< १ इतिहास 11 >

1 त्‍यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हेर्नुहोस्, हामीहरू तपाईंकै हाडनाता हौ ।
ויקבצו כל ישראל אל דויד חברונה לאמר הנה עצמך ובשרך אנחנו
2 हालैमा बितेका समयमा, जब शाऊल हाम्रा राजा थिए, तब तपाईंले नै इस्राएलको सेनाको नेतृत्‍व गर्नुभयो । परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई यसो भन्‍नुभयो, ‘तैंले नै मेरा मानिस इस्राएलको रेखदेख गर्नेछस्, र तँ नै मेरा मानिस इस्राएलको शासक हुनेछस्‌’ ।”
גם תמול גם שלשום גם בהיות שאול מלך--אתה המוציא והמביא את ישראל ויאמר יהוה אלהיך לך אתה תרעה את עמי את ישראל ואתה תהיה נגיד על עמי ישראל
3 त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।
ויבאו כל זקני ישראל אל המלך חברונה ויכרת להם דויד ברית בחברון לפני יהוה וימשחו את דויד למלך על ישראל כדבר יהוה ביד שמואל
4 दाऊद र सारा इस्राएल यरूशलेममा (अर्थात् यबूसमा) गए । यति बेला त्‍यस देशका बसिन्‍दा यबूसीहरू त्‍यहाँ थिए ।
וילך דויד וכל ישראל ירושלם היא יבוס ושם היבוסי ישבי הארץ
5 यबूसका बसिन्‍दाहरूले दाऊदलाई भने, “तपाईं यहाँ कहिल्‍यै आउनुहुनेछैन ।” तर दाऊदले सियोनको किल्‍ला अर्थात् दाऊदको सहरलाई लिए ।
ויאמרו ישבי יבוס לדויד לא תבוא הנה וילכד דויד את מצדת ציון היא עיר דויד
6 दाऊदले भनेका थिए, “यबूसीहरूलाई जोसुकैले सबभन्‍दा पहिले आक्रमण गर्छ त्‍यो नै मुखिया र कमान्‍डर हुनेछ ।” यसैले सरूयाहका छोरा योआबले सबभन्‍दा पहिले आक्रमण गरे, त्यसैले तिनलाई मुखिया बनाइयो ।
ויאמר דויד--כל מכה יבוסי בראשונה יהיה לראש ולשר ויעל בראשונה יואב בן צרויה ויהי לראש
7 तब दाऊद त्यही किल्‍लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्‍यसलाई दाऊदको सहर नामाकरण गरे ।
וישב דויד במצד על כן קראו לו עיר דויד
8 टेवा दिने गाराहरू र पछाडिबाट चारैतिरको पर्खालसम्‍म किल्‍लाको वरिपरि तिनले सहर बनाए । योआबले चाहिं बाँकी सहरको पुनर्निर्माण गरे ।
ויבן העיר מסביב מן המלוא ועד הסביב ויואב יחיה את שאר העיר
9 दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्‍थ्‍यो ।
וילך דויד הלוך וגדול ויהוה צבאות עמו
10 इस्राएलको विषयमा परमप्रभुको वचन पालन गर्दै दाऊदको राज्‍यमा तिनको साथमा तिनलाई राजा बनाउनलाई जम्‍मै इस्राएलसँगै मिलेर आफूलाई सामर्थ्‍यवान् देखाउने तिनका अगुवाहरू यी नै थिए
ואלה ראשי הגברים אשר לדויד המתחזקים עמו במלכותו עם כל ישראל להמליכו--כדבר יהוה על ישראל
11 दाऊदका शक्तिशाली मानिसहरूको सूची यही होः हक्‍मोनी याशोबाम अधिकारीहरूका कमान्‍डर थिए । तिनले एकपल्‍ट तिन सय जनालाई भालाले मारेका थिए ।
ואלה מספר הגברים אשר לדויד ישבעם בן חכמוני ראש השלושים (השלישים)--הוא עורר את חניתו על שלש מאות חלל בפעם אחת
12 तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए, जो तीन जना वीर मानिसमध्‍ये एक थिए ।
ואחריו אלעזר בן דודו האחוחי הוא בשלושה הגברים
13 तिनी दाऊदसँग पास-दम्‍मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्‍तीहरू युद्धको निम्‍ति भेला भए र पलिश्तीहरूदेखि सेना भाग्यो ।
הוא היה עם דויד בפס דמים והפלשתים נאספו שם למלחמה ותהי חלקת השדה מלאה שעורים והעם נסו מפני פלשתים
14 तिनीहरू खेतको बिचमा खडा भए । तिनीहरूले त्यसको रक्षा गरे, र पलिश्तीहरूलाई काटे र परमप्रभुले ठूलो विजय दिनुभएर तिनीहरूको उद्धार गर्नुभयो ।
ויתיצבו בתוך החלקה ויצילוה ויכו את פלשתים ויושע יהוה תשועה גדולה
15 तब ती तिस जना मुख्‍य अगुवामध्‍ये यी तिन जना अदुल्‍लामको ओडारमा भएको पहरामा दाऊद भएका ठाउँमा गए । पलिश्‍तीहरूका सेना रपाईहरूको मैदानमा छाउनी हालेर बसेका थिए ।
וירדו שלושה מן השלושים ראש על הצר אל דויד--אל מערת עדלם ומחנה פלשתים חנה בעמק רפאים
16 त्‍यस बेला दाऊदचाहिं आफ्‍नो किल्ला अर्थात् एउटा गुफामा थिए, जबकी पलिश्‍तीहरूले बेथलेहेममा आफ्‍नो छाउनी हालेका थिए ।
ודויד אז במצודה ונציב פלשתים אז בבית לחם
17 दाऊदलाई तिर्खा लाकेको थियो र तिनले भने, “कसैले बेथलेहेमको मूल ढोकाको छेउमा भएको इनारबाट पानी ल्याएर पिउन दिए हुन्‍थ्‍यो!”
ויתאו דויד ויאמר מי ישקני מים מבור בית לחם אשר בשער
18 यसैले ती तीन जना वीर मानिसले पलिश्‍तीहरूका सेनाको बिचबाट गएर बेथलेहेमको मूल ढोकाको छेउको इनारबाट पानी उघाए । तिनीहरूले त्‍यो पानी लिए र त्‍यो दाऊदकहाँ ल्‍याए, तर तिनले त्‍यो पिउन इन्‍कार गरे । बरु, तिनले त्‍यो परमप्रभुमा खन्‍याए ।
ויבקעו השלשה במחנה פלשתים וישאבו מים מבור בית לחם אשר בשער וישאו ויבאו אל דויד ולא אבה דויד לשתותם וינסך אתם ליהוה
19 तब तिनले भने, “मैले यसो कहिले पनि नगर्नुपरोस्! के मैले यि मानिसहरूको रगत पिउनू, जसले आफ्नो जीवनलाई नै खतरामा हालेका छन्?” तिनीहरूले आफ्नो जीवन जोखिममा पारेका हुनाले, दाऊदले त्‍यो पिउन इन्कार गरे । यी तीन जना वीर मानिसका कामहरू यी नै थिए ।
ויאמר חלילה לי מאלהי מעשות זאת הדם האנשים האלה אשתה בנפשותם כי בנפשותם הביאום ולא אבה לשתותם אלה עשו שלשת הגבורים
20 योआबका भाइ अबीशै ती तीन जनाका प्रमुख थिए । एकपल्‍ट तिनले तिन सय जनाको विरुद्ध भालाको प्रयोग गरे र तिनीहरूलाई मारे । ती तिन जनासँगै तिनको पनि उल्‍लेख गरिएको छ ।
ואבשי אחי יואב הוא היה ראש השלושה והוא עורר את חניתו על שלש מאות חלל ולא (ולו) שם בשלושה
21 तिन जनामध्ये तिनलाई दोब्बर सम्मान दिइयो र तिनीहरूका प्रमुख भए, तापनि तिनी तिमध्‍येका एक जना भने थिएनन् ।
מן השלושה בשנים נכבד ויהי להם לשר ועד השלושה לא בא
22 यहोयादाका छोरा बनायाह कब्‍सेलका वीर योद्धा थिए, जसले महान् कामहरू गरे । तिनले मोआबका एरिएलका दुई छोरालाई मारे । तिनी एक दिन एउटा खाडलभित्र गए र हिउँ परिरहेको बेलामा एउटा सिंहलाई मारे ।
בניה בן יהוידע בן איש חיל רב פעלים מן קבצאל הוא הכה את שני אריאל מואב והוא ירד והכה את הארי בתוך הבור ביום השלג
23 तिनले पाँच हात अल्‍गो एक जना मिश्रीलाई पनि मारे । त्यस मिश्रीको भाला कपडा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो, तर यिनी एउटा लौरो मात्र लिएर त्योसँग लड्‌न गए । तिनले त्‍यो मिश्रीको हातबाट उसकै भाला खोसे र उसको आफ्‍नै बालाले उसलाई मारे ।
והוא הכה את האיש המצרי איש מדה חמש באמה וביד המצרי חנית כמנור ארגים וירד אליו בשבט ויגזל את החנית מיד המצרי ויהרגהו בחניתו
24 यहोयादाका छोरा बनायाहले यस्ता वीरताका काम गरे, र ती तिन जनासँग तिनको नाउँ उल्‍लेख गरियो ।
אלה עשה בניהו בן יהוידע ולו שם בשלושה הגברים
25 तिस जना सामान्‍य सेनाभन्दा बढी सम्मान तिनलाई दिइयो, तर ती तीन जना वीर मानिसजत्तिकै सम्‍मान भने तिनलाई दिइएनन् । तापनि दाऊदले तिनलाई आफ्‍ना अङ्गरक्षकका निरीक्षक तुल्‍याए ।
מן השלושים הנו נכבד הוא ואל השלשה לא בא וישימהו דויד על משמעתו
26 वीर मानिसहरूमा योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्‍हानान,
וגבורי החילים עשהאל אחי יואב אלחנן בן דודו מבית לחם
27 हारोरी शम्‍मोत, पेलोनी हेलेस,
שמות ההרורי חלץ הפלוני
28 तकोका इक्‍केशका छोरा ईरा, अनातोतका अबीएजेर,
עירא בן עקש התקועי אביעזר הענתותי
29 हूशाती सिब्‍बकै, अहोही ईलै,
סבכי החשתי עילי האחוחי
30 नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,
מהרי הנטפתי חלד בן בענה הנטופתי
31 बेन्‍यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह,
איתי בן ריבי מגבעת בני בנימן בניה הפרעתני
32 गाश उपत्‍यकाका हूरै, अर्बाती अबीएल,
חורי מנחלי געש אביאל הערבתי
33 बहूरीमी अज्‍मावेत, शाल्‍बोनी एल्‍याहबा,
עזמות הבחרומי אליחבא השעלבני
34 गीजोनी हाशेमका छोराहरू, हरारी शागेका छोरा जोनाथन,
בני השם הגזוני יונתן בן שגה ההררי
35 हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,
אחיאם בן שכר ההררי אליפל בן אור
36 मकेराती हेपेर, पेलोनी अहियाह,
חפר המכרתי אחיה הפלני
37 कर्मेलका हेस्रो, एज्‍बैका छोरा नारै,
חצרו הכרמלי נערי בן אזבי
38 नातानका भाइ योएल, हग्रीका छोरा मिभार,
יואל אחי נתן מבחר בן הגרי
39 अम्‍मोनी सेलेक, बेरोती नहरै (सरूयाहका छोरा योआबका हतियार बोक्‍ने व्‍यक्‍ति),
צלק העמוני נחרי הברתי נשא כלי יואב בן צרויה
40 यित्री ईरा, यित्री गारेब,
עירא היתרי גרב היתרי
41 हित्ती उरियाह, अहलैका छोरा जाबाद,
אוריה החתי זבד בן אחלי
42 रूबेनी शीजाका छोरा अदीना (रूबेनीहरूका प्रधान) र तिनीसँग भएका तिस जना,
עדינא בן שיזא הראובני ראש לראובני--ועליו שלשים
43 माकाका छोरा हानान, मित्‍नी योशापात,
חנן בן מעכה ויושפט המתני
44 अस्‍तेराती उज्‍जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल,
עזיא העשתרתי שמע ויעואל (ויעיאל) בני חותם הערערי
45 शिम्रीका छोरा येदीएल, तिजी योहा (तिनका भाइ),
ידיעאל בן שמרי ויחא אחיו התיצי
46 महाबी एलीएल, एल्‍नामका छोराहरू यरीबै र योशब्‍याह, मोआबी यित्‍मा,
אליאל המחוים ויריבי ויושויה בני אלנעם ויתמה המואבי
47 एलीएल, ओबेद र मेजोबी यासीएल थिए ।
אליאל ועובד ויעשיאל המצביה

< १ इतिहास 11 >