< Hebræos 1 >

1 Multifariam, multisque modis olim Deus loquens patribus in Prophetis:
प्राचीन कालमा परमेश्‍वर विभिन्‍न समयमा विभिन्‍न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्‍ताहरूद्वारा बोल्नुभयो ।
2 novissime, diebus istis locutus est nobis in Filio, quem constituit heredem universorum, per quem fecit et saecula: (aiōn g165)
तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्‍नुभएको छ, जो सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गरिनुभएको छ । परमेश्‍वरले उहाँद्वारा नै सबै कुरा पनि बनाउनुभयो । (aiōn g165)
3 qui cum sit splendor gloriae, et figura substantiae eius, portansque omnia verbo virtutis suae, purgationem peccatorum faciens, sedet ad dexteram maiestatis in excelsis:
उहाँ नै परमेश्‍वरलको स्वभावको सार र महिमाको चमक हुनुहुन्छ । आफ्नो शक्‍तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्‍नुभएको छ । उहाँले पापको शुद्धेइँ गर्नुपछि उहाँ उच्‍च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
4 tanto melior Angelis effectus, quanto differentius prae illis nomen hereditavit.
उहाँ स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ, किनभने जुन नाउँ उहाँले प्राप्‍त गर्नुभएको छ, त्यो तिनीहरूलाई दिइएको नाउँभन्दा उत्तम छ ।
5 Cui enim dixit aliquando Angelorum: Filius meus es tu, ego hodie genui te? Et rursum: Ego ero illi in patrem, et ipse erit mihi in filium?
के परमेश्‍वरले स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्‍नुभयो र? “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु?” र फेरि, “म उनका लागि पिता हुनेछु, र उनी मेरा लागि पुत्र हुनेछन्?”
6 Et cum iterum introducit primogenitum in orbem terrae, dicit: Et adorent eum omnes Angeli Dei.
फेरि, जब परमेश्‍वरले पहिले जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्छ, “परमेश्‍वरका सबै स्वर्गदूतले उहाँलाई आराधना गर्नैपर्छ ।”
7 Et ad Angelos quidem dicit: Qui facit Angelos suos spiritus, et ministros suos flammam ignis.
स्वर्गदूतहरूका विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “उहाँ जसले आफ्ना दासहरूलाई आगोको ज्वाला र उहाँका स्वर्गदूतहरूलाई आत्माहरू बनाउनुहुन्छ ।”
8 Ad filium autem: Thronus tuus Deus in saeculum saeculi: virga aequitatis, virga regni tui. (aiōn g165)
तर पुत्रको विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सधैँभरि रहिरहने छ । तपाईंको राजदण्ड नै तपाईंको राज्यको न्यायको राजदण्ड हुनेछ । (aiōn g165)
9 Dilexisti iustitiam, et odisti iniquitatem: propterea unxit te Deus, Deus tuus oleo exultationis prae participibus tuis.
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र अधर्मलाई घृणा गर्नुहुन्छ । त्यसकारण, हे परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आनन्दको तेलले अभिषेक गर्नुभएको छ र सहयोगी बनाउनुभएको छ ।”
10 Et: Tu in principio Domine terram fundasti: et opera manuum tuarum sunt caeli.
“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् ।
11 Ipsi peribunt, tu autem permanebis, et omnes ut vestimentum veterascent:
तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन् ।
12 et velut amictum mutabis eos, et mutabuntur: tu autem idem ipse es, et anni tui non deficient.
तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ परिवर्तन हुनेछन् । तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुँदैन ।”
13 Ad quem autem Angelorum dixit aliquando: Sede a dextris meis, quoadusque ponam inimicos tuos scabellum pedum tuorum?
तर कुनचाहिँ स्वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै यस्तो भन्‍नुभएको छ, “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ?”
14 Nonne omnes sunt administratorii spiritus, in ministerium missi propter eos, qui hereditatem capiunt salutis?
के सबै स्वर्गदूतहरू मुक्‍ति पाउनेहरूको वास्ता र सेवा गर्न पठाइएका आत्माहरू होइनन् र?

< Hebræos 1 >