< प्रेरित 13 >

1 एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस मनेन (जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए ।
在安提阿的教會中,有幾位先知和教師,就是巴拿巴和稱呼尼結的西面、古利奈人路求,與分封之王希律同養的馬念,並掃羅。
2 जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”
他們事奉主、禁食的時候,聖靈說:「要為我分派巴拿巴和掃羅,去做我召他們所做的工。」
3 सभाले उपवास प्रार्थना गरिसकेपछि, र तिनीहरूले यी मानिसहरूमाथि हातहरू राखेर प्रार्थना गरे र उनीहरूलाई पठाइदिए ।
於是禁食禱告,按手在他們頭上,就打發他們去了。
4 त्यसकारण पवित्र आत्माको आज्ञा शाऊल र बारनाबासले माने र तल सिलुसियामा गए, अनि त्यहाँबाट जहाज चढी साइप्रसको टापुतिर गए ।
他們既被聖靈差遣,就下到西流基,從那裏坐船往塞浦路斯去。
5 सलामिस सहरमा हुँदा, उनीहरूले यहूदीहरूको सभाघरमा वचन घोषणा गरे र सहायताका लागि यूहन्‍ना मर्कूस पनि उनीहरूसँगै थिए ।
到了撒拉米,就在猶太人各會堂裏傳講上帝的道,也有約翰作他們的幫手。
6 उनीहरू पुरै टापु पार गरेर पाफोस पुगेपछि एक जना जादुगर यहूदी झुटा अगमवक्‍तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो ।
經過全島,直到帕弗,在那裏遇見一個有法術、假充先知的猶太人,名叫巴‧耶穌。
7 यो जादुगर त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित थियो, जो एक विद्वान मानिस थिए । उनले शाऊल र बारनाबासलाई बोलाए किनभने तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे ।
這人常和方伯士求‧保羅同在。士求‧保羅是個通達人,他請了巴拿巴和掃羅來,要聽上帝的道。
8 तर इलुमास, ‘‘जादुगर’’ ले तिनीहरूको विरोध गर्‍यो (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ); उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो ।
只是那行法術的以呂馬(這名翻出來就是行法術的意思)敵擋使徒,要叫方伯不信真道。
9 तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, उसलाई एकटक लाएर हेरे
掃羅又名保羅,被聖靈充滿,定睛看他,
10 र भने, तँ शैतानको छोरो, तँ छल र दुष्‍टताले भरिएको छस् । तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस् । तैले प्रभुको सोझो बाटोलाई बड्ग्याउन कहिल्यै छोड्दैनस्, छोड्छस् र?
說:「你這充滿各樣詭詐奸惡,魔鬼的兒子,眾善的仇敵,你混亂主的正道還不止住嗎?
11 अब हेर्, प्रभुको हात तँमाथि परेको छ र तँ अन्धो हुनेछस् । केही समयका लागि तैँले घाम देख्‍ने छैनस् ।’’ तुरुन्तै त्यहाँ बाक्लो तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो र हात समातेर डोर्‍याइदिऊन् भन्दै यताउति मानिसहरूलाई आग्रह गर्न थाल्यो ।
現在主的手加在你身上,你要瞎眼,暫且不見日光。」他的眼睛立刻昏蒙黑暗,四下裏求人拉着手領他。
12 प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि उनले विश्‍वास गरे, किनभने उनी प्रभुको शिक्षाबारे चकित भएका थिए ।
方伯看見所做的事,很希奇主的道,就信了。
13 अब त्यसपछि पावल र उनका साथीहरू पाफोसबाट पानीजहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्‍नाले उनीहरूलाई छोडेर यरूशलेमतिर फर्के ।
保羅和他的同人從帕弗開船,來到旁非利亞的別加,約翰就離開他們,回耶路撒冷去。
14 पावल र उनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ उनीहरू विश्राम दिनमा सभा घरमा गए र बसे ।
他們離了別加往前行,來到彼西底的安提阿,在安息日進會堂坐下。
15 अनि व्यवस्था र अगमवक्‍ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्‍नुहोस् ।”
讀完了律法和先知的書,管會堂的叫人過去,對他們說:「二位兄台,若有甚麼勸勉眾人的話,請說。」
16 त्यसकारण पावल उठे र हातले इसारा गर्दै उनले भने, “इस्राएलका मानिसहरू र जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ, सुन्‍नुहोस् ।
保羅就站起來,舉手,說:「以色列人和一切敬畏上帝的人,請聽。
17 इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।”
這以色列民的上帝揀選了我們的祖宗,當民寄居埃及的時候抬舉他們,用大能的手領他們出來;
18 उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।
又在曠野容忍他們,約有四十年。
19 कनानमा भएका सातवटा जातिहरूलाई उहाँले नास गरिसकेपछि हाम्रा मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो उत्तराधिकारका लागि दिनुभयो ।
既滅了迦南地七族的人,就把那地分給他們為業;
20 यी सबै घटनाहरू हुन चारसय पचास वर्षको अवधिमा भएका हुन् । यी सबै कुरापछि परमेश्‍वरले शमूएल अगमवक्‍ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो ।
此後給他們設立士師,約有四百五十年,直到先知撒母耳的時候。
21 त्यसपछि, मानिसहरूले एउटा राजाको माग गरे, त्यसैले परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति दिनुभयो ।
後來他們求一個王,上帝就將便雅憫支派中基士的兒子掃羅,給他們作王四十年。
22 तब परमेश्‍वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्‍वरले यी नै दाऊदको बारेमा भन्‍नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएँ र मैले चाहेको हरेक काम उनले गर्नेछन् ।’
既廢了掃羅,就選立大衛作他們的王,又為他作見證說:『我尋得耶西的兒子大衛,他是合我心意的人,凡事要遵行我的旨意。』
23 यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार परमेश्‍वरले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ ।
從這人的後裔中,上帝已經照着所應許的,為以色列人立了一位救主,就是耶穌。
24 येशू आउनुभन्दा अगाडि नै यो हुन थाल्यो, जब यूहन्‍नाले पहिला इस्राएलका सबै मानिसहरूलाई पश्‍चात्तापको बप्‍तिस्माको बारेमा घोषणा गरे ।
在他沒有出來以先,約翰向以色列眾民宣講悔改的洗禮。
25 जसरी यूहन्‍नाले आफ्नो काम पुरा गर्दै गर्दा उनले भने, ‘तिमीहरू म को हुँ भनी विचार गर्दछौ? म त्यो होइनँ । तर सुन, मपछि एकजना आउँदैहुनुहुन्छ, जसको खुट्टाको जुत्ताको तुना फुकाल्न म योग्यको छैनँ ।’
約翰將行盡他的程途說:『你們以為我是誰?我不是基督;只是有一位在我以後來的,我解他腳上的鞋帶也是不配的。』
26 भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरलाई आराधना गर्नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ ।
「弟兄們,亞伯拉罕的子孫和你們中間敬畏上帝的人哪,這救世的道是傳給我們的。
27 यरूशलेममा बस्‍नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे ।
耶路撒冷居住的人和他們的官長,因為不認識基督,也不明白每安息日所讀眾先知的書,就把基督定了死罪,正應了先知的預言;
28 उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न माग गरे ।
雖然查不出他有當死的罪來,還是求彼拉多殺他;
29 जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओराले र चिहानमा राखे ।
既成就了經上指着他所記的一切話,就把他從木頭上取下來,放在墳墓裏。
30 तर परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।
上帝卻叫他從死裏復活。
31 गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् ।
那從加利利同他上耶路撒冷的人多日看見他,這些人如今在民間是他的見證。
32 यसकारण हाम्रा पितापुर्खाहरूलाई प्रतिज्ञा गरिएको असल समाचार हामीले तपाईंहरूकहाँ ल्याएकाछौँ ।
我們也報好信息給你們,就是那應許祖宗的話,
33 परमेश्‍वरले येशूलाई मृत्युबाट जीवित पार्नुहुँदा, हामी तिनीहरूका सन्तानहरूका निम्ति उहाँले यी प्रतिज्ञाहरू पुरागरिदिनुभयो । जसरी यो दोस्रो भजनमा पनि लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’
上帝已經向我們這作兒女的應驗,叫耶穌復活了。正如詩篇第二篇上記着說: 你是我的兒子, 我今日生你。
34 उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्‍ने तथ्यबारे उहाँले यसरी बोल्नुभएको छ, ‘म तिमीलाई दाऊदको पवित्र र निश्‍चित आशिष् दिनेछु ।’
論到上帝叫他從死裏復活,不再歸於朽壞,就這樣說: 我必將所應許大衛那聖潔、 可靠的恩典賜給你們。
35 यसैकारणले गर्दा उहाँले अर्को भजन पनि यसरी भन्‍नुभएको छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिन दिनुहुनेछैन ।’
又有一篇上說: 你必不叫你的聖者見朽壞。
36 किनभने दाऊदले उनको पुस्तामा परमेश्‍वरको इच्छाअनुसार सेवा गरेपछि, उनको मृत्य भयो र उनलाई उनका पितापुर्खाहरूसँगै राखियो र उनको शरीर कुहियो ।
「大衛在世的時候遵行了上帝的旨意,就睡了,歸到他祖宗那裏,已見朽壞;
37 तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँलको शरीर कुहिएन ।
惟獨上帝所復活的,他並未見朽壞。
38 त्यसैले भाइहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ ।
所以,弟兄們,你們當曉得:赦罪的道是由這人傳給你們的。
39 विश्‍वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन ।
你們靠摩西的律法,在一切不得稱義的事上信靠這人,就都得稱義了。
40 यसैकारण होसियार हुनुहोस्, अगमवक्‍ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्:
所以,你們務要小心,免得先知書上所說的臨到你們。
41 ‘घृणा गर्नेहरू हो, हेर र छक्‍क पर, र नष्‍ट भइजाओ, तिमीहरूको समयमा मैले काम गरिरहेको छु, यदि कसैले तिमीहरूलाईं यसबारे घोषणा गरे पनि तिमीहरू कहिल्यै विश्‍वास गर्ने छैनौ ।’”
主說: 你們這輕慢的人要觀看,要驚奇,要滅亡; 因為在你們的時候,我行一件事, 雖有人告訴你們, 你們總是不信。」
42 पावल र बारनाबास त्यहाँबाट जान लाग्दा मानिसहरूले यी नै वचनहरू अर्को विश्राममा आएर बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे ।
他們出會堂的時候,眾人請他們到下安息日再講這話給他們聽。
43 जब सभाघरको सभा अन्त्य भयो, तब धेरै यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरू पावल र बारनाबासको पछि लागे । तिनीहरूले परमेश्‍वरको अनुग्रहमा निरन्तर रहिरहन उनीहरूलाई उत्साह दिए ।
散會以後,猶太人和敬虔進猶太教的人多有跟從保羅、巴拿巴的。二人對他們講道,勸他們務要恆久在上帝的恩中。
44 अर्को विश्राममा, लगभग पुरै सहर नै प्रभुको वचन सुन्‍नलाई सँगसँगै भेलाभएको थियो ।
到下安息日,合城的人幾乎都來聚集,要聽上帝的道。
45 जब यहूदीहरूले भिडलाई देखे, तिनीहरू डाहले भरिए, र पावलले भनेका कुराहरूको बिरुद्धमा बोल्न थाले र उनको अपमान गरे।
但猶太人看見人這樣多,就滿心嫉妒,硬駁保羅所說的話,並且毀謗。
46 तर पावल र बारनाबासले साहससित बोल्दै भने, “परमेश्‍वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैँलाई अनन्त जीवन प्राप्‍त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौँ । (aiōnios g166)
保羅和巴拿巴放膽說:「上帝的道先講給你們原是應當的;只因你們棄絕這道,斷定自己不配得永生,我們就轉向外邦人去。 (aiōnios g166)
47 किनभने परमेश्‍वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु, र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ ।”
因為主曾這樣吩咐我們說: 我已經立你作外邦人的光, 叫你施行救恩,直到地極。」
48 जब गैरयहूदीहरूले यो सुने, तिनीहरू खुसी भए र परमेश्‍वरको वचनको महिमा गरे । अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्‍वास गरे । (aiōnios g166)
外邦人聽見這話,就歡喜了,讚美上帝的道;凡預定得永生的人都信了。 (aiōnios g166)
49 त्यस सम्पूर्ण क्षेत्रभरि नै प्रभुको वचन फैलियो ।
於是主的道傳遍了那一帶地方。
50 तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्‍त्रीहरू र साथ-साथै सहरका मुख्य मानिसहरूसँग पावल र बारनाबासको विरुद्धमा अनुरोध गरे । तिनीहरूले पावल र बारनाबासलाई दण्डित गरे उनीहरूलाई तिनीहरूको सहरको सिमाना कटाए ।
但猶太人挑唆虔敬、尊貴的婦女和城內有名望的人,逼迫保羅、巴拿巴,將他們趕出境外。
51 तर पावल र बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए । त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए ।
二人對着眾人跺下腳上的塵土,就往以哥念去了。
52 अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपुर भए ।
門徒滿心喜樂,又被聖靈充滿。

< प्रेरित 13 >