< マタイの福音書 8 >

1 彼が山から下りて来ると,大群衆が彼に従った。
जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भिडले उहाँलाई पछ्यायो ।
2 見よ,一人のらい病の人が彼のもとに来て,彼を拝んで言った,「主よ,あなたは,もしそうお望みになれば,わたしを清くすることがおできになります」。
हेर, एक जना कुष्‍ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्‍टो पर्‍यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ ।”
3 イエスは手を伸ばして彼に触り,こう言った。「わたしはそう望む。清くなりなさい」 。すぐに彼のらい病は清められた。
येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्‍नुभयो, “म चाहन्‍छु । तिमी शुद्ध होऊ ।” तब तुरून्‍तै आफ्नो कुष्‍ठरोगबाट ऊ शुद्ध भयो ।
4 イエスは彼に言った,「だれにも告げないようにしなさい。ただ行って,自分の体を祭司に見せ,モーセの命じた供え物をささげなさい。人々への証明のためだ」 。
येशूले उसलाई भन्‍नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्‍नू । आफ्नो बाटो लाग; आफैँलाई पुजारीकहाँ प्रकट गराऊ र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”
5 イエスがカペルナウムに入って来ると,一人の百人隊長が彼のもとに来て,彼に請い願って
जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्‍तान उहाँकहाँ आएर उहाँलाई सोधे,
6 言った,「主よ,わたしの召使いが家で横たわっています。体がまひして,ひどく苦しんでいるのです」。
“हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र ऊ भयानक पीडामा छ ।”
7 イエスは彼に言った,「わたしが行って彼をいやそう」 。
येशूले तिनलाई भन्‍नुभयो, “म आएर उसलाई निको पार्नेछु ।”
8 百人隊長は答えた,「主よ,わたしは自分の屋根の下にあなたをお迎えするほどの者ではありません。ただお言葉を下さい。そうすればわたしの召使いはいやされるでしょう。
कप्‍तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्‍यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ ।
9 というのも,わたしも権威の下にある者ですが,わたしの下にも兵士たちがいます。わたしがある者に『行け』と言えば行きますし,別の者に『来い』と言えば来ます。またわたしの召使いに『これをしろ』と言えばそれをします」。
किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन्‌ । म एक जनालाई ‘जाऊ’ भन्‍छु र ऊ जान्‍छ, र अर्कोलाई ‘आऊ’ भन्‍छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्‍यो गर’ भन्‍छु र उसले त्‍यो गर्छ ।”
10 イエスはこれを聞いて驚嘆し,自分に従っている者たちに言った,「本当にはっきりとあなた方に告げる。イスラエルにおいてさえ,わたしはこれほどの信仰を見いだしたことがない。
जब येशूले यो सुन्‍नुभयो, उहाँ छक्‍क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, इस्राएलमा पनि मैले यस्तो विश्‍वास भएको कोही पाएको थिइनँ ।
11 あなた方に言うが,大勢の者が東から,また西からやって来て,天の王国でアブラハム,イサク,ヤコブと共に席に着くだろう。
म तिमीहरूलाई भन्‍छु, धेरै जना पूर्व र पश्‍चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्‍वर्गीय राज्‍यको भोजमा बस्‍नेछन् ।
12 だが王国の子らは外の闇に投げ出されるだろう。そこには嘆きと歯ぎしりとがあるだろう」 。
तर राज्‍यका छोराहरू बाहिर अन्‍धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।”
13 イエスは百人隊長に言った,「行きなさい。あなたの信じたとおりになるように」 。彼の召使いはその時刻にいやされた。
येशूले त्यस कप्‍तानलाई भन्‍नुभयो, “जाऊ । तिमीले विश्‍वास गरेजस्‍तै तिम्रो निम्ति गरियोस् ।” अनि त्‍यही घडी तिनको नोकर निको भयो ।
14 イエスがペトロの家に入ると,そのしゅうとめが熱病で横たわっているのを目にした。
जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्‍वरोले बिरामी भई थला परिरहेकी देख्‍नुभयो ।
15 彼女の手に触ると,熱は引いた。彼女は起き上がって彼に仕えた。
येशूले तिनको हातमा छुनुभयो, अनि ज्‍वरोले तिनलाई छोड्‌यो । त्‍यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।
16 夕方になると,人々は悪霊に取りつかれた者を大勢,彼のもとに連れて来た。 彼は言葉で霊たちを追い出し,病気の人をすべていやした。
जब साँझ पर्‍यो, मानिसहरूले भूतात्‍मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याए । उहाँले एउटै वचनबाट भूतात्‍माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।
17 これは預言者イザヤを通して語られたことが果たされるためであった。こう言われていた。「彼はわたしたちの弱さを引き受け,わたしたちの病気を担った」。
यसरी यशैया अगमवक्‍ताद्वारा भनिएको यस्तो वचन पुरा भयो, “उहाँ आफैँले नै हाम्रा बिमारीहरू लिनुभयो र हाम्रा रोगहरू वहन गर्नुभयो ।”
18 さて,イエスは大群衆が自分の周りにいるのを目にして,向こう岸に出発するよう弟子たちに指図を与えた。
जब येशूले भिडलाई आफ्नो वरिपरि देख्‍नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो ।
19 一人の律法学者がやって来て,彼に言った,「先生,あなたの行かれる所なら,どこへでも従って行きます」。
त्‍यसपछि एक जना शास्‍त्री आएर उहाँलाई भने, “गुरुज्‍यू, तपाईं जहाँ जानुहुन्‍छ म तपाईंलाई त्यहीँ पछ्याउनेछु ।”
20 イエスは彼に言った,「キツネたちには穴があり,空の鳥たちには巣がある。だが,人の子には頭を横たえる所がない」 。
येशूले तिनलाई भन्‍नुभयो, “स्‍यालहरूका दुला छन्‌, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्‌, तर मानिसका पुत्रको त आफ्नो शिर राख्‍ने ठाउँ कहीँ छैन ।”
21 弟子のうち別の者が彼に言った,「主よ,まず,行ってわたしの父を葬ることをお許しください」。
चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, पहिले मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस्‌ ।”
22 しかしイエスは彼に言った,「わたしに従いなさい。そして,死んだ者たちに自分たちの死者を葬らせなさい」 。
तर येशूले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले नै मुर्दालाई गाड्‌न छोडिदेऊ ।”
23 彼が舟に乗り込むと,弟子たちが彼に従った。
जब येशू डुङ्गामा चढ्नुभएको थियो, उहाँका चेलाहरूले पनि उहाँलाई भित्रसम्म पछ्याए ।
24 見よ,激しいあらしが海に起こり,舟が波で覆われるほどであった。しかし彼は眠っていた。
हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्‍यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू सुतिरहनुभएको थियो ।
25 彼らはそばに来て,彼を起こして言った,「主よ,わたしたちをお救いください! わたしたちは死んでしまいます!」
चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्‌, हामी मर्नै लागेका छौँ!”
26 彼らは彼に言った,「なぜ恐れるのか,信仰の少ない者たちよ」 。それから,起き上がって風と海をしかりつけると,大なぎになった。
येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासीहरू, तिमीहरू किन डराउँछौँ?” त्‍यसपछि उहाँ उठ्‌नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्‍यसपछि त्यहाँ पुरै शान्ति छायो ।
27 彼らは驚いて言った,「風や海さえも従うとは,いったいこの方はどういう人なのだろう」。
ती मानिसहरू छक्‍क परे र भने, “उहाँ कस्‍तो मानिस हुनुहुन्छ, कि समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्छन्?”
28 彼が向こう岸に着き,ゲラサ人たちの地方に入ると,悪霊に取りつかれた二人の者が墓場から出て来て彼に出会った。非常に狂暴で,だれもその道を通り抜けることができないほどであった。
जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्‍मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्‍केर आइरहेका थिए र धेरै हिंसात्मक थिए । त्‍यसकारण, त्‍यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो ।
29 見よ,彼らは叫んで言った,「神の子イエスよ,わたしたちはあなたと何のかかわりがあるのか。あなたはわたしたちを苦しめるため,その時より前にここに来たのか」。
हेर, तिनीहरूले ठुलो स्‍वरले कराए र भने, “हे परमेश्‍वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो?
30 ところで,彼らから遠く離れた所で豚の大群が飼われていた。
त्‍यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो ।
31 悪霊たちは彼に懇願して言った,「わたしたちを追い出すのなら,あの豚の群れの中に去って行くことを許してくれ」。
ती भूतात्‍माहरूले उहाँलाई बिन्‍ती गरिरहे र भने, “यदि तपाईंले हामीलाई बाहिर निकाल्‍नुहुन्‍छ भने, हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस्‌ ।”
32 彼は彼らに「行け!」 と言った。 彼らは出て行って豚の群れの中に入った。すると見よ,豚の群れ全体ががけを下って海に突進し,水の中で死んだ。
येशूले तिनीहरूलाई भन्‍नुभयो, “जा!” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे । अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे ।
33 飼っていた者たちは逃げて町の中に去って行き,悪霊たちに取りつかれていた者たちに起きたことを含め,すべての事を告げ知らせた。
सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए ।
34 見よ,町全体がイエスに会おうとして出て来た。彼を見ると,自分たちの地域から去るようにと懇願した。
हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्‍यहाँबाट जान अनुरोध गरे ।

< マタイの福音書 8 >