< १ शमूएल 6 >

1 अनि पलिश्तीहरूको देशमा परमप्रभुको सन्दुक सात महिनासम्म रह्‍यो ।
I arka PANA przebywała w ziemi Filistynów przez siedem miesięcy.
2 त्यसपछि पलिश्ती मानिसहरूले पुजारीहरू र जोखाना हेर्नेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई भने, “परमप्रभुको सन्दुकलाई हामीले के गर्नुपर्छ? हामीले त्‍यसको आफ्नै देशमा त्‍यो कसरी पठाउनुपर्छ हामीलाई भन्‍नुहोस् ।
Wtedy Filistyni zwołali kapłanów i wróżbitów i zapytali: Co mamy zrobić z arką PANA? Powiedzcie nam, jak mamy ją odesłać na swoje miejsce?
3 पुजारीहरू र जोखाना हेर्नेहरूले भने, “तपाईंहरूले परमेश्‍वरको सन्दुक फिर्ता पठाउनु हुन्छ भने, कुनै उपहारविना नपठाउनुहोस् । कुनै पनि हालतमा उहाँलाई दोषबलिसहित पठाउनुहोस् । तब तपाईंहरू निको हुनुहुनेछ र अहिलेसम्म उहाँको हात तपाईंहरूबाट किन नहटाइएको रहेछ भनी तपाईंहरूले जान्‍नुहुनेछ ।”
Ci odpowiedzieli: Jeśli odsyłacie arkę Boga Izraela, nie odsyłajcie jej z niczym, lecz koniecznie oddajcie mu ofiarę za grzech: wtedy będziecie uzdrowieni i dowiecie się, czemu jego ręka nie odstąpiła od was.
4 तब तिनीहरूले भने, “हामीले उहाँलाई फर्काइ रहँदा दोषबलि के हुनुपर्छ?” तिनीहरूले जवाफ दिए, “पलिश्तीहरूको शासकहरूको संख्या जति छ त्‍यति नै सङ्‍ख्‍यामा सुनका पाँच गिर्खा र सुनका पाँच मूसाहरू बनाउनुहोस् । किनकि तपाईंहरू र तपाईंका शासकहरूलाई त्‍यही रूढीले प्रहार गर्‍यो ।
I powiedzieli: Jaką ofiarę za grzech mamy mu złożyć? Odpowiedzieli: Według liczby książąt filistyńskich pięć wrzodów złotych i pięć myszy złotych. Ta sama bowiem plaga dotknęła was wszystkich i waszych książąt.
5 यसैले तपाईंहरूले आफ्‍ना गिर्खाहरूको नमूनाहरू र देशलाई नाश पार्ने आफ्‍ना मूसाहरूको नमूनाहरू बनाउनुपर्छ र इस्राएलका परमेश्‍वरलाई महिमा दिनुपर्छ । सायद उहाँले आफ्‍नो हात तपाईंहरूबाट, तपाईंका देवाताहरूबाट र तपाईंको देशबाट हटाउनुहुनेछ ।
I sporządzicie podobizny waszych wrzodów i podobizny waszych myszy, które niszczą ziemię, i oddacie chwałę Bogu Izraela. Może odejmie swoją rękę od was, waszych bogów i waszej ziemi.
6 जसरी मिश्रीहरू र फारोले आफ्नो हृदय कठोर पारे त्‍यसरी तपाईंहरूले किन आफ्‍नो हृदय कठोर पार्नुहुन्छ? त्‍यस बेला परमेश्‍वरले तिनीहरूसँग कठोर व्यवहार गर्नुभयो । के मिश्रीहरूले मानिसहरू पठाएनन्, अनि तिनीहरूले छोडेर आएनन् र?
Dlaczego zatwardzacie swoje serca tak, jak Egipcjanie i faraon zatwardzali swoje serca? Czy [nie dopiero] wtedy, gdy czynił wśród nich cudowne rzeczy, wypuścili ich, aby wyszli?
7 अब एउटा नयाँ गाडासँगै कहिल्यै जुवा नलागाइएका दुई वटा दुहुना गाई तयार पार्नुहोस् । गाईहरूलाई गाडामा बाँध्‍नुहोस्, तर तिनीहरूका बाछाबाछीलाई तिनीहरूबाट छुट्टाएर घरमा नै राख्‍नुहोस् ।
Teraz więc przygotujcie nowy wóz, weźcie dwie mleczne krowy, na które nie nałożono jarzma, i zaprzęgnijcie te krowy do wozu, a ich cielęta odprowadźcie od nich do domu.
8 तब परमप्रभुको सन्दुक लिनुहोस् र त्‍यसलाई गाडामा राख्‍नुहोस् । तपाईंहरूले दोषबलिको रूपमा उहाँलाई फर्काउने ती सुनका आकृतिहरूलाई त्‍यसको छेउमा एउटा बाकसमा राख्‍नुहोस् । अनि त्‍यसलाई पठाउनुहोस् र यसलाई आफ्नो बाटो जान दिनुहोस् ।
Weźcie też arkę PANA i włóżcie ją na wóz; a złote przedmioty, które oddajecie jako ofiarę za grzech, włóżcie do skrzynki obok niej. Po czym puśćcie go i niech jedzie.
9 त्यसपछि हेर्नुहोस्, त्‍यो बेथ-शेमेशतिर आफ्नै देशको बाटो जान्छ भने, यत्रो ठुलो विपत्ति परमप्रभुले नै ल्याउनुभएको रहेछ । तर होइन भने, हामीले जान्‍नेछौं कि हामीलाई प्रहार गर्ने उहाँको हात होइन । बरु, संयोगले त्‍यसो भएको रहेछ भनी हामी जान्‍नेछौं ।
Wtedy patrzcie – jeśli pojedzie drogą własnej granicy do Bet-Szemesz, [to PAN] wyrządził nam to wielkie zło. Lecz jeśli nie, to będziemy wiedzieli, że to nie jego ręka nas dotknęła, [ale] to, co nas spotkało, było przypadkiem.
10 मानिसहरूलाई भनेअनुसार उनीहरूले गरे । उनीहरूले दुई वटा दुहुना गाईहरू लिए र तिनका बाछाबाछीलाई घरमा नै थुने ।
I ci ludzie tak uczynili: wzięli dwie mleczne krowy i zaprzęgli je do wozu, a ich cielęta zamknęli w domu.
11 उनीहरूले परमप्रभुको सन्दुक, साथै सुनका मूसाहरू र उनीहरूका गिर्खाको आकृतिहरू भएको बाकसलाई उक्‍त गाडामा राखे ।
Potem włożyli arkę PANA na wóz oraz skrzynkę ze złotymi myszami i z podobiznami swoich wrzodów.
12 गाईहरू सोझै बेथ-शेमेशको दिशातिर गए । ती गाईहरू कराउँदै गए तर दाँया र बाँया कतैतिर नलागी, तिनीहरू लोकमार्ग हुँदै गए । पालिश्‍तीहरूका शासकहरू बेथ-शेमेशको सिमानासम्म नै तिनीहरूको पछि-पछि गए ।
I krowy poszły prostą drogą ku Bet-Szemesz. Szły jednym gościńcem, a idąc, ryczały i nie zbaczały ani w prawo, ani w lewo. A książęta filistyńscy szli za nimi aż do granicy Bet-Szemesz.
13 यति बेला बेथ-शेमेशका मानिसहरूले बेसीमा गाहुँको कटानी गरिरहेका थिए। तिनीहरूले आफ्‍ना आँखा उठाए र सन्दुकलाई हेरे र तिनीहरू आनन्‍दित भए ।
W tym czasie mieszkańcy Bet-Szemesz żęli pszenicę w dolinie, a gdy podnieśli swe oczy, zobaczyli arkę i uradowali się na jej widok.
14 बेथ-शेमेशको नगरबाट त्‍यो गाडा यहोशूको खेतमा आयो र त्यहाँ नै रोकियो । त्यहाँ एउटा ठुलो ढुङ्गा थियो, र तिनीहरूले गाडाको काठ चिरे र ती गाईहरूलाई परमप्रभुको निम्ति होमबलि चढाए ।
Wóz zaś dotarł na pole Jozuego z Bet-Szemesz i tam się zatrzymał, tam też był wielki kamień. Wtedy porąbali drewno [z tego] wozu i złożyli PANU krowy na ofiarę całopalną.
15 लेवीहरूले परमप्रभुको सन्दुक र यससँगैको सुनका आकृतिहरू भएको बाकसलाई निकाले र तिनलाई त्‍यो ठुलो ढुङ्गामाथि राखे । बेथ-शेमेशका मानिसहरूले परमप्रभुलाई त्यसै दिन होमबलि र बलिदानहरू चढाए ।
Lewici zdjęli arkę PANA oraz skrzynkę obok niej, w której [były] złote przedmioty, i postawili to na tym wielkim kamieniu. Ludzie zaś z Bet-Szemesz w tym dniu złożyli PANU całopalenia i ofiary.
16 जब पलिश्तीहरूका पाँच जना शासकहरूले यो देखे, तब तिनीहरू एक्रोनमा फर्के ।
Gdy pięciu książąt filistyńskich zobaczyło to [wszystko], tego samego dnia powrócili do Ekronu.
17 पलिश्तीहरूले अश्दोदको निम्ति एउटा, गाजाको निम्ति एउटा, अश्कलोनको निम्ति एउटा, गातको निम्ति एउटा र एक्रोनको निम्ति एउटा गरी परमप्रभुलाई दोषबलिको रूपमा फर्काएका सुनका गिर्खाहरू यिनै हुन् ।
A oto złote wrzody, które Filistyni oddali PANU jako ofiarę za grzech: za Aszdod – jeden, za Gazę – jeden, za Aszkelon – jeden, za Gat – jeden i za Ekron – jeden.
18 सुनका मूसाहरू पलिश्ती शासकहरूका अधीनमा रहेका सबै किल्लाबन्‍दी गरिएका सहरहरू र गाउँहरूको संख्याअनुसार थिए । तिनीहरूले परमप्रभुको सन्दुक राखेका त्यो ठुलो ढुङ्गा बेथशेमेशीका यहोशूको खेतमा आजको दिनसम्म पनि साक्षीको रूपमा रहेको छ ।
Dodatkowo złote myszy według liczby wszystkich miast filistyńskich [należących] do pięciu książąt, [zarówno] warownych miast, jak i wiosek bez muru, i aż do [tego] wielkiego kamienia, na którym postawili arkę PANA. [Znajduje się] aż do dziś na polu Jozuego z Bet-Szemesz.
19 परमप्रभुले बेथ-शेमेशका केही मानिसहरूलाई आक्रमण गर्नुभयो किनभने तिनीहरूले परमप्रभुको सन्दुकभित्र हेरेका थिए । उहाँले पचास हजार सत्तरी मानिसहरू मार्नुभयो । मानिसहरूले विलाप गरे, किनभने परमप्रभुले मानिसहरूलाई ठुलो आघात पुर्‍याउनुभएको थियो ।
Lecz PAN wytracił spośród ludzi z Bet-Szemesz, ponieważ zaglądali do arki PANA, zabił z ludu pięćdziesiąt tysięcy siedemdziesiąt osób. I lud [ich] opłakiwał, ponieważ PAN zadał ludowi wielką klęskę.
20 बेथ-शेमेशका मानिसहरूले भने, “यो पवित्र परमप्रभुको परमेश्‍वर सामु को खडा हुन सक्छ? तो सन्दुक हामीबाट कसकहाँ जानेछ?
Ludzie z Bet-Szemesz mówili: Któż zdoła ostać się przed tym świętym PANEM Bogiem? I do kogo on pójdzie od nas?
21 किर्यत-यारीमका बासिन्दाहरूकहाँ यसो भनेर तिनीहरूले दूतहरू पठाए, “पलिश्तीहरूले परमप्रभुको सन्दुक फिर्ता ल्याएका छन् । तल आउनुहोस् र त्‍यो आफ्‍नो साथमा लानुहोस् ।”
Wyprawili więc posłańców do mieszkańców Kiriat-Jearim z wiadomością: Filistyni zwrócili arkę PANA. Przyjdźcie i zabierzcie ją do siebie.

< १ शमूएल 6 >