्‌, र तिनीहरूले मेरो बदला कस्‍तो रहेछ भनी जान्‍नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।
I dokonam swojej zemsty na Edomie przez ręce mego ludu Izraela, a postąpią z Edomem według mojej zapalczywości i według mojego gniewu. I poznają moją pomstę, mówi Pan BÓG.
15 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'पलिश्‍तीहरूले शत्रुतासाथ बदला लिएका छन्, र आफ्‍नो भित्रैदेखि तिनीहरूले यहूदालाई पटक-पटक सर्वनाश गर्न खोजे ।
Tak mówi Pan BÓG: Ponieważ Filistyni się mścili i dokonali zemsty złośliwym sercem, aby prowadzić do zguby z powodu odwiecznej nieprzyjaźni;
16 यसैले परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छः हेर्, पलिश्‍तीहरूका विरुद्धमा आफ्‍नो हात म उठाउनेछु, र करेतीहरूलाई म खतम पार्नेछु, र समुद्र किनारमा बस्‍ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु ।
Dlatego tak mówi Pan BÓG: Oto wyciągnę swoją rękę na Filistynów, wykorzenię Keretytów i wytracę resztkę wybrzeża morskiego.
17 किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्‍ड दिंदै म ठुलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिंदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”
I dokonam na nich wielkiej pomsty, karząc [ich] w zapalczywości; i poznają, że ja jestem PANEM, gdy wywrę na nich swoją pomstę.

< इजकिएल 25 >