< Proverbiorum 21 >

1 sicut divisiones aquarum ita cor regis in manu Domini quocumque voluerit inclinabit illud
राजाको हृदय परमप्रभुको हातमा भएको खोलाजस्तो हो । उहाँलाई खुसी लागेअनुसार उहाँले त्यसलाई फर्काउनुहुन्छ ।
2 omnis via viri recta sibi videtur adpendit autem corda Dominus
हरेक मानिसको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक छ, तर परमप्रभुले नै हृदयको जाँच गर्नुहुन्छ ।
3 facere misericordiam et iudicium magis placent Domino quam victimae
बलिदानभन्दा जे ठिक र न्यायसङ्गत छ, त्यही गर्नु परमप्रभुको लागि बढी ग्रहणयोग्य हुन्छ ।
4 exaltatio oculorum et dilatatio cordis lucerna impiorum peccatum
अहङ्कारी आँखा, घमण्डी हृदय र दुष्‍टको बत्ती पाप हुन् ।
5 cogitationes robusti semper in abundantia omnis autem piger semper in egestate
परिश्रमीका योजनाहरूले केवल उन्‍नतितिर लैजान्छन्, तर हतार काम गर्नेचाहिँ केवल दरिद्रतामा पुग्छ ।
6 qui congregat thesauros lingua mendacii vanus est et inpingetur ad laqueos mortis
झुट बोलेर सम्पत्ति आर्जन गर्नु उडिजाने बाफ र मार्ने पासोजस्तै हो ।
7 rapinae impiorum detrahent eos quia noluerunt facere iudicium
दुष्‍टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् ।
8 perversa via viri aliena est qui autem mundus est rectum opus eius
दोषी मानिसको बाटो टेडो हुन्छ, तर निर्दोषले ठिक काम गर्छ ।
9 melius est sedere in angulo domatis quam cum muliere litigiosa et in domo communi
झगडालु पत्‍नीसित एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ ।
10 anima impii desiderat malum non miserebitur proximo suo
दुष्‍टको भोकले खराबीको लालसा गर्छ । त्यसको छिमेकीले त्यसको आँखामा निगाह देख्दैन ।
11 multato pestilente sapientior erit parvulus et si sectetur sapientem sumet scientiam
खिल्ली गर्नेलाई दण्ड दिइँदा निर्बुद्धि बुद्धिमान् बन्छ, र बुद्धिमान् मानिसलाई अर्ती दिइँदा त्यसले ज्ञानलाई पक्रिराख्छ ।
12 excogitat iustus de domo impii ut detrahat impios in malum
धर्मात्माले दुष्‍ट मानिसको घरको निगरानी गर्छ । उहाँले दुष्‍ट मानिसहरूमाथि विपत्ति ल्याउनुहुन्छ ।
13 qui obturat aurem suam ad clamorem pauperis et ipse clamabit et non exaudietur
गरिबको पुकारामा कान थुन्‍नेले पुकारा गर्दा त्यसलाई जवाफ दिइने छैन ।
14 munus absconditum extinguet iras et donum in sinu indignationem maximam
गुप्‍तमा दिइएको उपहारले रिस मारिदिन्छ, र लुकाएर दिइएको उपहारले बल्दो क्रोधलाई शान्त पारिदिन्छ ।
15 gaudium iusto est facere iudicium et pavor operantibus iniquitatem
न्याय कायम हुँदा यसले धर्मात्मामा आनन्द ल्याउँछ भने खराबी गर्नेहरूमा त्रास ल्याउँछ ।
16 vir qui erraverit a via doctrinae in coetu gigantum commorabitur
समझशक्तिको मार्गबाट तर्कने मानिसले मरेकाहरूको सभामा विश्राम पाउने छ ।
17 qui diligit epulas in egestate erit qui amat vinum et pinguia non ditabitur
मोजमज्‍जालाई प्रेम गर्ने गरिब हुनेछ । दाखमद्य र तेललाई प्रेम गर्ने धनी हुने छैन ।
18 pro iusto datur impius et pro rectis iniquus
दुष्‍ट मानिस धर्मी मानिसको लागि प्रायश्‍चित्त हुन्छ, र विश्‍वासघाती मानिस सोझो मानिसको लागि प्रायश्‍चित्त हुन्छ ।
19 melius est habitare in terra deserta quam cum muliere rixosa et iracunda
झगडालु र रिसालु पत्‍नीसित बस्‍नुभन्दा उजाड्-स्थानमा बस्‍नु बेस हुन्छ ।
20 thesaurus desiderabilis et oleum in habitaculo iusti et inprudens homo dissipabit illud
इच्छा गरिएको खजाना र तेल बुद्धिमान्‌को बासस्थानमा हुन्छन्, तर मूर्खले यी सबै निलिदिन्छन् ।
21 qui sequitur iustitiam et misericordiam inveniet vitam et iustitiam et gloriam
असल काम गर्ने र दयालु मानिसले जीवन, धार्मिकता र इज्‍जत पाउँछ ।
22 civitatem fortium ascendit sapiens et destruxit robur fiduciae eius
बुद्धिमान् मानिसले शक्तिशाली योद्धाहरूको सहरको लेखाजोखा गर्छ, र तिनीहरूले भरोसा गरेको किल्लालाई भत्काइदिन्छ ।
23 qui custodit os suum et linguam suam custodit ab angustiis animam suam
आफ्नो मुख र जिब्रोको रखवाली गर्नेले आफैलाई कष्‍टबाट बचाउँछ ।
24 superbus et arrogans vocatur indoctus qui in ira operatur superbiam
घमण्डी र हठी मानिसको नाउँ “खिल्ली उडाउने” हो र त्यसले अभिमानीसाथ व्यवहार गर्छ ।
25 desideria occidunt pigrum noluerunt enim quicquam manus eius operari
अल्छेको इच्छाले त्यसलाई मार्छ, किनकि त्यसको हातले काम गर्न इन्कार गर्छ ।
26 tota die concupiscit et desiderat qui autem iustus est tribuet et non cessabit
दिनभरि त्यसले केवल लालसा गर्छ, तर धर्मात्माले मुट्ठी खोलेर दिन्छ ।
27 hostiae impiorum abominabiles quia offeruntur ex scelere
दुष्‍टको बलिदान घृणित हुन्छ । त्यसले खराब अभिप्राय लिएर ल्याउँदा यो झनै घृणित हुन्छ ।
28 testis mendax peribit vir oboediens loquitur victoriam
झुटो साक्षी नष्‍ट हुने छ, तर ध्यान दिएर सुन्‍नेले बोलिरहने छ ।
29 vir impius procaciter obfirmat vultum suum qui autem rectus est corrigit viam suam
दुष्‍ट मानिस हठी हुन्छ, तर सोझो मानिस आफ्ना मार्गहरूबारे निश्‍चित हुन्छ ।
30 non est sapientia non est prudentia non est consilium contra Dominum
यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन जुन परमप्रभुको विरुद्धमा खडा हुन सक्छ ।
31 equus paratur ad diem belli Dominus autem salutem tribuet
घोडा युद्धको लागि तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हो ।

< Proverbiorum 21 >