< दानिएल 7 >

1 बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा, दानिएल आफ्नो ओछ्यानमा पल्टिरहँदा तिनले एउटा सपना र दर्शन देखे । अनि तिनले सपनामा देखेका कुरालाई लेखे । तिनले सबैभन्दा महत्त्वपूर्ण घटनाहरूलाई लेखेः
W pierwszym roku Belszazara, króla Babilonu, Daniel miał sen i widzenia w swojej głowie na swoim łożu. Wtedy spisał [ten] sen i podał ogół rzeczy.
2 दानिएलले वर्णन गरे, “रातमा मैले देखेको दर्शनमा स्‍वर्गका चार बतासले महान् समुद्रलाई घोलिरहेको मैले देखें ।
Daniel powiedział: Oto co zobaczyłem w swoim widzeniu w nocy: Oto cztery wiatry niebieskie potykały się na wielkim morzu.
3 प्रत्‍येक नै एक-अर्काबाट भिन्‍न चार विशाल पशु समुद्रबाट बाहिर आए ।
A cztery wielkie bestie wyszły z morza, jedna różniła się od drugiej.
4 पहिलोचाहिं सिंहजस्‍तो देखिन्‍थ्‍यो तर त्‍यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्‍यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो । त्यसलाई मानिसको मन दिइएको थियो ।
Pierwsza była podobna do lwa i miała orle skrzydła. Przypatrywałem się jej, aż jej skrzydła zostały wyrwane i podniosła się z ziemi tak, że stanęła na nogach jak człowiek, a dano jej serce ludzkie.
5 अनि त्‍यहाँ अर्को एउटा भालुजस्तो पशु थियो, र त्यो झुकिरहेको थियो । आफ्‍ना दाँतहरूका बिचमा त्‍यसले तिनवटा करङ थिए । त्यसलाई यसो भनियो, ‘उठ्‍ र धेरै जना मानिसलाई खा ।’
Potem oto druga bestia, podobna do niedźwiedzia. I stanęła na jednym boku, [mając] trzy żebra w paszczy między zębami. I tak mówiono do niej: Wstań, pożeraj dużo mięsa.
6 यसपछि मैले फेरि हेरें । त्यहाँ अर्को एउटा पशु थियो, जुन चितुवाजस्तो देखिन्थ्यो । त्यसको पछाडिपट्टि चराका जस्‍तै चारवटा पखेटा थिए, र त्यसका चारवटा टाउका थिए । राज्‍य गर्ने अधिकार त्यसलाई दिइएको थियो ।
Potem spojrzałem, a oto inna [bestia], podobna do pantery, która miała cztery ptasie skrzydła na grzbiecie. Bestia miała także cztery głowy i dano jej władzę.
7 त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्‍चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए ।
Potem widziałem w nocnych widzeniach: Oto czwarta bestia, straszna, przerażająca i bardzo silna, mająca wielkie żelazne zęby. Pożerała i miażdżyła, a resztę deptała swoimi nogami. Różniła się od wszystkich bestii, które były przed nią, i miała dziesięć rogów.
8 जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरें र ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्‍दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । यो सिङका आँखा मानिसका आँखाजास्‍ता भएको मैले देखें र त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो ।
Uważnie przypatrywałem się rogom, a oto mały róg wyrósł między nimi i trzy spośród tych pierwszych rogów zostały wyrwane przed nim. A oto w tym rogu [były] oczy podobne do oczu ludzkich i usta mówiące wielkie rzeczy.
9 जसै मैले हेरें, सिंहासनहरू तयार पारिएका थिए, र दिनहरूभन्‍दा प्राचीनले चाहिं आफ्नो आशन ग्रहण गर्नुभयो । उहाँका वस्‍त्र हिउँझैं सेता थिए, र उहाँको शिरको कपाल शुद्ध ऊनजस्तो थियो । उहाँको सिंहासनमा आगोको ज्वाला थियो, र त्यसका चक्‍काहरू बलिरहने आगो थियो ।
I patrzyłem, aż trony zostały postawione, a Odwieczny zasiadł; jego szata [była] biała jak śnieg, a włosy jego głowy [jak] czysta wełna, jego tron jak ogniste płomienie, [a] jego koła [jak] płonący ogień.
10 उहाँको सामुबाट आगोको नदी बग्यो । लाखौं-लाखले उहाँको सेवा गरे, र दस करोडचाहिं उहाँको सामु खडा थिए । अदालतले न्यायको काम सुरु गर्‍यो, र पुस्तकहरू खोलिए ।
Strumień ognia wypływał i tryskał sprzed niego. Tysiąc tysięcy służyło mu, a dziesięć tysięcy po dziesięć tysięcy stało przed nim. Sąd zasiadł i otwarto księgi.
11 त्यो सिङले बोलेका अहङ्कारपुर्ण वचनहरूका कारणले मैले निरन्‍तर हेरें । त्यो पशु मारिएको र त्यसको शरीर नष्‍ट पारिएको, र त्यसलाई जलाउनलाई दिइएको मैले देखें ।
Wtedy patrzyłem z powodu głosu wielkich słów, które wypowiedział róg. Przypatrywałem się, aż bestia została zabita, a jej ciało zniszczone i wydane na spalenie w ogniu.
12 चारवटा पशुमध्‍येका अरू बाँकीका बारेमा, राज्‍य गर्ने अधिकार खोसियो, तर केही समयको निम्ति तिनीहरूका उमेर बढाइयो ।
Także i pozostałym bestiom odebrano władzę i dano im przedłużenie życia aż do zamierzonego okresu i czasu.
13 त्यस रातको मेरा दर्शनहरूमा, आकाशका बादलहरूका साथमा मानिसका पुत्रजस्‍तै एक जना आउँदै गर्नुभएको मैले देखें । दिनहरूभन्‍दा प्राचीनकाहाँ उहाँ आउनुभयो र उहाँको सामु उपस्थित गराउनुभयो ।
Widziałem [też] w nocnym widzeniu: Oto w obłokach nieba przybył ktoś podobny do Syna Człowieka, przyszedł aż do Odwiecznego i przyprowadzono go przed niego.
14 राज्‍य गर्नलाई अधिकार र महिमा र राजकीय शक्ति उहाँलाई दिइयो, यसैले कि सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूले उहाँको सेवा गरून् । राज्‍य गर्ने उहाँको अधिकारचाहिं सदासर्वदाको अधिकार हो जुन बितेर जानेछैन, अनि उहाँको राज्य त्‍यस्‍तो हो जुन कहिल्यै पनि नाश हुनेछैन ।
I dano mu władzę, cześć i królestwo, aby wszyscy ludzie, [wszystkie] narody i języki służyli mu. Jego władza jest władzą wieczną, która nie przeminie, a jego królestwo nie będzie zniszczone.
15 म दानिएलको बारेमा, मभित्र मेरो आत्मा दु: खित भयो, र मेरो मनमा मैले देखेका दर्शनहरूले मलाई विचलित बनाए ।
I ja, Daniel, zatrwożyłem się w duchu, w środku [mego] ciała, a widzenia w mojej głowie przestraszyły mnie.
16 त्यहाँ खडा भएकामध्ये एक जनाको नजिक म गएँ र यी कुराहरूको अर्थ मलाई देखाउनलाई मैले तिनलाई बिन्‍ती गरें ।
Wtedy zbliżyłem się do jednego z tych, którzy tam stali, i pytałem go o prawdziwość tego wszystkiego. I powiedział mi, i oznajmił mi znaczenie [tych] rzeczy.
17 ‘यी विशाल पशुका चारवटा सङ्ख्‍याले चार जना राजालाई जनाउँछन् जो पृथ्वीमा खडा हुनेहुन् ।
Te wielkie bestie, w liczbie czterech, to czterej królowie, [którzy] powstaną z ziemi.
18 तर सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूले त्यो राज्य प्राप्‍त गर्नेछन्, र तिनीहरूले सदासर्वदाको निम्ति त्‍यसको अधिकार गर्नेछन् ।’
Ale święci Najwyższego wezmą królestwo i posiądą je na wieki, aż na wieki wieków.
19 अनि त्‍यो चौथो पशुको बारेमा अझै धेरै जान्‍ने मलाई इच्‍छा भयो— त्‍यो अरूभन्दा धेरै फरक थियो र आफ्ना फलामका दाँत र काँसाका नङ्ग्राका कारणले त्‍यो धेरै डरलाग्‍दो थियो । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीमाथि खुट्टाले कुल्‍चियो ।
Wtedy pragnąłem poznać prawdę o czwartej bestii, która różniła się od wszystkich innych, straszna nad miarę, której zęby [były] żelazne, a pazury z brązu; która pożerała [i] miażdżyła, a resztę deptała swoimi nogami;
20 त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्‍ने इच्‍छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्‍ने इच्‍छा मलाई भयो, अनि त्‍यो आफ्‍ना मित्रहरूभन्दा महान् देखिन्थ्यो ।
Także o tych dziesięciu rogach, które były na jej głowie, i o innym, który wyrósł, przed którym upadły trzy, o tym [właśnie] rogu, który miał oczy i usta mówiące wielkie rzeczy, a wyglądał na większy od innych rogów.
21 जसै मैले हेरें, त्‍यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्‍यो र तिनीहरूलाई पराजित गर्दै थियो,
I przypatrywałem się, a oto ten róg walczył ze świętymi i przemagał ich;
22 जबसम्म दिनहरूभन्‍दा प्राचीन आउनुभएन, र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूलाई न्याय दिनुभएन । तब समय आयो जब पवित्र मानिसहरूले राज्य प्राप्‍त गरे ।
Aż przyszedł Odwieczny i oddano sąd świętym Najwyższego; i nadszedł czas, aby święci otrzymali królestwo.
23 ती मानिसले यसो भने, ‘चौथो पशुको बारेमा, त्‍यो पृथ्वीमा चौथो राज्य हुनेछ जुनचाहिं अरू सबै राज्यभन्दा फरक हुनेछ । त्यसले सारा पृथ्वीलाई नाश गर्नेछ र त्यसलाई कुल्चनेछ र त्यसलाई टुक्रा-टुक्रा पार्नेछ ।
I powiedział tak: Czwarta bestia oznacza czwarte królestwo na ziemi, które będzie różniło się od wszystkich królestw, i pożre całą ziemię, podepcze i zmiażdży ją.
24 दसवटा सिङका बारेमाचाहिं, यो राज्यबाट दस जना राजा खडा हुनेछन्, तिनीहरूभन्‍दा पछि अर्को खडा हुनेछ । पहिलेकाभन्दा ऊ फरक हुनेछ, र उसले तिन जना राजालाई पराजित गर्नेछ ।
A dziesięć rogów [oznacza], że z tego królestwa powstanie dziesięciu królów, a po nich powstanie inny, który będzie różnił się od pierwszych i poniży trzech królów;
25 उसले सर्वोच्‍च परमेश्‍वरका विरुद्ध बोल्नेछ र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । यी कुराहरूलाई उसको हातमा एक वर्ष, दुई वर्ष, र आधा वर्षको लागि दिइनेछ ।
Będzie mówił słowa przeciw Najwyższemu i wytracał świętych Najwyższego; będzie zamierzał zmienić czasy i prawa, gdyż będą wydane w jego ręce aż do czasu, czasów i połowy czasu.
26 तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्‍म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्‍नेछन् ।
Potem zasiądzie sąd i tam odbiorą mu władzę, aby została zniszczona i wytracona aż do końca.
27 राज्य र प्रभुत्व, र सम्‍पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्‌ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्य सदासर्वदाको राज्‍य हो, र अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्‍नेछन् ।’
A królestwo, władza i wielkość królestwa pod całym niebem zostaną oddane ludowi świętych Najwyższego, którego królestwo będzie królestwem wiecznym, a wszystkie zwierzchności będą mu służyć i jego słuchać.
28 कुराको अन्त यही हो । म, दानिएलको बारेमा, मेरा विचारहरूले मलाई धेरै भयभीत बनाए र मेरो अनुहारको स्‍वरूप परिवर्तन भयो । तर यी कुराहरू मैले आफूमा नै सिमित राखें ।”
Tutaj jest koniec tych słów. [A] mnie Daniela bardzo zatrwożyły moje myśli i moje oblicze zmieniło się. Zachowałem jednak tę sprawę w swoim sercu.

< दानिएल 7 >