< Mathayo 7 >

1 Utajakulamula, koleleki awona utajakulamulwa.
इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन ।
2 Kwa indamu inu oulamula, aona ouja okulamulwa. Na kwaindengo inu oulengelamo awona ouja okulengelwa omwo.
किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ ।
3 Nikulwaki oulola akakongokela kaliti kanu kalimuliso lyowanyu, Tali utakumenya liti linu lilimuliso lyao?
र किन तिमीहरूले आफ्नो भाइका आँखामा भएको परालको सानो टुक्रालाई देख्छौ, तर आफ्नै आँखामा भएको मुढालाई तिमीहरू ख्याल गर्दैनौ?
4 Outulatiki okwaika kuwanyu, siga nikusoshyemo akakongokela kanu kali muliso lyao, omwanya ogwo uli na liti muliso lyao?
तिमीले आफ्नो भाइलाई, ‘मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ’ भनेर कसरी भन्‍न सक्छौ, जब कि मुढाचाहिँ तिम्रो आफ्नै आँखामा छ?
5 Mubheyi awe, yamba usoshyemo liti linu lilimuliso lyao, na nio ouja okulola kisi nokumusoshyamo owanyu akakongokela kanu kalimuliso lyowanyu.
ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्‍टसँग देख्‍न सक्छौ ।
6 Utajiana jimbwa chinu chili cha kisi, na utaja kujisanusisha jingulubhe jilulu imbele yajo. Kulwokubha abhaja okubhinyamula no kubhitaja mubhigele bhyajo, na lindi abhaja okukuindukila awe nokukutabhula tabhula masinja masinja.
जे कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ, र आफ्ना मोतीहरू सुङ्गुरहरूको अगाडि नफाल । नत्रता तिनीहरूले त्यसलाई खुट्टाले कुल्चेलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान् ।
7 Sabhwa, ona ouyanibhwa. Iga, ona oubhona. Konona, ona oujaokwigulilwa.
माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ ।
8 Kuonawona unu kasabhwa, kayanwa. Kuwonawona unu kaiga, kabhona. Nakumunu unu kakonona, kulwigi kegulilwa.
किनकि माग्‍ने सबैले पाउँछन् । र खोज्ने सबैले भेट्टाउँछन् । र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ ।
9 Angu aliwo oumwi mwimwe unu omwana wae akamusabhwa echibhutu cho mukate kamuyana libhuyi?
वा, तिमीहरूमध्ये यस्तो मानिस कोही छ जसले आफ्नो छोराले उसलाई रोटी माग्दा ढुङ्गा देला?
10 Angu akamusabhwa inswi, kamuyana injoka?
वा, उसले माछा माग्दा उसलाई सर्प देला?
11 Kulwejo, ikabha emwe abhajabhi omumenya okubhayana abhana bhemwe ebhiyanwa bhyakisi, Angu nibhutuloki bhunu Lata Bhugenyi wa mulwile kabhayana bhinu bhya kisi bhanu abhamusabhwa omwene?
यसकारण, तिमीहरू दुष्‍ट भएर पनि आफ्ना छोराछोरीलाई कसरी असल थोक दिने भनी जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ्ता गरेर दिनुहुन्छ?
12 Kwainsonga eyo, anu owenda okolelwa chinu chonachona na bhanu bhandi aona jikwiile okubhakolela kutyo abhandi bhona, kulwokubhaeyo ni sheliya na bhalagi.
त्यसकारण, मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ, तिमीहरूले तिनीहरूसँग त्यस्तै गर्नुपर्छ । त्यो नै व्यवस्था र अगमवक्‍ताहरूको शिक्षा हो ।
13 Mwingile okulabhila omulyango omufunde. Kulwokubha omulyango omunene na injila ni nene inu eitangasha mubhunyamuke, bhanu bhafu abhalabha kunjileyo.
साँघुरो ढोकाबाट भित्र पस । किनभने विनाशमा पुर्‍याउने ढोका र बाटो फराकिलो हुन्छन्, र त्यस बाटोबाट जाने मानिसहरू धेरै छन् ।
14 Omulyango ni mufunde, Omulyango omufunde ni njila inu eitangasha mubhuanga na nibhanu bhatyali bhanu abhatula oilola.
किनकि जीवनमा डोर्‍याउने ढोका र बाटो साँघुरो हुन्छन्, र त्यो भेट्टाउने थोरै मात्र छन् ।
15 Mwikenge na bhalagi bho lubheyi, abhaja bhafwae olwayi lwa inyabhalega, tali ni ntyanyi ndulu.
झुटा अगमवक्‍ताहरूदेखि होसियार बस, जो भेडाको भेषमा आउँदछन्, तर वास्तवमा तिनीहरू भोका ब्‍वाँसाहरू हुन् ।
16 Kulwamatwasho gebhwe omuja okubhamenya. Angu abhanu abhatula okugesa amatwasho kumawa, na lindi kubhiyabwa bhya mbaluti?
तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ । के मानिसहरूले काँडाको झाडीबाट अङ्गुर बटुल्छन्, वा काँडाको बिरुवाबाट अन्जीर टिप्छन् र?
17 Kwo lususo olwo, kileti lye kisi elibhula matwasho gakisi, tali liti libhibhi elibhula matwasho mabhibhi.
यसरी नै, हरेक असल रुखले असलै फल फलाउँछ, तर खराब रुखले खराबै फल फलाउँछ ।
18 Liti lyekisi litakutula kutwasha matwasho mabhibhi, na kutyo liti libhibhi litakutula kwibhula matwasho gakisi.
एउटाअ सल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल नै फलाउन सक्छ ।
19 Bhuliti linu litakwibhula matwasho gakisi elitemwa nokweswa mumulilo.
हरेक रुख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ ।
20 Kulwejo oli, oujaokubhamenya okusokana na matwasho gabho.
यसकारण, तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ ।
21 Atali bhuli munu unu kabwila anye, Ratabhugenyi, Ratabhugenyi, kengila mubhukama bhwa mulwile, tali ni uliya kakola obhulengelesi bhwa Ratabhugenyi wani unu alimulwile.
‘प्रभु, प्रभु’ भन्‍ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ ।
22 Bhanu bhamfu bhalibwila olusiku olwo, Ratabhugenyi, Ratabhugenyi, chitasosishe obhulagi kwi sina lyao, chitasosisheko amasabwa kwisina lyao, na kwalisina lyao chakolele bhikolwa byamfu bya kulugusha?
त्यस दिन धेरै मानिसले मलाई भन्‍नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौँ र? के तपाईंको नाउँमा भूतहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै शक्‍तिशाली कामहरू गरेका थिएनौँ र?’
23 Niwo enibhabhwila echimali, 'nitabhamenya emwe. Musoke kwanye, bhanu omukola obhunyamuke'.
तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ! ए दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल्!’
24 Kulwejo, bhuli umwi unu kongwa emisango jani nokwikilisha kasusana nomunu omwengeso unu ombakile inyumba yae ingulu ya litale.
त्यसकारण, हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो ।
25 Ingubha nigwa, amanji nigejula, nomuyaga niguja niguibhuma inyumba eyo, tali itatulile kugwa ansi, kulwokubha aliga yumbakilwe ingulu ya litale.
पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो ।
26 Tali bhuli munu unu kongwa omusango gwani nalema okugwikilisha, kasusanisibhwa no munu omumumu unu ombakile inyumba yae ingulu yo musenyi
तर हरेक जसले मेरा वचन सुन्छ र पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो ।
27 Ingubha niija, amanji nigaja, nomuyaga niguja niguibhuma inyumba eyo. Nigwa, nobhunyamke bhwayo nibhubhonekana.”
पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो । र त्यो ढल्यो र पूर्ण रूपमा नष्‍ट भयो ।”
28 Gwamalile okulabhao omwanya gunu Yesu amalile okuloma emisango ejo, amekofyanya nigalugula ameigishyo gae,
जब येशूले यी वचन भनेर सक्‍नुभयो, भिड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो,
29 Kulwokubha eigisishe kuti munu wobhutulo, na atabhee lwa bhandiki bhebhwe.
किनकि उहाँले तिनीहरूका शास्‍त्रीहरूले जस्तो गरी होइन, तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो ।

< Mathayo 7 >