< תהילים 18 >

למנצח לעבד יהוה לדוד אשר דבר ליהוה את דברי השירה הזאת ביום הציל יהוה אותו מכף כל איביו ומיד שאול ויאמר ארחמך יהוה חזקי׃ 1
हे परमप्रभु, मेरो बल, म तपाईंलाई प्रेम गर्छु ।
יהוה סלעי ומצודתי ומפלטי אלי צורי אחסה בו מגני וקרן ישעי משגבי׃ 2
परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्‍वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्‍छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।
מהלל אקרא יהוה ומן איבי אושע׃ 3
म परमप्रभुलाई पुकारा गर्छु जो प्रशंसायोग्य हुनुहुन्छ र म आफ्‍ना शत्रुहरूबाट बाँच्‍नेछु ।
אפפוני חבלי מות ונחלי בליעל יבעתוני׃ 4
मृत्युका डोरीहरूले मलाई बाँधे र व्‍यर्थका छालहरूले मलाई व्याकुल बनाए ।
חבלי שאול סבבוני קדמוני מוקשי מות׃ (Sheol h7585) 5
चिहानका डोरीहरूले मलाई बाँधे । मृत्युको पासोले मलाई समात्‍यो । (Sheol h7585)
בצר לי אקרא יהוה ואל אלהי אשוע ישמע מהיכלו קולי ושועתי לפניו תבוא באזניו׃ 6
मेरो कष्‍टमा, मैले परमप्रभुमा पुकारा गरें । मैले सहायताको निम्ति मेरो परमेश्‍वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो । सहायताको निम्ति मेरो पुकारा उहाँको उपस्थितिमा गयो । यो उहाँको कानहरूभित्र गयो ।
ותגעש ותרעש הארץ ומוסדי הרים ירגזו ויתגעשו כי חרה לו׃ 7
तब पृथ्वी हल्लियो र काम्‍यो । पहाडहरूका जगहरू पनि कामे र हल्‍लिए किनभने परमेश्‍वर रिसाउनुभयो ।
עלה עשן באפו ואש מפיו תאכל גחלים בערו ממנו׃ 8
उहाँको नाकका प्वालहरूबाट धूँवा माथि गयो र उहाँको मुखबाट बल्दो आगो निस्केर आयो । यसले कोइलाहरू बाल्‍यो ।
ויט שמים וירד וערפל תחת רגליו׃ 9
उहाँले स्वर्ग खोल्नुभयो, र तल आउनुभयो र उहाँको पाउमुनि बाक्‍लो अध्याँरो थियो ।
וירכב על כרוב ויעף וידא על כנפי רוח׃ 10
उहाँ करूबमा चढ्नुभयो र उड्नुभयो । हावाको पखेटाहरूमा उहाँ सवार हुनुभयो ।
ישת חשך סתרו סביבותיו סכתו חשכת מים עבי שחקים׃ 11
अन्धकार र आकाशको बाक्‍लो बादललाई उहाँले आफ्‍नो वरिपरिको पाल बनाउनुभयो ।
מנגה נגדו עביו עברו ברד וגחלי אש׃ 12
उहाँको सामु बिजुलीबाट असिना र आगोका भुङ्ग्रोहरू झरे ।
וירעם בשמים יהוה ועליון יתן קלו ברד וגחלי אש׃ 13
परमप्रभु स्वर्गबाट गर्जनुभयो । सर्वोच्‍चको आवाजले कराउनुयो ।
וישלח חציו ויפיצם וברקים רב ויהמם׃ 14
उहाँले आफ्ना वाणहरू प्रहार गर्नुभयो र आफ्‍ना शत्रुहरूलाई तितरबितर पार्नुभयो । धेरै चट्याङहरूले तिनीहरूलाई तितरबितर पारे ।
ויראו אפיקי מים ויגלו מוסדות תבל מגערתך יהוה מנשמת רוח אפך׃ 15
तब पानीका धारहरू देखा परे । हे परमप्रभु, तपाईंको हप्‍की र तपाईंको नाकको प्वालहरूका सासको विष्फोटले संसारका जगहरू उदाङ्गो पारिए ।
ישלח ממרום יקחני ימשני ממים רבים׃ 16
उहाँले माथिबाट हात पसार्नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लंदो पानीबाट बाहिर निकाल्नुभयो ।
יצילני מאיבי עז ומשנאי כי אמצו ממני׃ 17
मेरो बलियो शत्रुबाट, मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति अति बलिया थिए ।
יקדמוני ביום אידי ויהי יהוה למשען לי׃ 18
मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्ध आए तर परमप्रभु नै मेरो सहारा हुनुभयो ।
ויוציאני למרחב יחלצני כי חפץ בי׃ 19
उहाँले मलाई फराकिलो ठाउँमा स्‍वतन्‍त्र राख्‍नुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग खुसी हुनुभयो ।
יגמלני יהוה כצדקי כבר ידי ישיב לי׃ 20
मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई इनाम दिनुभएको छ । उहाँले मलाई पुनर्स्थापना गर्नुभएको छ किनभने मेरा हातहरू शुद्ध थिए ।
כי שמרתי דרכי יהוה ולא רשעתי מאלהי׃ 21
किनकि मैले परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट दुष्‍टतासाथ फर्केको छैन ।
כי כל משפטיו לנגדי וחקתיו לא אסיר מני׃ 22
किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँको नियमहरूको बारेमा, तिबाट म भड्केको छैन ।
ואהי תמים עמו ואשתמר מעוני׃ 23
उहाँको सामु म निर्दोष भएको छु र मैले आफूलाई पापबाट अलग राखेको छु ।
וישב יהוה לי כצדקי כבר ידי לנגד עיניו׃ 24
यसकारण मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई पुनर्स्थापना गर्नुभएको छ, किनभने मेरा हातहरू उहाँको आँखाका समु शुद्ध थिए ।
עם חסיד תתחסד עם גבר תמים תתמם׃ 25
कुनै पनि विश्‍वासीलाई तपाईं आफै विश्‍वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिसलाई तपाईं आफै निर्दोष प्रकट गर्नुहुन्छ ।
עם נבר תתברר ועם עקש תתפתל׃ 26
कुनै पनि शुद्ध व्‍यक्‍तिलाई तपाईं आफै शुद्ध प्रकट गर्नुहुन्छ । तर कुनै पनि बाङ्गो व्‍यक्‍तिलाई तपाईं आफै चलाख प्रकट गर्नुहुन्छ ।
כי אתה עם עני תושיע ועינים רמות תשפיל׃ 27
किनकि तपाईंले कष्‍टमा परेकाहरूलाई बचाउनुहुन्छ तर घमण्डी, अहङ्कारी आँखालाई तपाईंले तल झार्नुहुन्छ ।
כי אתה תאיר נרי יהוה אלהי יגיה חשכי׃ 28
तपाईंले मेरो बत्तिलाई प्रकाश दिनुहुन्छ । परमप्रभु मेरा परमेश्‍वरले मेरो अन्धकारलाई उज्यालो पार्नुहुन्छ ।
כי בך ארץ גדוד ובאלהי אדלג שור׃ 29
किनकि तपाईंद्वारा नै म बाधालाई नाघ्‍न सक्छु । मेरा परमेश्‍वरद्वारा नै म पर्खाल नाध्‍न सक्छु ।
האל תמים דרכו אמרת יהוה צרופה מגן הוא לכל החסים בו׃ 30
परमेश्‍वरको बारेमा, उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ ।
כי מי אלוה מבלעדי יהוה ומי צור זולתי אלהינו׃ 31
किनकि परमप्रभुबाहेक को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक को चट्टान छ र?
האל המאזרני חיל ויתן תמים דרכי׃ 32
कम्मर पेटीझैं परमेश्‍वरले नै मलाई बल दिनुहुन्छ, जसले निर्दोष व्‍यक्‍तिलाई आफ्नो मार्गमा राख्‍नुहुन्छ ।
משוה רגלי כאילות ועל במתי יעמידני׃ 33
उहाँले मेरा खुट्टाहरूलाई हरिणको जस्तै तेज बनाउनुहुन्छ र मलाई उच्‍च ठाउँहरूमा राख्‍नुहुन्छ ।
מלמד ידי למלחמה ונחתה קשת נחושה זרועתי׃ 34
युद्धको निम्ति उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ र मेरा पाखुराहरूले काँसाको धनु झुकाउँछन् ।
ותתן לי מגן ישעך וימינך תסעדני וענותך תרבני׃ 35
तपाईंले मलाई आफ्‍नो उद्धारको ढाल दिनुभएको छ । तपाईंको दाहिने हातले मलाई सहायता गरेको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।
תרחיב צעדי תחתי ולא מעדו קרסלי׃ 36
तपाईंले मेरो तल मेरो खुट्टाहरूलाई ठाउँ फराकिलो पार्नुभएको छ ताकि मेरा खुट्टाहरू चिप्‍लेका छैनन् ।
ארדוף אויבי ואשיגם ולא אשוב עד כלותם׃ 37
मैले आफ्‍ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई समातें । तिनीहरू नाश नभएसम्म म फर्किनँ ।
אמחצם ולא יכלו קום יפלו תחת רגלי׃ 38
मैले तिनीहरूलाई टुक्रा-टुक्रा पारें ताकि तिनीहरू उठ्न सकेनन् । तिनीहरू मेरा खुट्टाहरूमुनि ढलेका छन् ।
ותאזרני חיל למלחמה תכריע קמי תחתי׃ 39
किनकि युद्धको निम्‍ति कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा पार्नुभयो ।
ואיבי נתתה לי ערף ומשנאי אצמיתם׃ 40
मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें ।
ישועו ואין מושיע על יהוה ולא ענם׃ 41
तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन । तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।
ואשחקם כעפר על פני רוח כטיט חוצות אריקם׃ 42
हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें । गल्‍लीमा हिलोझैं मैले तिनीहरूलाई फालें ।
תפלטני מריבי עם תשימני לראש גוים עם לא ידעתי יעבדוני׃ 43
मानिसहरूका विवादबाट तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ । मैले नचिनेका मानिसहरूले मेरो सेवा गर्छन् ।
לשמע אזן ישמעו לי בני נכר יכחשו לי׃ 44
तिनीहरूले मेरा कुरा सुन्‍ने बित्तिकै, तिनीहरूले मेरा आज्ञा पालन गरे । विदेशीहरू मेरो सामु झुक्‍न बाध्य भए ।
בני נכר יבלו ויחרגו ממסגרותיהם׃ 45
विदेशीहरू आफ्‍ना किल्लाहरूबाट थरथर कम्दै बाहिर आए ।
חי יהוה וברוך צורי וירום אלוהי ישעי׃ 46
परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो उद्धारका परमेश्‍वरलाई उच्‍च पारियोस् ।
האל הנותן נקמות לי וידבר עמים תחתי׃ 47
मेरो निम्ति बदला लिनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ, जसले जातिहरूलाई मेरो वशमा पार्नुहुन्छ ।
מפלטי מאיבי אף מן קמי תרוממני מאיש חמס תצילני׃ 48
मेरा शत्रहरूबाट म मुक्‍त पारिएको छु । वास्तवमा, मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो । हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो ।
על כן אודך בגוים יהוה ולשמך אזמרה׃ 49
यसकारण, हे परमप्रभु, म तपाईंलाई जातिहरूको माझमा धन्यवाद दिनेछु । तपाईंको नाउँमा प्रशंसा म गाउनेछु ।
מגדל ישועות מלכו ועשה חסד למשיחו לדוד ולזרעו עד עולם׃ 50
परमेश्‍वरले आफ्नो राजालाई महान् विजय दिनुहुन्छ र उहाँले आफ्नो करारको विश्‍वस्‍तता आफ्नो अभिषिक्‍त जन, दाऊद र तिनका सन्तानहरूलाई सदासर्वदा प्रकट गर्नुहुन्छ ।

< תהילים 18 >