< एस्तर 9 >

1 बाह्रौँ महिना अर्थात् अदार महिनाको तेह्रौँ दिनमा राजाको कानुन र आदेशलाई कार्यान्वयन गर्ने दिन, यहूदीहरूका शत्रुहरूले तिनीहरूमाथि शक्ति जमाउनलाई आशा गरेको दिन जब आयो, परिणाम उल्‍टो भयो । यहूदीहरूले आफूलाई घृणा गर्नेहरूमाथि शक्ति पाए ।
A dwunastego [miesiąca], czyli miesiąca Adar, trzynastego dnia tego miesiąca, gdy nadszedł czas wypełnienia rozkazu króla i jego dekretu, tego dnia, kiedy wrogowie Żydów spodziewali się, że będą panować nad nimi, stało się wprost przeciwnie, ponieważ Żydzi panowali nad tymi, którzy ich nienawidzili.
2 यहूदीहरूमाथि विपत्ती ल्याउन कोसिस गर्नेहरूलाई आक्रमण गर्न राजा अहासूरसका सबै प्रान्तभरि नै तिनीहरूका आ-आफ्ना सहरहरूमा तिनीहरू भेला । तिनीहरूको विरुद्धमा कोही खडा हुन सकेन, किनकि सबै मानिसमाथि तिनीहरूको डर परेको थियो ।
Żydzi bowiem zebrali się w swoich miastach we wszystkich prowincjach króla Aswerusa, aby podnieść rękę na tych, którzy pragnęli ich zguby. A nikt nie mógł im stawić oporu, gdyż strach przed nimi padł na wszystkie ludy.
3 सबै प्रान्तका अधिकारीहरू, प्रान्तीय गभर्नरहरू, सथानीय गभर्नरहरू र राजाका प्रशासकहरूले यहूदीहरूलाई मदत गरे किनकि तिनीहरूमाथि मोर्दकैको डर परेको थियो ।
I wszyscy przełożeni prowincji, satrapowie, namiestnicy i urzędnicy królewscy popierali Żydów, bo padł na nich strach przed Mardocheuszem.
4 मोर्दकै राजदरबारमा महान् मानिस थिए, अनि तिनको ख्याति सबै प्रान्तभरि फैलियो किनकि यी मानिस मोर्दकै झनझन महान् बन्दै थिए ।
Mardocheusz był bowiem wielki w domu króla, a jego sława rozchodziła się po wszystkich prowincjach, gdyż Mardocheusz stawał się coraz większy.
5 यहूदीहरूले आफ्ना शत्रुहरूलाई तरवारले आक्रमण गरेर मारे र विनाश गरे अनि आफूलाई घृणा गर्नेहरूलाई आफ्नो इच्छाअनुसार गरे ।
Tak to Żydzi zabili wszystkich swoich wrogów mieczem, mordując i niszcząc, a czynili z tymi, co ich nienawidzili, według swego upodobania.
6 शूशनको किल्लामा मात्रै यहूदीहरूले पाँच सय जना मानिसलाई मारेर नष्‍ट पारे ।
Nawet i w pałacu Suza Żydzi zabili i wytracili pięciuset mężczyzn;
7 तिनीहरूले पर्शन्‍दाता, दल्‍फोन, अस्‍पाता,
I Parszandatę, Dalfona i Aspatę;
8 पोराता, अदलिया, अरीदाता,
I Poratę, Adalię i Arydata;
9 पर्मशता, अरीशै, अरीदै र बैजाता,
I Parmasztę, Arisaja, Aridaja i Wajezatę;
10 र हम्मदाताको छोरा यहूदीहरूका शत्रु हामानका दस जना छोरालाई मारे । तर तिनीहरूले कुनै कुरा पनि लुटेर लिएनन् ।
Tych dziesięciu synów Hamana, syna Hammedaty, wroga Żydów, zabili, ale po łupy nie wyciągnęli swej ręki.
11 त्यो दिन शूशनको किल्लामा मारिएकाहरूको सङ्ख्याको विवरण राजालाई दिइयो ।
Tego samego dnia dotarła do króla wiadomość o liczbie zabitych w pałacu Suza.
12 राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले हामानका दस छोरासहित शूशनको किल्लामा पाँच सय मानिसलाई मारेका छन् । तब राजाका बाँकी प्रान्तहरूमा तिनीहरूले झन् के गरेका होलान्? अब तिम्रो बिन्ती के हो? त्‍यो तिमीलाई दिइनेछ । तिम्रो अनुरोध के हो? त्‍यो तिमीलाई दिइनेछ ।”
I król powiedział do królowej Estery: W pałacu Suza Żydzi zabili i wytracili pięciuset mężczyzn oraz dziesięciu synów Hamana. [A] w pozostałych prowincjach królewskich, cóż uczynili? Jaką masz jeszcze prośbę, a będzie spełniona. Czego jeszcze sobie życzysz, a stanie ci się.
13 एस्तरले भनिन्, “राजालाई खुसी लागेमा शूशनमा भएका यहूदीहरूलाई आजको आदेश भोलीको निम्ति पनि कार्यान्वयन गर्न अनुमति दिइयोस् र हामानका दसै जना छोराका लाशलाई फाँसीको काठमा झुण्ड्याइयोस् ।”
Estera odpowiedziała: Jeśli się królowi spodoba, niech wolno będzie jutro Żydom, którzy są w Suzie, uczynić według dekretu dzisiejszego i niech powieszą dziesięciu synów Hamana na szubienicy.
14 त्यसैले राजाले त्यसै गरियोस् भनी आज्ञा दिए । शूशनमा एउटा आदेश निकालियो, र तिनीहरूले हामानका दसै जना छोरालाई झुण्ड्याए ।
I król rozkazał, aby tak uczyniono. Ogłoszono dekret w Suzie i powieszono dziesięciu synów Hamana.
15 अदार महिनाको चौधौँ दिनमा शूशनमा भएका यहूदीहरू एकै ठाउँमा भेला भए, र शूशनमा थप तिन सय जना मानिसलाई मारे, तर तिनीहरूले लुटपाटमा हात हालेनन् ।
A Żydzi, którzy [byli] w Suzie, zgromadzili się także dnia czternastego miesiąca Adar i zabili w Suzie trzystu mężczyzn, lecz po łupy nie wyciągnęli swojej ręki.
16 राजाका प्रान्तहरूमा भएका बाँकी यहूदीहरू आफ्‍नो ज्यान जोगाउन एकै ठाउँमा भेला भए, र तिनीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाए, अनि आफूलाई घृणा गर्ने पचहत्तर हजार मानिसलाई मारे, तर आफूले मारेका मनिसहरूका मुल्‍यवान थोकहरूमा भने तिनीहरूले आफ्‍ना हात लगाएनन् ।
Pozostali zaś Żydzi, którzy byli w prowincjach królewskich, zebrali się w obronie swojego życia i mieli odpoczynek od swoich wrogów. Zabili siedemdziesiąt pięć tysięcy swoich wrogów, lecz po łupy nie wyciągnęli swojej ręki;
17 यो अदार महिनाको तेह्रौँ दिनमा भएको थियो । चौधौँ दिनमा तिनीहरूले विश्राम लिए, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए ।
W dniu trzynastym miesiąca Adar, a odpoczywali czternastego [dnia] tego [miesiąca] i obchodzili go jako dzień uczty i wesela.
18 तर शूशनमा भएका यहूदीहरूचाहिँ तेह्रौँ र चौधौँ दिनमा एकसाथ भेला भए । पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए ।
Ale Żydzi, którzy byli w Suzie, zebrali się dnia trzynastego i czternastego tego miesiąca, a piętnastego [dnia] odpoczęli i obchodzili go jako dzień uczty i wesela.
19 त्यसकारण दुर्गम गाउँहरूतिर घर बनाएका यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई हर्ष र चाडको एउटा दिन अनि एक-अर्कालाई खानेकुराका उपहारहरू पठाउने दिनको रूपमा मान्छन् ।
Dlatego Żydzi mieszkający we wsiach i w miasteczkach nieobwarowanych obchodzą czternasty dzień miesiąca Adar jako dzień radości, uczty i jako doniosły dzień, w którym posyłają sobie dary żywnościowe.
20 मोर्दकैले यी कुराहरूका विवरण गरे, अनि राजा अहासूरसका टाढा र नजिकका सबै प्रान्तमा भएका सबै यहूदीलाई चिट्ठीहरू पठाए,
A Mardocheusz spisał te wydarzenia i rozesłał listy do wszystkich Żydów, którzy [byli] we wszystkich prowincjach króla Aswerusa, bliskich i dalekich;
21 जसमा हरेक वर्ष अदार महिनाको चौधौँ र पन्ध्रौ दिनलाई तिनीहरूले अनिवार्य मान्‍नुपर्ने गराए ।
Zobowiązując ich, aby obchodzili czternasty dzień miesiąca Adar i piętnasty dzień tego samego [miesiąca], rokrocznie;
22 यी दिनमा नै यहूदीहरूले आफ्‍ना शत्रुहरूबाट छुटकारा पाए, र यही महिनामा नै तिनीहरूको दुःख आनन्दमा र शोक उत्सवमा परिणत भएको थियो । ति दिनलाई तिनीहरूले चाड र हर्षका दिनको रूपमा मनाउनुपर्ने अनि एक-अर्कालाई र गरिबहरूलाई खनेकुरा उपहार पठाउनुपर्ने भनी स्‍थापित गरियो ।
Jako dni, w których Żydzi odpoczęli od swoich wrogów, i miesiąc, który obrócił się im ze smutku w radość, a z płaczu w dzień radości – aby obchodzili je jako dni uczty i wesela oraz posyłania sobie darów żywnościowych, a ubogim darów.
23 त्यसैले मोर्दकैले तिनीहरूलाई जे लेखेका थिए त्‍यो गरेर यहूदीहरूले थालनी गरेका उत्सवलाई तिनीहरूले निरन्तरता दिए ।
[Wszyscy] Żydzi przyjęli to, co sami zaczęli czynić, a co napisał im Mardocheusz;
24 त्यस बेला सारा यहूदीका शत्रु अगागी हम्मदाताको छोरा हामानले, यहूदीहरूलाई नष्‍ट गर्न तिनीहरूको विरुद्धमा षड्यन्त्र रचेको थियो, र तिनीहरूलाई थिचोमिचो गर्न र नाश पार्न उसले ‘पुर’ अर्थात् चिट्ठा हाल्‍यो ।
Haman bowiem, syn Hammedaty, Agagity, wróg wszystkich Żydów, wymyślił plan przeciw Żydom, aby ich wytracić, i rzucił Pur, czyli los, aby ich wytracić i zniszczyć;
25 तर जब त्यो कुरो राजाको सामु पुग्यो, तब यहूदीहरूको विरुद्धमा हामानले रचेको दुष्‍ट योजना त्यसकै थाप्लोमा परोस् अनि ऊ र उसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनी राजाले चिट्ठीहरू लेखेर आदेश दिए ।
Ale gdy Estera przyszła przed króla, ten wydał dekret na piśmie, aby jego niegodziwy zamiar, który obmyślił przeciwko Żydom, obrócił się na głowę jego, i aby powiesić jego i jego synów na szubienicy.
26 त्यसकारण तिनीहरूले यी दिनलाई “पूरीम” भने जुन “पूर” नामबाट आएको थियो । यस पत्रमा लेखिएको र तिनीहरूले देखेका र तिनीहरूमाथि आइपरेका हरेक कुराको कारणले गर्दा,
Dlatego nazwali te dni Purim, od nazwy Pur. A z powodu wszystkich słów tego listu oraz na podstawie tego, co widzieli i co ich spotkało;
27 यहूदीहरूले नयाँ चलन र कर्तव्यलाई स्वीकार गरे । यो चलन तिनीहरू, तिनीहरूका सन्तानहरू र तिनीहरूसँग मिल्ने हरेकको लागि थियो । हरेक वर्ष तिनीहरूले यी दुई दिनको उत्सव मनाउनुपर्ने भयो । हरेक वर्ष उही समयमा तिनीहरूले विशेष तवरले यो चाड मान्‍नुपर्ने भयो ।
Żydzi postanowili i wzięli na siebie, na swoje potomstwo i na wszystkich, którzy się do nich przyłączyli, nieustający [obowiązek], aby obchodzono te dwa dni stosownie do pisma i zgodnie z ustalonym czasem każdego roku;
28 हरेक पुस्ता, हरेक परिवार, हरेक प्रान्त र हरेक सहरमा यी दिनमा उत्सव मनाउनुपर्ने र पालन गर्नुपर्ने भयो । पूरीमका यी दिनहरूलाई यहूदीहरूले कहिल्यै नबिर्सून् भनेर तिनीहरू र तिनका सन्तानहरूले विश्‍वस्ततासाथ यो उत्सव मान्‍न कहिल्यै पनि छोड्‍दैनन् ।
I że te dni [będą] wspominane i obchodzone we wszystkich pokoleniach, w każdej rodzinie, w każdej prowincji i w każdym mieście; że te dni Purim nie zaginą wśród Żydów, a pamięć o nich nie ustanie u ich potomstwa.
29 अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले पुरा अधिकारसाथ लेखे र पूरीमको बारेमा यो दोस्रो चिट्ठीले पुष्‍टि गरे ।
Królowa Estera, córka Abichaila, i Żyd Mardocheusz napisali z całą powagą, aby potwierdzić ten drugi list dotyczący Purim.
30 यहूदीहरूको सुरक्षा र सत्यताको कामना गर्दै चिट्ठीहरू अहासूरसका राज्यका एक सय सत्ताइसवटै प्रान्तका सबै यहूदीहरूकहाँ पठाइए ।
Mardocheusz posłał ten list do wszystkich Żydów, do stu dwudziestu siedmiu prowincji królestwa Aswerusa, ze słowami pokoju i prawdy;
31 यहूदी मोर्दकै र रानी एस्तरले यहूदीहरूलाई आज्ञा दिएझैँ तिनीहरूको तोकिएको समयमा पूरीमका यी दिन मान्‍न चिट्ठीहरूले निश्‍चयता दिए । यहूदीहरूले उपवास र विलापको समयलाई स्वीकार गरेझैँ तिनीहरूले आफू र आफ्ना सन्तानहरूका लागि यस कर्तव्यलाई पनि स्वीकार गरे ।
Aby ustanowić te dni Purim w ustalonym czasie, jak to Żyd Mardocheusz i królowa Estera ustanowili je i jak zobowiązali samych siebie i swoje potomstwo, na pamiątkę postu i ich lamentacji.
32 एस्तरको आज्ञाले पूरीमको सम्बन्धमा यी नियमहरूलाई पक्‍का गर्‍यो, र यसलाई पुस्तकमा लेखियो ।
Nakaz Estery potwierdził ustawę dotyczącą tych [dni] Purim i zostało to zapisane [w] księdze.

< एस्तर 9 >