< Lūkas Evaņg̒elijs 18 >

1 Un Viņš tiem arī vienu līdzību sacīja, ka pienākas allažiņ Dievu lūgt un nepiekust,
तब तिनीहरूले कसरी सधैँ प्रार्थना गर्नुपर्छ र निरुत्साह हुनुहुँदैन भन्‍ने सम्बन्धमा उहाँले तिनीहरूसँग दृष्‍टान्तमा बोल्नुभयो ।
2 Un sacīja: “Bija soģis kādā pilsētā, tas no Dieva nebijās un no neviena cilvēka nekaunējās.
उहाँले भन्‍नुभयो, “कुनै एउटा सहरमा एक जना न्यायाधीश बस्दथे, जसले परमेश्‍वरको भय मान्दैनथे र मानिसहरूको पनि आदर गर्दैनथे ।
3 Un viena atraitne bija tanī pilsētā; un tā nāca pie viņa sacīdama: izdod man tiesu pret manu pretinieku.
त्यस सहरमा एक जना विधवा बस्थिन् र बारम्बार ती अधर्मी न्यायाधीशकहाँ आउँथिन् र भन्थिन्, ‘मलाई सहायता गर्नुहोस् र मेरो वादीको विरुद्ध मलाई न्याय दिलाउनुहोस् ।’
4 Un viņš ilgu laiku negribēja. Bet pēc viņš sacīja pie sevis: jebšu es Dievu nebīstos un no neviena cilvēka nekaunos;
लामो समयसम्म उनले ती विधवालाई सहायता गर्ने इच्छा गरेनन्, तर केही समयपछि उनले मनमनै भने, ‘मैले परमेश्‍वरको भय मान्दिनँ र मानिसहरूको पनि आदर गर्दिनँ,
5 Tomēr, kad šī atraitne man gauži spiežas virsū, tad es tai gribu tiesu izdot, ka tā bezgala nākdama mani nenomāc.”
तर यस विधवाले मलाई सताउँछे । त्यसैले, मकहाँ बारम्बार आएर यसले मलाई नसताओस् भनेर, म उसलाई न्याय दिलाउनेछु’ ।”
6 Un Tas Kungs sacīja: “Klausāties, ko tas netaisnais soģis saka.
तब प्रभुले भन्‍नुभयो, “ती अन्यायी न्यायाधीशले के भन्छन्, सुन ।
7 Vai tad Dievs neizdos tiesu Saviem izredzētiem, kas dienām naktīm uz Viņu brēc, lai gan Viņš tiem liek gaidīt?
के परमेश्‍वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्‍न र? के उहाँ तिनीहरूप्रति धैर्यवान् हुनुहुन्‍न र?
8 Es jums saku: Viņš tiem tiesu izdos īsā laikā. Bet, kad Tas Cilvēka Dēls atnāks, vai Tas gan ticību atradīs virs zemes?”
म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्‍वास भेट्टाउनेछन् र?”
9 Bet Viņš arī sacīja uz kādiem, kas uz sev pašiem paļāvās, ka esot taisni, un citus nicināja, šo līdzību:
त्यसपछि उहाँले आफैँलाई धर्मी ठान्‍ने र अरूलाई तुच्छ ठान्‍ने कतिपय मानिसहरूलाई यो दृष्‍टान्त पनि भन्‍नुभयो,
10 “Divi cilvēki gāja Dieva namā Dievu lūgt, viens farizejs, otrs muitnieks.
“दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए– एक जना फरिसी र अर्को कर उठाउने ।
11 Tas farizejs nostājies lūdza, pats pie sevis šos vārdus sacīdams: es tev pateicos Dievs, ka es neesmu kā citi cilvēki, laupītāji, netaisni, laulības pārkāpēji, vai arī kā šis muitnieks.
फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू चोरहरूजस्तो छैनँ, अधर्मीहरूजस्तो छैनँ, व्यभिचारीजस्तो पनि छैनँ, यही कर उठाउनेजस्तो पनि छैनँ ।
12 Es gavēju divreiz nedēļā un dodu desmito tiesu no visa sava padoma.
म हरेक हप्‍ता दुई पटक उपवास बस्दछु । म आफूले पाएका सबै थोकको दशांश दिन्छु ।’
13 Bet tas muitnieks no tālienes stāvēdams negribēja nedz savas acis pacelt uz debesīm, bet sita pie savām krūtīm un sacīja: Dievs, esi man grēciniekam žēlīgs!
तर कर उठाउने मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन आफ्नो छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्‍वर म पापीमाथि कृपालु हुनुहोस् ।’
14 Es jums saku: šis nogāja savā namā taisnots pār to otru; jo kas pats paaugstinājās, tas taps pazemots, un kas pats pazemojās, tas taps paaugstināts.”
म तिमीहरूलाई भन्दछु, कि यो मानिस अर्को मानिसभन्दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ त्यो होच्याइनेछ र जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ ।
15 Un tie arī bērniņus atnesa pie Viņa, ka Viņš tos aizskartu, bet to redzēdami tie mācekļi tos aprāja.
उहाँले तिनीहरूलाई छोइदिऊन् भनी मानिसहरूले बालबालिकाहरूलाई पनि उहाँकहाँ ल्याए, तर यो यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे ।
16 Bet Jēzus tos pieaicināja un sacīja: “Laidiet tos bērniņus pie Manis un neliedziet tiem; jo tādiem Dieva valstība pieder.
तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो ।
17 Patiesi, Es jums saku: ja kas Dieva valstību nedabū kā bērniņš, tas nenāks tur iekšā.”
साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि कसैले परमेश्‍वरको राज्यलाई बालकले झैँ ग्रहण गर्दैन भने त्यो निश्‍चय नै स्वर्गमा प्रवेश गर्नेछैन ।”
18 Un viens virsnieks Tam jautāja un sacīja: “Labais Mācītāj, ko man būs darīt, lai es iemantoju mūžīgu dzīvošanu?” (aiōnios g166)
एक जना शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?” (aiōnios g166)
19 Un Jēzus uz to sacīja: “Ko tu Mani sauci par labu? neviens nav labs kā vien Tas Vienīgais Dievs.
येशूले तिनलाई भन्‍नुभयो, “किन मलाई असल भन्दछौ, एक परमेश्‍वरबाहेक कोही पनि असल छैन ।
20 Tu tos baušļus zini: tev nebūs laulību pārkāpt; tev nebūs nokaut; tev nebūs zagt; tev nebūs nepatiesu liecību dot; godā savu tēvu un savu māti.”
तिमीलाई आज्ञाहरू थाहा छ– तैँले व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झुटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।”
21 Bet tas sacīja: “Visu to esmu turējis no pašas jaunības.”
ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरिरहेको छु ।”
22 Bet Jēzus to dzirdēdams uz to sacīja: “Vienas lietas tev vēl trūkst; pārdod visu, kas tev ir un izdali nabagiem; tad tev manta būs debesīs, un nāc un staigā Man pakaļ.”
जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्‍नुपर्छ र गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ । त्यसपछि आऊ र मेरोपछि लाग ।”
23 Bet, šos vārdus dzirdot, tas ļoti noskuma, jo viņš bija ļoti bagāts.
तर जब धनी मानिसले यो कुरा सुने, तिनी अति नै दुःखित भए, कारण तिनी धेरै धनी थिए ।
24 Un Jēzus redzēdams, ka tas bija noskumis, sacīja: “Cik grūti bagātie ieies Dieva valstībā?
तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्‍नुभयो, “धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति गाह्रो छ!
25 Jo vieglāki ir, kamielim iet caur adatas aci, nekā bagātam ieiet Dieva valstībā!”
धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा बरु उँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ!”
26 Tad tie, kas to dzirdēja, sacīja: “Kas tad var kļūt Dieva valstībā?”
त्यो सुन्‍नेहरूले यसो भने, “त्यसो भए को बचाइनेछ त?”
27 Bet Viņš sacīja: “Kas cilvēkiem neiespējams, tas Dievam iespējams.”
येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्यो परमेश्‍वरमा सम्भव छ ।”
28 Un Pēteris sacīja: “Redzi, mēs visu esam atstājuši un Tev pakaļ gājuši.”
पत्रुसले जवाफ दिए, “हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौँ ।”
29 Un Viņš uz tiem sacīja: “Patiesi, Es jums saku: neviens nav, kas atstājis mājas vai vecākus vai brāļus vai sievu vai bērnus Dieva valstības dēļ,
येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यको खातिर घर, श्रीमती वा दाजुभाइ, आमाबुबा वा छोराछोरीलाई त्याग्दछन्,
30 Kas to daudzkārtīgi neatdabūs šinī laikā, un nākošā laikā mūžīgu dzīvošanu.” (aiōn g165, aiōnios g166)
तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्त जीवन पाउनेछन् ।” (aiōn g165, aiōnios g166)
31 Un tos divpadsmit pie Sevis ņēmis, Viņš uz tiem sacīja: “Redzi, mēs noejam uz Jeruzālemi, un viss taps piepildīts, ko pravieši rakstījuši par To Cilvēka Dēlu.
बाह्र जनालाई आफूकहाँ भेला गरेर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदै छौँ, अनि मानिसका पुत्रको बारेमा अगमवक्‍ताहरूले लेखेका सबै कुरा पुरा हुनेछन् ।
32 Jo Viņš taps nodots pagāniem un taps apmēdīts un lamāts un apspļaudīts;
किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन् र मनिसहरूले उनलाई गिल्ला गर्नेछन् र अपमानजनक व्यवहार गर्नेछन् र उनलाई थुक्‍नेछन् ।
33 Un tie To šaustīs un nokaus, un trešā dienā Viņš atkal augšām celsies.”
उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन् ।”
34 Bet viņi nesaprata no tā nenieka, un šī valoda viņiem bija apslēpta, un nesaprata to, kas bija sacīts.
उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन ।
35 Bet gadījās, Viņam tuvu klāt nākot pie Jērikus, viens akls sēdēja ceļmalā un nabagoja.
येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।
36 Bet kad tas tos ļaudis dzirdēja garām ejam, tad tas jautāja, kas tur esot.
त्यो बाटो भएर ठुलो भिड गइरहेको कुरा सुनेर उसले सोध्यो, “यहाँ के हुँदै छ?”
37 Un viņi tam atbildēja: “Jēzus no Nacaretes iet garām.”
तिनीहरूले उसलाई भने, “नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्छ ।”
38 Tad tas brēca un sacīja: “Jēzu, Dāvida dēls, apžēlojies par mani!”
त्यसपछि त्यो दृष्‍टिविहीन मानिसले चिच्याउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।”
39 Bet tie, kas priekšā gāja, to apsauca, lai būtu klusu. Bet viņš vēl vairāk brēca: “Tu Dāvida dēls, apžēlojies par mani!”
भिडको अगिअगि हिँडिरहेका मानिसहरूले त्यो दृष्‍टिविहीन मानिसलाई हकारेर चुप लाग्‍न भने, तर उसले झन् चर्को स्वरले कराउँदै भन्यो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
40 Bet Jēzus apstājās un pavēlēja, to atvest pie Sevis; bet kad tie to pie Viņa bija atveduši, tad Viņš to jautāja,
येशू टक्‍क उभिनुभयो र त्यस दृष्‍टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यस दृष्‍टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्‍नुभयो,
41 Sacīdams: “Ko tu gribi, lai Es tev daru?” Viņš atbildēja: “Kungs, ka varu redzēt.”
“मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” उसले भन्यो, “प्रभु, म देख्‍न चाहन्छु ।”
42 Un Jēzus uz to sacīja: “Esi redzīgs, tava ticība tev palīdzējusi.”
येशूले भन्‍नुभयो, “तिमी देख्‍ने भइ जाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”
43 Un tūdaļ viņš tapa redzīgs un Tam staigāja pakaļ, Dievu teikdams. Un visi ļaudis, kas to redzēja, slavēja Dievu.
तुरुन्तै उसले देख्‍न सक्यो र परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे ।

< Lūkas Evaņg̒elijs 18 >