< ヘブル人への手紙 9 >

1 ところで,最初の契約にも,神的な奉仕の法令と地上の聖所とがありました。
अब पहिलेको करारमा आराधनाका निम्ति नियमहरू र सांसारिक बासस्‍थान थिए ।
2 すなわち,幕屋が設けられたのです。第一の区画には,燭台と食卓と供えのパンがあり,聖なる場所と呼ばれていました。
किनकि एउटा बासस्‍थान तयार गरिएको थियो जसको पहिलो कोठाभित्र सामदान, टेबुल, र उपस्थितिको रोटी थिए, त्यसलाई पवित्रस्थान भनिन्थ्यो ।
3 第二の垂れ幕の後ろには至聖所と呼ばれる幕屋がありました。
पर्दाको पछाडितिर अर्को दोस्रो कोठा थियो, जसलाई महा-पवित्रस्थान भनिन्थ्यो ।
4 そこには金の香の祭壇と,全面を金で覆われた契約の箱があり,その箱の中にはマンナを入れた金のつぼ,芽を出したアロンのつえ,そして契約の書き板がありました。
यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि रहेको सुनको भाँडोमा मन्‍न राखिएको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलालेखहरू थिए ।
5 また,その上には,あわれみの座を影で覆っている栄光のケルビムがありました。しかしわたしたちは今,こうしたことの詳細を述べるわけにはゆきません。
करारको सन्दुकको माथि ईश्‍वरीय महिमाका करूबहरूले प्रायश्‍चित्तको ढकनीलाई ढाकेका थिए, जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौँ ।
6 さて,これらの物がこのように設けられると,第一の幕屋の中には,祭司たちが務めを果たすために絶えず入って行きますが,
यी थोकहरूलाई तयार गरिसकेपछि पुजारीहरू नियमित रूपमा बासस्‍थानको बाहिरी कोठामा सधैँ आफ्ना सेवाको काम गर्न प्रवेश गर्दथे ।
7 第二の区画には年に一度,大祭司だけが入って行くのであり,それも,自分自身のため,また民の過失のためにささげる血を携えないで行くことはありません。
तर प्रधान पुजारी मात्रै हरेक वर्षको एक पल्ट दोश्रो कोठामा प्रवेश गर्दथे । उनले रगत लिएर आफ्नै निम्ति र मानिसहरूले अजानमा गरेका अपराधहरूका निम्ति बलि चढाउँछन् ।
8 聖霊はこのことを,すなわち,第一の幕屋がなお立っている間は,聖なる場所への道がまだ現わされてはいなかったことを示しています。
पवित्र आत्माले देखाउनुभयो, कि पहिलो पवित्रस्‍थान रहुञ्‍जेलसम्म महा-पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन ।
9 この第一の幕屋は今の時代の象徴です。そこでは供え物や犠牲がささげられますが,崇拝者を良心の面で完全にすることができません。
वर्तमान समयका लागि यो एक उदाहरण थियो । चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् ।
10 それらは,改革の時まで課せられている,(食べ物や飲み物やさまざまな洗いに関する)肉的な法令に過ぎないのです。
ती विभिन्‍न किसिमका उत्सवका शुद्धिकरणहरू खाने र पिउने कुरासँग मात्रै सम्बन्धित छन् । ती सबै शरीरका निम्ति नियमहरू मात्रै थिए, जसलाई नयाँ प्रकारले सृजना नगरेसम्म क्रमिक रूपमा राखिएको थियो ।
11 しかし,キリストは,来たるべき善い事柄の大祭司として来られたとき,手で造ったのではない,つまり,この創造界に属さない,より偉大で,より完全な幕屋を通り,
ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, जुन यस सृजित संसारको होइन । (नोटः अन्य संस्करणहरूमा लेखिएको छ) ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीजस्तै भएर आउनुभयो ।
12 ヤギや子牛の血ではなく,ご自身の血を通して,ただ一度だけ聖なる場所に入り,永遠の請け戻しを獲得されたのです。 (aiōnios g166)
बोका र बाछाहरूको रगतले नभई उहाँ आफ्नै रगतद्वारा सबैका निम्ति एकै चोटि त्यस महा-पवित्रस्थानभित्र प्रवेश गर्नुभयो र हाम्रो अनन्तको छुटकारलाई सुरक्षित गर्नुभयो । (aiōnios g166)
13 汚れてしまった者たちに振りかけられる,ヤギや雄牛の血また若い雌牛の灰が,彼らを肉の清さのために聖別するのであれば,
किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले छर्किंदा तिनीहरू अशुद्ध हुन्छन् र तिनीहरूका शरीरलाई शुद्ध पार्न तिनीहरू परमेश्‍वरमा समर्पित हुनुपर्छ भने,
14 まして,永遠の霊によって,自らを汚点のないものとして神にささげたキリストの血は,あなた方を生ける神に仕えさせるために,あなた方の良心を死んだ業からどれほど清めてくれることでしょうか。 (aiōnios g166)
झन् कति धेरै ख्रीष्‍टको रगतले हाम्रा विवेकलाई मृत कामहरूबाट शुद्ध पार्दछ र जीवित परमेश्‍वरको सेवा गर्न जसले अनन्त आत्माद्वारा दोषरहित प्रकारले आफैँलाई अर्पण गर्नुभयो? (aiōnios g166)
15 このようなわけで,彼は新しい契約の仲介者です。それは,最初の契約のもとでの数々の違反を請け戻すために一つの死が生じたことにより,召された者たちが,約束された永遠の相続財産を受けられるようにするためです。 (aiōnios g166)
यसै कारणले गर्दा, उहाँ नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ । यो मृत्युको कारणले गर्दा स्वतन्‍त्र गराइएकाहरू तिनीहरूका पापको सजायबाट पहिलो करारमा रहन्छन् ताकि परमेश्‍वरद्वारा बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकारलाई प्राप्‍त गर्न सकून् । (aiōnios g166)
16 というのは,遺言状のあるところには,それを残した人の死が必要なのです。
किनकि जहाँ इच्छा हुन्छ, त्यहाँ त्यो बनाउने व्यक्‍तिको मृत्युलाई प्रमाणित गर्नुपर्ने हुन्छ ।
17 遺言は死がもたらされたときに有効になるからであって,それを残した人が生きている間は決して有効にならないからです。
किनकि एउटा इच्छा तब मात्र लागु हुन्छ, जब त्यहाँ मृत्यु भएको हुन्छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ, तबसम्म यसको कुनै जोड हुँदैन ।
18 それゆえ,最初の契約でさえ,血が伴わずに制定されたのではありません。
त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन ।
19 というのは,モーセは,すべてのおきてを律法に基づいて民全員に語ったとき,子牛とヤギの血を取り,水と赤い羊毛とヒソプと共に,書そのものと民全体とに振りかけて,
किनकि जब मोशाले मानिसहरूलाई व्यवस्थामा भएका हरेक आज्ञा दिए, उनले बाछा र बोकाहरूको रगत, पानी, रातो उन र हिसप लिएर त्यस मुट्ठा र सबै मानिस दुवैलाई छर्के ।
20 「これは神があなた方に命じられた契約の血だ」と言ったからです。
तब उनले भने, “यो करारको रगत हो, जुन परमेश्‍वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको थियो ।”
21 さらに彼は,幕屋とすべての務めの器に同じように血を振りかけました。
यसरी नै, उनले पवित्रस्‍थान र सेवामा प्रयोग हुने सबै भाँडामा रगत छर्के ।
22 律法によれば,ほとんどすべてのものが血をもって清められ,血を流すことがなければ許しはないのです。
अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्दछ । रगत नबगाइकन क्षमा हुँदैन ।
23 ですから,天にあるものの写しはこれらのものによって清められ,一方,天にあるもの自体は,これらのものよりもさらに優れた犠牲で清められることが必要でした。
त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्‍कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैँलाई झन् कति धेरै उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्यक पर्‍यो ।
24 というのは,キリストは,本物の聖なる場所の描出である,手で造った聖なる場所ではなく,天そのものに入られたのであり,今やわたしたちのために神のみ前に現れてくださったからです。
किनकि ख्रीष्‍ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिँ सत्यताको एक नक्‍कल मात्र हो । बरु, उहाँ आफैँ स्वर्गमा प्रवेश गर्नुभयो, अनि हाम्रा निम्ति अहिले उहाँ परमेश्‍वरको सामु उपस्थित हुनुहुन्छ ।
25 それは,大祭司が年ごとに自分のものではない血を携えて聖なる場所に入るように,何度もご自身をささげるためではありませんでした。
उहाँ आफ्नै निम्ति घरिघरि बलि चढाउनका निम्ति त्यहाँ जानुभएको होइन, जसरी प्रधान पुजारीले हरेक वर्ष अर्काको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गर्दछन् ।
26 そうだとしたなら,世の基礎が据えられて以来,何度も苦しみを受けなければならなかったでしょう。しかし今や,時代の終わりにただ一度,ご自身の犠牲によって罪を取り除くために現われてくださっているのです。 (aiōn g165)
त्यसो भएको भए, संसारको उत्पत्तिदेखि नै उहाँले धेरै पल्ट दुःख भोग्‍नुपर्ने हुन्थ्यो । तर यस युगको अन्त्यमा एक पल्ट उहाँको आफ्नै बलिद्वारा पापलाई हटाउन उहाँ सधैँका निम्ति एकै पल्ट प्रकट हुनुभएको हो । (aiōn g165)
27 人間たちには,ただ一度だけ死ぬこと,そしてそののちに裁きを受けることが定まっていますが,
हरेक व्यक्‍ति एक पटक मर्न निश्‍चित छ, र त्यसपछि न्याय आउँदछ ।
28 そのようにキリストも,多くの人たちの罪を担うためにただ一度だけささげられたのち,二度目には,罪とは関係なく,彼をひたすら待っている人たちに救いをもたらすために現われることになっています。
त्यसरी नै, ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई सधैँका निम्ति एकै पल्ट बलि हुनुभयो । पापसँग सामना गर्नलाई दोस्रो पल्ट उहाँ देखा पर्नुहुने होइन, तर मुक्‍तिका लागि धैर्यसाथ उहाँका निम्ति पर्खिरहनेहरूका लागि हो ।

< ヘブル人への手紙 9 >