< २ इतिहास 13 >

1 राजा यरोबामको अठारौँ वर्षमा, अबियाले यहूदामा राज्य गर्न सुरु गरे ।
W osiemnastym roku króla Jeroboama [zaczął] królować Abiasz nad Judą.
2 तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे । तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन्‌ । अबिया र यारोबामका बीचमा युद्ध भयो ।
Trzy lata królował w Jerozolimie, a jego matka [miała] na imię Maaka [i była] córką Uriela z Gibea. I trwała wojna między Abiaszem a Jeroboamem.
3 अबिया चार लाख छानिएका बलिया र वीर योद्धाहरू लिएर युद्ध गर्न गए । यारोबामले छानिएका बलिया र वीर आठ लाख योद्धाहरू लडाँइको निम्ति तैनाथ गरे ।
Abiasz więc przyszykował wojsko liczące czterysta tysięcy dzielnych wojowników, wyborowych mężczyzn. Jeroboam także przyszykował przeciwko niemu osiemset tysięcy wyborowych mężczyzn, dzielnych wojowników.
4 अबिया एफ्राइमको पहाडी देशमा भएको समारैम डाँडामा खडा भए र यसो भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन!
Wtedy Abiasz stanął na szczycie góry Semaraim, [położonej] wśród gór Efraim, i powiedział: Słuchajcie mnie, Jeroboamie i cały Izraelu!
5 परमप्रभु इस्राएलका परमेश्‍वरले औपचारिक करारद्वारा सधैँको निम्‍ति दाऊद र तिनका सन्‍तानलाई इस्राएलमाथि शासन गर्न दिनुभएको कुरा के तिमीहरूलाई थाहा छैन?
Czy nie [powinniście] wiedzieć, że PAN, Bóg Izraela, dał Dawidowi panowanie nad Izraelem na wieki – jemu i jego synom – przymierzem soli?
6 तापनि दाऊदका छोरा सोलोमनका सेवक नबातका छोरा यारोबाम उठ्‍यो र आफ्‍ना मालिकको विरुद्धमा बागी भयो ।
Lecz powstał Jeroboam, syn Nebata, sługa Salomona, syna Dawida, i zbuntował się przeciw swojemu panu.
7 केही बेकम्‍मा बदमाशहरू त्‍यसको साथमा भेला भए । तिनीहरू सोलोमनका छोरा रहबामको विरुद्धमा आए, जति बेला रहबाम कलिलै र अनुभव नभएको र तिनीहरूको सामना गर्न नसक्‍ने अवस्थामा थिए ।
I zebrali się u niego lekkomyślni mężczyźni, synowie Beliala, i wzmocnili się przeciw Roboamowi, synowi Salomona. A Roboam, będąc młodzieńcem i lękliwego serca, nie mógł się im mężnie oprzeć.
8 यसैले तिमीहरूसँग एउटा ठूलो फौज भएको हुनाले र तिमीहरूसँग देवताहरू हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग भएको हुनाले, अब तिमीहरू दाऊदका सन्‍तानहरूका हातमा भएको परमप्रभुका राज्‍यको विरुद्धमा खडा हुने योजना गर्दछौ ।
A wy teraz zamierzacie przeciwstawić się królestwu PANA, które jest w rękach synów Dawida; jesteście wielkim tłumem i [macie] ze sobą złote cielce, które Jeroboam wykonał wam jako bogów.
9 तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पुजारीहरू र लेवीहरूलाई लखेट्‍ने र अरू देशका मानिसहरूले गरेझैं आफ्‍नै पुजारीहरूलाई नियुक्त गरेनौ र? जुनसुकै मानिस पुजारी भएर सेवा गर्नलाई एउटा बाछो र सात वटा भेडा लिएर आउँछ, त्यो जो देवताहरू नै होइनन्, त्यसको पुजारी बन्छ ।
Czy nie odrzuciliście kapłanów PANA, synów Aarona, i Lewitów i czy nie ustanowiliście sobie kapłanów jak [inne] narody ziemi? Ktokolwiek przychodzi z młodym cielcem i siedmioma baranami, aby się poświęcić, staje się kapłanem tych, którzy nie [są] bogami.
10 तर हाम्रा बारेमा त, परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामीले उहाँलाई त्‍यागेका छैनौं । हामीसँग परमप्रभुको सेवा गर्ने हारूनका सन्तानहरू पुजारीको रूपमा छन्, र आफ्नो काम गर्ने लेवीहरू छन् ।
Ale dla nas PAN jest naszym Bogiem i nie opuściliśmy go. Kapłani, którzy służą PANU, [są] synami Aarona, a Lewici pełnią swoje obowiązki.
11 तिनीहरू हरेक बिहान र बेलुकी परमप्रभुको निम्‍ति होमबलि र सुगन्‍धित धूप चढ़ाउँछन्‌ । पवित्र टेबलमा उपस्‍थितिको रोटीलाई मिलाएर राख्‍ने काम पनि तिनीहरू गर्छन् । तिनीहरू बेलुकैपिच्‍छे सुनको सामदानमा भएका बत्तीहरू बाल्‍दछन्‌ । हामी परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालना गर्छौं, तर तिमीहरूले उहाँलाई त्यागेका छौ ।
I każdego ranka i wieczora składają PANU w ofierze całopalenia i wonności oraz układają chleby pokładne na czystym stole, [przygotowują] także złoty świecznik i jego lampy, aby płonęły co wieczór. W ten oto sposób przestrzegamy rozkazu PANA, naszego Boga, ale wy go opuściliście.
12 हेर, परमेश्‍वर हाम्रा शिरमा हामीसँग हुनुहुन्छ, र उहाँका पुजारीहरू तिमीहरूका विरुद्धमा खतराको संकेत दिनलाई तुरही लिएर यहाँ छन् । हे इस्राएलका मानिसहरू हो, परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा युद्ध नगर, किनकि तिमीहरू सफल हुनेछैनौ ।”
Oto więc z nami na czele jest Bóg wraz ze swoimi kapłanami mającymi głośne trąby, aby grzmiały przeciwko wam. Synowie Izraela, nie walczcie z PANEM, Bogiem waszych ojców, bo wam się nie powiedzie.
13 तर यारोबामले आफ्‍नो फौजको एक दल पछिल्‍तिर गएर ढुकिबस्‍नलाई पठाएका थिए, र तिनको फौज चाहिं यहूदा, र तिनीहरूको पछाडि ढुकेर बसेका फौज थिए ।
Tymczasem Jeroboam rozkazał uczynić zasadzkę i napaść ich od tyłu. I stali oni przed Judą, a zasadzka [była] na tyłach.
14 जब यहूदाका मानिसहरूले पछाडि हेरे, तब हेर, लडाइँ आफ्‍नो अगाडि र पछाडि दुवैतिर भएको देखे । तिनीहरूले परमप्रभुमा पुकारा गरे, र पुजारीहरूले आफ्‍ना तुरहीहरू फुके ।
Gdy [synowie] Judy zobaczyli, że walka [toczy się] z przodu i z tyłu, wołali do PANA, a kapłani zadęli w trąby.
15 त्यसपछि यहूदाका मानिसहरूले ठुलो सोरले कराए । जब तिनीहरूले ठुलो सोरले कराए, तब परमेश्‍वरले यारोबाम र सबै इस्राएललाई अबिया र यहूदाको सामुन्‍ने प्रहार गर्नुभयो ।
Mężczyźni Judy wydali też okrzyk. I kiedy wydali okrzyk, Bóg poraził Jeroboama i całego Izraela przed Abiaszem i Judą.
16 इस्राएलका मानिसहरू यहूदाका सामुन्‍नेबाट भागे, र परमेश्‍वरले तिनीहरूलाई यहूदाको हातमा सुम्‍पिदिनुभयो ।
I synowie Izraela uciekali przed Judą, ale Bóg wydał ich w ich ręce.
17 अबिया र तिनका फौजले ठुलो सङ्‍ख्‍यामा तिनीहरूको हत्या गरे । इस्राएलका पाँच लाख चुनिएका मानिसहरू मरेर ढले ।
I Abiasz i jego lud zadali im wielką klęskę, tak że spośród Izraela poległo pięćset tysięcy wyborowych mężczyzn.
18 यसरी इस्राएलका मानिसहरूलाई त्‍यस बेला पराजित गरियो । यहूदाका मानिसहरूले जिते, किनभने तिनीहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा गरे ।
W tym czasie więc synowie Izraela zostali upokorzeni, a umocnili się synowie Judy, ponieważ polegali na PANU, Bogu swoich ojców.
19 अबियाले यारोबामलाई खेदे । तिनले उनीबाट बेथेल र त्‍यसका बस्‍ती, येशना र त्‍यसका बस्‍ती, अनि एप्रोन र त्‍यसका बस्‍तीसमेत कब्‍जा गरे ।
I Abiasz ścigał Jeroboama, i odebrał mu miasta: Betel, Jeszanę i Efron razem z należącymi do nich wioskami.
20 अबियाको शासनको समयमा यारोबामले फेरि आफ्‍नो शक्ति कदापि प्राप्‍त गर्न सकेनन्‌ । परमप्रभुले उनलाई प्रहार गर्नुभयो, र उनी मरे ।
Jeroboam nie mógł powrócić już do sił za dni Abiasza i PAN poraził go tak, że umarł.
21 तर अबियाले शक्तिशाली भए । तिनले आफ्नो निम्ति चौध जना पत्‍नी ल्‍याए, र बाइस जना छोरा र सोह्र जना छोरीका पिता भए ।
A Abiasz umocnił się i wziął sobie czternaście żon, i spłodził dwudziestu dwóch synów i szesnaście córek.
22 अबिया बाँकी कामहरू र तिनका व्यवहार र वचनहरू इद्दो अगमवक्ताको इतिहासमा लेखिएका छन्‌ ।
Ale pozostałe dzieje Abiasza, jego czyny i słowa są zapisane w księdze proroka Iddo.

< २ इतिहास 13 >