< ヨブ 記 1 >

1 ウヅの地にヨブと名くる人あり 其人と爲完全かつ正くして神を畏れ惡に遠ざかる
ऊज भन्‍ने देशमा एक जना मानिस थिए जसको नाउँ अय्यूब थियो । अनि अय्यूब दोषरहित र सोझा थिए जो परमेश्‍वरको भय मान्थे, र खराबीबाट फर्कन्‍थे ।
2 その生る者は男の子七人女の子三人
तिनका सात जना छोरा र तीन जना छोरी जन्‍मिएका थिए ।
3 その所有物は羊七千 駱駝三千 牛五百軛 牝驢馬五百 僕も夥多しくあり 此人は東の人の中にて最も大なる者なり
तिनका सात हजारवटा भेडा, तिन हजारवटा ऊँट, पाँच सय हल गोरु अनि पाँच सयवटा गधा अनि धेरै जना नोकरहरू थिए । तिनी पूर्वमा भएका सबै मानिसहरूमध्‍ये सबभन्‍दा महान् मानिस थिए ।
4 その子等おのおの己の家にて己の日に宴筵を設くる事を爲し その三人の姉妹をも招きて與に食飮せしむ
हरेक छोरोको निम्ति तोकिएको दिनमा तिनले आफ्नो घरमा भोज दिन्‍थे । तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई बोलाउन पठाउँथे र सँगै खाने र पिउने गर्थे ।
5 その宴筵の日はつる毎にヨブかならず彼らを召よせて潔む 即ち朝はやく興き彼ら一切の數にしたがひて燔祭を獻ぐ 是はヨブ我子ら罪を犯し心を神を忘れたらんも知べからずと謂てなり ヨブの爲ところ常に是のごとし
जब भोजका दिनहरू समाप्‍त हुन्‍थे, तब अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र तिनले तिनीहरूलाई शुद्ध पार्थे । तिनी बिहान सबेरै उठ्थे, र आफ्ना हरेक छोराछोरीका लागि होमबलिहरू चढाउँथे, किनकि तिनले यसो भन्थे, “मेरा छोराछोरीले पाप गरेका अनि आ-आफ्ना हृदयमा परमेश्‍वरलाई सरापेका हुन सक्छन् ।” अय्यूबले सधैं यसै गर्थै ।
6 或日神の子等きたりてヱホバの前に立つ サタンも來りてその中にあり
तब एक दिन परमेश्‍वरका छोराहरू परमप्रभुको सामु उपस्थित हुन आए । शैतान पनि तिनीहरूसँगै आयो ।
7 ヱホバ、サタンに言たまひけるは汝何處より來りしや サタン、ヱホバに應へて言けるは地を行めぐり此彼經あるきて來れり
परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्‍यो, “पृथ्वीमा घुमेर, त्‍यसमा यता र उता गएर आएको हुँ ।”
8 ヱホバ、サタンに言たまひけるは汝心をもちひてわが僕ヨブを觀しや 彼のごとく完全かつ正くして神を畏れ惡に遠ざかる人世にあらざるなり
परमप्रभुले त्यसलाई भन्‍नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्‍वरको भय मान्छ र खराबीबाट अलग बस्छ ।”
9 サタン、ヱホバに應へて言けるはヨブあにもとむることなくして神を畏れんや
तब शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “के अय्यूबले विनाकारण परमेश्‍वरको भय मान्छन् र?
10 汝彼とその家およびその一切の所有物の周圍に藩屏を設けたまふにあらずや 汝かれが手に爲ところを盡く成就せしむるがゆゑにその所有物地に遍ねし
के तिनी, तिनको घर र तिनीसित भएका सबै थोकको चारैतिर हरेक कुनाबाट बार लगाएर तपाईंले सुरक्षा दिनुभएको छैन र? तपाईंले तिनका हातका कामहरूलाई आशिष् दिनुभएको छ, र तिनका गाईवस्तुहरू देशभरि भएका छन् ।
11 然ど汝の手を伸て彼の一切の所有物を撃たまへ 然ば必ず汝の面にむかひて汝を詛はん
तर अब आफ्नो हात पसार्नुहोस् र तिनीसित भएका सबै थोकलाई छुनुहोस्, र हेर्नुहोस् कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍ने त छैनन् ।”
12 ヱホバ、サタンに言たまひけるは視よ彼の一切の所有物を汝の手に任す 唯かれの身に汝の手をつくる勿れ サタンすなはちヱホバの前よりいでゆけり
परमप्रभुले शैतानलाई भन्‍नुभयो, “हेर्, त्‍योसित भएका सबै थोक तेरै हातमा छ । त्‍यसलाई मात्र तेरो हातले नछो ।” तब परमप्रभुको उपस्थितिबाट शैतान तुरुन्‍तै गयो ।
13 或日ヨブの子女等その第一の兄の家にて物食ひ酒飮ゐたる時
कुनै एक दिनमा यस्‍तो भयो, तिनका छोराहरू र छोरीहरू आफ्‍ना जेठा दाजुको घरमा खाँदै र पिउँदै थिए ।
14 使者ヨブの許に來りて言ふ 牛耕しをり牝驢馬その傍に草食をりしに
एउटा समाचारवाहक अय्यूबकहाँ आयो र भन्यो, “आफ्‍ना छेउमै गोरुहरू जोतिरहेका थिए, र गधाहरू चरिरहेका थिए ।
15 シバ人襲ひて之を奪ひ刄をもて少者を打殺せり 我ただ一人のがれて汝に告んとて來れりと
तब शबीहरूले तिनीहरूलाई झम्‍टे र ती लिएर गए । नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
16 彼なほ語ひをる中に又一人きたりて言ふ 神の火天より降りて羊および少者を焚て滅ぼせり 我ただ一人のがれて汝に告んとて來れりと
जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “आकाशबाट परमेश्‍वरको आगो झर्‍यो अनि भेडाहरू र नोकरहरूलाई भस्म पार्‍यो । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
17 彼なほ語ひをる中に又一人きたりて言ふ カルデヤ人三隊に分れ來て駱駝を襲ひてこれを奪ひ刄をもて少者を打殺せり我ただ一人のがれて汝に告んとて來れりと
जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “कल्दीहरूले तिनवटा समूह बनाएर ऊँटहरूलाई आक्रमण गरे र ती लिएर गएका छन् । नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
18 彼なほ語ひをる中に又一人來りて言ふ汝の子女等その第一の兄の家にて物食ひ酒飮をりしに
जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “तपाईंका छोराहरू र तपाईंका छोरीहरू आफ्‍नो जेठो दाजुको घरमा खाँदै र मद्य पिउँदै थिए ।
19 荒野の方より大風ふき來て家の四隅を撃ければ夫の若き人々の上に潰れおちて皆しねり 我これを汝に告んとて只一人のがれ來れりと
उजाड-स्थानबाट एउटा प्रचण्ड आँधी आयो र घरका चारै कुनालाई प्रहार गर्‍यो । ती युवायुवतीमाथि त्‍यो ढल्यो, र तिनीहरूको मृत्‍यु भयो । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
20 是においてヨブ起あがり外衣を裂き髮を斬り地に伏して拜し
तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्‍टो परे र परमेश्‍वरको आराधना गरे ।
21 言ふ我裸にて母の胎を出たり 又裸にて彼處に歸らん ヱホバ與へヱホバ取たまふなり ヱホバの御名は讚べきかな
तिनले भने, “मेरी आमाको गर्भबाट निस्कँदा म नाङ्गै थिएँ, र म त्‍यहाँ फर्केर जाँदा पनि नाङ्गै हुनेछु । परमप्रभुले दिनुभयो, र परमप्रभुले नै लानुभएको छ । परमप्रभुको नाउँको धन्य होस् ।”
22 この事においてヨブは全く罪を犯さず神にむかひて愚なることを言ざりき
यी सबै कुरामा अय्यूबले पाप गरेनन्, न त तिनले परमेश्‍वरलाई गलत गरेको भनेर दोष लगाए ।

< ヨブ 記 1 >