< רות 4 >

ובעז עלה השער וישב שם והנה הגאל עבר אשר דבר בעז ויאמר סורה שבה פה פלני אלמני ויסר וישב׃ 1
बोअज माथि प्रवेशद्धारमा गए र त्यहाँ बसे । चाँडै नै बोअजले भनेका, नजिकका कुटुम्ब आए । बोअजले तिनलाई भने, “हे मेरा मित्र, यहाँ आउनुहोस् र बस्‍नुहोस् ।” त्यो मानिस आए र बसे ।
ויקח עשרה אנשים מזקני העיר ויאמר שבו פה וישבו׃ 2
अनि बोअजले त्यस शहरका दश जना धर्मगुरुहरूलाई लिए र भने, “यहाँ बस्‍नुहोस् ।” त्यसैले तिनीहरू बसे ।
ויאמר לגאל חלקת השדה אשר לאחינו לאלימלך מכרה נעמי השבה משדה מואב׃ 3
बोअजले नजिकका कुटुम्बलाई भने, “मोआब देशबाट फर्केर आएकी नाओमीले हाम्रो दाज्यू एलीमेलेकको जग्गाको टुक्रा बेच्दैछिन् ।
ואני אמרתי אגלה אזנך לאמר קנה נגד הישבים ונגד זקני עמי אם תגאל גאל ואם לא יגאל הגידה לי ואדע כי אין זולתך לגאול ואנכי אחריך ויאמר אנכי אגאל׃ 4
'यहाँ बसिरहेकाहरूको उपस्थितिमा र मेरा मानिसहरूको धर्मगुरुहरूको उपस्थितिमा यसलाई किन्‍नुहोस्' भनी तपाईंलाई जानकारी दिने मैले विचार गरेँ । यदि तपाईंले यसलाई छुट्टाउन चाहनुहुन्छ भने, छुट्टाउनु होस्, ताकी मैले जान्‍न सकुँ, किनभने तपाईं र तपाईंपछि मबाहेक यसलाई छुट्टाउने कोही छैन ।” अर्को मानिसले भने, “म यसलाई छुट्टाउँछु ।”
ויאמר בעז ביום קנותך השדה מיד נעמי ומאת רות המואביה אשת המת קניתי להקים שם המת על נחלתו׃ 5
त्यसपछि बोअजले भने, “तपाईंले नाओमीबाट जग्गा किनेको दिनमा नै मृतकको उत्तराधिकारको नाउँलाई उठाउनको निम्ति मृत मानिसको विधवा मोआबी रूथलाई पनि लानुपर्छ ।”
ויאמר הגאל לא אוכל לגאול לי פן אשחית את נחלתי גאל לך אתה את גאלתי כי לא אוכל לגאל׃ 6
अनि नजिकका कुटम्बले भने, “आफ्नो उत्तराधिकारलाई हानि नगरी मैले यो आफ्नो निम्ति छुट्टाउन सक्दिनँ । तपाईंले नै मेरो छुटकाराको अधिकार लिनुहोस्, किनभने मैले छुट्टाउन सक्दिनँ ।”
וזאת לפנים בישראל על הגאולה ועל התמורה לקים כל דבר שלף איש נעלו ונתן לרעהו וזאת התעודה בישראל׃ 7
छुट्कारा र मालसामानको सट्टापट्टा सम्बन्धि इस्राएलको पहिलेको समयमा यस्तो चलन थियो । यी सबै कुराहरूको पुष्‍टि गर्न एक जनाले आफ्नो जुत्ता फुकाल्थ्यो र त्यो आफ्नो छिमेकीलाई दिन्थ्यो; यो नै इस्राएलमा वैधानिक सम्झौता गर्ने शैली थियो ।
ויאמר הגאל לבעז קנה לך וישלף נעלו׃ 8
त्यसैले नजिकको कुटुम्बले बोअजलाई भने, “यो तपाईं आफैले किन्‍नुहोस्,” र तिनले आफ्नो जुत्ता फुकाले ।
ויאמר בעז לזקנים וכל העם עדים אתם היום כי קניתי את כל אשר לאלימלך ואת כל אשר לכליון ומחלון מיד נעמי׃ 9
त्यसपछि बोअजले धर्मगुरुहरू र सबै मानिसहरूलाई भने, “मैले एलीमेलेकको, किल्योन र महलोनको सबै थोक मैले आज किनेँ भन्‍ने कुराको साक्षी तपाईंहरू हुनुहुन्छ ।”
וגם את רות המאביה אשת מחלון קניתי לי לאשה להקים שם המת על נחלתו ולא יכרת שם המת מעם אחיו ומשער מקומו עדים אתם היום׃ 10
साथै त्यसको उत्तराधिकारमा मृत मानिसको नाउँलाई मैले उठाउन सकूँ भनी महलोनकी पत्‍नी मोआबी महिला रूथलाई मैले मेरी पत्‍नीको रूपमा प्राप्‍त गरेको छु, ताकि त्यसको नाउँ आफ्ना दाज्यूभाइहरु माझबाट र त्यसको ठाउँको प्रवेशद्धारबाट नहराओस् । आज तपाईंहरू साक्षी हुनुहुन्छ ।”
ויאמרו כל העם אשר בשער והזקנים עדים יתן יהוה את האשה הבאה אל ביתך כרחל וכלאה אשר בנו שתיהם את בית ישראל ועשה חיל באפרתה וקרא שם בבית לחם׃ 11
प्रवेशद्धारमा भएका सबै मानिसहरू र धर्मगुरुहरूले भने, “हामी साक्षीहरू छौँ । परमप्रभुले तपाईंको घरमा आउने महिलालाई इस्राएलको घराना निर्माण गर्ने दुई जना राहेल र लेआजस्तै तुल्याउनुभएको होस्; र तपाईं एप्रातामा फलिफाप हुनुहोस् र बेथलेहेममा प्रसिद्ध हुनुहोस् ।
ויהי ביתך כבית פרץ אשר ילדה תמר ליהודה מן הזרע אשר יתן יהוה לך מן הנערה הזאת׃ 12
परमप्रभुले तपाईंलाई दिनुहुने यो महिलाद्धारा तपाईंको घर फारेसको घरानाजस्तै होस्, जसलाई यहूदाको निम्ति तामारले जन्‍माएकी थिइन् ।
ויקח בעז את רות ותהי לו לאשה ויבא אליה ויתן יהוה לה הריון ותלד בן׃ 13
त्यसैले बोअजले रूथलाई लगे र तिनी तिनकी पत्‍नी भइन् । तिनले तिनीसँग सहवास गरे र परमप्रभुले तिनलाई गर्भवती हुन दिनुभयो र तिनले एउटा छोरा जन्माइन् ।
ותאמרנה הנשים אל נעמי ברוך יהוה אשר לא השבית לך גאל היום ויקרא שמו בישראל׃ 14
महिलाहरूले नाओमीलाई भने, “परमप्रभुको प्रशंसा होस् जसले तपाईंलाई नजिकको कुटुम्बविहीन अर्थात् यो बालकविहीन छोड्नुभएन । उहाँको त्यसको नाउँ इस्राएलमा प्रसिद्ध होस् ।
והיה לך למשיב נפש ולכלכל את שיבתך כי כלתך אשר אהבתך ילדתו אשר היא טובה לך משבעה בנים׃ 15
त्यो तपाईंलाई नयाँ जीवन दिने र र तपाईंको पालनपोषण गर्ने हुन सकोस्, किनकि तपाईंकी बुहारी जसलाई तपाईंले प्रेम गर्नुहुन्छ, तिनी सात जना छोराहरूभन्दा पनि असल छिन्, तिनले यिनलाई जन्म दिएकी छिन् ।
ותקח נעמי את הילד ותשתהו בחיקה ותהי לו לאמנת׃ 16
नाओमीले बालकलाई लिइन्, आफ्‍नो काखमा राखिन् र तिनको हेरचाह गरिन् ।
ותקראנה לו השכנות שם לאמר ילד בן לנעמי ותקראנה שמו עובד הוא אבי ישי אבי דוד׃ 17
छिमेकका महिलाहरूले तिनलाई यसो भने, “नाओमीको एउटा छोरा भयो । तिनहरूले त्यसको नाउँ ओबेद राखे । तिनी यिशैको बुबा भए, जो दाऊदको बुबा भए ।
ואלה תולדות פרץ פרץ הוליד את חצרון׃ 18
फारेसका सन्तानहरू यिनै हुन्ः फारेस हेस्रोनका बुबा बने,
וחצרון הוליד את רם ורם הוליד את עמינדב׃ 19
हेस्रोन आरामका बुबा बने, आराम अम्मीनादाबको बुबा बने,
ועמינדב הוליד את נחשון ונחשון הוליד את שלמה׃ 20
अम्मीनादाब नहशोनका बुबा बने, नहशोन सल्मोनको बुबा बने,
ושלמון הוליד את בעז ובעז הוליד את עובד׃ 21
सल्मोन बोअजका बुबा बने, बोअज ओबेदको बुबा बने,
ועבד הוליד את ישי וישי הוליד את דוד׃ 22
ओबेद यिशैका बुबा बने र यिशै दाऊदको बुबा बने ।

< רות 4 >