< תהילים 22 >

למנצח על אילת השחר מזמור לדוד אלי אלי למה עזבתני רחוק מישועתי דברי שאגתי׃ 1
हे परमेश्‍वर, हे परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको? तपाईं किन मलाई बचाउनबाट त्‍यति धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ?
אלהי אקרא יומם ולא תענה ולילה ולא דומיה לי׃ 2
हे मेरा परमेश्‍वर, दिनको समयमा म पुकारा गर्छु, तर तपाईंले जवाफ दिनुहुन्‍न र रातको समयमा पनि म शान्‍त छैन ।
ואתה קדוש יושב תהלות ישראל׃ 3
तापनि तपाईं पवित्र हुनुहुन्छ । इस्राएलको प्रशंसामा तपाईं राजाझैं विराजमान हुनुहुन्छ ।
בך בטחו אבתינו בטחו ותפלטמו׃ 4
हाम्रा पुर्खाहरूले तपाईंलाई भरोसा गरे । तिनीहरूले तपाईंमा भरोसा गरे र तपाईंले तिनीहरूलाई बचाउनुभयो ।
אליך זעקו ונמלטו בך בטחו ולא בושו׃ 5
तिनीहरूले तपाईंमा पुकारा गरे र तिनीहरूलाई बचाइयो । तिनीहरूले तपाईंमा भरोसा गरे र निराश भएनन् ।
ואנכי תולעת ולא איש חרפת אדם ובזוי עם׃ 6
म एउटा कीरा हुँ र मानिस होइन, मानिसहरूले अपमान गरेको र मानिसहरूद्वारा अवहेलित भएको छु ।
כל ראי ילעגו לי יפטירו בשפה יניעו ראש׃ 7
मलाई देख्‍ने सबैले मलाई गिज्याउँछन् । तिनीहरूले मेरो खिसी गर्छन् । तिनीहरूले मलाई हरेर आफ्‍नो टाउको हल्लाउँछन् ।
גל אל יהוה יפלטהו יצילהו כי חפץ בו׃ 8
तिनीहरू भन्छन्, “त्यसले परमप्रभुमा भरोसा गर्छ । परमप्रभुले नै त्यसलाई बचाऊन्, किनकि त्यो उहाँमा नै खुसी हुन्‍छ ।”
כי אתה גחי מבטן מבטיחי על שדי אמי׃ 9
तपाईंले मलाई गर्भबाट ल्याउनुभयो । मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो ।
עליך השלכתי מרחם מבטן אמי אלי אתה׃ 10
गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको छ । म आफ्‍नो आमाको गर्भमा हुँदादेखि नै तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ
אל תרחק ממני כי צרה קרובה כי אין עוזר׃ 11
मबाट टाढा नहुनुहोस्, किनकि कष्‍ट नजिकै छ । मलाई सहायता गर्ने कोही पनि छैन ।
סבבוני פרים רבים אבירי בשן כתרוני׃ 12
धेरै साँढेहरूले मलाई घेर्छन् । बाशानका बलिया साँढेहरूले मलाई घेर्छन् ।
פצו עלי פיהם אריה טרף ושאג׃ 13
गर्जने सिंहले आफ्नो शिकार च्यातेझैं, मेरो विरुद्धमा तिनीहरू आफ्‍ना मुख चौडा खोल्‍छन् ।
כמים נשפכתי והתפרדו כל עצמותי היה לבי כדונג נמס בתוך מעי׃ 14
पानीलाई झैं मलाई खन्याइँदैछ र सबै मेरा हाडहरूले ठाउँ छोडेका छन् । मेरो हृदय मैनझैं भएको छ । मेरो अन्तरकरणमा त्‍यो पग्लिन्छ ।
יבש כחרש כחי ולשוני מדבק מלקוחי ולעפר מות תשפתני׃ 15
माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।
כי סבבוני כלבים עדת מרעים הקיפוני כארי ידי ורגלי׃ 16
किनकि कुकुरहरूले मलाई घेरेका छन् । खराब गर्नेहरूको हुलले मलाई घेरा लगाएका छन् । तिनीहरूले मेरा हातहरू र खुट्टाहरू छेडेका छन् ।
אספר כל עצמותי המה יביטו יראו בי׃ 17
म आफ्‍ना सबै हाड गन्‍न सक्छु । तिनीहरू हेर्छन् र मलाई आँखा तर्छन् ।
יחלקו בגדי להם ועל לבושי יפילו גורל׃ 18
मेरो लुगा तिनीहरूले आपसमा बाँड्छन् । मेरो लुगाको निम्ति तिनीहरूले चिट्ठा हाल्छन् ।
ואתה יהוה אל תרחק אילותי לעזרתי חושה׃ 19
हे परमप्रभु, टाढा नहुनुहोस् । हे मेरो बल, मलाई सहायता गर्न चाँडो गर्नुहोस् ।
הצילה מחרב נפשי מיד כלב יחידתי׃ 20
मेरो प्राणलाई तरवरबाट र मेरो जीवनलाई जङ्गली कुकुरहरूका पञ्‍जाबाट बचाउनुहोस् ।
הושיעני מפי אריה ומקרני רמים עניתני׃ 21
मलाई सिंहको मुखबाट बचाउनुहोस् । जङ्गली साँढेहरूका सिङ्हरूबाट मलाई बचाउनुहोस् ।
אספרה שמך לאחי בתוך קהל אהללך׃ 22
तपाईंको नाउँ म आफ्‍ना भाइहरूलाई घोषणा गर्नेछु । सभाको माझमा म तपाईंको प्रशंसा गर्नेछु ।
יראי יהוה הללוהו כל זרע יעקב כבדוהו וגורו ממנו כל זרע ישראל׃ 23
तिमी जसले परमप्रभुको भय मान्‍छौ, उहाँको प्रशंसा गर । तिमी सबै याकूबका सन्तानहरू हो, उहाँको आदर गर । ए इस्राएलका सारा सन्तान हो, उहाँको भयमा खडा होओ ।
כי לא בזה ולא שקץ ענות עני ולא הסתיר פניו ממנו ובשועו אליו שמע׃ 24
कष्‍टमा परेका व्‍यक्‍तिको कष्‍टलाई उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन । तिनीबाट परमप्रभुले आफ्नो मुहार लुकाउनुभएको छैन । जब कष्‍टमा परेको व्‍यक्‍तिले उहाँमा पुकारा गरे, तब उहाँले सुन्‍नुभयो ।
מאתך תהלתי בקהל רב נדרי אשלם נגד יראיו׃ 25
तपाईंको कारणले म ठुलो सभामा प्रशंसा गाउनेछु । उहाँको भय मान्‍नेहरूका सामु म आफ्‍नो भाकल पुरा गर्नेछु ।
יאכלו ענוים וישבעו יהללו יהוה דרשיו יחי לבבכם לעד׃ 26
थिचोमिचोमा परेकाहरूले खानेछन् र तृप्‍त हुनेछन् । परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन् । तिमीहरूका हृदयहरू सदा जीवित रहून् ।
יזכרו וישבו אל יהוה כל אפסי ארץ וישתחוו לפניך כל משפחות גוים׃ 27
पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्‍टो पर्नेछन् ।
כי ליהוה המלוכה ומשל בגוים׃ 28
किनकि राज्य परमप्रभुकै हो । उहाँ नै जातिहरूका शासक हुनुहुन्छ ।
אכלו וישתחוו כל דשני ארץ לפניו יכרעו כל יורדי עפר ונפשו לא חיה׃ 29
पृथ्वीका सबै समृद्ध मानिसहरूले भोज गर्नेछन् र आराधना गर्नेछन् । धूलोमा झरिरहेका सबैले उहाँको सामु दण्डवत गर्नेछन्, जसले तिनीहरूको आफ्नो जीवनको रक्षा गर्न सक्दैनन् ।
זרע יעבדנו יספר לאדני לדור׃ 30
आउने पुस्ताले उहाँको सेवा गर्नेछ । तिनीहरूले अर्को पुस्तालाई परमप्रभुको बारेमा भन्‍नेछन् ।
יבאו ויגידו צדקתו לעם נולד כי עשה׃ 31
तिनीहरू आउनेछन् र उहाँको धार्मिकताको बारेमा भन्‍नेछन् । उहाँले जे गर्नुभएको छ सो तिनीहरूले अझै नजन्‍मेका मानिसहरूलाई भन्‍नेछन् ।

< תהילים 22 >