< १ शमूएल 19 >

1 आफ्‍ना छोरा जोनाथन र आफ्‍ना सबै सेवकलाई शाऊलले हुकुम गरे कि तिनीहरूले दाऊदलाई मार्नुपर्छ । तर शाऊलका छोरा जोनाथन दाऊदसँग धैरै खुसी थिए ।
Wtedy Saul mówił do swego syna Jonatana i do wszystkich swoich sług, aby zabili Dawida.
2 त्यसैले जोनाथनले दाऊदलाई भने, “मेरा बुबा शाऊलले तपाईंलाई मार्न खोज्‍दैछन् । यसकारण बिहान सजग हुनुहोस् र आफूलाई कुनै गोप्य ठाउँमा लुकाउनुहोस् ।
Lecz Jonatan, syn Saula, bardzo miłował Dawida. I Jonatan doniósł Dawidowi, mówiąc: Mój ojciec Saul chce cię zabić. Teraz więc strzeż się do rana i siedź w ukryciu.
3 म बाहिर जाने छु र तपाईं भएकै ठाउँमा म मेरो बुबाको छेउमा खडा हुनेछु र म मेरो बुबासँग तपाईंको बारेमा कुरा गर्नेछु । मैले कुनै कुरा थाहा पाएँ भने, म तपाईंलाई भन्‍नेछु ।”
A ja wyjdę i stanę przy swoim ojcu na polu, tam gdzie ty będziesz. Będę rozmawiał o tobie ze swoim ojcem, a cokolwiek zobaczę, powiadomię cię o tym.
4 जोनथानले तिनका बुबा शाऊलसँग दाऊदको बारेमा असल कुरा गरे र उनलाई भने, “राजाले उनका सेवक दाऊदको विरुद्धमा पाप नगर्नुहोस् । किनकि तिनले तपाईंको विरुद्ध पाप गरेका छैनन् र तिनका कामहरूले तपाईंको भलो भएको छ ।
Jonatan mówił więc dobrze o Dawidzie ze swym ojcem Saulem i powiedział mu: Niech król nie grzeszy przeciwko swemu słudze Dawidowi, gdyż on nie zgrzeszył przeciw tobie, a jego czyny [są] raczej dla ciebie bardzo pożyteczne:
5 किनकि तिनले आफ्नो जीवनलाई खतरामा राखे र त्‍यो पलिश्ती मारे । परमप्रभुले सारा इस्राएलको निम्ति ठुलो विजय ल्याउनुभयो । तपाईंले त्‍यो देख्‍नुभयो र आनन्दित हुनुभयो । तपाईंले दाऊदलाई विनाकारण मारेर निर्दोष रगतको विरुद्ध किन पाप गर्नुहुन्छ?
On przecież narażał swoje życie i zabił Filistyna, i PAN dokonał wielkiego wybawienia dla całego Izraela. Sam [to] widziałeś i uradowałeś się. Dlaczego więc miałbyś grzeszyć przeciw niewinnej krwi i bez powodu zabić Dawida?
6 शाऊलले जोनाथनको कुरा सुने । शाऊलले शपथ खाए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिनलाई मारिनेछैन ।”
I Saul posłuchał słów Jonatana, i przysiągł: Jak żyje PAN, nie zostanie zabity.
7 तब जोनाथनले दाऊदलाई बोलाए र जोनाथनले यी सबै कुरा भने । जोनाथनले दाऊदलाई शाऊलकहाँ ल्याए, र तिनी उनको उपस्थितिमा अगिझैं भए ।
Jonatan zawołał więc Dawida i powtórzył mu wszystkie te słowa. Potem Jonatan przyprowadził Dawida do Saula i przebywał z nim, tak jak poprzednio.
8 फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।
Gdy znowu wybuchła wojna, Dawid wyruszył przeciw Filistynom i walczył z [nimi], i zadał im wielką klęskę tak, że uciekli przed nim.
9 शाऊलमाथि आफ्‍नो हातमा भाला लिएर आफ्नो घरमा बसेको र ऊदले आफ्नो सङ्गीतको साधन बजाइरहेका बेलामा परमप्रभुको हानिकारक आत्मा तिनीमाथि आयो ।
A zły duch od PANA opanował Saula, kiedy siedział w swym domu, trzymając włócznię w ręku, Dawid zaś grał [swą] ręką [melodię].
10 शाऊलले दाऊदलाई भालाले भित्तामा नै छेडिदिन खोजे, तर तिनी शाऊलको उपस्थितिबाट उम्के, ताकि शाऊले भाला भित्तामा रोपे । दाऊद त्यस रात भागे र बाँचे ।
I Saul chciał przybić Dawida włócznią do ściany, lecz ten wymknął się Saulowi i włócznia utkwiła w ścianie, a Dawid wybiegł i uciekł tej nocy.
11 शाऊलले दाऊदको घरमा तिनको चेवा गर्न दूतहरू पठाए, ताकि उनले तिनलाई बिहान् मार्न सकून् । दाऊदकी पत्‍नी मीकलले तिनलाई भनिन्, “तपाईंले आफ्नो जीवन आज राती बचाउनुभएन भने तपाईंलाई भोलि मारिनुहुनेछ ।”
Potem Saul wysłał posłańców do domu Dawida, aby go pilnowali i rano zabili. Lecz Mikal, jego żona, powiedziała o tym Dawidowi: Jeśli nie ujdziesz z życiem tej nocy, jutro zostaniesz zabity.
12 त्यसैले मीकलले दाऊदलाई झ्यालबाट तल झारिन् । तिनी गए र भागे र बाँचे ।
Mikal spuściła więc Dawida przez okno, a on odszedł, uciekł i ocalał.
13 मीकलले घरानाको मूर्ती लिइन् र त्‍यसलाई ओछ्यानमा राखिन् । तिनले यसको शिरमा बाख्राको रौं राखिन् र त्‍यसलाई लुगाले छोपिन् ।
A Mikal wzięła bożka i położyła na łożu, a poduszkę z koziej [sierści] umieściła pod jego głową i przykryła szatą.
14 जब शाऊलले दाऊदलाई ल्याउन दूतहरू पठाए, तब तिनले भनिन्, “तिनी बिरामी छन् ।”
Gdy Saul wysłał posłańców, aby porwali Dawida, powiedziała: Jest chory.
15 तब शाऊलले दाऊदलाई हेर्न दूतहरू पठाए । उनले भने, “त्यसलाई ओछ्यामा नै मकहाँ ल्‍याऊ, ताकि म त्यसलाई मार्नेछु ।”
Saul znowu wysłał posłańców, aby zobaczyli Dawida, nakazując: Przynieście go do mnie na łożu, abym go zabił.
16 जब दूतहरू हेर्नलाई आए, हेर, शिरमा बाख्राको रौंको सिरानी बनाएको घरानाको मूर्ती ओछ्यानमा थियो ।
A gdy posłańcy przyszli, oto na łożu był bożek, a poduszka z koziej skóry była pod jego głową.
17 शाऊलले मीकललाई भने, “तैंले मलाई किन छल गरिस् र मेरो शत्रुलाई जान दिइस्, ताकि ऊ बाँच्‍यो?” मीकलले शाऊललाई जवाफ दिइन्, “उहाँले मलाई भन्‍नुभयो, 'मलाई जान देऊ । मैले तिमीलाई किन मार्नु?'”
I Saul powiedział do Mikal: Dlaczego mnie tak oszukałaś i wypuściłaś mego wroga, aby uszedł? Mikal odpowiedziała Saulowi: On mi powiedział: Puść mnie, dlaczego miałbym cię zabić?
18 अब दाऊद भागे र बाँचे, र रामामा शमूएलकहाँ गए र शाऊलले तिनलाई गरेका सबै कुरा उनलाई सुनाए । त्यसपछि तिनी र शमूएल नैयोतमा बसे ।
Dawid uciekł więc i ocalał, następnie przybył do Samuela, do Rama, i opowiedział mu wszystko, co Saul mu uczynił. Potem wraz z Samuelem poszli do Najot i tam zamieszkali.
19 शाऊललाई यसो भनेर खबर गरियो, “हेर्नुहोस्, दाऊद रामाको नैयोतमा छन् ।”
I doniesiono Saulowi: Oto Dawid jest w Najot, w Rama.
20 तब शाऊलले दाऊदलाई समात्‍न दूतहरू पठाए । अगमवक्ताहरूका समूहले अगमवाणी गरिरहेको र शमूएल तिनीहरूका अगुवाको रूपमा खडा भएका जब तिनीहरूले देखे, तब शाऊलका दूतहरूमाथि पनि परमेश्‍वरको आत्मा आउनुभयो र तिनीहरूले पनि अगमवाणी गरे ।
Wtedy Saul wysłał posłańców, aby pojmali Dawida. Gdy zobaczyli gromadę prorokujących proroków oraz Samuela stojącego na ich czele, Duch Boży zstąpił na posłańców i oni także zaczęli prorokować.
21 जब शाऊललाई यो कुरा भनियो, तब उनले अरू दूतहरूलाई पठाए, र तिनीहरूले पनि अगमवाणी गरे । त्यसैले शाऊलले फेरि पनि तेस्रो पटक दूतहरूलाई पठाए र तिनीहरूले पनि अगमवाणी गरे ।
Kiedy doniesiono o tym Saulowi, wysłał innych posłańców, lecz i oni prorokowali. Saul wysłał i trzecich posłańców, lecz także i ci prorokowali.
22 त्यसपछि उनी पनि रामामा गए र सेकूमा भएको गहिरो इनारमा आए । उनले भने, “शमूएल र दाऊद कहाँ छन्?” कसैले भन्यो, “हेर्नुहोस्, तिनीहरू रामाको नैयोतमा छन् ।”
Potem on sam poszedł do Rama i gdy przyszedł do wielkiej studni, która [jest] w Seku, zapytał: Gdzie jest Samuel i Dawid? Odpowiedziano mu: Oto [są] w Najot, w Rama.
23 शाऊल रामाको नैयोतमा गए । तब परमेश्‍वरको आत्मा उनीमाथि आउनुभयो र जसै उनी जाँदै थिए, उनी रामाको नैयोतमा नपुगेसम्म नै उनले अगमवाणी गरे ।
I szedł stamtąd do Najot w Rama, lecz na niego też zstąpił Duch Boży, tak że idąc, prorokował, aż przyszedł do Najot w Rama.
24 उनले आफ्ना लुगा फुकाले र शमूएलको सामु अगमवाणी गरे । उनी त्यो दिनभरि र रातभरि नाङ्गै बसे । यसैकारण तिनीहरूले भन्‍छन्, “के शाऊल पनि अगमवक्ताहरूकै माझमा छन्?”
I zdjął z siebie szaty i także prorokował przed Samuelem, leżąc nagi przez cały dzień i całą noc. Stąd powiedzenie: Czyż i Saul między prorokami?

< १ शमूएल 19 >