< コリント人への手紙第一 2 >

1 第二項 分裂の第二原因即ち神の智恵を慮らざる事 兄弟等よ、我も汝等に至りし時、高尚なる談話或は智恵を齎して、神の證明を汝等に告げしに非ず。
भाइहरू हो, गुप्‍तमा रहेका परमेश्‍वरका सत्यताहरूको घोषणा गर्न म तिमीहरूकहाँ आउँदा कुशल वक्‍ता र बुद्धिका साथमा आइनँ ।
2 蓋我汝等の中に於てイエズス、キリスト、而も十字架に釘けられ給ひたる其の外は、何をも知るを善しとせず、
तिमीहरूका माझमा हुँदा येशू ख्रीष्‍ट र क्रुसमा टाँगिनुभएका येशूलाई बाहेक मैले कुनै पनि कुरा नजान्‍ने निर्णय गरे ।
3 汝等の中に在りて、弱くして且懼れ、且大いに慄く者なりき。
अनि कमजोरी, डर र धेरै कम्पसाथ म तिमीहरूसित थिएँ ।
4 又我談話、我宣教は人を屈服せしむる人智の言に在らずして、聖霊及び大能を現すに在りき。
र मेरा सन्देश र घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन् । बरु, ती पवित्र आत्मा र शक्‍तिको प्रदर्शनमा थिए ।
5 是汝等の信仰が人間の智恵に由らずして、神の大能に由らん為なり。
तिमीहरूको विश्‍वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्‍तिमा भएको होस् ।
6 然れども完全なる人々の中に於ては、我等智恵の事を語る。但し此世の智恵に非ず、此世に於る亡ぶべき君主等の智恵に非ず、 (aiōn g165)
अब, परिपक्‍वहरूका बिचमा हामी बुद्धिका कुरा गर्दछौँ, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदै छन् । (aiōn g165)
7 語る所は神の不可思議なる智恵にして、即ち(永く)隠れたりしもの、神が代々に先ちて我等の光榮として豫定し給ひしものなり。 (aiōn g165)
बरु, लुकाइएका सत्यतामा हामी परमेश्‍वरको बुद्धिको प्रचार गर्छौं, लुकेको बुद्धि जो परमेश्‍वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्‍त गर्नुभयो । (aiōn g165)
8 此世の君主等は一人も之を知らざりき。蓋知りたりしならば、彼等は決して光榮の主を十字架に釘けざりしならん。 (aiōn g165)
यस युगका कुनै पनि शासकहरूले यो ज्ञानलाई जानेनन्, तर तिनीहरूले त्यस समयमा यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन् । (aiōn g165)
9 然るに録されし如く、神が之を愛し奉る人々に備給ひし事、目も之を見ず、耳も之を聞かず、人の意にも上らざりしを、神己が霊を以て我等に顕はし給ひしなり、
तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको छ ।”
10 其は霊は神の深き所に至るまで萬事を洞見し給へばなり。
परमेश्‍वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्‍वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ ।
11 蓋人の事は、其身に在る人の霊の外に、如何なる人か之を知るべき。斯の如く神の事も亦神の霊の外に之を知る者なし。
मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ? यसरी नै, परमेश्‍वरका आत्माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू बुझ्दैन ।
12 然て我等が受けしは此世の霊に非ず、神より出で給ふ霊にして、神より我等に賜はりたる事を知らん為なり。
तर हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्‍वरका आत्मा पाएका छौँ, ताकि परमेश्‍वरले हामीलाई सित्तैँमा दिनुभएका कुराहरू हामीले जान्‍न सकौँ ।
13 又我等が之を語るに當りて、人智の教ふる言を以てせず、霊の教へ給ふ所を以てして、霊的事物に霊的事物を引合するなり。
हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्‍ने वचनहरूमा बोल्छौँ, तर आत्माले हामीलाई सिकाउनुहुन्छ । आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ ।
14 然るに肉的人物は神の霊の事を承容れず、是霊的に是非すべきものなれば、彼に取りては愚に見えて之を覚る事能はざるなり。
परमेश्‍वरका आत्माका कुराहरू अनात्मिक व्यक्‍तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन् । उसले तिनीहरूलाई बुझ्‍न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्‍न सकिन्छ ।
15 然るに霊的人物は萬事を是非して、己は誰にも是非せられず。
आत्मिक व्यक्‍तिले सबै कुराहरू जाँच गर्दछ, तर ऊचाहिँ अरूद्वारा जाँचिदैन ।
16 蓋誰か主の念を知りて之に諭す者あらんや、我等はキリストの念を有し奉る。
किनाकि “कसले परमेश्‍वरको मनलाई जान्दछ? र कसले उहाँलाई अर्ती दिन सक्छ?” तर हामीसँग ख्रीष्‍टको मन छ ।

< コリント人への手紙第一 2 >