< זכריה 11 >

פתח לבנון דלתיך ותאכל אש בארזיך׃ 1
ए लेबनान तेरा ढोकाहरू खोल्, ताकि आगोले तेरा देवदारुहरूलाई भस्म पारोस्!
הילל ברוש כי נפל ארז אשר אדרים שדדו הילילו אלוני בשן כי ירד יער הבצור׃ 2
ए सल्लोको रूख, विलाप गर्, किनकि देवदारुका रूखहरू ढलेका छन्! सुन्दर र महान् भनिएका कुराहरू ध्वस्त भएका छन्! ए बाशानका फलाँटका रूखहरू, विलाप गर, किनभने त्यो ठुलो जङ्गल सखाप भएको छ ।
קול יללת הרעים כי שדדה אדרתם קול שאגת כפירים כי שדד גאון הירדן׃ 3
गोठालाहरू वेदनामा रुन्छन्, किनभने तिनीहरूको महिमा नष्‍ट पारिएको छ! जवान सिंहहरू गर्जन्छन्, किनकि यर्दन नदीको घमण्ड नष्‍ट पारिएको छ ।
כה אמר יהוה אלהי רעה את צאן ההרגה׃ 4
परमप्रभु मेरा परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “गोठालाले झैँ काटिनको निम्ति अलग गरिएको बगालको हेरचाह गर्!
אשר קניהן יהרגן ולא יאשמו ומכריהן יאמר ברוך יהוה ואעשר ורעיהם לא יחמול עליהן׃ 5
ती किन्‍नेहरूले तिनीहरूलाई काट्छन् र तिनीहरूलाई सजाय दिइँदैन, र तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘परमप्रभुको प्रशंसा होस्! म धनी भएको छु!’ किनकि बगालका मालिकहरूका निम्ति काम गर्ने गोठालाहरूले तिनीहरूमाथि दया देखाएनन् ।
כי לא אחמול עוד על ישבי הארץ נאם יהוה והנה אנכי ממציא את האדם איש ביד רעהו וביד מלכו וכתתו את הארץ ולא אציל מידם׃ 6
किनकि अब म भूमिमा बसोबास गर्नेहरूलाई दया देखाउनेछैनँ! - परमप्रभु घोषणा गर्नुहुन्छ । हेर, म हरेक मानिसलाई त्यसको छिमेकी र त्यसको राजाको हातमा सुम्पन लाग्दै छु, अनि तिनीहरूले भूमिलाई नष्‍ट गर्नेछन् र तिनीहरूका हातबाट म कसैलाई पनि छुटाउनेछैन ।”
וארעה את צאן ההרגה לכן עניי הצאן ואקח לי שני מקלות לאחד קראתי נעם ולאחד קראתי חבלים וארעה את הצאן׃ 7
यसैकारण म काटिनको निम्ति चिन्ह लगाइएको भेडाको बगालको गोठालो बनेँ । मैले दुईवटा लौरो लिएँ: एउटा लौरोलाई मैले “अनुग्रह” नाउँ दिएँ र अर्कोलाई“एकता” नाउँ दिएँ । यसरी मैले बगालको हेरचाह गरेँ ।
ואכחד את שלשת הרעים בירח אחד ותקצר נפשי בהם וגם נפשם בחלה בי׃ 8
एक महिनामा मैले तिनवटा गोठालालाई नाश गरेँ । म तिनीहरूप्रति धैर्य भइनँ, र तिनीहरूले मलाई घृणा गरे ।
ואמר לא ארעה אתכם המתה תמות והנכחדת תכחד והנשארות תאכלנה אשה את בשר רעותה׃ 9
अनि मैले मालिकहरूलाई भनेँ, “म अब तिमीहरूका निम्ति गोठालोको रूपमा काम गर्नेछैनँ । मर्न लागेका भेडाहरू मरून्, नष्‍ट भइरहेका भेडाहरूलाई नष्‍ट हुनदेऊ । बाँकी रहेको भेडोलेचाहिँ आफ्नो छिमेकीको मासु खाओस् ।”
ואקח את מקלי את נעם ואגדע אתו להפיר את בריתי אשר כרתי את כל העמים׃ 10
यसैकारण मैले आफ्नो लौरो “अनुग्रह” लिएँ अनि आफ्ना सबै कुलहरूसँग गरेको करार तोड्नको निम्ति त्यो भाँचिदिएँ ।
ותפר ביום ההוא וידעו כן עניי הצאן השמרים אתי כי דבר יהוה הוא׃ 11
त्यस दिन त्यो करार तोडियो, र भेडाको हेरचाह गर्नेहरू र मलाई हेर्नेहरूले परमप्रभु बोल्नुभएको थाहा पाए ।
ואמר אליהם אם טוב בעיניכם הבו שכרי ואם לא חדלו וישקלו את שכרי שלשים כסף׃ 12
मैले तिनीहरूलाई भनेँ, “यदि तिमीहरूलाई यो असल लागे, मलाई मेरो ज्याला देओ । तर तिमीहरूलाई असल नलागे, नदेओ ।” यसैले तिनीहरूले मेरो ज्याला चाँदीका तिस टुक्रा हिसाब गरे ।
ויאמר יהוה אלי השליכהו אל היוצר אדר היקר אשר יקרתי מעליהם ואקחה שלשים הכסף ואשליך אתו בית יהוה אל היוצר׃ 13
अनि परमप्रभुले मलाई भन्‍नुभयो, “तिनीहरूले तेरो मुल्य तय गरेको उत्कृष्‍ट मोलमा त्यो चाँदी भण्डारमा जम्मा गर्!” यसैकारण मैले ती तिस टुक्रा चाँदी लिएर परमप्रभुको भवनमा भण्डारमा जम्मा गरेँ ।
ואגדע את מקלי השני את החבלים להפר את האחוה בין יהודה ובין ישראל׃ 14
अनि यहूदा र इस्राएलबिचको दाजुभाइको नातालाई तोड्नको निम्ति मैले मेरो दोस्रो लौरो “एकता” पनि भाँचे ।
ויאמר יהוה אלי עוד קח לך כלי רעה אולי׃ 15
परमप्रभुले मलाई भन्‍नुभयो, “फेरि, मूर्ख गोठालोको उपकरण तेरो निम्ति ली,
כי הנה אנכי מקים רעה בארץ הנכחדות לא יפקד הנער לא יבקש והנשברת לא ירפא הנצבה לא יכלכל ובשר הבריאה יאכל ופרסיהן יפרק׃ 16
किनभने हेर्, म भूमिमा एउटा गोठालो नियुक्त गर्दैछु । त्यसले हराउँदै गरेको भेडाको वास्ता गर्नेछैन । हराएको भेडालाई त्यो खोज्न जानेछैन, न त घाइते भेडालाई निको पार्नेछ । त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन, तर मोटो भेडाको मासु खानेछ र तिनीहरूका खुरलाई च्यात्‍नेछ ।
הוי רעי האליל עזבי הצאן חרב על זרועו ועל עין ימינו זרעו יבוש תיבש ועין ימינו כהה תכהה׃ 17
धिक्‍कार, आफ्नो बगाललाई त्याग्‍ने बेकामको गोठालो! त्यसको पाखुरा र दाहिने आँखाको विरुद्ध तरवार चलाइयोस्! त्यसको पाखुरा सुकोस् र त्यसको दाहिने आँखा अन्धो होस्!”

< זכריה 11 >