< תהילים 30 >

מזמור שיר חנכת הבית לדוד ארוממך יהוה כי דליתני ולא שמחת איבי לי׃ 1
हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्‍दित हुन दिनुभएको छैन ।
יהוה אלהי שועתי אליך ותרפאני׃ 2
हे परमप्रभु मेरो परमेश्‍वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।
יהוה העלית מן שאול נפשי חייתני מיורדי בור׃ (Sheol h7585) 3
हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्‍नुभएको छ । (Sheol h7585)
זמרו ליהוה חסידיו והודו לזכר קדשו׃ 4
हे परमप्रभुका विश्‍वासी मानिसहरू हो, उहाँको स्‍तुति गाओ । उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ ।
כי רגע באפו חיים ברצונו בערב ילין בכי ולבקר רנה׃ 5
किनकि उहाँको रिस क्षणभरको निम्ति मात्र हुन्‍छ । तर उहाँको कृपा जीवनभरिको निम्ति हो । रातको निम्ति रोदन आउँछ, तर बिहान आनन्द आउँछ ।
ואני אמרתי בשלוי בל אמוט לעולם׃ 6
दृढतामा मैले भनें, “म कदापि डग्‍नेछैन ।”
יהוה ברצונך העמדתה להררי עז הסתרת פניך הייתי נבהל׃ 7
हे परमप्रभु, आफ्‍नो कृपाले तपाईंले मलाई बलियो पहाडको रूपमा स्थापित गर्नुभयो । तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो, तब मलाई कष्‍ट पर्‍यो ।
אליך יהוה אקרא ואל אדני אתחנן׃ 8
हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें ।
מה בצע בדמי ברדתי אל שחת היודך עפר היגיד אמתך׃ 9
मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्‍यसले तपाईंको विश्‍वासनीयताको घोषणा गर्छ र?
שמע יהוה וחנני יהוה היה עזר לי׃ 10
हे परमप्रभु, सुन्‍नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।
הפכת מספדי למחול לי פתחת שקי ותאזרני שמחה׃ 11
तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ । तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ ।
למען יזמרך כבוד ולא ידם יהוה אלהי לעולם אודך׃ 12
त्यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चूप लाग्‍ने छैन । हे परमप्रभु मेरो परमेश्‍वर, सदासर्वदा म तपाईंलाई दन्यवाद दिनेछु ।

< תהילים 30 >