< इजकिएल 10 >

1 जब मैले करूबहरूका शिरदेखि मास्‍तिर भएको अर्धगोलाकर क्षेत्रमा हेरें । तीभन्‍दा माथि सिंहासनजस्‍तो स्‍वरूपमा नीरजस्‍तो केही कुरा देखा पर्‍यो ।
Potem spojrzałem, a oto na firmamencie, który [był] nad głową cherubinów, ukazało się nad nimi coś jakby kamień szafiru, z wyglądu podobne do tronu.
2 तब परमप्रभुले ती सूती कपडा लगाएका मानिससँग बोल्‍नुभयो र यसो भन्‍नुभयो, “करूबहरूका मुन्‍तिर रहेका पाङ्‌ग्राहरूका बिचमा जा, र ती करूबहरूका बिचमा भएको जलिरहेको आगोको भुङ्‌ग्रो लिएर आफ्‍ना दुवै हातमा भर् र ती सहरको माथि छरिदे ।” तब मैले हेर्दाहेर्दै ती मानिस गए ।
Wtedy powiedział do tego męża ubranego w lnianą szatę: Wejdź między koła pod cherubinami, napełnij swe ręce rozżarzonymi węglami spomiędzy cherubinów i rozrzuć po mieście. I wszedł tam na moich oczach.
3 ती मानिस भित्र जाँदा करूबहरूचाहिं मन्‍दिरको दाहिनेपट्टि खडा भए, र भित्री चोक बादलले भरियो ।
A cherubiny stały po prawej stronie domu, gdy wchodził ten mąż, a obłok napełnił dziedziniec wewnętrzny.
4 परमप्रभुको महिमा करूबहरूबाट मास्‍तिर उठ्यो र मन्‍दिरको सँघारमाथि गयो । यसले मन्‍दिरलाई बादलले भरिदियो, र चोकचाहिं परमप्रभुको महिमाको चमकले भरिपूर्ण भयो ।
Następnie chwała PANA uniosła się znad cherubinów [i sięgnęła] do progu domu, a dom napełnił się obłokiem i dziedziniec napełnił się chwałą PANA.
5 करूबहरूका पखेटाको आवाजचाहिं बाहिरको चोकसम्‍मै सुनिन्‍थ्‍यो, जुन सर्वशक्तिमान्‌ परमेश्‍वर बोल्‍नुहुँदा सुनिने आवाज जस्‍तै थियो ।
I szum skrzydeł cherubinów było słychać aż na dziedzińcu zewnętrznym, jak głos Boga Wszechmocnego, gdy mówi.
6 यस्‍तो भयो, परमेश्‍वरले त्‍यो सूती कपडा लाउने मानिसलाई यसो भनेर आज्ञा दिनुहुँदा, “ती करूबहरूका माझमा भएका पाङ्‌ग्राहरूका बिचबाट आगो ले,” तब ती मानिस भित्र गए र एउटा पाङ्‌ग्राको छेउमा खडा भए ।
Gdy rozkazał więc temu mężowi ubranemu w lnianą szatę, mówiąc: Weź ognia spomiędzy kół, spomiędzy cherubinów; to ten wszedł i stanął obok kół.
7 करूबहरूका बिचमा भएको त्‍यो आगोतिर करूबहरूका बिचबाट एउटा करूबले आफ्‍नो हात छिराए, र त्‍यो माथि उठाए र सूती कपडा लाउने मानिसको हातमा त्‍यो राखिदिए । ती मानिसले त्‍यो लिए र फर्केर बाहिर गए ।
Wtedy jeden cherubin wyciągnął rękę spomiędzy cherubinów do ognia, który był pomiędzy cherubinami, wziął i podał go do rąk [męża] ubranego w lnianą szatę. Ten [go] wziął i wyszedł.
8 ती करूबहरूका पखेटामुनि मैले एक जना मानिसके हातजस्‍तै केही कुरा देखें ।
A przy cherubinach, pod ich skrzydłami, ukazał się kształt ręki ludzkiej.
9 अनि मैले हेरें, र देखें । करूबहरूका छेउमा चार वटा पाङ्‌ग्रा थिए— प्रत्‍येक करूबको छेउमा एउटा पाङ्‌ग्रा थियो, र ती पाङ्ग्रा पीतमणीजस्‍ता देखिन्‍थे ।
Potem spojrzałem, a oto cztery koła przy cherubinach, jedno koło obok jednego cherubina, każde koło obok każdego cherubina, a koła z wyglądu miały barwę kamienia berylu.
10 ती चारै पाङ्‌ग्राहरू एकै किसिमका थिए, एकअर्कामा खप्टिएका देखिन्थे ।
Co do wyglądu, wszystkie cztery miały jednakowy kształt, jakby koło znajdowało się w środku koła.
11 ती हलचल गर्दा चार दिशामा कुनै एक दिशातिर तिनीहरू जान्‍थे, तिनीहरू जाँदा फर्कंदैन थिए । तर तिनीहरू जता फर्केका थिए त्यतै जान्थे, तिनीहरू पनि त्‍यसैतिर नफर्की जान्‍थे ।
Gdy się poruszały, szły w czterech swoich kierunkach. A idąc, nie odwracały się, ale podążały w tym kierunku, w którym zwracała się głowa, i nie odwracały się, gdy szły.
12 तिनीहरूका सम्‍पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्‌ग्राहरूसमेत सम्‍पूर्ण आँखाले भरिएका थिए ।
A całe ich ciało, ich plecy, ich ręce i ich skrzydła, a także koła [były] pełne oczu dokoła, one cztery i ich koła.
13 मैले सुन्‍दा, ती पाङ्‌ग्राहरूलाई “घुम्‍ने पाङ्‌ग्रा” भनियो ।
A słyszałem, że te koła nazwał kręgiem.
14 ती हरेकका चार वटा अनुहार थिए । पहिलो अनुहार करूबको, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार गरुडको जस्‍तै थियो ।
A każda istota miała cztery twarze: pierwsza to twarz cherubina, druga to twarz człowieka, trzecia to twarz lwa, a czwarta to twarz orła.
15 तब मैले कबार नहरको किनारमा देखेका करूबहरू अर्थात्‌ जीवित प्राणीहरू उठे ।
I cherubiny się podniosły. Była to ta sama istota, którą widziałem nad rzeką Kebar.
16 जब ती करूबहरू हलचल गर्थे, तब छेउका ती पाङ्‌ग्राहरू पनि तिनीहरूसितै जान्‍थे, र जब ती करूबहरू भूइँबाट माथि ऊठ्‍नलाई आफ्‍ना पखेटा फैलाउँथे, तब ती पाङ्‌ग्राहरू फर्कंदैन थिए । तिनीहरूकै छेउमा ती रहन्थे ।
A gdy się poruszały cherubiny, poruszały się także koła obok nich. A gdy cherubiny podnosiły swoje skrzydła, aby się unieść ponad ziemię, koła nie odwracały się od nich.
17 जब ती करूबहरू ठिङ्ग खडा हुन्‍थे, तब ती पाङ्‌ग्राहरू पनि ठिङ्ग खडा नै रहन्‍थे, र जब ती माथि उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्‌थे, किनकि ती जीवित प्राणीहरूका आत्‍मा ती पाङ्‌ग्राहरूमा थिए ।
Gdy tamci stawali, one stały, a gdy tamci się podnosili, one też się podnosiły wraz z nimi, bo [był] w nich duch istoty żywej.
18 तब परमप्रभुको महिमा मन्‍दिरको सँघारबाट निस्‍केर गयो र ती करूबहरूका माथि अडियो ।
Potem chwała PANA odeszła od progu domu i stanęła nad cherubinami.
19 ती करूबहरूले आ-आफ्‍ना पखेटाहरू फैलाएर माथि उठे र मैले हेर्दै गर्दा बाहिर गए, र ती पाङ्‌ग्राहरूले पनि तिनीहरूका पछिपछि त्‍यसै गरे । परमप्रभुका मन्दिरको पूर्वतिरका ढोकाको मुखैमा तिनीहरू खडा भए, र इस्राएलका परमेश्‍वरको महिमा माथिबाट तिनीहरूमा आयो ।
A cherubiny podniosły swoje skrzydła i uniosły się z ziemi na moich oczach. Gdy odchodziły, koła były przy ich boku. Stanęły u wejścia do wschodniej bramy domu PANA, a chwała Boga Izraela [była] nad nimi u góry.
20 कबार नहरको किनारमा इस्राएलका परमेश्‍वरको मुन्‍तिर मैले देखेका ती जीवित प्राणीहरू यी नै थिए, यसैले तिनीहरू त करूबहरू रहेछन्‌ भनी मैले थाहा पाएँ ।
To jest ta istota, którą widziałem pod Bogiem Izraela nad rzeką Kebar; i poznałem, że były to cherubiny.
21 ती प्रत्‍येकका चार वटा अनुहार र चार वटा पखेटा थिए, र तीनका पखेटामुनि मानिसका हातहरूजस्‍तै देखिन्‍थे,
Każdy z nich miał po cztery twarze i każdy miał po cztery skrzydła, a pod skrzydłami [było] coś w kształcie rąk ludzkich.
22 र तिनीहरूका अनुहारहरूका स्‍वरूप कबार नहरको किनारमा मैले देखेका अनुहारहरूजस्‍तै थिए, र तीमध्‍ये हरेक सिधै अगाडि हिंड्‌दथे ।
A wygląd ich twarzy [był] taki sam jak twarze, które widziałem nad rzeką Kebar. [Tak] właśnie [wyglądały] ich twarze i oni sami. Każdy z nich poruszał się prosto przed siebie.

< इजकिएल 10 >