< २ इतिहास 22 >

1 यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए ।
Potem mieszkańcy Jerozolimy ustanowili Achazjasza, jego najmłodszego syna, królem na jego miejscu, gdyż wszystkich starszych [jego braci] wymordowała zgraja, która razem z Arabami wtargnęła do obozu. Tak więc [zaczął] królować Achazjasz, syn Jorama, króla Judy.
2 अहज्याह ले राज्य गर्न सुरु गर्दा तिनी बाईस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अतल्‍याह थियो । तिनी ओम्रीकी छोरी थिइन्‌ ।
Achazjasz [miał] czterdzieści dwa lata, kiedy [zaczął] królować, i królował jeden rok w Jerozolimie. Jego matka [miała] na imię Atalia [i była] córką Omriego.
3 तिनी पनि आहाबको घरानाका चालमा हिंडे, किनकि दुष्‍ट कुराहरू गर्नलाई तिनकी आमा सल्‍लाहकार थिइन् ।
On również kroczył drogami domu Achaba, bo jego matka radziła mu, aby postępował niegodziwie.
4 आहाबको घरानाले गरेझैं अहज्याहले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे, किनकि तिनका बुबाको मृत्‍युपछि तिनीहरू नै तिनको पतन गराउने सल्‍लाहकारहरू थिए ।
Czynił więc to, co złe w oczach PANA, tak jak dom Achaba. Oni bowiem na jego zgubę byli jego doradcami po śmierci ojca.
5 तिनीहरूका सल्लाहको अनुसरण पनि तिनले गरे । तिनी इस्राएलका राजा आहाबका छोरा योरामसित मिलेर रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न गए । अरामीहरूले योरामलाई घाइते बनाए ।
Chodził za ich radą i wyruszył z Joramem, synem Achaba, królem Izraela, na wojnę przeciw Chazaelowi, królowi Syrii, do Ramot-Gilead. Tam Syryjczycy zranili Jorama.
6 रामोतमा अरामका राजा हजाएलसँग भएको युद्धमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने योराम घाइते भएका थिए ।
Wrócił więc, aby się leczyć w Jizreel z ran, które zadano mu w Rama, gdy walczył z Chazaelem, królem Syrii. Wtedy Azariasz, syn Jorama, króla Judy, przybył do Jizreel, aby odwiedzić Jorama, syna Achaba, bo był chory.
7 अहज्‍याहले योरामलाई भेटेको कारण परमप्रभुले अहज्याहको पतन ल्याउनुभयो । जब तिनी आइपुगेका थिए, तब तिनी योरामसँग निम्‍शीका छोरा येहूलाई आक्रमण गर्न गए, जसलाई परमप्रभुले आहाबको घरानालाई नाश गर्नको निम्ति रोज्‍नुभएको थियो ।
A to, że przybył do Jorama, było od Boga na zgubę Achazjasza. Kiedy bowiem przybył, wyjechał z Joramem przeciw Jehu, synowi Nimsziego, którego PAN namaścił, aby wytracić dom Achaba.
8 यस्‍तो भयो, जब येहूले आहाबको घरानामाथि परमेश्‍वरको न्‍याय पूरा गर्दै थिए, तब यहूदाका अगुवाहरू र अहज्‍याहका दाजुहरूका छोराहरूले अहज्‍याहको सेवा गरिरहेको तिनले भेट्टाए । येहूले तिनीहरूलाई मारे ।
I kiedy Jehu dokonywał sądu nad domem Achaba, znalazł [niektórych] książąt Judy i synów braci Achazjasza, którzy służyli Achazjaszowi, i zabił ich.
9 येहूले अहज्‍याहलाई खोजे । तिनीहरूले तिनलाई सामरियामा लुकिरहेको अवस्थामा समाते, तिनलाई येहूकहाँ ल्‍याए र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनलाई गाडे, किनकि तिनीहरूले भने, “यिनी आफ्‍नो पूरा हृदयले परमप्रभुलाई खोज्‍ने यहोशापातका छोरा हुन्‌ ।” यसरी राज्‍यमा शासन गर्नलाई अहज्‍याहका घरानासँग फेरि कुनै शक्ति बाँकी रहेन ।
Potem szukał Achazjasza i pojmano go, gdy ukrywał się w Samarii. Przyprowadzili go do Jehu i zabili. Potem pogrzebali go, bo mówili: To jest syn Jehoszafata, który szukał PANA całym swoim sercem. I tak już nie było [nikogo] w domu Achazjasza, kto by mógł przejąć królestwo.
10 अब अहज्‍याहकी आमा अतल्‍याहले आफ्‍ना छोरा मरेका देखिन्, तिनी उठिन् र यहूदाका सारा राजकीय सन्तानहरूलाई मारिन् ।
Kiedy Atalia, matka Achazjasza, zobaczyła, że jej syn umarł, wstała i zgładziła całe potomstwo królewskie z domu Judy.
11 तर राजाकी छोरी यहोशेबाले अहज्‍याहका छोरा योआशलाई मारिन लागेका राजाका छोराहरूका बिचबाट सुटुक्‍क भगाएर लगिन् । तिनले त्यसलाई र त्‍यसकी धाईआमालाई एउटा सुत्‍ने कोठाभित्र राखिन्‌ । यहोराम राजाकी छोरी र पुजारी यहोयादाकी पत्‍नी यहोशेबाले (किनकि तिनी अहज्‍याहकी दिदी थिइन्) योआशलाई अतल्‍याहको हातबाट लुकाइराखिन्, ताकि अतल्‍याहले त्‍यसलाई मार्न पाइनन्‌ ।
Ale Jehoszaba, córka króla, wzięła Joasza, syna Achazjasza, wykradła go spośród synów króla, których [potem] zabito, i ukryła go wraz z jego mamką w pokoju sypialnym. Tak to ukryła go Jehoszaba, córka króla Jorama, żona kapłana Jehojady i siostra Achazjasza, przed Atalią, aby ta go nie zabiła.
12 अतल्‍याहले देशमा राज्‍य गर्दा तिनी परमप्रभुको मन्दिरमा छ वर्षसम्म तिनीहरूसँगै लुकाएर राखिए ।
I przebywał z nimi ukryty w domu Bożym przez sześć lat, podczas gdy Atalia królowała nad ziemią.

< २ इतिहास 22 >