< תהילים 25 >

לדוד אליך יהוה נפשי אשא׃ 1
हे परमप्रभु, म आफ्‍नो जीवन तपाईंमा उचाल्छु ।
אלהי בך בטחתי אל אבושה אל יעלצו איבי לי׃ 2
हे परमेश्‍वर, म तपाईंमा भरोसा गर्छु । मलाई अपमानित हुन नदिनुहोस् । मेरा शत्रुहरू ममाथि विजयसाथ आनन्‍दित हुन नदिनुहोस् ।
גם כל קויך לא יבשו יבשו הבוגדים ריקם׃ 3
तपाईंमा आसा राख्‍ने कोही पनि अपमानित नहोस् । विनाकारण छली रूपले काम गर्नेहरू लज्‍जित होऊन्!
דרכיך יהוה הודיעני ארחותיך למדני׃ 4
हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस् । तपाईंका मार्गहरू मलाई सिकाउनुहोस् ।
הדריכני באמתך ולמדני כי אתה אלהי ישעי אותך קויתי כל היום׃ 5
मलाई तपाईंको सत्यतामा डोर्‍याउनुहोस् र मलाई सिकाउनुहोस् । किनकि तपाईं मेरो उद्धारको परमेश्‍वर हुनहुन्छ । म दिनभरि तपाईंमा नै आसा गर्छु ।
זכר רחמיך יהוה וחסדיך כי מעולם המה׃ 6
हे परमप्रभु, तपाईंका दयाका कामहरू र करारको विश्‍वस्तता सम्झनुहोस् । किनकि तिनीहरू सँधै अस्तित्वमा थिए ।
חטאות נעורי ופשעי אל תזכר כחסדך זכר לי אתה למען טובך יהוה׃ 7
मेरा जवानीका पापहरू वा मेरा विद्रोहको बारेमा विचार नगर्नुहोस् । हे परमप्रभु, तपाईंको भलाइको कारणले करारको विश्‍वस्ततामा मलाई सम्झनुहोस् ।
טוב וישר יהוה על כן יורה חטאים בדרך׃ 8
परमप्रभु असल र सोझो हुनुहुन्छ । यसकारण उहाँले पापीहरूलाई बाटो सिकाउनुहुन्छ ।
ידרך ענוים במשפט וילמד ענוים דרכו׃ 9
उहाँले नम्रहरूलाई ठिक कुरा सिकाउनुहुन्छ र उहाँले तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ ।
כל ארחות יהוה חסד ואמת לנצרי בריתו ועדתיו׃ 10
परमप्रभुका करार र उहाँका गहन आज्ञाहरू पालन गर्नेहरूका निम्ति उहाँका सबै मार्गहरू अटल प्रेम र विश्‍वस्‍तता हुन् ।
למען שמך יהוה וסלחת לעוני כי רב הוא׃ 11
हे परमप्रभु, तपाईंको नाउँको खातिर मेरो पाप क्षमा गर्नुहोस्, किनकि यो महान् छ ।
מי זה האיש ירא יהוה יורנו בדרך יבחר׃ 12
परमप्रभुको भय मान्‍ने मानिस को हो? त्यसले चुन्‍नुपर्ने मार्गमा परमप्रभुले त्यसलाई शिक्षा दिनुहुन्छ ।
נפשו בטוב תלין וזרעו יירש ארץ׃ 13
त्यसको जीवन भलाइमा बित्‍नेछ । त्यसका सन्तानहरूले देशको उत्तराधिकार पाउनेछन् ।
סוד יהוה ליראיו ובריתו להודיעם׃ 14
परमप्रभुको मित्रता उहाँलाई आदर गर्नेहरूका निम्ति हो, र उहाँले तिनीहरूलाई उहाँको करार प्रकट गर्नुहुनेछ ।
עיני תמיד אל יהוה כי הוא יוציא מרשת רגלי׃ 15
मेरा आँखाहरू सदासर्वदा परमप्रभुमाथि हुन्छन्, किनकि उहाँले मेरा खुट्टाहरूलाई जालबाट मुक्‍त गर्नुहुनेछ ।
פנה אלי וחנני כי יחיד ועני אני׃ 16
मतिर फर्कनुहोस् र मलाई दया गर्नुहोस् । किनकि म एक्‍लो र कष्‍टमा परेको छु ।
צרות לבבי הרחיבו ממצוקותי הוציאני׃ 17
मेरो हृदयका कष्‍टहरू ठुला भएका छन् । मेरो कष्‍टहरूबाट मलाई बाहिर तान्‍नुहोस् ।
ראה עניי ועמלי ושא לכל חטאותי׃ 18
मेरो कष्‍ट र मेरो परिश्रमहरू हेर्नुहोस् । मेरा सबै पाप क्षमा गर्नुहोस् ।
ראה אויבי כי רבו ושנאת חמס שנאוני׃ 19
मेरा शत्रुहरूलाई हेर्नुहोस्, किनकि तिनीहरू धेरै जना छन् । तिनीहरूले मलाई क्रूर घृणाले घृणा गर्छन् ।
שמרה נפשי והצילני אל אבוש כי חסיתי בך׃ 20
मेरो जीवनको रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस् । मलाई अपमानित हुन नदिनुहोस् किनकि मैले तपाईंमा शरण लिन्छु ।
תם וישר יצרוני כי קויתיך׃ 21
निष्ठा र इमानदारीले मलाई बचाओस्, किनकि म तपाईंमा आसा गर्छु ।
פדה אלהים את ישראל מכל צרותיו׃ 22
हे परमेश्‍वर, इस्राएललाई त्यसको सबै कष्‍टबाट बचाउनुहोस् ।

< תהילים 25 >