< प्रस्थान 1 >

1 याकूबसँगै मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्:
ואלה שמות בני ישראל הבאים מצרימה את יעקב איש וביתו באו
2 रूबेन, शिमियोन, लेवी र यहूदा,
ראובן שמעון לוי ויהודה
3 इस्साखार, जबूलून, र बेन्यामीन,
יששכר זבולן ובנימן
4 दान, नप्‍ताली, गाद र आशेर ।
דן ונפתלי גד ואשר
5 याकूबका जम्मा सन्तानको सङ्ख्या सत्तरी जना थियो । योसेफ पहिले नै मिश्रमा थिए ।
ויהי כל נפש יצאי ירך יעקב--שבעים נפש ויוסף היה במצרים
6 त्यसपछि योसेफ, तिनका सबै दाजुहरू र त्यो सबै पुस्ता मरे ।
וימת יוסף וכל אחיו וכל הדור ההוא
7 इस्राएलीहरू फल्दै-फुल्दै र सङ्ख्यामा अत्यधिक बढ्दै गए, अनि तिनीहरू शक्तिशाली भए र तिनीहरूद्वारा देश भरियो ।
ובני ישראל פרו וישרצו וירבו ויעצמו--במאד מאד ותמלא הארץ אתם
8 त्यसपछि योसेफको बारेमा थाहा नपाउने नयाँ राजाले शासन गर्न थाले ।
ויקם מלך חדש על מצרים אשר לא ידע את יוסף
9 तिनले आफ्ना मानिसहरूलाई भने, “हेर, इस्राएलीहरू सङ्ख्यामा हामीभन्दा बढी भएका छन् र तिनीहरू हामीभन्दा शक्तिशाली भएका छन् ।
ויאמר אל עמו הנה עם בני ישראל--רב ועצום ממנו
10 आओ, तिनीहरूसित बुद्धिमानीपूर्वक काम गरौँ नत्रभने तिनीहरूको सङ्ख्या वृद्धि भइरहनेछ । युद्ध भयो भने तिनीहरू हाम्रा शत्रुहरूसित मिल्न गई हाम्रै विरुद्धमा लड्नेछन् र देश छाडेर जानेछन् ।”
הבה נתחכמה לו פן ירבה והיה כי תקראנה מלחמה ונוסף גם הוא על שנאינו ונלחם בנו ועלה מן הארץ
11 त्यसैले तिनीहरूलाई कठोर काम लगाएर तिनीहरूमाथि थिचोमिचो गर्न तिनीहरूले नाइकेहरू खटाए । इस्राएलीहरूले पिताम र रामसेस नामक भण्डारका सहरहरू बनाए ।
וישימו עליו שרי מסים למען ענתו בסבלתם ויבן ערי מסכנות לפרעה--את פתם ואת רעמסס
12 तर जति मिश्रीहरूले इस्राएलीहरूमाथि थिचोमिचो गरे त्यति नै तिनीहरूको सङ्ख्या बढ्दै गएर तिनीहरू फैलन थाले । त्यसैले मिश्रीहरू इस्राएलीहरूसित डराउन थाले ।
וכאשר יענו אתו כן ירבה וכן יפרץ ויקצו מפני בני ישראל
13 मिश्रीहरूले इस्राएलीहरूलाई निर्दयतापूर्वक काममा लगाए ।
ויעבדו מצרים את בני ישראל בפרך
14 मिश्रीहरूले मसला र इँटको कामसाथै खेतका कठिन कामहरू गर्न लगाएर तिनीहरूका जीवनै खल्लो बनाइदिए । तिनीहरूले लगाएका कामहरू कठिन थिए ।
וימררו את חייהם בעבדה קשה בחמר ובלבנים ובכל עבדה בשדה--את כל עבדתם אשר עבדו בהם בפרך
15 तब मिश्रका राजाले शिप्रा र पूआ नाम गरेका हिब्रू सुँडिनीहरूलाई भने,
ויאמר מלך מצרים למילדת העברית אשר שם האחת שפרה ושם השנית פועה
16 “हिब्रू स्‍त्रीहरूले बच्‍चा जन्माउने बेलामा तिमीहरूले तिनीहरूको हेरचाह गर्दा अवलोकन गर । छोरो रहेछ भने तिमीहरूले त्यसलाई मार ।
ויאמר בילדכן את העבריות וראיתן על האבנים אם בן הוא והמתן אתו ואם בת הוא וחיה
17 तर छोरी रहेछ भने त्यसलाई जीवितै राख ।” तर सुँडिनीहरू परेमश्‍वरदेखि डराउँथे । त्यसैले तिनीहरूले मिश्रका राजाले आज्ञा दिएबमोजिम गरेनन्, बरु तिनीहरूले छोराहरूलाई पनि जीवितै राखे ।
ותיראן המילדת את האלהים ולא עשו כאשר דבר אליהן מלך מצרים ותחיין את הילדים
18 मिश्रका राजाले तिनीहरूलाई बोलाएर भने, “तिमीहरूले किन यसो गरेर छोराहरूलाई पनि जीवितै राखेका छ्यौ?”
ויקרא מלך מצרים למילדת ויאמר להן מדוע עשיתן הדבר הזה ותחיין את הילדים
19 ती सुँडिनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्ता छैनन् । तिनीहरू हट्टाकट्टा छन् र सुँडिनी पुग्‍नुभन्दा पहिले नै तिनीहरूले बच्‍चा जन्माइसकेका हुन्छन् ।
ותאמרן המילדת אל פרעה כי לא כנשים המצרית העברית כי חיות הנה בטרם תבוא אלהן המילדת וילדו
20 परमेश्‍वरले यी सुँडिनीहरूलाई जोगाउनुभयो । इस्राएलीहरू सङ्ख्यामा बढ्दै गए र तिनीहरू शक्तिशाली भए ।
וייטב אלהים למילדת וירב העם ויעצמו מאד
21 सुँडिनीहरू परमेश्‍वरदेखि डराएकाले उहाँले तिनीहरूलाई परिवार दिनुभयो ।
ויהי כי יראו המילדת את האלהים ויעש להם בתים
22 फारोले आफ्ना सबै मानिसलाई आज्ञा दिए, “जन्मेको हरेक छोरोलाई तिमीहरूले नदीमा फ्याँक्‍नू, तर छोरीलाई भने जीवितै राख्‍नू ।”
ויצו פרעה לכל עמו לאמר כל הבן הילוד היארה תשליכהו וכל הבת תחיון

< प्रस्थान 1 >