< 出エジプト記 20 >

1 神はこのすべての言葉を語って言われた。
परमेश्‍वरले यी सबै वचन बोल्नुभयोः
2 「わたしはあなたの神、主であって、あなたをエジプトの地、奴隷の家から導き出した者である。
“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ ।
3 あなたはわたしのほかに、なにものをも神としてはならない。
मेरो अगि अरू कुनै देवी-देवता नमान्‍नू ।
4 あなたは自分のために、刻んだ像を造ってはならない。上は天にあるもの、下は地にあるもの、また地の下の水のなかにあるものの、どんな形をも造ってはならない。
आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।
5 それにひれ伏してはならない。それに仕えてはならない。あなたの神、主であるわたしは、ねたむ神であるから、わたしを憎むものは、父の罪を子に報いて、三四代に及ぼし、
तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु ।
6 わたしを愛し、わたしの戒めを守るものには、恵みを施して、千代に至るであろう。
तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउनेछु ।
7 あなたは、あなたの神、主の名を、みだりに唱えてはならない。主は、み名をみだりに唱えるものを、罰しないでは置かないであろう。
परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्नेछैनँ ।
8 安息日を覚えて、これを聖とせよ。
मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्‍नू ।
9 六日のあいだ働いてあなたのすべてのわざをせよ。
तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ ।
10 七日目はあなたの神、主の安息であるから、なんのわざをもしてはならない。あなたもあなたのむすこ、娘、しもべ、はしため、家畜、またあなたの門のうちにいる他国の人もそうである。
तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् ।
11 主は六日のうちに、天と地と海と、その中のすべてのものを造って、七日目に休まれたからである。それで主は安息日を祝福して聖とされた。
किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।
12 あなたの父と母を敬え。これは、あなたの神、主が賜わる地で、あなたが長く生きるためである。
आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् ।
13 あなたは殺してはならない。
कसैको हत्या नगर्नू ।
14 あなたは姦淫してはならない。
कसैसित व्यभिचार नगर्नू ।
15 あなたは盗んではならない。
कसैबाट केही नचोर्नू ।
16 あなたは隣人について、偽証してはならない。
आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।
17 あなたは隣人の家をむさぼってはならない。隣人の妻、しもべ、はしため、牛、ろば、またすべて隣人のものをむさぼってはならない」。
आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।”
18 民は皆、かみなりと、いなずまと、ラッパの音と、山の煙っているのとを見た。民は恐れおののき、遠く離れて立った。
सबै मानिसले गर्जनको आवाज सुने र बिजुली चम्केको देखे अनि तुरहीको आवाज सुने र पर्वतबाट धुवा उठिरहेको देखे । मानिसहरूले यो देख्दा तिनीहरू थरथर काँपे र टाढै बसे ।
19 彼らはモーセに言った、「あなたがわたしたちに語ってください。わたしたちは聞き従います。神がわたしたちに語られぬようにしてください。それでなければ、わたしたちは死ぬでしょう」。
तिनीहरूले मोशालाई भने, “हामीसित कुरा गर्नुहोस् र हामी तपाईंको कुरा सुन्‍नेछौँ । तर परमेश्‍वर हामीसित नबोल्नुभएको होस् नत्रता हामी मर्नेछौँ ।”
20 モーセは民に言った、「恐れてはならない。神はあなたがたを試みるため、またその恐れをあなたがたの目の前において、あなたがたが罪を犯さないようにするために臨まれたのである」。
मोशाले मानिसहरूलाई भने, “नडराओ किनकि तिमीहरूमा उहाँको डर होस् र तिमीहरूले पाप नगरून् भनी तिमीहरूलाई जाँच गर्न परमेश्‍वर ओर्लनुभएको छ ।”
21 そこで、民は遠く離れて立ったが、モーセは神のおられる濃い雲に近づいて行った。
त्यसैले मानिसहरू टाढै खडा रहे, अनि मोशा परमेश्‍वर हुनुभएको बाक्लो बादलको नजिक गए ।
22 主はモーセに言われた、「あなたはイスラエルの人々にこう言いなさい、『あなたがたは、わたしが天からあなたがたと語るのを見た。
परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नूः मैले स्वर्गबाट तिमीहरूसित कुराकानी गरेको तिमीहरू आफैले देखेका छौ ।
23 あなたがたはわたしと並べて、何をも造ってはならない。銀の神々も、金の神々も、あなたがたのために、造ってはならない。
तिमीहरूले मबाहेक सुन वा चाँदीको कुनै पनि देवी-देवता नबनाउनू ।
24 あなたはわたしのために土の祭壇を築き、その上にあなたの燔祭、酬恩祭、羊、牛をささげなければならない。わたしの名を覚えさせるすべての所で、わたしはあなたに臨んで、あなたを祝福するであろう。
मेरो निम्ति माटोको वेदी बनाउनू, र त्यहाँ तिमीहरूले होमबलि, मेलबलि, भेडा र गोरुहरू बलिदान गर्नू । मेरो नाउँको आदर गरिने हरेक ठाउँमा म तिमीहरूकहाँ आएर तिमीहरूलाई आशिष् दिनेछु ।
25 あなたがもしわたしに石の祭壇を造るならば、切り石で築いてはならない。あなたがもし、のみをそれに当てるならば、それをけがすからである。
तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने तिमीहरूले कुँदेको ढुङ्गाबाट नबनाउनू किनकि तिमीहरूले त्यसमा सामग्रीहरूको प्रयोग गर्दा तिमीहरूले यसलाई अशुद्ध तुल्याउनेछौ ।
26 あなたは階段によって、わたしの祭壇に登ってはならない。あなたの隠し所が、その上にあらわれることのないようにするためである』。
तिमीहरूको नग्‍नता नदेखियोस् भनेर खुट्‌किलाहरू बनाएर मेरो वेदीमा नउक्लनू ।

< 出エジプト記 20 >