< Bhakoloshai 2 >

1 Ngunapinga mmumanyanje, shinguti lajilila kutenda liengo kwa ligongo lyenunji, na kwa ligongo lya bhandunji bha ku Laodikia na kwa ligongo lya bhowe bhakanabhe monanga mmeyo bhala.
किनकि मैले तिमीहरू अर्थात् लाउडिकियामा भएकाहरू र शरीरमा मेरो अनुहार नदेखेकाहरू सबैका निम्ति गरेको धेरै ठुलो सङ्घर्षबारे तिमीहरूले जानेको म चाहन्छु ।
2 Ngunatenda nnei nkupinga bhatagwanje ntima na bhalundananje nkupingana, bhaumanyanje utajili gowe gwa kuimanya ukoto indu ya kweli. Nkupinga bhaimanyanje kaje ya nng'iyo gwa a Nnungu, yani a Kilishitu bhayene.
प्रेम र समझको पूर्ण निश्‍चयताको प्रशस्ततामा र परमेश्‍वरको गुप्‍त सत्यताको ज्ञान अर्थात् ख्रीष्‍टमा तिनीहरूका हृदयहरू एक साथ ल्याइएर तिनीहरू उत्साहित होऊन् भनेर म काम गर्दछु ।
3 Kwa bhenebho ishikwiiya ibhiko yowe ya lunda na lumanyio.
ज्ञान र बुद्धिका सबै सम्पत्तिहरू उहाँमा लुकाइएका छन् ।
4 Bhai, ngunakummalanjilanga genega, nkupinga mundu jojowe ananntembanje kwa malobhe ga unami, nkali ganonye.
म यो भन्छु, कि बहकाउने बोलीले कसैले पनि तिमीहरूलाई नछलोस् ।
5 Pabha, nkali nkamonanje kwa meyo, ikabheje kwa muntima puni na mmanganyanji, nguliangalala nkummonanga shinkuti tamangana ukoto, na kwiishimilika nngulupai jenunji nkulundana na a Kilishitu.
र म तिमीहरूसँग शरीरमा नभए तापनि, म तिमीहरूसँग आत्मामा छु । म तिमीहरूका सुव्यवस्था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको शक्‍तिलाई देखेर आनन्दित हुन्छु ।
6 Bhai, shimwaaposhelenje a Yeshu Kilishitu kubha Bhakulungwa bhenunji, bhai ntamangananje nneyo peyo nkulundana nabho.
तिमीहरूले येशू ख्रीष्‍टलाई जुन प्रकारले प्राप्‍त गर्‍यौ, सोही प्रकारले उहाँमा हिँड ।
7 Ntamangananje ukoto nkulundana na bhenebho na shengwa panani jabho, na kwiishimilika nngulupai malinga shinnjigenywenje, na mpundanje kutenda eja.
तिमीहरूलाई सिकाइएको जस्तै गरी उहाँमा बलियोसँग जरा गाड, उहाँमा निर्माण हुँदै जाओ, विश्‍वासमा स्थापित होओ, र प्रशस्तसँग धन्यवाद देओ ।
8 Bhai mwiiteiganje, mundu anantembanje kwa lumanyio lwakwe lwa unami, lwa poshela kubhandu na majiganyo ga pa shilambolyo, gali nngabha ga a Kilishitu!
तिमीहरूलाई कसैले पनि दर्शनद्वारा र ख्रीष्‍टअनुसार नभई यस संसारका तत्त्वहरूअनुसार मानिसहरूका परम्पराको रित्तोपनको धोकाबाट वशमा पार्न नदेओ ।
9 Pabha kukamilika kowe kwa a Nnungu, kwabhoneshe mwa a Kilishitu nshiilu shabho,
किनकि उहाँमा परमेश्‍वरको पूर्णता शरीरमा बास गर्दछ ।
10 na mmanganyanji nshipegwanga gumi gwa nng'ilimila nkulundana na bhenebho, bhali bhakulungwa bha mashili na ukulungwa gowe.
र तिमीहरू उहाँमा पूर्ण रूपमा भरिएका छौ । उहाँ नै सबै शक्‍ति र अधिकारको शिर हुनुहुन्छ ।
11 Nkulundana na a Kilishitu mmanganyanji nnjalwikenje, numbe nngabha kwa tagwa na bhandu, ikabheje na a Kilishitu bhayene, nkugombolwa kopoka kushiilu shangali mashili.
उहाँमा नै तिमीहरूको खतना भएको थियो, जुन खतना मानिसहरूद्वारा मासुको शरीरमा गरिएको थिएन, तर यो ख्रीष्‍टमा गरिएको थियो ।
12 Pabha, nkabhatishwanjeje mwashinkushikwanga pamo na a Kilishitu, na yuywa pamo na bhenebho kwa kulupalila mashili ga a Nnungu, bhaayushiye a Kilishitu bhakaweje.
तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ । र उहाँलाई मृतकहरूबाट ब्युँताउनुहुने परमेश्‍वरको शक्‍तिमाथि विश्‍वासद्वारा तिमीहरू उहाँसँगै ब्युँताइएका थियौ ।
13 Na mmanganyanji pumwalinginji nng'wilenje, kwa ligongo lya yambi yenunji na gwangajaluka gwenunji. Ikabheje nnaino a Nnungu bhashikumpanganga gumi pamo na a Kilishitu, nikutuleshelela yambi yetu yowe,
र जब तिमीहरू आफ्ना पाप र शरीरको बेखतनामा मरेका थियौ, उहाँले तिमीहरूलाई उहाँसँग जीवित पार्नुभयो र हाम्रा सबै पापहरूलाई क्षमा गर्नुभयो ।
14 gubhaputile malobhe gajandikwe ga kutulugula, na ukumu jakwe nikujishoya jinapagwe kabhili, kwa kujikomela munshalabha.
उहाँले हाम्रो विरुद्धमा लगाइएका ऋणका लिखित अभियोगहरूलाई र त्यसका विनियमहरूलाई हटाइदिनुभयो । उहाँले यी सबैलाई हटाउनुभयो र क्रुसमा टाँगिदिनुभयो ।
15 Gubhaapokonyolenje ukulungwa na mashili gabhonji bhakulungwanji na bhakwetenje mashili ga kumaoka, nikwatokomayanga palugwinjili akuno bhaliangalala pa lugwinjili lwa bhandu pa nshalabha gwa a Yeshu.
उहाँले शक्‍तिहरू र अधिकारवालाहरूलाई हटाउनुभयो । उहाँले तिनीहरूलाई खुल्ला रूपमा प्रकट गर्नुभयो र उहाँको क्रुसको माध्यमद्वारा तिनीहरूलाई विजय समारोहमा डोर्‍याउनुभयो ।
16 Kwa nneyo, bhai, mundu ananng'ukumulanje kwa ligongo lya shalya, eu ya papila, eu kwa ligongo lya shikukuu, eu ga mwei gwa ambi, eu ga lyubha lya pumulila.
यसैकारण, अब कसैले तिमीहरूलाई खानेकुरा वा पिउनेकुरा वा चाडको दिनको बारेमा वा औंसी वा शबाथ-दिनको विषयमा दोष लगाउन नदेओ ।
17 Pabha yeneyo ni ilanda ya indu ikwiya, ikabhe shindu ukoto, ni a Kilishitu.
यिनीहरू आउनेवाला थोकहरूका छायाँ मात्र हुन् तर वास्तविकता ख्रीष्‍ट हुनुहुन्छ ।
18 Mundu jojowe ananng'ukumulanje, alikwiitemba kwiitimalika akuno ali kwaatindibhalila ashimalaika. Mundu malinga jwenejo anakagulila agamii yakwe, alikwiitapa kwa lunda lwake lwa shigundu,
नम्रताको चाहना र स्वर्गदूतहरूको आराधनाद्वारा कसैको इनाम नखोसिएको होस् । यस्तो व्यक्‍तिले उसले देखेका कुराहरूमा मन लगाउँछ र उसको शारीरिक विचारद्वारा घमण्डी बन्दछ ।
19 jwene mundujo ashikwaaleka a Kilishitu bhali ntwe gwa shiilusho. Nkulongoywa na a Kilishitu, shiilu showe shinaliywa na lundanywa pamo kwa ibhalo na minanga jakwe, penepo shiilu shinakula, malinga shibhapinga a Nnungu.
उसले शिरलाई पक्री राख्दैन । शिरबाट नै जोर्नीहरू र ग्रन्थिहरू हुँदै सम्पूर्ण शरीरमा आवश्यक तत्त्वहरू फैलाइन्छ र तिनीहरूलाई एकसाथ राखिन्छ; र शरीर परमेश्‍वरले दिनुभएको वृद्धिअनुसार बढ्दछ ।
20 Bhai, ibhaga mmanganyanji mwashinkuwanganga pamo na a Kilishitu na gombolwa mmashili ga bhaatagwala bha pa shilambolyo, bhai, kwa nndi tama kabhili mbuti bhandu bha pa shilambolyo, nnibhishilwanga ibhagu?
यदि यस संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मरेका छौ भने, किन तिमीहरू यस संसारमा समर्पित भएर जिउँछौ?
21 “Eti nnakamulanje ashi, eu nnapayanje ashi, eu nnakwayanje ashi!”
“नसमात, नचाख, नछोऊ ।”
22 Gene gowego ni ga indu ya angabhanika, gali malajilo na majiganyo ga bhandunjipe.
मानिसहरूका निर्देशनहरू र शिक्षाहरूअनुसार, यी सबै कुराहरू प्रयोगसँगै नष्‍ट हुन्छन् ।
23 Yeneyo puibhoneka mbuti ya lunda kwa namuna ja tindibhalila jimwiibhishilenje mwashaayenenji, nkwiitimalika na nkushipoteka shiilu na ilokoli yakwe, ikabheje ikapwaa shindu nkulekaya ilokoli ya shiilu.
यी नियमहरूमा मानिस आफैँले बनाएका धर्म र नम्रता र शरीरको कठोरताका ज्ञान छन् । तर शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मोल छैन ।

< Bhakoloshai 2 >