< זכריה 9 >

משא דבר יהוה בארץ חדרך ודמשק מנחתו כי ליהוה עין אדם וכל שבטי ישראל׃ 1
“हद्राकको देशको विषयमा परमप्रभुको यस्तो वचन घोषणा भयो, र उहाँको वचन दमस्कसको विषयमा पनि आयो, किनभने सबै मनुष्यजाति र इस्राएलका सबै कुलहरूका आँखा परमप्रभुतिर छन् ।
וגם חמת תגבל בה צר וצידון כי חכמה מאד׃ 2
दमस्कसको सिमानामा भएको हमात, र टुरोस र सीदोनको निम्ति पनि यो घोषणा हो, किनकि तिनीहरू धेरै बुद्धिमान छन् ।
ותבן צר מצור לה ותצבר כסף כעפר וחרוץ כטיט חוצות׃ 3
टुरोसले आफैँ एउटा गढी बनाएको छ, र त्यसले सडकहरूमा धुलोसरह चाँदी र माटोसरह निखुर सुन थुपारेको छ ।
הנה אדני יורשנה והכה בים חילה והיא באש תאכל׃ 4
हेर! परमप्रभुले त्यसबाट सबै खोस्‍नुहुनेछ र त्यसको बललाई समुद्रमा नष्‍ट गर्नुहुनेछ, अनि त्यो आगोले भस्म हुनेछ ।
תרא אשקלון ותירא ועזה ותחיל מאד ועקרון כי הביש מבטה ואבד מלך מעזה ואשקלון לא תשב׃ 5
अश्कलोनले त्यो देख्‍नेछ र डराउनेछ! गाजा पनि थर-थर काँप्नेछ! एक्रोनको आशा निराशामा परिणत हुनेछ । गाजाबाट राजा नष्‍ट हुनेछ, र अश्कलोनमा कोही वास गर्नेछैन!
וישב ממזר באשדוד והכרתי גאון פלשתים׃ 6
अश्दोदमा परदेशीहरूले घर बसाल्नेछन्, र म पलिश्तीहरूको घमण्ड तोडिदिनेछु ।
והסרתי דמיו מפיו ושקציו מבין שניו ונשאר גם הוא לאלהינו והיה כאלף ביהודה ועקרון כיבוסי׃ 7
किनकि म तिनीहरूका मुखबाट रगत र तिनीहरूका दाँतबाट घिनलाग्दा कुराहरू हटाइदिनेछु । तिनीहरू हाम्रा परमेश्‍वरको निम्ति बाँकी रहेकाहरू, यहूदाको एउटा कुलझैँ हुनेछन्, र एक्रोन यबूसीजस्तै हुनेछ ।
וחניתי לביתי מצבה מעבר ומשב ולא יעבר עליהם עוד נגש כי עתה ראיתי בעיני׃ 8
शत्रुका सेनाहरूको विरुद्ध म मेरो भूमिवरिपरि छाउनी लगाउनेछु, ताकि त्यहाँबाट न त कोही छिरोस् वा निस्कोस्, किनकि कोही अत्याचारीले पनि तिनीहरूलाई कुल्चनेछैन, किनभने म मेरै आँखाले नजर लगाउनेछु!
גילי מאד בת ציון הריעי בת ירושלם הנה מלכך יבוא לך צדיק ונושע הוא עני ורכב על חמור ועל עיר בן אתנות׃ 9
ए सियोनकी छोरी अति धेरै आनन्दले कराऊ! यरूशलेमकी छोरी खुशीले कराऊ! हेर! तिम्रा राजा धार्मिकतामा तिमीकहाँ तिमीलाई बचाउन आउँदै हुनुहुन्छ । उहाँ नम्र हुनुहुन्छ र उहाँ गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार हुनुहुन्छ ।
והכרתי רכב מאפרים וסוס מירושלם ונכרתה קשת מלחמה ודבר שלום לגוים ומשלו מים עד ים ומנהר עד אפסי ארץ׃ 10
अनि म एफ्राइमबाट रथ र यरूशलेमबाट घोडा हटाइदिनेछु, र युद्धबाट धनु हटाइनेछन्, किनभने उहाँले जाति-जातिमा शान्ति घोषणा गर्नुहुनेछ, र एउटा समुद्रदेखि अर्कोसम्म, र नदीदेखि पृथ्वीको छेउ-छेउसम्म उहाँको प्रभुत्व रहनेछ!
גם את בדם בריתך שלחתי אסיריך מבור אין מים בו׃ 11
तँसँग मेरो करारको रगतको कारण, ती सुक्खा खाडलबाट म तेरा कैदीहरूलाई मुक्त गरिदिनेछु ।
שובו לבצרון אסירי התקוה גם היום מגיד משנה אשיב לך׃ 12
आशा भएका कैदीहरू, गढीमा फर्क! आज म यो घोषणा गर्दै छु, कि म तिमीहरूलाई दोब्बर फिर्ता गरिदिनेछु,
כי דרכתי לי יהודה קשת מלאתי אפרים ועוררתי בניך ציון על בניך יון ושמתיך כחרב גבור׃ 13
किनभने मैले यहूदालाई मेरो धनुझैँ बङ्गाएको छु । मैले मेरो तूणलाई एफ्राइमले भरेको छु । ए सियोन, मैले तेरा छोराहरूलाई ग्रीसका छोराहरूको विरूद्ध उक्साएको छु, र सियोन, मैले तँलाई योद्धाको तरवारझैँ बनाएको छु!”
ויהוה עליהם יראה ויצא כברק חצו ואדני יהוה בשופר יתקע והלך בסערות תימן׃ 14
परमप्रभु तिनीहरूकहाँ देखापर्नुहुनेछ, उहाँको काँड बिजुलीझैँ निस्कनेछ! किनकि मेरा परमप्रभु परमेश्‍वरले तुरही फुक्‍नुहुनेछ र उहाँ तेमानबाट आँधीको साथ अगि बढ्नुहुनेछ ।
יהוה צבאות יגן עליהם ואכלו וכבשו אבני קלע ושתו המו כמו יין ומלאו כמזרק כזויות מזבח׃ 15
सेनाहरूका परमप्रभुले तिनीहरूको सुरक्षा गर्नुहुनेछ, र तिनीहरूले उनीहरूलाई नाश गर्नेछन् र घुयेँत्रोका ढुङ्गाहरूलाई पराजय गर्नेछन् । तिनीहरूले पिउनेछन् र मद्यले मातेका मानिसहरुझैँ ठुलो सोरमा कराउनेछन्, र तिनीहरू बटुकाझैँ, र वेदीका छेउहरूझैँ मद्येले भरिनेछन् ।
והושיעם יהוה אלהיהם ביום ההוא כצאן עמו כי אבני נזר מתנוססות על אדמתו׃ 16
यसैकारण परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई त्यस दिन आफ्ना मानिसहरूको बागललाईझैँ बचाउनुहुनेछ । तिनीहरू उहाँको देशमा चम्कने मुकुटका रत्‍नहरू हुन् ।
כי מה טובו ומה יפיו דגן בחורים ותירוש ינובב בתלות׃ 17
तिनीहरू कत्ति असल र कति सुन्दर हुनेछन्! जवान मानिसहरू अन्‍नले र कन्याहरू नयाँ मद्यले हृष्‍टपुष्‍ट हुनेछन् ।

< זכריה 9 >