< תהילים 72 >

לשלמה אלהים משפטיך למלך תן וצדקתך לבן מלך׃ 1
हे परमेश्‍वर, राजालाई आफ्‍नो धार्मिक आदेशहरू दिनुहोस् । राजाको छोरालाई तपाईंको धार्मिकता दिनुहोस् ।
ידין עמך בצדק וענייך במשפט׃ 2
तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् ।
ישאו הרים שלום לעם וגבעות בצדקה׃ 3
पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्‍न गरून् । डाँडाहरूले धर्मिकता उत्पन्‍न गरून् ।
ישפט עניי עם יושיע לבני אביון וידכא עושק׃ 4
उनले मानिसहरूका गरीबलाई न्याय देऊन् । उनले दरिद्रहरूका छोराछोरीलाई बचाऊन् र थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून् ।
ייראוך עם שמש ולפני ירח דור דורים׃ 5
सूर्य रहेसम्म र चद्रमा रहुन्‍जेलसम्म सबै पुस्ताहरूमा, तिनीहरूले तपाईंको आदर गरून् ।
ירד כמטר על גז כרביבים זרזיף ארץ׃ 6
काटेको घाँसमा झरीपरेझैं र पृथ्वीलाई भिजाउने झरीझैं उनी तल आऊन् ।
יפרח בימיו צדיק ורב שלום עד בלי ירח׃ 7
उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्‍म त्‍यहाँ प्रशस्‍त शान्ति होस् ।
וירד מים עד ים ומנהר עד אפסי ארץ׃ 8
उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म अधीन गरून् ।
לפניו יכרעו ציים ואיביו עפר ילחכו׃ 9
उजाडस्‍थानमा बस्‍नेहरू उनको सामु घोप्‍टो परेर दण्डवत गरून् । उनका शत्रुहरूले धूलो चाटून् ।
מלכי תרשיש ואיים מנחה ישיבו מלכי שבא וסבא אשכר יקריבו׃ 10
तर्शीश र टापूहरूका राजाहरूले कर तिरून् । शेबा र शेबाका राजहरूले उपहारहरू ल्याऊन् ।
וישתחוו לו כל מלכים כל גוים יעבדוהו׃ 11
वास्तवमा, सबै राजा उनको सामु घोप्‍टो परून् । सबै जातिहरूले तिनको सेवा गरून् ।
כי יציל אביון משוע ועני ואין עזר לו׃ 12
उनले पुकारा गर्ने दरिद्रलाई र अरू कुनै सहायक नभएका गरीबलाई सहायता गर्छन् ।
יחס על דל ואביון ונפשות אביונים יושיע׃ 13
उनले गरीब र दरिद्रहरूलाई दया गर्छन् र उनले दरिद्रहरूको जीवन बचाउँछन् ।
מתוך ומחמס יגאל נפשם וייקר דמם בעיניו׃ 14
उनले थिचोमिचो र हिंसाबाट तिनीहरूको जीवन बचाउँछन्, उनको दृष्‍टिमा तिनीहरूका रगत बहुमूल्य हुन्‍छ ।
ויחי ויתן לו מזהב שבא ויתפלל בעדו תמיד כל היום יברכנהו׃ 15
उनी जीवित रहून्! शेबाको सुन उनलाई दिइयोस् । मानिसहरूले उनको निम्ति सधैं प्रर्थना गरून् । परमेश्‍वरले उनलाई दिनभरि आशिष्‌ ‌‌देऊन् ।
יהי פסת בר בארץ בראש הרים ירעש כלבנון פריו ויציצו מעיר כעשב הארץ׃ 16
देशमा अन्‍नको प्रशस्‍त होस् । पहाड टुप्‍पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् ।
יהי שמו לעולם לפני שמש ינין שמו ויתברכו בו כל גוים יאשרוהו׃ 17
उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशोषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् ।
ברוך יהוה אלהים אלהי ישראל עשה נפלאות לבדו׃ 18
परमप्रभु परमेश्‍वर, इस्राएलको परमेश्‍वर धन्यको होऊन्, जसले मात्र अचम्‍मका कामहरू गर्नुहुन्छ ।
וברוך שם כבודו לעולם וימלא כבודו את כל הארץ אמן ואמן׃ 19
उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस् । आमेन र आमेन ।
כלו תפלות דוד בן ישי׃ 20
यिशैका छोरा दाऊदका प्रार्थनाहरू सकिएको छ ।

< תהילים 72 >