< マタイの福音書 21 >

1 彼らがエルサレムに近づき,オリーブ山のふもとのベツファゲにやって来たその時,イエスは二人の弟子を遣わして
जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्‍नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो,
2 彼らに言った,「向こうの村に行きなさい。するとすぐに,ロバがつないであり,一緒に子ロバがいるのを見つけるだろう。それらを解いて,わたしのところに連れて来なさい。
र यसो भन्‍नुभयो, “तिमीहरू सामुन्‍नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्‍ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ । तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ ।
3 もしだれかがあなた方に何か言うなら,『主がこれを必要としているのです』と言いなさい。そうすれば,その人はすぐに行かせてくれるだろう」。
यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन् ।”
4 このことすべてが起こったのは,預言者を通して語られたことが果たされるためであった。こう言われていた。
अगमवक्‍ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो । उहाँले भन्‍नुभयो,
5 「シオンの娘に告げよ,見よ,あなたの王があなたのところにやって来る,謙そんで,ロバに乗って,ロバの子である子ロバに乗って』。
“‘सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्‍चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ ।’”
6 弟子たちは出て行き,イエスが彼らに命じたとおりに行なった。
तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे ।
7 そして,ロバと子ロバを連れて来て,その上に自分たちの外衣をかけた。すると彼はそれらに乗った。
तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए, र येशू ती कपडाहरूमाथि बस्‍नुभयो ।
8 おびただしい大群衆が自分たちの衣を道に敷いた。ほかの者たちは木から枝を切り落として来て街道に敷いた。
भिडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए ।
9 群衆は,先に行く者も付いて行く者も,こう叫び続けた。「ダビデの子にホサンナ! 主の名において来る者は幸いだ! いと高き所にホサンナ!」
येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्‍च्‍याए, “दाऊदका पुत्रलाई होसन्‍ना! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्‍वरको नाउँमा आउनुहुन्छ! उच्‍चमा विराजमान हुनुहुनेलाई होसन्‍ना!”
10 彼がエルサレムに入ると,都全体が騒ぎ立ち,「この人はだれだ」と言った。
जब येशू यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, “यिनी को हुन्?”
11 群衆は言った,「これは,ガリラヤのナザレから来た預言者イエスだ」。
भिडले जवाफ दियो, “उहाँ येशू हुनुहुन्छ, गालीलको नासरतबाट आउनुभएका अगमवक्‍ता ।”
12 イエスは神殿に入り,神殿で売り買いしていた者たちをみな追い出し,両替人たちの台とハトを売る者たちの腰掛けをひっくり返した。
त्यसपछि येशू मन्दिरभित्र प्रवेश गर्नुभयो । उहाँले मन्दिरभित्र खरिद गर्ने र बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो, र पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्‍नेहरूका आसनहरू पल्टाइदिनुभयो ।
13 彼らに言った,「『わたしの家は祈りの家と呼ばれるだろう』と書いてある。それなのにあなた方は,それを強盗たちの巣にしてしまった!」
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ,’ तर तिमीहरूले यसलाई डाँकुहरूका अड्‌डा बनाउँछौ ।”
14 神殿で,目の見えない人たちや足の不自由な人たちが近寄って来たので,彼らをいやした。
तब दृष्‍टिविहीनहरू र लङ्गडाहरू मन्दिरभित्र आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
15 しかし,祭司長たちと律法学者たちは,彼が行なった驚くべき事柄を見,また子供たちが神殿で叫んで,「ダビデの子にホサンナ!」と言っているのを見て憤慨し,
तर जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्‍ना” भनेर चिच्‍च्‍याइरकेका सुने, तिनीहरू रिसले चुर भए ।
16 彼に言った,「これらの者たちが言っていることが聞こえるか」。 イエスは彼らに言った,「聞こえる。あなた方は,『赤子や乳飲み子の口から,あなたは賛美を備えられた』とあるのを読んだことがないのか」 。
तिनीहरूले उहाँलाई भने, “के यी मानिसहरूले जे भनिरहेका छन्, तिमी सुन्‍न सक्छौ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “हो! तर के तिमीहरूले कहिल्यै पढेका छैनौ, ‘दूधे बालक र शिशुहरूको मुखबाट उहाँले पूर्ण प्रशंसा लिनुभएको छ’?”
17 彼らを残して,都を出てベタニアに行き,そこで夜を過ごした。
त्यसपछि येशू तिनीहरूबाट बिदा हुनुभयो र बेथानीको सहरमा जानुभयो र उहाँले त्यो रात त्यहीँ बिताउनुभयो ।
18 さて,朝早く都に戻るとき,空腹を感じた。
बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भोकाउनुभएको थियो ।
19 道ばたにイチジクの木があるのを見て,そこに行ったが,その木には葉のほかには何も見つからなかった。その木に言った,「もうお前からは永久に実が出ないように!」 すぐにそのイチジクの木は枯れた。 (aiōn g165)
उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्‍नुभयो, उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन । उहाँले त्यसलाई भन्‍नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् ।” र त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो । (aiōn g165)
20 弟子たちはこれを見て驚き,「どうしてこのイチジクの木はすぐに枯れたのですか」と言った。
जब चेलाहरूले यो देखे, तिनीहरू अचम्मित भए र भने, “यति चाँडै यो बोट कसरी सुकेर गयो?”
21 イエスは彼らに答えた,「本当にはっきりとあなた方に告げる。もしあなた方に信仰があって疑わないなら,このイチジクの木に生じたことができるだけでなく,この山に『持ち上げられて海の中に投げ込まれるように』と言えば,それは起きるだろう。
येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्‍वास छ र शङ्का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने पनि त्यसै हुनेछ ।
22 祈りの中で信じつつ求めるすべてのものを,あなた方は受けるだろう」 。
तिमीहरूले विश्‍वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ, त्यो तिमीहरूले पाउनेछौ ।”
23 彼が神殿に入ると,祭司長たちと民の長老たちが,彼の教えているところにやって来てこう言った。「あなたは何の権威によってこうした事をするのか。だれがその権威をあなたに与えたのか」。
जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ? र तिमीलाई यो अधिकार कसले दियो?”
24 イエスは彼らに答えた,「わたしもあなた方に一つのことを尋ねよう。あなた方がわたしに告げるなら,わたしも何の権威によってこうした事をするのかをあなた方に告げよう。
येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्‍ने कुरा म तिमीहरूलाई बताउनेछु ।
25 ヨハネのバプテスマはどこからのものだったか。天からか,それとも人からか」 。 彼らは互いに論じ合って言った,「我々が『天から』と言えば,彼は『あなた方が彼を信じなかったのはなぜか』と言うだろう。
यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाट आएको हो? स्वर्गबाट हो या मानिसहरूबाट?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भनेर भन्‍नेछन् ।
26 我々が『人から』と言えば,我々は群衆が怖い。みんながヨハネは預言者だと考えているからだ」。
तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, हामी भिडसँग डराउँदछौँ, किनकि तिनीहरू सबैले यूहन्‍नालाई एक अगमवक्‍ताको रूपमा हेर्दथे ।”
27 彼らはイエスに答えて言った,「わたしたちは知らない」。 イエスも彼らに言った,「わたしも,何の権威によってこうした事をするのかをあなた方に告げない。
तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्‍नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ ।
28 ところで,あなた方はどう思うか。ある人に二人の息子がいた。そして,兄のところに行って,『子よ,今日,わたしのブドウ園に行って働きなさい』と言った。
तर तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई जना छोरा थिए । उनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर ।’
29 彼は『行きません』と答えたが,後で思い直して出かけて行った。
त्यो छोराले जवाफ दियो र भन्यो, ‘म जान्‍नँ,’ तर केही समयपछि उसले आफ्नो मन बद्‌ल्यो र गयो ।
30 弟のところに来て,同じことを言った。彼は『お父様,参ります』と答えたが,行かなかった。
र त्यो मानिस आफ्नो दोस्रो छोराकहाँ गए र त्यही कुरा भने । यो छोराले जवाफ दियो र भन्यो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन ।
31 この二人のうち,どちらが自分の父の意志を行なったか」 。 彼らは彼に言った,「兄のほうだ」。 イエスは彼らに言った,「本当にはっきりとあなた方に告げるが,徴税人たちや売春婦たちのほうが,あなた方より先に神の王国に入りつつある。
यी दुई जनामध्ये कुनचाहिँ छोराले आफ्नो बुबाको इच्छा पुरा गर्‍यो?” तिनीहरूले भने, “पहिलो चाहिँले ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र यौनकर्मीहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछन् ।
32 ヨハネは義の道をもってあなた方のところに来たのに,あなた方は彼を信じず,徴税人たちや売春婦たちが彼を信じたからだ。あなた方はそれを見ながら,後で悔い改めて彼を信じようとさえしなかった。
किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्‍वास गरेनौ, जब कि कर उठाउनेहरू र यौनकर्मीहरूले उनलाई विश्‍वास गरे । र तिमीहरूले जब यो भइरहेको देख्यौ, उनमा विश्‍वास गर्नलाई पछि तिमीहरूले पश्‍चात्ताप पनि गरेनौ ।
33 「別のたとえを聞きなさい。家の主人がいた。彼はブドウ園を造り,その周りに垣根を巡らし,ブドウ搾り場を掘り,塔を建て,それを耕作人たちに貸して,外国に出かけた。
अर्को दृष्‍टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्‍का दिए । त्यसपछि उनी अर्कै देशमा गए ।
34 実りの季節が近づくと,彼は自分の召使いたちを耕作人たちのところに送って,自分の実りを受け取ろうとした。
जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए ।
35 耕作人たちは彼の召使いたちを捕まえ,ある者を打ちたたき,別の者を殺し,別の者を石打ちにした。
तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए ।
36 彼は再び,ほかの召使いたちを最初よりたくさん送ったが,耕作人たちは彼らも同じように扱った。
फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे ।
37 それでも最後に,『わたしの息子なら敬うだろう』と言って,彼は自分の息子を送った。
त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन् ।’
38 ところが耕作人たちは,その息子を見て,互いに言った,『これは相続人だ。さあ,こいつを殺そう。そうすれば,その相続財産が手に入る』。
तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौँ र यसको उत्तराधिकार लिऔँ ।’
39 そこで彼らは彼を捕まえ,そのブドウ園の外に投げ出して殺した。
यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे ।
40 それで,ブドウ園の主人がやって来たとき,これらの耕作人たちをどうするだろうか」 。
जब त्यस दाखबारीका मालिक आउँछन्, तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान्?”
41 彼らは彼に告げた,「それら卑しい者たちをみじめな仕方で滅ぼし,季節ごとに実りを収めるほかの耕作人たちにそのブドウ園を貸し出すだろう」。
तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्‍ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई ठेक्‍कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन् ।”
42 イエスは彼らに言った,「あなた方は聖書の中で読んだことがないのか。 『建てる者たちが退けた石,それが隅の親石となった。これは主から生じたことで,わたしたちの目には不思議なことだ』。
येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्‍त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यपूर्ण छ?’
43 「だから,あなた方に告げる。神の王国はあなた方から取り上げられ,その実を結ぶ民族に与えられる。
यसकारण, म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ ।
44 この石の上に落ちる者は粉々に砕かれ,その石がだれかの上に落ちれば,それはその者をみじんに砕くだろう」 。
जो यस ढुङ्गामा खस्दछ, त्यो टुक्रा-टुक्रा पारिनेछ । तर जसमाथि यो खस्दछ, त्यो कुल्चिनेछ ।”
45 祭司長たちとファリサイ人たちは,彼のたとえを聞いた時,彼が自分たちについて話していることに気づいた。
जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँका दृष्‍टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले बुझे ।
46 彼らは彼を捕まえようとしたが,群衆を恐れた。群衆は彼を預言者だと考えていたからである。
तिनीहरूले उहाँलाई पक्रनचाहन्थे, तर मानिसहरूले उहाँलाई अगमवक्‍ता मान्‍ने हुनाले तिनीहरू भिडसँग डराए ।

< マタイの福音書 21 >