< २ राजाहरू 2 >

1 जब परमप्रभुले एलियालाई हावाको भूमरीद्वारा उठाएर स्‍वर्गमा लानै लाग्‍नुभएको थियो, तब एलीशालाई साथ लिएर एलिया गिलगालबाट गए ।
I kiedy PAN miał unieść Eliasza wśród wichru do nieba, Eliasz wyruszył z Elizeuszem z Gilgal.
2 एलियाले एलीशालाई भने, “कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई बेथेलमा पठाउनुभएको छ ।” एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्‍छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्यसैले तिनीहरू बेथेलमा झरे ।
I Eliasz powiedział do Elizeusza: Proszę, zostań tu, bo PAN posyła mnie do Betel. Elizeusz odpowiedział: Jak żyje PAN i jak żyje twoja dusza, nie opuszczę cię. Przyszli więc do Betel.
3 बेथेलमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ?” एलीशाले जवाफ दिए, “हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर ।”
Wtedy synowie proroków, którzy [byli] w Betel, wyszli do Elizeusza i zapytali go: Czy wiesz, że PAN dzisiaj zabierze twego pana znad twojej głowy? Odpowiedział: Wiem, [lecz] milczcie.
4 एलियाले तिनलाई भने, “एलीशा, कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई यरीहोमा पठाउनुभएको छ ।” तब एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्यसैले तिनीहरू यरीहोमा गए ।
A Eliasz ponownie powiedział mu: Elizeuszu, proszę, zostań tu, bo PAN posyła mnie do Jerycha. Odpowiedział: Jak żyje PAN i jak żyje twoja dusza, nie opuszczę cię. Przyszli więc do Jerycha.
5 तब यरीहोमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ?” एलीशाले जवाफ दिए, “हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर ।”
Wtedy synowie proroków, którzy byli w Jerychu, zapytali Elizeusza: Czy wiesz, że PAN dzisiaj zabierze twego pana znad twojej głowy? Odpowiedział: Tak, wiem, lecz milczcie.
6 तब एलियाले तिनलाई भने, “कृपागरी, यहीँ बस, किनकि परमप्रभुले मलाई यर्दनमा पठाउनुभएको छ ।” एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्यसैले ती दुई जना गइरहे ।
Eliasz znowu powiedział mu: Proszę, zostań tu, bo PAN posyła mnie do Jordanu. Odpowiedział: Jak żyje PAN i jak żyje twoja dusza, nie opuszczę cię. Szli więc dalej obydwaj.
7 पछि यी दुई जना यर्दन नदीनेर उभिरहँदा तिनीहरूका सामु अगमवक्ताहरू पचास जना छोराहरू उभिए ।
A pięćdziesięciu mężów spośród synów proroków poszło i stanęło naprzeciwko [nich] z daleka. Oni zaś obaj stanęli nad Jordanem.
8 एलियाले आफ्नो खास्टो उतारे, त्यसलाई बेह्रे अनि त्यसले पानीलाई हिर्काए । नदी दुईतिर विभाजित भयो जसको कारणले ती दुई जना सुक्खा जमिनबाट हिंडे ।
Wtedy Eliasz wziął swój płaszcz, zwinął go i uderzył nim wody, a one rozdzieliły się w obydwie strony, tak że przeszli obaj po suchej ziemi.
9 तिनीहरू पारि पुगेपछि एलियाले एलीशालाई भने, “तिमीबाट मलाई लानुअघि तिम्रो निम्ति मैले के गर्नुपर्छ मलाई भन?” एलीशाले जवाफ दिए, “तपाईंको आत्माको दोब्बर भाग ममा आउन दिनुहोस् ।”
A gdy przeszli, Eliasz powiedział do Elizeusza: Proś [o to], co mam dla ciebie uczynić, zanim będę od ciebie zabrany. Elizeusz odpowiedział: Proszę, niech spocznie na mnie podwójna część twojego ducha;
10 एलियाले भने, “तिमीले कठिन कुरा मागेका छौ । तापनि तिमीबाट मलाई लगिएको तिमीले देख्यौ भने, तिम्रो निम्‍ति यो हुनेछ, तर देखेनौ भने, यो हुनेछैन ।”
On zaś powiedział: Poprosiłeś o trudną rzecz. Jeśli mnie zobaczysz, gdy będę zabierany od ciebie, tak ci się stanie. Lecz jeśli nie, to się nie stanie.
11 तिनीहरू कुराकानी गर्दै अगाडि बढ्दा थिए, हेर, एउटा अग्‍निमय रथ र घोडाहरू देखा परे, जसले यी दुई जना मानिसलाई एक-अर्काबाट अलग गरिदियो, अनि एलिया हावाको भूमरीद्वारा स्वर्गमा लगिए ।
Kiedy więc szli i rozmawiali, oto ognisty rydwan i ogniste konie oddzieliły ich obu. I Eliasz wstąpił wśród wichru do nieba.
12 एलीशाले यो देखे र तिनी चिच्‍च्याए, “हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र तिनीहरूका घोडाहरू!” तिनले एलियालाई फेरि देखेनन्, र तिनले आफ्‍ना वस्‍त्र समाते र दुई भागमा च्याते ।
Elizeusz zaś zobaczył to i zawołał: Mój ojcze, mój ojcze! Rydwanie Izraela i jego jeźdźcze. I nie zobaczył go już więcej. Chwycił swoje szaty i rozdarł je na dwie części.
13 तिनले एलियाबाट खसेको खास्टो उठाए र यर्दन नदीको किनारमा खडा हुनलाई फर्केर गए ।
Potem podniósł płaszcz Eliasza, który spadł z niego, zawrócił i stanął nad brzegiem Jordanu;
14 एलियाबाट खसेको खास्टोले तिनले पानीलाई हिर्काए र भने, “एलियाका परमप्रभु परमेश्‍वर कहाँ हुनुहुन्छ? जब तिनले पानीलाई हिर्काए तब त्‍यो दुईतिर विभाजित भयो र एलीशा पारि गए ।
I wziął płaszcz Eliasza, który spadł z niego, uderzył nim wody i powiedział: Gdzie jest PAN, Bóg Eliasza? Również gdy on uderzył nim wody, rozdzieliły się na dwie strony. I Elizeusz przeszedł.
15 जब यरीहोबाट आएका अगमवक्ताहरूका छोराहरूले तिनी पारि तरेको देखे तब तिनीहरूले भने, “एलियाका आत्माले एलीशामा बास गरेको छ ।” त्यसैले तिनलाई भेट्न तिनीहरू आए, र तिनको अघि आफैलाई भुइँसम्मै निहुराए ।
A gdy synowie proroków, którzy [byli] w Jerychu, zobaczyli go z naprzeciwka, powiedzieli: Duch Eliasza spoczął na Elizeuszu. Wyruszyli mu więc naprzeciw i pokłonili mu się aż do ziemi.
16 तिनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईंका दासहरूका माझमा पचास जना बलिया मानिस छन् । हामी अनुरोध गर्छौं कि तिनीहरूलाई जान र तपाईंका मालिकको खोजी गर्न दिनुहोस्, कतै परमप्रभुका आत्माले तिनलाई माथि लानुभएको र तिनलाई कुनै पहाड वा उपत्यकामा फाल्‍नुभएको छ कि?” एलीशाले जवाफ दिए, “अहँ, तिनीहरूलाई नपठाओ ।”
I powiedzieli do niego: Oto teraz wśród twoich sług jest pięćdziesięciu dzielnych mężczyzn. Proszę, niech idą i niech szukają twego pana; może Duch PANA uniósł go i spuścił na jakąś górę albo w jakąś dolinę. Lecz on powiedział: Nie posyłajcie.
17 तर एलिशा लाजमा पारून्‍जेलसम्म तिनीहरूले बिन्ती गरेको हुनाले तिनले भने “तिनीहरूलाई पठाओ ।” तब तिनीहरूले पचास जना मानिस पठाए, र तिनीहरूले तिन दिनसम्म खोजी गरे, तर तिनलाई पाएनन् ।
A gdy tak nalegali, aż do uprzykrzenia, powiedział: Poślijcie. Posłali więc tych pięćdziesięciu mężczyzn, którzy szukali przez trzy dni, lecz nie znaleźli go.
18 एलीशा यरीहोमा हुँदा तिनीहरू तिनीकहाँ फर्केर आए, र तिनले तिनीहरूलाई सोधे, “के 'नजाओ' भनी मैले तिमीहरूलाई भनेको थिइनँ र?”
A gdy wrócili do niego – bo przebywał w Jerychu – powiedział do nich: Czyż nie mówiłem wam: Nie idźcie?
19 सहरका मानिसहरूले एलीशालाई भने, “हेर्नुहोस्, तपाईं देख्‍न सक्‍नुहुन्छ यो सहरको अवस्था राम्रै छ, तर पानी दूषित छ, र जमिनले फल दिंदैन ।”
Potem ludzie tego miasta powiedzieli do Elizeusza: Oto położenie tego miasta jest dobre – jak ty, mój panie, widzisz. Lecz woda jest niedobra i ziemia nieurodzajna.
20 एलीशाले जवाफ दिए, “एउटा नयाँ कचौरा मकहाँ लेओ, र यसभित्र नून हाल ।” त्यसैले तिनीहरूले त्‍यो तिनीकहाँ ल्याए ।
Wtedy powiedział: Przynieście mi nowy dzbanek i włóżcie do niego soli. I przynieśli mu.
21 एलीशा पानीको मुहानमा गए, र त्यसमा नुन छर्किदिए । तब तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'मैले यो पानीलाई शुद्ध पारेको छु । अब फेरि मृत्यु हुने वा फलविहीन जमिन हुनेछैन' ।”
Wówczas poszedł do źródła wód, wrzucił do niego sól i powiedział: Tak mówi PAN: Uzdrowiłem te wody, już nie wyjdzie stąd ani śmierć, ani nieurodzaj.
22 त्यसैले एलीशाले बोलेको वचनद्वारा आजको दिनसम्म पानी शुद्ध छ ।
Wody więc zostały uzdrowione [i są takie] aż do dziś, według słowa Elizeusza, które wypowiedział.
23 त्यसपछि एलीशा त्यहाँबाट बेथेलमा गए । तिनी बाटोमा जाँदै गर्दा सहरबाट केही केटाहरू आए र तिनको खिसी गरे। तिनीहरूले भने, “ए मुडुले, तिमी माथि जाऊ! ए मुडुले, तिमी माथि जाऊ!”
Potem wyruszył stamtąd do Betel. A gdy podążał drogą, małe dzieci wyszły z miasta i naśmiewały się z niego, mówiąc mu: Wstąp łysy, wstąp łysy!
24 एलीशा आफ्‍नो पछाडि फर्के र तिनीहरूलाई देखे । तिनीहरूमाथि सराप परोस् भनी तिनले परमप्रभुलाई पुकारे । त्यसपछि जङ्गलबाट दुईवटा पोथी भालु निस्केर आयो र बयालिस जना केटाहरूलाई घाइते बनाए ।
On zaś odwrócił się, spojrzał na nie i przeklął je w imieniu PANA. Wtedy dwie niedźwiedzice wyszły z lasu i rozszarpały czterdzieścioro dwoje dzieci spośród nich.
25 तब एलीशा त्यहाँबाट कर्मेल डाँडामा गए, र त्यहाँबाट तिनी सामरिया फर्के ।
Stamtąd poszedł na górę Karmel, skąd wrócił do Samarii.

< २ राजाहरू 2 >