< 士師記 20 >

1 そこでイスラエルの人々は、ダンからベエルシバまで、またギレアデの地からもみな出てきて、その会衆はひとりのようにミヅパで主のもとに集まった。
त्यसपछि दानदेखि बेर्शेबासम्मका इस्राएलका मानिसहरू र गिलादको भूमिबाट समेत सबै एक भएर निस्के र परमप्रभुको अगि मिस्पामा एकसाथ भेला भए ।
2 民の首領たち、すなわちイスラエルのすべての部族の首領たちは、みずから神の民の集合に出た。つるぎを帯びている歩兵が四十万人あった。
इस्राएलका सबै कुलका मानिसहरूका अगुवाहरू परमेश्‍वरका मानिसहरूको भेलामा आफ्‍नो सहभागीता जनाए— त्यहाँ चार लाख जना पैदल हिंड्‍ने मानिसहरू तरवार लिएर युद्ध गर्न तयार थिए ।
3 ベニヤミンの人々は、イスラエルの人々がミヅパに上ったことを聞いた。イスラエルの人々は言った、「どうして、この悪事が起ったのか、われわれに話してください」。
बेन्यामिनका मानिसहरूले इस्राएलका मानिसहरू मिस्पामा गएका कुरा सुने । इस्राएलका मानिसहरूले भने, “यस्तो दुष्‍ट काम कसरी भयो त्‍यो हामीलाई भन ।”
4 殺された女の夫であるレビびとは答えて言った、「わたしは、めかけと一緒にベニヤミンに属するギベアへ行って宿りましたが、
त्यो मारिएकी स्‍त्रीका पति ती लेवीले जवाफ दिए, “म र मेरी उपपत्‍नी बेन्यामीनको इलाकामा पर्ने गिबामा रात कटाउन गएका थियौं ।
5 ギベアの人々は立ってわたしを攻め、夜の間に、わたしのおる家を取り囲んで、わたしを殺そうと企て、ついにわたしのめかけをはずかしめて、死なせました。
रातको बेला गिबाका अगुवाहरूले घरलाई घेरेर मलाई मार्ने उद्देश्यले आक्रमण गरे । तिनीहरूले मेरी उपपत्‍नीलाई बलात्कार गरे र त्यो मरी ।
6 それでわたしはめかけを捕えて断ち切り、それをイスラエルの嗣業のすべての地方にあまねく送りました。彼らがイスラエルにおいて憎むべきみだらなことを行ったからです。
मैले मेरी पत्‍नीलाई ल्‍याएँ र त्यसको लाशलाई टुक्रा-टुक्रा गरी काटें, र ती इस्राएलको उत्तराधिकारको हरेक इलाकामा पठाएँ, किनभने तिनीहरूले इस्राएलमा यतिसम्मको दुष्‍टता र अत्याचार गरेका छन् ।
7 イスラエルの人々よ、あなたがたは皆自分の意見と考えをここに述べてください」。
यसैले, ए सारा इस्राएलीहरू हो, तपाईंहरूको सल्लाह र सुझाव यहाँ दिनुहोस् ।”
8 民は皆ひとりのように立って言った、「われわれはだれも自分の天幕に行きません。まただれも自分の家に帰りません。
सबै मानिसहरू एक भएर खडा भए र तिनीहरूले भने “हामी कोही पनि आफ्नो पालमा जानेछैनौं र हामी कोही पनि घर फर्कनेछैनौं ।
9 われわれが今ギベアに対してしようとする事はこれです。われわれはくじを引いて、ギベアに攻めのぼりましょう。
तर अब हामी गिबालाई यस्तो गर्नेछौं: गोला हालेर पाएको निर्देशनअनुसार हामी त्यसलाई आक्रमण गर्नेछौं ।
10 すなわちイスラエルのすべての部族から百人について十人、千人について百人、万人について千人を選んで、民の糧食をとらせ、民はベニヤミンのギベアに行って、ベニヤミンびとがイスラエルにおいておこなったすべてのみだらな事に対して、報復しましょう」。
हामी इस्राएलका सबै कुलहरूबाट एक सयबाट दश, एक हजारबाट एक सय, र दश हजारबाट एक हजारलाई मानिसहरूलाई अरूका निम्‍ति खानेकुराको प्रबन्‍ध गर्न राख्‍नेछौं, ताकि तिनीहरू बेन्यामीनको गिबामा आउँदा, उनीहरूले इस्राएलमा गरेका दुष्‍टताको लागि तिनीहरूले दण्ड दिन सकून् ।”
11 こうしてイスラエルの人々は皆集まり、一致結束して町を攻めようとした。
यसैले इस्राएलका सबै सिपाहीहरू त्यस सहरको विरुद्ध एकतावद्ध भएर भेला भए ।
12 イスラエルのもろもろの部族は人々をあまねくベニヤミンの部族のうちにつかわして言わせた、「あなたがたのうちに起ったこの事は、なんたる悪事でしょうか。
इस्राएलका कुलहरूले बेन्यामीनको कुलका सबैलाई यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूका बिचमा गरिएको दुष्‍टता के हो?
13 それで今ギベアにいるあの悪い人々をわたしなさい。われわれは彼らを殺して、イスラエルから悪を除き去りましょう」。しかしベニヤミンの人々はその兄弟であるイスラエルの人々の言葉を聞きいれなかった。
यसकारण, गिबाका ती दुष्‍ट मानिसहरूलाई हामीलाई सुम्‍पिदेओ, ताकि हामी तिनीहरूलाई मार्नेछौं र यसरी इस्राएलबाट हामी यो दुष्‍टता पूर्ण रूपमा हटाउनेछौं ।” तर बेन्यामीनीहरूले आफ्ना दाजुभाइ, अर्थात् इस्राएलका मानिसहरूको कुरा सुनेनन् ।
14 かえってベニヤミンの人々は町々からギベアに集まり、出てイスラエルの人々と戦おうとした。
त्यसपछि बेन्यामीनका मानिसहरू एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के र इस्राएलका मानिसहरूका विरुद्ध युद्ध गर्न तयार भए ।
15 その日、町々から集まったベニヤミンの人々はつるぎを帯びている者二万六千人あり、ほかにギベアの住民で集まった精兵が七百人あった。
बेन्यामीनका मानिसहरूले त्यस दिन आफ्ना सहरहरूबाट तरवार बोकेर युद्ध लड्नको निम्ति तालिम प्राप्‍त छब्बीस हजार सिपाहीलाई एकसाथ ल्याए । यसका साथै, त्‍यहाँ गिबाका बासिन्दाहरूबाट सात सय चुनिएकाहरू मानिसहरू थिए ।
16 このすべての民のうちに左ききの精兵が七百人あって、いずれも一本の毛すじをねらって石を投げても、はずれることがなかった。
यी सबै सेनाहरूमा सात सय चुनिएका मानिसहरूले देब्रे हात चलाउँथे । तिनीहरू हरेकले घुयेंत्रोले कपालमा हान्‍न सक्‍थे र निशाना चुकाउँदैनथे ।
17 イスラエルの人々の集まった者はベニヤミンを除いて、つるぎを帯びている者四十万人あり、いずれも軍人であった。
बेन्यामीनीहरूको सङ्ख्यालाई गणना नगरी इस्राएलका मानिसहरू चार लाख जना थिए, जो तरवारले युद्ध लड्नलाई तालिम प्राप्‍त थिए । यी सबै युद्ध गर्ने मानिसहरू थिए ।
18 イスラエルの人々は立ちあがってベテルにのぼり、神に尋ねた、「われわれのうち、いずれがさきにのぼって、ベニヤミンの人々と戦いましょうか」。主は言われた、「ユダがさきに」。
इस्राएलका मानिसहरू उठे, बेथेलमा गए, र परमेश्‍वरबाट सल्लाह मागे । तिनीहरूले सोधे, “बेन्यामिनीहरूलाई हाम्रा निम्‍ति कसले पहिले आक्रमण गर्नेछ?” परमप्रभुले भन्‍नुभयो, “यहूदाले पहिले आक्रमण गर्नेछ ।”
19 そこでイスラエルの人々は、朝起きて、ギベアに対し陣を取った。
इस्राएलका मानिसहरू बिहान उठे र तिनीहरूले आफ्नो छाउनी गिबाको नजिक सारे ।
20 すなわちイスラエルの人々はベニヤミンと戦うために出て行って、ギベアで彼らに対して戦いの備えをしたが、
इस्राएलका मानिसहरू बेन्यामीनको विरुद्ध युद्ध लड्न बाहिर निस्के । तिनीहरू गिबामा उनीहरूका विरुद्ध युद्धको निम्ति तयार भएर बसे ।
21 ベニヤミンの人々はギベアから出てきて、その日イスラエルの人々のうち二万二千人を地に撃ち倒した。
बेन्यामीनीहरू गिबाबाट बाहिर निस्के, र तिनीहरूले त्यस दिन इस्राएलको सेनाका बाइस हजार मानिसहरूलाई मारे ।
22 しかしイスラエルの民の人々は奮いたって初めの日に備えをした所にふたたび戦いの備えをした。
तर इस्राएलका मानिसहरूले आफूलाई बलियो पारे र तिनीहरू पहिलो दिनमा जुन स्थानमा तयार भएर बसेका थिए त्यसै ठाउँमा युद्धको निम्ति तयार भए ।
23 そしてイスラエルの人々は上って行って主の前に夕暮まで泣き、主に尋ねた、「われわれは再びわれわれの兄弟であるベニヤミンの人々と戦いを交えるべきでしょうか」。主は言われた、「攻めのぼれ」。
तब इस्राएलका मानिसहरू माथि उक्ले र साँझसम्म परमप्रभुको अगि रोए, र उहाँबाट निर्देशनको खोजी गरे । तिनीहरूले भने, “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूसँग युद्ध गर्न हामी फेरि जाऔं?” परमप्रभुले भन्‍नुभयो, “तिनीहरूलाई आक्रमण गर!”
24 そこでイスラエルの人々は、次の日またベニヤミンの人々の所に攻めよせたが、
यसैकारण दोस्रो दिनमा इस्राएलका मानिसहरू बेन्यामीनका सेनाहरूका विरुद्ध युद्ध गर्न गए ।
25 ベニヤミンは次の日またギベアから出て、これを迎え、ふたたびイスラエルの人々のうち一万八千人を地に撃ち倒した。これらは皆つるぎを帯びている者であった。
दोस्रो दिनमा, गिबाबाट बेन्यामीनीहरू तिनीहरूका विरुद्ध बाहिर निस्के र तिनीहरूले इस्राएलका अठार हजार मानिसहरूलाई मारे । तिनीहरू सबै तरवारले लडाइँ गर्नलाई तालिम प्राप्‍त मानिसहरू थिए ।
26 これがためにイスラエルのすべての人々すなわち全軍はベテルに上って行って泣き、その所で主の前に座して、その日夕暮まで断食し、燔祭と酬恩祭を主の前にささげた。
त्यसपछि इस्राएलका सबै सेना र सबै मानिसहरू बेथेलमा उक्ले र रोए, र तिनीहरू परमप्रभुको अगि बसे र तिनीहरू त्यस दिन साँझसम्म उपवास बसे र परमप्रभुलाई होमबलि र मेलबलि चढाए ।
27 そしてイスラエルの人々は主に尋ね、そのころ神の契約の箱はそこにあって、
इस्राएलका मानिसहरूले परमप्रभुलाई यसरी सोधे— किनकि परमेश्‍वरका करारको सन्दुक ती दिनहरूमा त्यहीं थियो,
28 アロンの子エレアザルの子であるピネハスが、それに仕えていたそして言った、「われわれはなおふたたび出て、われわれの兄弟であるベニヤミンの人々と戦うべきでしょうか。あるいはやめるべきでしょうか」。主は言われた、「のぼれ。わたしはあす彼らをあなたがたの手にわたすであろう」。
र हारूनका नाति, एलाजारका छोरा पीनहासले सन्दुकको सामु सेवा गर्थे— “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूका विरुद्ध हामी फेरि युद्धमा जाऔं, वा रोकौं?” परमप्रभुले भन्‍नुभयो, “आक्रमण गर, किनकि भोलीको दिन तिनीहरूलाई पराजय गर्न म तिमीहरूलाई सहायता गर्नेछु ।”
29 そこでイスラエルはギベアの周囲に伏兵を置き、
यसैले इस्राएलले गिबा वरिपरि गुप्‍त ठाउँहरूमा मानिसहरूलाई राखे ।
30 そしてイスラエルの人々は三日目にまたベニヤミンの人々のところに攻めのぼり、前のようにギベアに対して備えをした。
तेस्रो दिनमा इस्राएलका मानिसहरू बेन्यामीनीहरूसँग लडे, र तिनीहरूले पहिलो दिनमा गरेझैं गिबाको विरुद्धमा त्यही स्थानबाट युद्ध गरे ।
31 ベニヤミンの人々は出て、民を迎えたが、ついに町からおびき出されたので、彼らは前のように大路で民を撃ちはじめ、また野でイスラエルの人を三十人ばかり殺した。その大路は、一つはベテルに至り、一つはギベアに至るものであった。
बेन्यामीनका मानिसहरू गए र ती मानिसहरूसँग युद्ध लडे, र तिनीहरूलाई सहरबाट टाढा पुर्‍याइयो । तिनीहरूले केही मानिसलाई मार्न थाले । खेतहरू र सडकहरूमा मर्नेहरूमा इस्राएलका करिब तिस जना मानिस थिए । एउटा बाटो बेथेल तर्फ जान्थ्यो, र अर्को गिबातर्फ जान्थ्यो ।
32 ベニヤミンの人々は言った、「彼らは初めのように、われわれの前に撃ち破られる」。しかしイスラエルの人々は言った、「われわれは逃げて、彼らを町から大路におびき出そう」。
तब बेन्यामीनका मानिसहरूले भने, “तिनीहरू हारेका छन् र पहिलो पल्‍टझैं तिनीहरू हामीबाट भाग्दैछन् ।” तर इस्राएलका सिपाहीहरूले भने, “हामी पछि हटौं र तिनीहरूलाई सहरबाट टाढा सडकहरूमा लैजाऔं ।”
33 そしてイスラエルの人々は皆その所から立ってバアル・タマルに備えをした。その間に待ち伏せていたイスラエルの人々がその所から、すなわちゲバの西から現れ出た。
इस्राएलका सबै मानिसहरू आ-आफ्ना ठाउँबाट उठे र बाल-तामारमा युद्धको निम्ति तयार भए । त्यसपछि गुप्‍त स्थानहरूमा लुकिरहेका इस्राएलका सेनाहरू आ-आफ्ना ठाउँ गिबाबाट निस्किआए ।
34 すなわちイスラエルの全軍のうちから精兵一万人がきて、ギベアを襲い、その戦いは激しかった。しかしベニヤミンの人々は災の自分たちに迫っているのを知らなかった。
सारा इस्राएलबाट गिबाको विरुद्ध त्यहाँ दश हजार चुनिएका मानिसहरू आए, र तिनीहरूको बिचमा घमासान युद्ध भयो, तर बेन्यामीनीहरूलाई तिनीहरूको विनाश नजिकै छ भन्‍ने कुरा थाहा थिएन ।
35 主がイスラエルの前にベニヤミンを撃ち敗られたので、イスラエルの人々は、その日ベニヤミンびと二万五千一百人を殺した。これらは皆つるぎを帯びている者であった。
परमप्रभुले इस्राएलको सामु बेन्यामीनलाई परास्त गर्नुभयो । त्यस दिन, इस्राएलका सेनाहरूले बेन्यामीनका २५,१०० मानिसहरूलाई मारे । त्यहाँ मर्नेहरू सबै तरवारले युद्ध गर्नलाई तालिम प्राप्‍त थिए ।
36 こうしてベニヤミンの人々は自分たちの撃ち敗られたのを見た。そこでイスラエルの人々はギベアに対して設けた伏兵をたのんで、ベニヤミンびとを避けて退いた。
यसैले बेन्यामीनका सेनाहरूले आफ़ूहरू हारेका देखे । इस्राएलका मानिसहरूले बेन्यामीनीहरूलाई रणभूमिमा मौका दिएकाजस्तै गरेका थिए, किनकि तिनीहरूले गिबाभन्दा बाहिर गुप्‍त स्थानहरूमा लिकेका मानिसहरू गणना गरिरहेका थिए ।
37 伏兵は急いでギベアに突き入り、進んでつるぎをもって町をことごとく撃った。
तब लुकिरहेका मानिसहरू उठे र हतार गर्दै गिबाभित्र पसे, र सारा सहरलाई तिनीहरूले तरवारको धारले प्रहार गरे ।
38 イスラエルの人々と伏兵の間に定めた合図は、町から大いなるのろしがあがるとき、
इस्राएलका सेनाहरू र गुप्‍तमा लुकेका मानिसहरूबिच एउटा चिन्हको सल्लाह भएको थियो र त्योचाहिं सहरबाट धुँवाको ठुलो मुस्लो माथि जाँनुपर्छ भन्‍ने थियो ।
39 イスラエルの人々が戦いに転じることであった。さてベニヤミンは初めイスラエルの人々を撃って三十人ばかりを殺したので言った、「まことに彼らは最初の戦いのようにわれわれの前に撃ち敗られる」。
त्यो चिन्ह पठाएपछि इस्राएलका सेनाहरू युद्धबाट फर्कनुपर्थ्‍यो । बेन्यामीनीहरूले आक्रमण गर्न थाले र तिनीहरूले इस्राएलका तिस जना जति मानिसलाई मारे, र तिनीहरूले भने, “पहिलो युद्धमा झैं तिनीहरू निश्‍चय नै हामीबाट परास्त भएका छन् ।”
40 しかし、のろしが煙の柱となって町からのぼりはじめたので、ベニヤミンの人々がうしろを見ると、町はみな煙となって天にのぼっていた。
तर जब सहरबाट धुँवाको मुस्लो माथि उठ्‍न थाल्‍यो, तब बेन्यामीनीहरूले फर्केर हेरे र सारा सहरबाट आकाशतर्फ धुँवा उडेको देखे ।
41 その時イスラエルの人々が向きを変えたので、ベニヤミンの人々は災が自分たちに迫ったのを見て、うろたえ、
त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका विरुद्ध जाइलागे । बेन्यामीनीहरू आतङ्कित भए, किनकि तिनीहरूमा विपत्ति आइलागेको तिनीहरूले देखे ।
42 イスラエルの人々の前から身をめぐらして荒野の方に向かったが、戦いが彼らに追い迫り、町から出てきた者どもは、彼らを中にはさんで殺した。
यसैले तिनीहरू इस्राएलका मानिसहरूबाट भागे, र उजाड-स्‍थानतिर गए । तर युद्धले तिनीहरूलाई भेटाइहाल्यो । इस्राएलका सेनाहरू सहरहरूबाट आए र तिनीहरू भएकै ठाउँमा तिनीहरूलाई मारे ।
43 すなわちイスラエルの人々はベニヤミンの人々を切り倒し、追い撃ち、踏みにじって、ノハから東の方ギベアの向かいにまで及んだ。
तिनीहरूले बेन्यामीनीहरूलाई घेरे, तिनीहरूलाई खेदे र तिनीहरूलाई गिबाको पूर्वमा नोहामा खत्तम पारे ।
44 ベニヤミンの倒れた者は一万八千人で、みな勇士であった。
बेन्यामीनी कुलबाट अठार हजार जना मानिसहरू मरे, र ती सबै मानिसहरू युद्धमा विशिष्‍ट थिए ।
45 彼らは身をめぐらして荒野の方、リンモンの岩まで逃げたが、イスラエルの人々は大路でそのうち五千人を切り倒し、なおも追撃してギドムに至り、そのうちの二千人を殺した。
तिनीहरू युद्धबाट फर्के र उजाड-स्‍थानमा रिम्मोनको चट्टानतर्फ भागे । इस्राएलीहरूले बाटोहरूमा तिनीहरूका अरू पाँच हजार जना मानिसहरूलाई मारे । उनीहरूले तिनीहरूलाई गीदोमसम्मै लखेटिरहे र त्यहाँ अरू दुई हजार जनालाई मारे ।
46 こうしてその日ベニヤミンの倒れた者はつるぎを帯びている者合わせて二万五千人で、みな勇士であった。
त्यस दिन मर्नेहरूमा पच्‍चीस हजार बेन्यामीनी सेनाहरू थिए जो तरवारले लडाइँ गर्नको निम्ति तालिम प्राप्‍त थिए । तिनीहरू सबै युद्ध गर्न निपुण थिए ।
47 しかし六百人の者は身をめぐらして荒野の方、リンモンの岩まで逃げて、四か月の間リンモンの岩に住んだ。
तर छ सय मानिसहरू उजाड-स्‍थानमा रिम्मोनको चट्टानतिर भागे । चार महिनासम्म तिनीहरू रिम्मोनको चट्टानमा बसे ।
48 そこでイスラエルの人々はまた身をかえしてベニヤミンの人々を攻め、つるぎをもって人も獣もすべて見つけたものを撃ち殺し、また見つけたすべての町に火をかけた。
इस्राएलका सेनाहरू बेन्यामीनी मानिसहरूका विरुद्ध फर्के र तिनीहरूलाई, र सहर र पशुहरू, र त्यहाँ भएका सबै कुरालाई तरवारको धारले प्रहार गरे । आफ्नो बाटोमा सबै नगरलाई समेत तिनीहरूले जलाइदिए ।

< 士師記 20 >