< २ राजाहरू 16 >

1 रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्‍य सुरु गरे ।
W siedemnastym roku Pekacha, syna Remaliasza, Achaz, syn Jotama, króla Judy, [zaczął] królować.
2 आहाजले राज्‍य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनका पुर्ख दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्‍यो गरेनन् ।
Achaz miał dwadzieścia lat, kiedy zaczął królować, i królował szesnaście lat w Jerozolimie, ale nie czynił tego, co słuszne w oczach PANA, swego Boga, jak Dawid, jego ojciec;
3 बरु, तिनी इस्राएलका राजाहरूको चालमा हिंडे । वास्तवमा परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूका घृणित अभ्यासहरूको अनुसरण गरेर तिनले आफ्नो छोरोलाई आगोमा टेकेर हिंड्‍न लगाए ।
Lecz chodził drogami królów Izraela, a nawet swojego syna przeprowadził przez ogień według obrzydliwości pogan, których PAN wypędził sprzed oblicza synów Izraela.
4 तिनले उच्‍च थानहरू, डाँडाका टाकुराहरू र हरेक हरियो रुखमुनि बलिदानहरू चढाए र धूप बाले ।
Składał ofiary i palił kadzidło na wyżynach, na pagórkach i pod każdym zielonym drzewem.
5 तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह आक्रमण गर्न यरूशलेममा आए । तिनीहरूले आहाजलाई घेरे तापनि तिनीहरूले तिनलाई पराजित गर्न सकेनन् ।
Wtedy Resin, król Syrii, i Pekach, syn Remaliasza, król Izraela, wyruszyli na wojnę przeciw Jerozolimie i oblegli Achaza, ale nie mogli go pokonać.
6 त्यस बेला अरामका राजा रसीनले अरामको लागि एलात फेरि प्राप्‍त गरे र यहूदाका मानिसहरूलाई एलातबाट धपाए । तब अरामीहरू एलातमा आए, जहाँ तिनीहरू आजको दिनसम्म नै बसेका छन् ।
W tym samym czasie Resin, król Syrii, przywrócił Syrii Elat i wypędził Żydów z Elat, a Syryjczycy przybyli do Elat i mieszkają tam aż do dziś.
7 त्‍यसैले आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर सन्देशवाहकहरू पठाए, “म तपाईंको सेवक र तपाईंको छोरो हुँ । माथि आउनुहोस् र अरामका राजा र इस्राएलका राजाको हातबाट मलाई बचाउनुहोस् जसले मलाई आक्रमण गरेका छन् ।”
Achaz więc wysłał posłańców do Tiglat-Pilesera, króla Asyrii, ze słowami: Jestem twoim sługą i twoim synem. Przyjdź i wybaw mnie z ręki króla Syrii i z ręki króla Izraela, którzy powstali przeciw mnie.
8 त्यसैले आहाजले परमप्रभुको मन्दिरमा भेट्टाइएका चाँदी र सुन अनि राजदरबारका धन-सम्‍पति लिए र अश्शूरका राजाकहाँ उपहारको रूपमा ति पठाए ।
Wtedy Achaz wziął srebro i złoto, które znajdowały się w domu PANA i w skarbcach domu królewskiego, i posłał [je jako] dar królowi Asyrii.
9 तब अश्शूरका राजाले तिनको कुरा सुने, र अश्शूरका राजा दमस्कसको विरुद्धमा गए, त्‍यसमाथि विजय हासिल गरे र यहाँका मानिसहरूलाई बन्दी बनाएर कीरमा लगे । तिनले अरामका राजा रसीनलाई पनि मारे ।
I król Asyrii wysłuchał go. Wyruszył bowiem król Asyrii przeciw Damaszkowi, zdobył go i uprowadził jego [mieszkańców] do Kir, a Resina zabił.
10 राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरलाई भेट्न दमस्कसमा गए । दमस्कसमा तिनले एउटा वेदी देखे । तिनले आवश्यक सबै कामको लागि वेदीको ढाँचा र तरिका उरियाह पुजारीलाई नमुनाको लागि पठाए ।
Potem król Achaz udał się do Damaszku na spotkanie z Tiglat-Pilserem, królem Asyrii. Gdy zobaczył w Damaszku ołtarz, król Achaz posłał do kapłana Uriasza wzór tego ołtarza i cały plan jego budowy.
11 त्यसैले राजा आहाजले दमस्कसबाट पठाएको योजनाहरू जस्‍तै ढाँचाको वेदी उरियाह पुजारीले बनाए । राजा आहाज दमस्कसबाट फर्कनुअगि तिनले यसलाई बनेर सिद्ध्याए ।
I kapłan Uriasz zbudował ołtarz dokładnie według tego, co król Achaz przesłał z Damaszku. Tak to uczynił kapłan Uriasz, zanim król Achaz wrócił z Damaszku.
12 राजा दमस्कसबाट आएपछि, तिनले वेदी देखे । राजा वेदीमा गए र बलिदानहरू चढाए ।
A gdy król wrócił z Damaszku, zobaczył ołtarz, zbliżył się do niego i złożył na nim ofiary.
13 तिनले आफ्ना होमबलि र अन्‍नबलि चढाए, आफ्‍नो अर्घबलि खन्याए, अनि मेलबलिको रगतलाई वेदीमाथि छर्के ।
Spalił swoje całopalenie i ofiarę z pokarmów, wylał swoją ofiarę z płynów i pokropił ołtarz krwią swoich ofiar pojednawczych.
14 परमप्रभुको सामु भएको काँसाको वेदी, तिनले परमप्रभुको मन्दिरको सामुबाट अर्थात् तिनको वेदी र परमप्रभुको मन्दिरको बिचबाट ल्‍याए र आफ्‍नो वेदीको उत्तरपट्टि राखे ।
Ołtarz zaś z brązu, który był przed PANEM, przeniósł z przedniej części domu, gdzie znajdował się między ołtarzem a domem PANA, i postawił go po północnej stronie ołtarza.
15 तब राजा आहाजले उरियाह पुजारीलाई यसो भनेर आदेश दिए, “ठुलो वेदीमा बिहानको होमबलि र साँझको अन्‍नबलि अनि राजाको होमबलि र तिनको अन्‍नबलिलाई देश भरिका सबै मानिसका होमबलि र तिनीहरूका अन्‍नबलि र तिनीहरूका अर्घबलिसँगै चढाऊ । यसमाथि होमबलिको सबै रगत र बलिदानका सबै रगत छर्क । तर काँसाको वेदीचाहिं मार्गदर्शनको सल्लाह लिन मेरो निम्‍ति हुनेछ ।”
Król Achaz rozkazał też kapłanowi Uriaszowi: Na wielkim ołtarzu będziesz palił poranną ofiarę całopalną i wieczorną ofiarę z pokarmów, [a także] całopalną ofiarę króla i jego ofiarę z pokarmów oraz całopalną ofiarę całego ludu ziemi, ich ofiarę z pokarmów i ich ofiary z płynów. Będziesz też kropił na nim wszelką krwią całopalenia i wszelką krwią z ofiar [krwawych], ale ołtarz z brązu będzie dla mnie do szukania rady.
16 राजा आहाजले जसरी आज्ञा दिए, उरियाह पुजारीले त्‍यसरी नै गरे ।
I kapłan Uriasz uczynił wszystko zgodnie z tym, jak rozkazał król Achaz.
17 तब राजा आहाजले गुड्‍ने आधारहरूबाट पाटाहरू र बाटाहरू हटाए । तिनले विशाल खँड्कुलोलाई त्यसलाई थामिराख्‍ने काँसाका साँढेहरूबाट निकाले र ढुङ्गाको आधारमा राखे ।
Król Achaz odciął też listwy podstawek i wyjął z nich kadzie. Zdjął również morze sponad wołów z brązu, które pod nim były, a postawił je na posadzce kamiennej.
18 तिनले शबाथमा प्रयोग गरिने चँदुवालाई हटाए जसलाई तिनीहरूले मन्दिरमा निर्माण गरेका थिए । तिनले अश्शूरका राजाको कारणले मन्दिरबाहिर भएको राजकीय प्रवेशद्वारलाई पनि हटाइदिए ।
Zadaszenie na szabat, które zbudowano w domu, oraz zewnętrzne wejście królewskie usunął z domu PANA ze względu na króla Asyrii.
19 आहाज र तिनले गरेका कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
A pozostałe dzieje Achaza, które czynił, są zapisane w księdze kronik królów Judy.
20 आहाज आफ्ना पुर्खाहरूसित सुते र दाऊदको सहरमा तिनका पुर्खाहरूसँगै गाडिए । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।
I Achaz zasnął ze swymi ojcami, i został pogrzebany z nimi w mieście Dawida. A Ezechiasz, jego syn, królował w jego miejsce.

< २ राजाहरू 16 >