< 1 Abhakorintho 16 >

1 Woli okulubhana no bhusolosha ingulu ya bhekilisha, lwa kutyo nalagiliye amakanisa aga Galatia, nikwo kutyo kubheile okukola.
अब विश्‍वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू ।
2 Mu lusiku olwo kwamba ku bhwoyo, bhuli umwi kwimwe atulewo echinu chilubhe kumbali no kuchibhika kutyo omutula. Mukole kutyo koleleki ati kwasiga kubhawo okusolosha mu mwanya gunu enija.
हप्‍ताको पहिलो दिन तिमीहरूको दक्षताअनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस् ।
3 Na nakakinge, wona wona unu mwakasole, enimutuma amwi na inyalubha okusosha ebhiyanwa bhyemwe eyo Yelusalemu.
र जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका व्यक्‍तिको हातमा पत्र लेखेर तिमीहरूको भेटीलाई यरूशलेममा पठाइदिनेछु ।
4 Alabha jili kisi kwanye okugenda one, abhagenda amwi nanye.
र म पनि जानको निम्ति उचित भयो भने, तिनीहरू मसँगै जानेछन् ।
5 Mbe nawe enija kwemwe, mu mwanya gunu nakalabhe mu Makedonia. Kulwo kubha onilabha mu Makedonia.
तर माकेडोनियाको यात्रा गरिसकेपछि म तिमीहरूकहाँ आउनेछु, किनकि म माकेडोनिया भएर जानेछु ।
6 Amwi enitula okwinyanja nemwe amwi nolwo okumalawo jinsiku ja imbeyo, koleleki ati mutule okunsakila mu lugendo lwani, wona wona enu enija.
सायद म तिमीहरूसँगै बस्‍नेछु अथवा पुरै हिउँद बिताउनेछु, ताकि तिमीहरूले मेरो यात्रामा म जहाँ जान्छु त्यहाँ सहायता गर्न सक ।
7 Kulwo kubha nitakenele kubhakumanya woli kwo mwanya mufuyi gunu. Kulwo kubha eniikanya okwinyanja nemwe kwo mwanya mufuyi, alabha Latabhugenyi akanyikilisisha.
किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्‍नँ । यदि परमेश्‍वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु ।
8 Mbe nawe eninyanja Efeso Kukinga Pentekoste,
तर म पेन्तिकोससम्म एफिससमा नै बस्‍नेछु ।
9 Kulwo kubha omulyango omufunde gwegukile ingulu yani, na bhaliwo bhasoko bhafu bhanu abhana.
किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ, तर त्यहाँ धेरै विरोधीहरू पनि छन् ।
10 Woli mu mwanya Timotheo akaja, mumulole ati ali nemwe kubhaya -uli, kakola emilimu ja Latabhugenyi, lwa kutyo one enikola.
तिमोथी त्यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिनाडर बस्‍न देओ, किनकि तिनी पनि मैले जस्तै परमेश्‍वरको सेवा गर्दछन् ।
11 Omunu wona wona asiga kumugaya. Mumusakile mu mulugendo lwaye olwo mulembe, koleleki ati anyijeko. Kulwo kubha enimulindilila aje amwi na bhasu.
कसैले पनि तिनको अवहेलना नगरोस् । शान्तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी मकहाँ आउन सकून् । किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु ।
12 Woli okulubhana no wasu Apolo. Namukomesishe no kumutamo omwoyo muno okubhalibhatila emwe amwi na bhasu. Mbe nawe atendele kuja kwa woli. Nolwo kutyo, kajokuja akabhona okwamba.
अब हाम्रा भाइ अपोल्लोसको बारेमा भन्‍नुपर्दा मैले तिनलाई भाइहरूका साथ तिमीहरूकहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरेँ । तिनलाई तिमीहरूकहाँ आउन मन भएन । तापनि ठिक समयमा तिनी तिमीहरूकहाँ आउनेछन् ।
13 Nimutengeje, mulumega mwasiga kutela-tela, nimukole kuti bhalume, nimubha na managa.
सतर्क रहो; विश्‍वासमा दृढ बस; मानिसजस्तै बन र सामर्थी बन ।
14 Mbe gona ganu omukola gakoleke mu lyenda.
तिमीले जे गर्छौ, सबै प्रेममा गर ।
15 Muimenyele inyumba ya Stefana. Mumenyele ati bhaliga bhali bhekilisha bho kwamba eyo Akaya, na ati bheteyeyo abhene mu bhufulubhendi bhwa abhekilisha. Mbe woli enibhelembelesha, bhamula bhasu na bhayala bhasu,
स्तिफनासको घरानालाई तिमी जान्दछौ जो अखैयाका पहिलो विश्‍वासी हुन् । तिनीहरूले विश्‍वासीहरूको सेवाको निम्ति आफैँलाई समर्पित गरेका छन् । भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि
16 nimubhe bhololo ku bhanu lwabho, na ku bhuli munu unu kasakila mu milimu na abhakosi bhe milimu amwi neswe.
त्यस्ता मानिसहरू र हामीलाई काममा सहायता गर्ने अनि हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो ।
17 Na enikondelwa mukuja kwa Stefano, Fotunato, na Akiko. Bhemeleguyu anu emwe mwiile okubha.
स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित हुन्छु । तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पुरा गरिदिए ।
18 Kulwo kubha bhagukondelesha omwoyo gwani no gwemwe Kulwejo woli, mubhamenye abhanu kuti bhanu.
किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन् । त्यसैले गर्दा मानिसहरूको कदर गर ।
19 Amakanisa ga Asia abhabhakesha emwe. Akila na Prisika abhabhakesha mu Latabhugenyi, amwi na likanisa linu lili ika ewabho.
एसियामा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन् ।
20 Abhamula bhasu na bhayala bhasu bhona abhabhakesha. Mukeshanyega kwo kunyunyana okwelu.
सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
21 Anye, Paulo, enandika kutya kwo kubhoko kwani.
म पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु ।
22 Alabha alio wona wona unu atakumwenda Latabhugenyi, mbe okwiimwa kubhe ingulu yaye. Latabhugenyi weswe, ija!
यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस् ।
23 Echigongo cha Latabhugenyi Yesu chibhe nemwe.
हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् ।
24 Okwenda kwani kubhe amwi nemwe mu Kristo Yesu.
ख्रीष्‍ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ ।

< 1 Abhakorintho 16 >