< Nechemijas 12 >

1 Šie ir tie priesteri un leviti, kas bija atnākuši ar Zerubabeli, Šealtiēļa dēlu, un Ješuū: Seraja, Jeremija, Ezra,
शालतिएलका छोरा यरुबाबेल र येशूअसँग फर्केर आएका पुजारीहरू र लेवीहरू यिनै हुन्‌:
2 Amarija, Maluks, Hatus,
सरायाह, यर्मिया, एज्रा, अमर्याह, मल्‍लूक, हत्तूश,
3 Šekanijus, Rehums, Meremots,
शकन्‍याह, रेहूम, मरेमोत,
4 Idus, Ģintous, Abija,
इद्दो, गिन्‍नतोन, अबिया,
5 Mejamins, Maādija, Bilgus,
मियामीन, मदाहा, बिल्‍गा,
6 Šemaja un Jojaribs, Jedaja.
शमायाह, योयारीब, यदायाह,
7 Sallus, Amoks, Hilķija un Jedaja. Šie ir priesteru un viņu brāļu virsnieki Ješuūs dienās.
सल्‍लू, अमोक, हिल्‍कियाह र यदायाह । येशूअको समयमा पुजारीका अगुवाहरू र तिनीहरूका सहयोगीहरू यिनै थिए ।
8 Un tie leviti bija: Ješuūs, Binujus, Kadmiēls, Šerebija, Jūda, Matanilus, - tas ar saviem brāļiem bija iecelts par dziesmu vadoni.
लेवीहरू: येशूअ, बिन्‍नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्‍याह । मत्तन्‍याह आफ्‍ना सहयोगीहरूसँग धन्‍यवाद ज्ञापनका भजनहरूका जिम्‍मावाल थिए ।
9 Un Bakbuķija un Unnus, viņu brāļi, stāvēja kalpošanā viņiem pretī.
तिनका सहयोगीहरू बक्‍बुक्‍याह र उन्‍नीचाहिँ सेवामा तिनीहरूका सामुन्‍ने उभिन्थे ।
10 Un Ješuūs dzemdināja Jojaķimu, un Jojaķims dzemdināja Elijašibu, un Elijašibs dzemdināja Jojadu,
येशूअ योयाकीमका पिता थिए । योयाकीम एल्‍यासीबका पिता थिए । एल्‍यासीब योयादाका पिता थिए ।
11 Un Jojadus dzemdināja Jonatānu, un Jonatāns dzemdināja Jaduū.
योयादा जोनाथनका पिता थिए, र जोनाथन यद्दूअका पिता थिए ।
12 Un Jojaķima dienās bija no priesteriem cilts virsnieki: Serajam Meraja, Jeremijam Hananija,
योयाकीमको समयमा यी पुजारीहरू आ-आफ्‍ना परिवारका मुखिया थिए: सरायाहका परिवारका मरायाह, यर्मियाका हनन्‍याह,
13 Ezram Mešulams, Amarijam Johanans,
एज्राका मशुल्‍लाम, अमर्याहका येहोहानान,
14 Malukam Jonatāns, Šebanijam Jāzeps,
मल्‍लूकका जोनाथन, शकन्‍याहका योसेफ,
15 Harimam Adnus, Merajotam Ebkajus,
हारीमका अदना, मरेमोतका हल्‍कै ।
16 Idum Zaharija, Ģintonam Mešulams,
इद्दोका जकरिया, गिन्‍नतोनका मशुल्‍लाम,
17 Abijam Sihrus, Minjaminam Moadijam Piltajus,
अबियाका जिक्री, मिन्‍यामीन र मोदाहाका पिल्‍तै,
18 Bilgum Šamuūs, Šemajam Jonatāns,
बिल्‍गाका शम्‍मूअ, शमायाहका यहोनातान,
19 Un Jojaribam Matnajus, Jedajam Uzus,
योयारीबका मत्तनै, यदायाहका उज्‍जी,
20 Sallajam Kallajus, Amokam Ēbers,
सल्‍लूका कल्‍लै, अमोकका एबेर,
21 Hilķijam Hašabija, Jedajam Netaneēls.
हिल्‍कियाहका हशब्‍याह, यदायाहका नतनेल ।
22 Elijašiba, Jojada, Jehohanana un Jaduūs dienās levitu cilts virsnieki tapa uzrakstīti un priesteri apakš Dārija, tā Persieša, valdīšanas.
एल्‍यासीब, योयादा, योहानान र यद्दूअका समयका लेवीहरूका परिवारहरू तथा पुजारीका मुखियाहरूका नाउँ फारसी राजा दाराको शासनकालमा लेखिएका थिए ।
23 Levja bērnu cilts virsnieki laiku grāmatā ir sarakstīti līdz Jehohanana, Elijašiba dēla, dienām.
लेवी परिवारका मुखियाहरूका नाउँचाहिँ एल्‍यासीबका छोरा योहानानको पालासम्‍मै इतिहासको पुस्‍तकमा लेखिएका थिए ।
24 Bet levitu virsnieki bija šie: Hašabija, Šerebija un Ješuūs, Kadmiēļa dēls, un viņu brāļi bija viņiem klāt, slavēt un teikt, pēc Dieva vīra Dāvida likuma, ikkatrs savu laiku.
लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्‍ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्‍वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे ।
25 Matanija un Bukbaķija, Obadijus, Mešulams, Talmons, Akubs, tie bija vārtu sargi, sargāt mantas namus pie vārtiem.
मत्तन्‍याह, बक्‍बुक्‍याह, ओबदिया, मशुल्‍लाम, तल्‍मोन र अक्‍कूबचाहिँ मूल ढोकानेर भएका भण्‍डार-कोठाहरूमा रक्षा दिने द्वारपालहरू थिए ।
26 Šie bija Jojaķima, Ješuūs dēla, Jocadaka dēla dēla, dienās, un Nehemijas, tā zemes soģa, un priestera Ezras, tā rakstu mācītāja, dienās.
तिनीहरूले येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा अनि राज्यपाल नहेम्याह र पुजारीसाथै शास्‍त्री एज्राको पालोमा सेवा गरे ।
27 Un pie Jeruzālemes mūra iesvētīšanas meklēja levitus no visām viņu vietām, tos vest uz Jeruzālemi, ka tie noturētu iesvētīšanas prieka svētkus ar pateikšanas un teikšanas dziesmām un ar pulkstenīšiem un somastabulēm un koklēm.
यरूशलेमको पर्खालको अर्पणको बेलामा धन्यवाद ज्ञापन दिँदै अनि झ्याली, वीणा र सारङ्गी बजाउँदै आनन्दसाथ अर्पणको उत्सव मनाउन मानिसहरूले लेवीहरू जहाँसुकै बसेका भए तापनि तिनीहरूको खोजी गरे ।
28 Un tie dziedātāju bērni sapulcējās no Jeruzālemes apgabala un no Netofatas ciemiem,
यरूशलेम वरिपरिको जिल्ला र नतोपातीहरूका गाउँहरूबाट गायकहरू सँगै भेला भए ।
29 Un no BetGilgalas un no Ģebas tīrumiem un no Asmavetas. Jo dziedātāji bija sev uzcēluši ciemus ap Jeruzālemi.
तिनीहरू बेथ-गिलगाल, गेबा र अज्मावेतका क्षेत्रहरूबाट पनि आए किनकि गायकहरूले यरूशलेमको वरिपरि आफ्ना लागि गाउँहरू बनाएका थिए ।
30 Tad priesteri un leviti šķīstījās un šķīstīja tos ļaudis un tos vārtus un to mūri.
पुजारी र लेवीहरूले आ-आफूलाई शुद्ध पारे, अनि तिनीहरूले मानिसहरू, मूल ढोकाहरू र पर्खाललाई शुद्ध पारे ।
31 Tad es vedu Jūda virsniekus uz mūri un liku divus lielus dziedātāju pulkus uz svētku gājienu pa labo roku ārpus mūra līdz Mēslu vārtiem.
तब मैले यहूदाका अगुवाहरूलाई पर्खालको माथि जान लगाएँ, र धन्यवाद दिन मैले दुईवटा ठुला-ठुला गायन-झुण्ड नियुक्त गरेँ । एउटा झुण्ड दाहिनेतिर पर्खालमा फोहोर ढोकामा गयो ।
32 Un tiem gāja pakaļ Ozaja un viena puse no Jūda virsniekiem,
होशयाह र यहूदाका आधा अगुवाहरूले तिनीहरूलाई पछ्याए,
33 Un Azarijus un Ezra un Mešulams,
अनि अजर्याह, एज्रा, मशुल्लाम,
34 Jūda un Benjamins un Šemaja un Jeremija,
यहूदा, बेन्यामीन, शमायाह र यर्मिया तिनीहरूको पछि लागे ।
35 Un no priesteru bērniem ar bazūnēm: Zaharija, Jonatāna dēls, tas bija Šemajas, tas Matanijas, tas Mikajas, tas Zakura, tas Asafa dēls,
साथै, तुरहीहरू बोकेर केही पुजाहारीहरूका छोराहरू र जकरिया, जो जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्‍याहका छोरा, जो मीकायाका छोरा, जो जक्‍कूरका छोरा, जो आसापका छोरा थिए, तिनीहरू पनि पछि लागे ।
36 Un viņa brāļi Šemaja un Azareēls, Milalajus, Ģilalajus, Maājus, Netaneēls un Jūda, Hananus, ar Tā Dieva vīra Dāvida mūzikas rīkiem; un Ezra, tas rakstu mācītājs, gāja viņu priekšā.
त्यहाँ जकरियाका नातेदारहरू अर्थात् शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी पनि परमेश्‍वरका जन दाऊदका साङ्गीतिक साधनहरू बोकेर आएका थिए । शास्‍त्री एज्रा सबैभन्दा अगाडि थिए ।
37 Un pie Akas vārtiem, kas bija pretim, tie gāja augšām pa tām pakāpēm uz Dāvida pilsētu, pa mūra uzkāpi uz Dāvida namu, un līdz Ūdens vārtiem pret rītiem.
तिनीहरू फुहारा ढोकाबाट भएर दाऊदको सहरका सिँढीहरूबाट सिधै पर्खालमा उकालो चढ्ने बाटो भएर दाऊदको दरबार पार गरी पूर्वतिर अवस्थित पानी ढोकासम्मै गए ।
38 Tas otrais dziedātāju pulks gāja it pretī, un es viņam pakaļ ar otru ļaužu pusi, pa mūri no Cepļa torņa līdz Platajam mūrim,
धन्यवाद दिनेहरूको अर्को गायन झुण्ड अर्को दिशामा गयो । मानिसहरूका आधा भागसँगै मैले तिनीहरूलाई पर्खालमा पछ्याएँ । यो झुण्ड भट्टिको बुर्जा भएर, चौडा पर्खालसम्म,
39 Un pa Efraīma vārtiem, pa Vecpilsētas vārtiem un pa Zivju vārtiem un Hananeēļa torni un Meas(Simtnieku) torni un līdz Avju vārtiem, un tie apstājās pie Cietuma vārtiem.
र एफ्राइमको ढोका, येशना ढोका, माछा ढोका, हननेलको बुर्जा र सयको बुर्जादेखि भेडा ढोकासम्म गएपछि तिनीहरू गारदको ढोकामा अडिए ।
40 Un tā abi dziedātāju pulki stāvēja pie Dieva nama, arī es un valdnieku viena puse līdz ar mani,
यसरी धन्यवाद दिनेहरूका यी दुवै गायन-झुण्ड परमेश्‍वरको मन्दिरमा आ-आफ्नो स्थानमा बसे, र म पनि अधिकारीहरूको आधा भागसँगै आफ्नो स्थानमा बसेँ ।
41 Un priesteri Elijaķims, Maāseja, Minjamins, Mikajus, Elioēnajus, Zaharija, Ananija ar bazūnēm,
त्यसपछि पुजारीहरू एल्‍याकीम, मासेयाह, मिन्‍यामीन, मीकाया, एल्‍योएनै, जकरिया र हनन्‍याह तुरहीहरू बोकेर आ-आफ्नो स्थानमा बसे ।
42 Un Maāseja, Šemaja, Eleazars un Uzus un Jehohanans un Malhija un Elams un Azars. Un dziedātāji dziedāja un Jizraķija bija tas vadonis.
साथै, मासेयाह, शमायाह, एलाजार, उज्‍जी, येहोहानान, मल्‍कियाह, एलाम र एसेर पनि त्यहाँ थिए । गायकहरूले तिनीहरूका अगुवा यिज्रहियाहको निर्देशनमा गाए ।
43 Un tie upurēja tai dienā lielus upurus un priecājās; jo Dievs tos bija iepriecinājis ar lielu prieku; tur priecājās arī sievas un bērni, tā ka Jeruzālemes prieks tapa tālu dzirdēts.
त्यस दिन तिनीहरूले ठुला-ठुला बलिदानहरू चढाए, र आनन्द मनाए, किनकि परमेश्‍वरले तिनीहरूलाई बडो आनन्द मनाउन दिनुभएको थियो । स्‍त्रीहरू र बालबालिकाहरूले पनि आनन्द मनाए । यसरी यरूशलेमको आनन्द टाढा-टाढासम्म सुन्‍न सकिन्थ्यो ।
44 Tai dienā tur vīri kļuva iecelti pār mantu kambariem, kur tie cilājamie upuri, tie pirmaji un tie desmitie, lai tur sakrāj no pilsētu tīrumiem tās pienākamās daļas priekš priesteriem un levitiem. Jo Jūda priecājās par tiem priesteriem un levitiem, kas tur stāvēja,
त्यस दिन भेटीहरू, अगौटे फलहरू र दशांशहरूका निम्ति भण्डार-कोठाहरूको जिम्मा लिन अनि लेवीहरू र पुजारीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा जम्मा गर्न मानिसहरू नियुक्त गरिए । सहरका नजिकका बस्तीहरूबाट काम गर्न हरेकलाई जिम्मा दिइएको थियो । किनकि यहूदा पुजारीहरू र लेवीहरूबाट प्रसन्‍न भए जो तिनीहरूका सामु खडा थिए ।
45 Un ņēma vērā sava Dieva nama kopšanu un to šķīstīšanu; tāpat arī dziedātāji un vārtu sargi pēc Dāvida un viņa dēla Salamana likuma.
दाऊद र तिनका छोरा सोलोमनको आज्ञामुताबिक तिनीहरूले आफ्ना परमेश्‍वरको सेवा र शुद्धिको सेवा गरे, अनि गायकहरू र द्वारपालहरूले पनि त्यसै गरे ।
46 Jo vecos laikos Dāvida un Asafa dienās bija priekšnieki dziedātājiem un Dieva slavas un pateicības dziesmām.
किनकि धेरै पहिले दाऊद र आसापको समयमा गायकहरूका निर्देशकहरू थिए, र त्यहाँ परमेश्‍वरको निम्ति प्रशंसासाथै धन्यवाद ज्ञापन हुन्थ्यो ।
47 Tāpēc viss Israēls Zerubabeļa dienās un Nehemijas dienās deva daļas dziedātājiem un vārtu sargiem, ikdienas savu dienas daļu. Un deva to svēto tiesu levitiem, un leviti deva to svēto tiesu Ārona bērniem.
यरुबाबेल र नहेम्याहको समयमा सारा इस्राएलले गायकहरू र द्वारपालहरूका लागि दैनिक हिस्सा दिन्थे । तिनीहरूले लेवीहरूका निम्ति भाग छुट्ट्याउँथे, र लेवीहरूले हारूनका सन्तानहरूका निम्ति भाग छुट्ट्याउँथे ।

< Nechemijas 12 >