< आमोस 9 >

1 मैले परमप्रभुलाई वेदीको छेऊमा खडा हुनुभएको देखें, र उहाँले भन्‍नुभयो, “स्तम्भहरूका टुप्‍पाहरूमा हिर्का ताकि त्यसका जगहरू हल्लिऊन् । तिनलाई ती सबै जनाका शिरहरूमा टुक्रा-टुक्रा पार्, र तीमध्‍ये आखिरी बचेकोलाई म तरवारले मार्नेछु । तीमध्‍ये एक जना पनि निस्‍कनेछैनन्, तीमध्‍ये एक जना पनि भाग्‍नेछैन ।
Widziałem Pana stojącego na ołtarzu i powiedział: Uderz w nadproże, aż zadrżą węgary. Rozetnij głowy ich wszystkich, a pozostałych zabiję mieczem. Żaden z nich nie ucieknie i żaden z nich nie ocaleje.
2 तिनीहरूले खनेर पातालमा गए भने पनि, त्यहाँबाट मेरा हातले तिनीहरूलाई निकाल्‍नेछन् । तिनीहरू माथि स्वर्गमा चढे भने पनि, त्यहाँबाट म तिनीहरूलाई तल झार्नेछु । (Sheol h7585)
Choćby się zakopali [aż] do piekła, moja ręka wyciągnie ich stamtąd; choćby wstąpili aż do nieba i stamtąd ich ściągnę. (Sheol h7585)
3 तिनीहरू कर्मेलको टुप्‍पोमा लुके भने पनि, त्यहाँ म तिनीहरूलाई खोज्‍नेछु र निकाल्‍नेछु । तिनीहरू मेरो दृष्‍टिबाट समुद्रको पिंधमा लुके भने पनि, त्यहाँ म सर्पलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई डस्‍नेछ ।
Choćby się ukryli na szczycie Karmelu, odnajdę i wezmę ich stamtąd; a choćby się ukryli przed moimi oczami na dnie morza, rozkażę wężowi, aby ich tam ukąsił;
4 तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि, त्यहाँ म तरवारलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ । असल निम्ति होइन तर खराबको निम्‍ति म तिनीहरूमाथि आफ्‍ना आँखा लगाउनेछु ।”
Choćby poszli do niewoli przed swymi wrogami, nawet tam rozkażę mieczowi, aby ich zabijał. Zwrócę na nich swoje oczy dla zła, a nie dla dobra.
5 सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले भूमिलाई छुनुहुन्छ र त्यो पग्‍लिन्छ, त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं फेरि तल डुब्‍नेछन् ।
Pan BÓG zastępów dotyka ziemi, a ta rozpływa się i płaczą wszyscy jej mieszkańcy. Wzbierze cała jak rzeka i zostanie zatopiona jakby przez rzekę Egiptu.
6 उहाँले आकाशमा आफ्नो महल बनाउनुहुन्छ, र पृथ्वीमा आफ्नो जग बसाल्‍नुहुन्छ । उहाँले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र पृथ्वीको सतहमा खन्‍याउनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।
On zbudował w niebie swoje stopnie i ustanowił na ziemi swój zastęp; on przywołuje wody morskie i rozlewa je po powierzchni ziemi. PAN to jego imię.
7 “यो परमप्रभुको घोषणा हो, ए इस्राएलका मानिसहरू हो, के तिमीहरू मेरो निम्ति कूशका मानिसहरू जस्तै होइनौ? के मैले इस्राएलीहरूलाई मिश्रदेशबाट, पलिश्‍तीहरूलाई कप्‍तोरबाट, र अरामीहरूलाई कीरबाट बाहिर ल्याइनँ र?
Synowie Izraela, czy nie jesteście dla mnie jak synowie Etiopii? – mówi PAN. Czy nie wyprowadziłem Izraela z ziemi Egiptu, Filistynów z Kaftor i Syryjczyków z Kir?
8 हेर्, परमप्रभु परमेश्‍वरको आँखा पापी राज्यमाथि पर्छ, र म त्यसलाई पृथ्वीको सतहबाट विनाश गर्नेछु, तर म याकूबको घरानालाई पूर्ण रूपमा नाश गर्नेछैनँ, यो परमप्रभुको घोषणा हो ।
Oto oczy Pana BOGA [zwrócone są] na to grzeszne królestwo i zgładzę je z powierzchni ziemi. Jednak nie zgładzę doszczętnie domu Jakuba, mówi PAN.
9 हेर्, म एउटा आज्ञा दिनेछु, र कसैले अन्‍नलाई एउटा नाङ्लोमा निफनेझैं, सबै जातिहरूका बिचमा म इस्राएलको घरानालाई हल्‍लाउनेछु, ताकि सबभन्दा सानो ढुङ्गा पनि जमिनमा खस्‍नेछैन ।
Oto bowiem wydam rozkaz i przesieję dom Izraela wśród wszystkich narodów, jak [pszenicę] przesiewa się przetakiem, [tak że] żadne ziarenko nie spadnie na ziemię.
10 ‘विपत्तिले हामीलाई उछिन्‍ने वा छुनेछैन’ भन्‍नेहरू, मेरा मानिसहरूमध्येका सबै पापीहरू तरवारद्वारा मारिनेछन् ।
Wszyscy grzesznicy spośród mojego ludu od miecza umrą, [ci], którzy mówią: Nie dosięgnie [nas] ani nie zaskoczy nas to zło.
11 त्यो दिनमा म दाऊदको ढलेको पाललाई खडा गर्नेछु, र त्यसका प्वालहरू टाल्‍नेछु । त्यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु, र बितेका दिनमा झैं त्यसको पुनर्निर्माण गर्नेछु,
W tym dniu podniosę upadły przybytek Dawida i zamuruję jego wyłomy; wzniosę jego ruiny i odbuduję go, jak za dawnych dni;
12 ताकि तिनीहरूले एदोमको बाँकी रहेकाहरू, र मेरो नाउँद्वारा बोलाइएका सबै जातिहरूमाथि अधिकार गरून्, यो परमप्रभुको घोषणा हो, उहाँले यसो गर्नुहुन्‍छ ।
Aby posiedli resztki Edomu i wszystkie narody, nad którymi wzywano mojego imienia, mówi PAN, który to czyni.
13 यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउनेछन्, जति बेला हलो जोत्‍नेले कटनी गर्नेलाई उछिन्‍नेछ, र दाख पेल्‍नेले बीउ छर्नेलाई उछिन्‍नेछ । पर्वतहरूले मिठो दाखमद्य चुहाउनेछ, र सबै पहाडहरू त्योसँगै बग्‍नेछन् ।
Oto nadchodzą dni, mówi PAN, że oracz będzie za żniwiarzem, a depczący winogrona za siejącym ziarno; góry będą ociekać moszczem, a wszystkie pagórki się rozpłyną.
14 मेरा मानिस, इस्राएललाई म निर्वासनबाट फिर्ता ल्याउनेछु । तिनीहरूले भत्‍केका सहरहरूलाई निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्, तिनीहरू दाखबारीहरू लगाउनेछन् र तिनका दाखमद्य पिउनेछन्, र तिनीहरूले बगैंचा लगाउनेछन् र तिनका फल खानेछन् ।
Odwrócę niewolę mojego ludu, Izraela; odbudują miasta spustoszone i zamieszkają w nich; zasadzą też winnice i będą pić z nich wino; założą też sady i będą jedli ich owoce.
15 म तिनीहरूलाई आफ्‍नै देशमा बसाल्‍नेछु, र तिनीहरूलाई मैले दिएको देशबाट, तिनीहरू फेरि कहिल्यै पनि उखेलिनेछैनन्,” परमप्रभु तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ ।
Zasadzę ich w ich ziemi; i nigdy nie zostaną wykorzenieni ze swojej ziemi, którą im dałem, mówi PAN, twój Bóg.

< आमोस 9 >