< エゼキエル書 2 >

1 彼はわたしに言われた、「人の子よ、立ちあがれ、わたしはあなたに語ろう」。
उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, आफ्‍ना गोडामा खडा हो । तब म तँसित कुरा गर्नेछु ।”
2 そして彼がわたしに語られた時、霊がわたしのうちに入り、わたしを立ちあがらせた。そして彼のわたしに語られるのを聞いた。
तब उहाँ मसित बोल्‍नुहुँदा, तब मभित्र आत्‍मा प्रवेश गर्नुभयो र मलाई आफ्‍ना खुट्टामा खडा गराउनुभयो, र उहाँले मसित कुरा बोलिरहनुभएको मैले सुनें ।
3 彼はわたしに言われた、「人の子よ、わたしはあなたをイスラエルの民、すなわちわたしにそむいた反逆の民につかわす。彼らもその先祖も、わたしにそむいて今日に及んでいる。
उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, तँलाई म इस्राएलका मानिसहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जसले मेरो विरुद्धमा विद्रोह गरेको छ—तिनीहरू र तिनीहरूका पुर्खाहरू दुवैले आजको दिनसम्‍मै मेरो विरुद्धमा पाप गरेका छन् ।
4 彼らは厚顔で強情な者たちである。わたしはあなたを彼らにつかわす。あなたは彼らに『主なる神はこう言われる』と言いなさい。
तिनका सन्तानहरूका हठी अनुहारहरू र कठोर हृदयहरू छन् । तँलाई म तिनीहरूकहाँ पठाउँदैछु, र तैंले तिनीहरूलाई भन्‍नेछस्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।'
5 彼らは聞いても、拒んでも、(彼らは反逆の家だから)彼らの中に預言者がいたことを知るだろう。
तिनीहरूले सुन्‍नेछन् वा सुन्‍नेछैनन् । तिनीहरू विद्रोही घराना हुन्, तर तिनीहरूले कमसेकम आफ्‍ना बिचमा एक जना अगमवक्ता छन्‌ भनी जान्‍नेछन्‌ ।
6 人の子よ、彼らを恐れてはならない。彼らの言葉をも恐れてはならない。たといあざみといばらがあなたと一緒にあっても、またあなたが、さそりの中に住んでも、彼らの言葉を恐れてはならない。彼らの顔をはばかってはならない。彼らは反逆の家である。
ए मानिसको छोरो, तँचाहिं तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा । तँ सिउँडी र काँढा भए, अथवा तँ बिच्‍छीहरूका बिचमा बसे तापनि तँ नडरा । तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन्‌ ।
7 彼らが聞いても、拒んでも、あなたはただわたしの言葉を彼らに語らなければならない。彼らは反逆の家だから。
तर तिनीहरूले सुनुन् वा नसुनुन् तिनीहरूलाई मेरो वचन तैंले बोल्‍नेछस्, किनकि तिनीहरू ज्‍यादै विद्रोही छन् ।
8 人の子よ、わたしがあなたに語るところを聞きなさい。反逆の家のようにそむいてはならない。あなたの口を開いて、わたしが与えるものを食べなさい」。
तर ए मानिसको छोरो, मैले तँलाई भनिरहेको कुरा सुन् । त्‍यो विद्रोही घरानाझैं तँ विद्रोही नहो । तेरो मुख खोल्, र मैले तँलाई जे दिन गइरहेको छु त्यो खा!”
9 この時わたしが見ると、見よ、わたしの方に伸べた手があった。また見よ、手の中に巻物があった。
तब मैले हेरें, र एउटा हात मतिर पसारिएको थियो । त्‍यसमा एउटा लेखिएको मुट्ठो थियो ।
10 彼がわたしの前にこれを開くと、その表にも裏にも文字が書いてあった。その書かれていることは悲しみと、嘆きと、災の言葉であった。
उहाँले त्यसलाई मेरै सामु फिंजाउनुभयो । त्‍यसको अगाडि र पछाडि दुवैतिर लेखिएको थियो, र त्‍यसमा शोक, विलाप र विपत्तिका कुरा लेखिएका थिए ।

< エゼキエル書 2 >