< 歴代誌Ⅰ 12 >

1 ダビデがキシの子サウルにしりぞけられて、なおチクラグにいた時、次の人々が彼のもとに来た。彼らはダビデを助けて戦った勇士たちのうちにあり、
कीशका छोरा शाऊलको उपस्‍थितिबाट दाऊद निकाला भएकै अवस्‍थामा सिक्‍लगमा यी मानिसहरू तिनीकहाँ आए । यिनीहरू युद्ध तिनलाई सहयोग गर्ने सिपाहीहरू थिए ।
2 弓をよくする者、左右いずれの手をもってもよく矢を射、石を投げる者で、ともにベニヤミンびとで、サウルの同族である。
यिनीहरू धनुहरू बोक्‍थे, अनि घुयेंत्रोले ढुङ्‍गा हान्‍न र धनुबाट काँड हान्‍न दाहिने र देब्रे दुवै हात चलाउन सक्‍थे । यिनीहरू शाऊलका कुल बेन्‍यामीनका थिए ।
3 そのかしらはアヒエゼル、次はヨアシで、ともにギベア出身のシマアの子たちである。またエジエルとペレテで、ともにアズマウテの子たちである。またベラカおよびアナトテ出身のエヒウ。
तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्‍मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,
4 またギベオン出身のイシマヤ、彼は三十人のうちの勇士で、その三十人の長である。またエレミヤ、ヤハジエル、ヨハナン、ゲデラ出身のヨザバデ、
गिबोनी यिश्‍मायाह, जो तिस जनामध्‍येका एक सिपाही थिए (र तिस जनाका कमाण्‍डर थिए), यर्मिया, यहासेल, योहानान र गदेराती योजाबाद,
5 エルザイ、エリモテ、ベアリヤ、シマリヤ、ハリフびとシパテヤ、
एलूजै, यरीमोत, बाल्‍याह, शमरयाह, हारूपी शपत्‍याह,
6 エルカナ、イシア、アザリエル、ヨエゼル、ヤショベアムで、これらはコラびとである。
कोरहवंशी एल्‍काना, यिश्‍याह, अज्रेल, योएजेर र याशोबाम,
7 またゲドルのエロハムの子たちであるヨエラおよびゼバデヤである。
गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह थिए ।
8 ガドびとのうちから荒野の要害に来て、ダビデについた者は皆勇士で、よく戦う軍人、よく盾とやりをつかう者、その顔はししの顔のようで、その速いことは山にいるしかのようであった。
कोही गादीहरू पनि उजाड-स्‍थानको किल्लामा दाऊदसँग सहभागी भए । तिनीहरू युद्धका निम्ति तालिमप्राप्‍त योद्धाहरू थिए, जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्‍तै डरलाग्दा थिए । तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए ।
9 彼らのかしらはエゼル、次はオバデヤ、第三はエリアブ、
एसेर तिनीहरूका अगुवा थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब,
10 第四はミシマンナ、第五はエレミヤ、
चौथा मिश्‍मन्‍ना, पाँचौं यर्मिया,
11 第六はアッタイ、第七はエリエル、
छैटौं अत्तै, सातौं एलीएल,
12 第八はヨナハン、第九はエルザバデ、
आठौं योहानान, नवौं एल्‍जाबाद,
13 第十はエレミヤ、第十一はマクバナイである。
दशौं यर्मिया र एघारौं मकबन्‍ने थिए ।
14 これらはガドの子孫で軍勢の長たる者、その最も小さい者でも百人に当り、その最も大いなる者は千人に当った。
गादका यी छोराहरू सेनाका अगुवाहरू थिए । तल्‍लो दर्जाले सय जना र माथिल्‍लो दर्जाले हजार जनाको नेतृत्व गरे ।
15 正月、ヨルダンがその全岸にあふれたとき、彼らはこれを渡って、谷々にいる者をことごとく東に西に逃げ走らせた。
पहिलो महिनामा बढीले किनारै ढाकेको बेलामा यिनीहरूले यर्दन तरे, अनि उपत्‍यकाको पूर्व र पश्‍चिम दुवैतर्फ बस्‍ने सबैलाई लखेटे ।
16 ベニヤミンとユダの子孫のうちの人々が要害に来て、ダビデについた。
बेन्‍यामीन र यहूदाका केही मानिसहरू दाऊदकहाँ किल्लामा आए ।
17 ダビデは出て彼らを迎えて言った、「あなたがたが好意をもって、わたしを助けるために来たのならば、わたしの心もあなたがたと、ひとつになりましょう。しかし、わたしの手になんの悪事もないのに、もしあなたがたが、わたしを欺いて、敵に渡すためであるならば、われわれの先祖の神がどうぞみそなわして、あなたがたを責められますように」。
तिनीहरूलाई भेट्‌न दाऊद बाहिर निस्‍केर गए र यसो भनेर सम्‍बोधन गरे, “तिमीहरू मकहाँ शान्‍तिमा मलाई सहायता गर्न आएका हौ भने, तिमीहरू मसित सहभागी हुन सक्‍छौ । तर धोकाबाजी गरेर मेरा शत्रुहरूका हातमा मलाई सुम्‍पिदिन तिमीहरू आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्‍वरले हेर्नुहुन्‍छ र तिमीहरूलाई हप्‍काउनुहुन्‍छ, किनकि मैले कुनै खराबी गरेको छैन ।”
18 時に霊が三十人の長アマサイに臨み、アマサイは言った、「ダビデよ、われわれはあなたのもの。エッサイの子よ、われわれはあなたと共にある。平安あれ、あなたに平安あれ。あなたを助ける者に平安あれ。あなたの神があなたを助けられる」。そこでダビデは彼らを受けいれて部隊の長とした。
तब अमासैमा आत्मा आउनुभयो, जो ती तिस जनामध्‍येका अगुवा थिए । अमासैले भने, “ए दाऊद, हामी तपाईंका हौं । ए यिशैका छोरा, हामी तपाईंको पक्षमा छौं । तपाईंलाई सहायता गर्ने जोसुकैमा शान्ति होस् । तपाईंका सहयोगीहरूमा शान्‍ति होस्, किनकि तपाईंका परमेश्‍वरले तपाईंलाई सहायता गरिरहनुभएको छ ।” तब दाऊदले तिनीहरूलाई ग्रहण गरे र आफ्‍ना मानिसहरूका कमाण्डरहरू तुल्‍याए ।
19 さきにダビデがペリシテびとと共にサウルと戦おうと攻めて来たとき、マナセびと数人がダビデについた。(ただしダビデはついにペリシテびとを助けなかった。それはペリシテびとの君たちが相はかって、「彼はわれわれの首をとって、その主君サウルのもとに帰るであろう」と言って、彼を去らせたからである。)
पलिश्‍तीहरूसँग मिलेर दाऊदले शाऊलको विरुद्ध लड्‌न जाँदा, मनश्‍शेका केही मानिसहरूसमेत दाऊदतर्फ लागे । तापनि तिनीहरूले पलिश्‍तीहरूलाई मदत गरेनन्, किनभने पलिश्‍तीहरूका शासकहरूले एकआपसमा सल्‍लाह गरे र दाऊदलाई फर्काइदिए । तिनीहरूले भने, “हाम्रो जीवन जोखिमपूर्ण हुँदा तिनले आफ्‍ना मालिक शाऊलको साथ दिएर हामीलाई त्‍याग्‍नेछन् ।”
20 ダビデがチクラグへ行ったとき、マナセびとアデナ、ヨザバデ、エデアエル、ミカエル、ヨザバデ、エリウ、ヂルタイが彼についた。皆マナセびとの千人の長であった。
तिनी सिक्‍लगमा जाँदा तिनीतर्फ लागेर आउने मनश्‍शेका मानिसहरू अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै थिए । यि मनश्‍शेका हजार-हजार जनाका सेनानीहरू थिए ।
21 彼らはダビデを助けて敵軍に当った。彼らは皆大勇士で軍勢の長であった。
यिनीहरूले नै लूटपीट गर्नेहरूका विरुद्धमा वीरतासँग दाऊदका साथ दिए, किनकि तिनीहरू योद्धाहरू थिए । पछि तिनीहरू सेनाका कमाण्‍डरहरू भए ।
22 ダビデを助ける者が日に日に加わって、ついに大軍となり、神の軍勢のようになった。
परमेश्‍वरको सेनाजस्तै ठूलो दाऊदको सेना नहुन्जेल दिनदिनै तिनलाई सहायता गर्न मानिसहरू तिनीकहाँ आए ।
23 主の言葉に従い、サウルの国をダビデに与えようとして、ヘブロンにいるダビデのもとに来た武装した軍隊の数は、次のとおりである。
शाऊलको राज्‍याधिकार दाऊदलाई दिएर परमप्रभुको वचन पूरा गर्नलाई हतियारले सुसज्‍जित भएर हेब्रोनमा दाऊदसँग मिल्‍न आएका सिपाहीहरूका सूचीको लेख यही हो ।
24 ユダの子孫で盾とやりをとり、武装した者六千八百人、
ढाल बोक्‍ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्‍जितहरू थिए ।
25 シメオンの子孫で、よく戦う勇士七千百人、
शिमियोनबाट लडाइँ गर्न सक्‍ने ७,१०० योद्धाहरू थिए ।
26 レビの子孫からは四千六百人。
लेवीहरूबाट लडाइँ गर्न सक्‍ने ४,६०० योद्धाहरू थिए ।
27 エホヤダはアロンの家のつかさで、彼に属する者は三千七百人。
तीबाहेक हारूनको घरानाका मुखिया यहोयादाको साथमा ३,७०० मानिसहरू थिए ।
28 ザドクは年若い勇士で、彼の氏族から出た将軍は二十二人。
अनि एक जना जवान, बलियो र साहसी मानिस सादोकको साथमा उसका आफ्‍नै बाबुका परिवारका बाईस जना अगुवा थिए ।
29 サウルの同族、ベニヤミンの子孫からは三千人、ベニヤミンびとの多くはなおサウルの家に忠義をつくしていた。
शाऊलका कुल बेन्‍यामीनबाट तिन हजार जना थिए । तिमध्‍येका धेरैजसो त्‍यस बेलासम्‍म शाऊलप्रति निष्‍ठावान् थिए ।
30 エフライムの子孫からは二万八百人、皆勇士で、その氏族の名ある人々であった。
एफ्राइमबाट मानिसहरूबाट २०,८०० यद्धाहरू, जो आफ्‍ना पिताका परिवारमा प्रसिद्ध थिए ।
31 マナセの半部族からは一万八千人、皆ダビデを王に立てようとして上って来て、名をつらねた者である。
मनश्‍शेबाट आधा कुलका १८,००० प्रख्यात मानिसहरू दाऊदलाई राजा बनाउनलाई आए ।
32 イッサカルの子孫からはよく時勢に通じ、イスラエルのなすべきことをわきまえた人々が来た。その長たる者が二百人あって、その兄弟たちは皆その指揮に従った。
इस्‍साखारबाट २०० जना अगुवाहरू जो समयलाई बुझ्दथे र इस्राएलले के गर्नुपर्छ सो जान्दथे । तिनीहरूका सबै आफन्त तिनीहरूका अधीनमा थिए ।
33 ゼブルンからは五万人、皆訓練を経た軍隊で、もろもろの武具で身をよろい、一心にダビデを助けた者である。
जबूलूनबाट सबै किसिमका हतियारसहित लडाइँको निम्‍ति तयार भएका र एकचित्त किसिमले निष्‍ठावान् हुन तयार ५०,००० योद्धाहरू थिए ।
34 ナフタリからは将たる者一千人および盾とやりをとってこれに従う者三万七千人。
नप्‍तालीबाट १,००० अधिकारीहरू, र तिनीहरूका साथमा ढाल र भाला बोक्‍ने ३७,००० मानिसहरू थिए ।
35 ダンびとからは武装した者二万八千六百人。
दानबाट लडाइँको निम्‍ति तयार भएका २८,६०० मानिसहरू थिए ।
36 アセルからは戦いの備えをした熟練の者四万人。
आशेरबाट लडाइँको निम्‍ति तयार भएका ४०,००० योद्धाहरू थिए ।
37 またヨルダンのかなたルベンびと、ガドびと、マナセの半部族からはもろもろの武具で身をよろった者十二万人であった。
यर्दन अर्को पट्टिका रूबेन, गाद र मनश्‍शेको आधा कुलबाट युद्धको निम्‍ति सबै किसिमका हतियारले सुसज्‍जित भएका १,२०,००० मानिसहरू थिए ।
38 すべてこれらの戦いの備えをしたいくさびとらは真心をもってヘブロンに来て、ダビデを全イスラエルの王にしようとした。このほかのイスラエルびともまた、心をひとつにしてダビデを王にしようとした。
युद्धको निम्‍ति सुसज्‍जित यी सबै योद्धाहरू दाऊदलाई सारा इस्राएलमाथि राजा बनाउने दृढ़ सङ्कल्‍प गरेर हेब्रोनमा आए । इस्राएलका बाँकी सबै पनि दाऊदलाई राजा बनाउनलाई सहमत भए ।
39 彼らはヘブロンにダビデとともに三日いて、食い飲みした。その兄弟たちは彼らのために備えをしたからである。
तिनीहरूले त्‍यहाँ खाँदै र पिउँदै तिन दिनसम्‍म दाऊदसँग बिताए, किनकि तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्‍ति खानपानको बन्‍दोबस्‍त गरेर पठाएका थिए ।
40 また彼らに近い人々はイッサカル、ゼブルン、ナフタリなどの遠い所の者まで、ろば、らくだ、騾馬、牛などに食物を負わせて来た。すなわち麦粉の食物、干いちじく、干ぶどう、ぶどう酒、油、牛、羊などを多く携えて来た。これはイスラエルに喜びがあったからである。
यसबाहेक, तिनीहरूका नजिक हुनेहरू, इस्‍साखार, जबूलून र नप्‍तालीसम्‍मले गधा, ऊँट, खच्‍चर र गोरुहरूमा खानेकुरा र नेभाराका डल्‍ला, किसमिसका झुप्‍पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेडाहरू ल्याए, किनकि इस्राएलले उत्सव मनाउँदै थियो ।

< 歴代誌Ⅰ 12 >