< १ राजाहरू 4 >

1 राजा सोलोमन सारा इस्राएलमाथि राजा भए ।
所罗门作以色列众人的王。
2 तिनका अधिकारीहरू यी नै हुन्: सादोकका छोरा अजर्याह पुजारी थिए ।
他的臣子记在下面:撒督的儿子亚撒利雅作祭司,
3 शीशाका छोराहरू एलीहोरेफ र अहियाह सचिवहरू थिए । अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
示沙的两个儿子以利何烈、亚希亚作书记,亚希律的儿子约沙法作史官,
4 यहोयादाका छोरा बनायाह सेनापति थिए । सादोक र पुजारी अबियाथार हरू थिए ।
耶何耶大的儿子比拿雅作元帅,撒督和亚比亚他作祭司长,
5 नातानका छोरा अजर्याह जिल्ला-जिल्लाका अधिकृतहरूका जिम्मावाल थिए । नातानका छोरा जाबूद पुजारी र राजाका मित्र थिए ।
拿单的儿子亚撒利雅作众吏长,王的朋友拿单的儿子撒布得作领袖,
6 अहीशार राजमहलका जिम्मावाल थिए । अब्दाका छोरा अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए ।
亚希煞作家宰,亚比大的儿子亚多尼兰掌管服苦的人。
7 सारा इस्राएलमा सोलोमनका बाह्र जना जिल्ला-जिल्लाका जिल्लापाल थिए जसले राजा तथा राज घरानालाई भोजन जुटाउने काम गर्थे । हरेक मानिसले वर्षमा एक-एक महिनाको भोजन जुटाउनुपर्थ्यो ।
所罗门在以色列全地立了十二个官吏,使他们供给王和王家的食物,每年各人供给一月。
8 तिनीहरूका नाउँ यी नै हुन्: एफ्राइमको पहाडी देशमा बेन-हूर;
他们的名字记在下面:在以法莲山地有便·户珥;
9 माकाज, शाल्बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा बेन-देकेर;
在玛迦斯、沙宾、伯·示麦、以伦·伯·哈南有便·底甲;
10 अरूब्बोतमा बेन-हेसेद (तिनको जिम्मामा सोको र हेपेरका सबै क्षेत्र थिए);
在亚鲁泊有便·希悉,他管理梭哥和希弗全地;
11 सारा नापोत डोरमा बेन-अबीनादाब (सोलोमनकी छोरी ताफातलाई तिनले विवाह गरेका थिए);
在多珥山冈有便·亚比拿达,他娶了所罗门的女儿她法为妻;
12 तानाक र मगिद्दोसाथै यिजरेलमुनिको सार्तानको छेउमा भएका सारा बेथ-शान, हाबिल-महोला र योक्मामसम्ममा अहीलूदका छोरा बाना;
在他纳和米吉多,并靠近撒拉他拿、耶斯列下边的伯·善全地,从伯·善到亚伯·米何拉直到约念之外,有亚希律的儿子巴拿;
13 रामोत-गिलादमा बेन-गेबेर (तिनको जिम्मामा गिलादमा भएका मनश्शेका छोरा याईरका सहरहरू र बाशानमा भएको अर्गोबको क्षेत्रसाथै मूल ढोकामा काँसाका बार भएका पर्खालले घेरिएका साठीवटा ठुला-ठुला सहर पनि थिए);
在基列的拉末有便·基别,他管理在基列的玛拿西子孙睚珥的城邑,巴珊的亚珥歌伯地的大城六十座,都有城墙和铜闩;
14 महनोममा इद्दोका छोरा अहीनादाब;
在玛哈念有易多的儿子亚希拿达;
15 नप्तालीमा अहीमास (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए);
在拿弗他利有亚希玛斯,他也娶了所罗门的一个女儿巴实抹为妻;
16 आशेर र आलोतमा हूशैका छोरा बाना;
在亚设和亚禄有户筛的儿子巴拿;
17 इस्साखारमा पारूहका छोरा यहोशापात;
在以萨迦有帕路亚的儿子约沙法;
18 बेन्यामीनमा एलाका छोरा शिमी;
在便雅悯有以拉的儿子示每;
19 गिलादमा ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश), र तिनी त्यस जिल्लाका एक मात्र जिल्लापाल थिए ।
在基列地,就是从前属亚摩利王西宏和巴珊王噩之地,有乌利的儿子基别一人管理。
20 यहूदा र इस्राएलका मानिसहरू समुद्र छेउका बालुवाजत्तिकै असङ्ख्य थिए । तिनीहरू खाँदै र पिउँदै थिए अनि खुसी थिए ।
犹大人和以色列人如同海边的沙那样多,都吃喝快乐。
21 सोलोमनले यूफ्रेटिस नदीदेखि पलिश्तिहरूको देश र मिश्रको सिमानासम्म राज्य गर्थे । सोलोमनको जीवनभर तिनीहरूले तिनीकहाँ कर ल्याए र तिनको सेवा गरे ।
所罗门统管诸国,从大河到非利士地,直到埃及的边界。所罗门在世的日子,这些国都进贡服事他。
22 सोलोमनको एक दिनको खाना पचहत्तर मुरी मसिनो पिठो, एक सय पचास मुरी अन्न,
所罗门每日所用的食物:细面三十歌珥,粗面六十歌珥,
23 पोसिएका दसवटा गाई-गोरु, खर्कमा पालेका बिसवटा गाई-गोरु, एक सयवटा भेडा-बाख्रा अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए ।
肥牛十只,草场的牛二十只,羊一百只,还有鹿、羚羊、狍子,并肥禽。
24 किनकि तिनले युफ्रेटिस नदीको पश्चिमपट्टिका सबै देश अर्थात् तिफसादेखि गाजासम्मा राज्य गर्थे, र तिनको वरिपरि भएकाहरू सबैसित तिनी शान्तिमा बस्थे ।
所罗门管理大河西边的诸王,以及从提弗萨直到迦萨的全地,四境尽都平安。
25 यहूदा र इस्राएल सुरक्षित थिए । सोलोमनको जीवनभर दानदेखि बेर्शेबासम्म हरेक मानिस आ-आफ्नै दाख र नेभाराको मुनि सुरक्षितसाथ बस्थ्यो ।
所罗门在世的日子,从但到别是巴的犹大人和以色列人都在自己的葡萄树下和无花果树下安然居住。
26 सोलोमनका रथहरूका लागि घोडाहरूका चालिस हजारवटा तबेला, र बाह्र हजार घोडचढी थिए ।
所罗门有套车的马四万,还有马兵一万二千。
27 जिल्ला-जिल्लाका अधिकृतहरूले प्रत्येक महिना पालैपालो राजा सोलोमन र तिनको टेबुलमा बसेर खानेहरू सबैका निम्ति भोजन जुटाउँथे । तिनीहरूलाई कुनै कुराको कमी थिएन ।
那十二个官吏各按各月供给所罗门王,并一切与他同席之人的食物,一无所缺。
28 रथका घोडाहरू र अन्य घोडाहरूका लागि पनि तिनीहरूले तोकिएका आ-आफ्नै जौ र पराल ल्याउने गर्थे ।
众人各按各分,将养马与快马的大麦和干草送到官吏那里。
29 परमेश्वरले सोलोमनलाई महान् बुद्धि र समुद्रीतटका बालुवाजस्तै फराकिलो समझशक्ति दिनुभयो ।
神赐给所罗门极大的智慧聪明和广大的心,如同海沙不可测量。
30 पूर्वका सबै मानिस र मिश्रका सबै बुद्धिभन्दा सोलोमनको बुद्धि श्रेष्ठ थियो । तिनी सबै मानिसभन्दा बुद्धिमानी थिए ।
所罗门的智慧超过东方人和埃及人的一切智慧。
31 तिनी एज्री एतान, माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्दा बुद्धिमानी थिए अनि तिनको ख्याति वरिपरिका सबै जातिहरूमा फैलिएको थियो ।
他的智慧胜过万人,胜过以斯拉人以探,并玛曷的儿子希幔、甲各、达大的智慧。他的名声传扬在四围的列国。
32 तिनले तिन हजारवटा हितोपदेशको रचना गरे, र तिनका गीतहरूको सङ्ख्या एक हजार पाँचवटा थियो ।
他作箴言三千句,诗歌一千零五首。
33 तिनले बोट बिरुवाहरूको विषयमा लेबनानको देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका बिरुवाहरूको वर्णन गरे । तिनले पशुपक्षी, घस्रने प्राणीहरू र माछाको बारेमा पनि वर्णन गरे ।
他讲论草木,自黎巴嫩的香柏树直到墙上长的牛膝草,又讲论飞禽走兽、昆虫水族。
34 सोलोमनको बुद्धि सुन्न सबै जातिका मानिसहरू आउने गर्थे । तिनको बुद्धि सुनेका पृथ्वीका सबै राजाका प्रतिनिधिहरू तिनीकहाँ आउने गर्थे ।
天下列王听见所罗门的智慧,就都差人来听他的智慧话。

< १ राजाहरू 4 >