< צפניה 1 >

דבר יהוה אשר היה אל צפניה בן כושי בן גדליה בן אמריה בן חזקיה בימי יאשיהו בן אמון מלך יהודה׃ 1
अमोनका छोरा, यहूदाका राजा योशियाहको समयमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको परमप्रभुको वचन यही हो ।
אסף אסף כל מעל פני האדמה נאם יהוה׃ 2
“म निश्‍चय नै यस पृथ्वीबाट सबै कुरा नाश गर्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ ।
אסף אדם ובהמה אסף עוף השמים ודגי הים והמכשלות את הרשעים והכרתי את האדם מעל פני האדמה נאם יהוה׃ 3
म मानिस र पशु दुवैलाई सर्वनाश गर्नेछु । आकाशका चराहरू, र समुद्रका माछा, दुष्‍टहरू लगायत ढुङ्गाको रास सबैलाई म नष्‍ट गर्नेछु । किनभने म मानिस जातिलाई पृथ्वीबाट सखाप पार्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ ।
ונטיתי ידי על יהודה ועל כל יושבי ירושלם והכרתי מן המקום הזה את שאר הבעל את שם הכמרים עם הכהנים׃ 4
यहूदा र यरूशलेमका सबै वासिन्दाहरूमाथि म मेरो हात पसार्नेछु । यस ठाउँबाट बालका बाँकी रहेका सबैलाई र पूजाहारीहरुमध्ये मूर्तिपुजकहरूका नामलाई सखाप पार्नेछु,
ואת המשתחוים על הגגות לצבא השמים ואת המשתחוים הנשבעים ליהוה והנשבעים במלכם׃ 5
र घरका माथिल्लो भागमा बसेर नक्षत्रहरूको पूजा गर्नेहरू, र ती मानिसहरू जसले परमप्रभुको आराधना गर्छन् र उहाँको शपथ खान्छन् तर आफ्ना राजाको शपथ पनि खान्छन्, तिनीहरूलाई पनि म नाश गर्नेछु ।
ואת הנסוגים מאחרי יהוה ואשר לא בקשו את יהוה ולא דרשהו׃ 6
परमप्रभुलाई पछ्याउन छोडेर उहाँबाट टाढा हुनेहरू, र उहाँको खोजी नगर्ने र उहाँको निर्देशन नखोज्नेहरूलाई पनि म सखाप पार्नेछु ।”
הס מפני אדני יהוה כי קרוב יום יהוה כי הכין יהוה זבח הקדיש קראיו׃ 7
परमप्रभु परमेश्‍वरको सामु शान्त रहो, किनभने परमप्रभुको दिन नजिकै छ । परमप्रभुले बलिदान तयार पार्नुभएको छ र आफ्ना पाहुनाहरूलाई अलग्गै राख्‍नुभएको छ ।
והיה ביום זבח יהוה ופקדתי על השרים ועל בני המלך ועל כל הלבשים מלבוש נכרי׃ 8
“परमप्रभुको बलिदानको दिनमा, म राजकुमारहरू र राजाका छोराहरू, र विदेशी पहिरन लगाएका सबैलाई दण्ड दिनेछु ।
ופקדתי על כל הדולג על המפתן ביום ההוא הממלאים בית אדניהם חמס ומרמה׃ 9
त्यस दिन सँघारमा खुट्टा नटेक्‍नेहरू सबैलाई, र आफ्ना मालिकका घरलाई हिंसा र छलले भर्ने सबैलाई म दण्ड दिनेछु ।
והיה ביום ההוא נאם יהוה קול צעקה משער הדגים ויללה מן המשנה ושבר גדול מהגבעות׃ 10
अनि त्यो दिन यस्तो हुनेछ भनेर परमप्रभु घोषणा गर्नुहुन्छ । माछा ढोकाबाट कष्‍टको रुवाबासी, नयाँ टोलबाट विलाप, र पहाडहरूबाट ठुलो धमाकाको आवाज आउनेछ ।
הילילו ישבי המכתש כי נדמה כל עם כנען נכרתו כל נטילי כסף׃ 11
ए बजारहरूमा बस्‍नेहरू, रोओ, किनभने सबै व्यापारीहरू तहस-नहस हुनेछन्, र चाँदीका व्यापारीहरू सखाप पारिनेछन् ।
והיה בעת ההיא אחפש את ירושלם בנרות ופקדתי על האנשים הקפאים על שמריהם האמרים בלבבם לא ייטיב יהוה ולא ירע׃ 12
त्यस बेला म बत्तीहरू बालेर यरूशलेमको खोजी गर्नेछु र त्यसको मद्यमा प्रसन्‍न भएका र आफ्नो हृदयमा ‘परमप्रभुले असल वा खराब केही पनि गर्नुहुनेछैन’ भनेर भन्‍ने मानिसहरूलाई सजाय दिनेछु ।
והיה חילם למשסה ובתיהם לשממה ובנו בתים ולא ישבו ונטעו כרמים ולא ישתו את יינם׃ 13
तब तिनीहरूको सबै सम्पत्ति लुटिनेछन्, अनि घरहरू नष्ट हुनेछन्। तिनीहरूले घर बनाए तापनि त्यसमा बस्न पाउँने छैनन्। तिनीहरूले दाखको बोट रोपे पनि त्यसको दाखरस खान पाउने छैनन्।
קרוב יום יהוה הגדול קרוב ומהר מאד קול יום יהוה מר צרח שם גבור׃ 14
परमप्रभुको त्यो महान् दिन नजिकै छ, नजिक र चाँडै आउँदै छ । परमप्रभुको दिनको आवाज चिच्याई-चिच्याई रोइरहेको योद्धाको झैँ हुनेछ ।
יום עברה היום ההוא יום צרה ומצוקה יום שאה ומשואה יום חשך ואפלה יום ענן וערפל׃ 15
त्यो दिन क्रोधको दिन, संकट र पीडाको दिन, आँधी र विनाशको दिन, अन्धकार र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन हुनेछ ।
יום שופר ותרועה על הערים הבצרות ועל הפנות הגבהות׃ 16
त्यो दिन किल्ला भएका शहरहरु र उच्‍च धरहराहरूको विरुद्ध तुरही र चेतावनीको सोरको दिन हुनेछ ।
והצרתי לאדם והלכו כעורים כי ליהוה חטאו ושפך דמם כעפר ולחמם כגללים׃ 17
किनभने म मानवजातिमाथि संकट ल्याउनेछु, अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन् । तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन् ।
גם כספם גם זהבם לא יוכל להצילם ביום עברת יהוה ובאש קנאתו תאכל כל הארץ כי כלה אך נבהלה יעשה את כל ישבי הארץ׃ 18
परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदी न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ । उहाँको डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ, किनभने उहाँले पृथ्वीका सारा वासिन्दाहरूको पूर्ण र भयानक अन्त गर्नुहुनेछ ।”

< צפניה 1 >