< תהילים 115 >

לא לנו יהוה לא לנו כי לשמך תן כבוד על חסדך על אמתך׃ 1
हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करारको विश्‍वस्‍तता र तपाईंको सत्‍यताको खातिर तपाईंको नाउँको महिमा होस् ।
למה יאמרו הגוים איה נא אלהיהם׃ 2
जातिहरूले किन यसो भन्‍ने, “तिनीहरूका परमेश्‍वर कहाँ छ?”
ואלהינו בשמים כל אשר חפץ עשה׃ 3
हाम्रा परमेश्‍वर स्वर्गमा हुनुहुन्छ । उहाँले जे इच्‍छा गर्नुहुन्छ त्यही उहाँले गर्नुहुन्छ ।
עצביהם כסף וזהב מעשה ידי אדם׃ 4
जातिहरूको मूर्तीहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन् ।
פה להם ולא ידברו עינים להם ולא יראו׃ 5
ती मूर्तीहरूका मुखहरू छन्, तर ती बोल्दैनन् । तिनीहरूका आँखाहरू छन्, तर तिनले देख्‍दैनन् ।
אזנים להם ולא ישמעו אף להם ולא יריחון׃ 6
तिनीहरूका कानहरू छन्, तर तिनले सुन्दैनन् । तिनीहरूका नाकहरू छन्, तर तिनले सुँघ्दैनन् ।
ידיהם ולא ימישון רגליהם ולא יהלכו לא יהגו בגרונם׃ 7
ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्‍ना मुखबाट बोल्‍न सक्‍छन् ।
כמוהם יהיו עשיהם כל אשר בטח בהם׃ 8
तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्‍यक्‍ति त्‍यस्तै हुन्‍छ ।
ישראל בטח ביהוה עזרם ומגנם הוא׃ 9
ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।
בית אהרן בטחו ביהוה עזרם ומגנם הוא׃ 10
ए हारूनका घराना, परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।
יראי יהוה בטחו ביהוה עזרם ומגנם הוא׃ 11
तिमीहरू जसले परमप्रभुलाई आदर गर्छौ उहाँमा भरोसा गर । उहाँ तिमीहरूका सहायता र ढाल हुनुहुन्छ ।
יהוה זכרנו יברך יברך את בית ישראל יברך את בית אהרן׃ 12
परमप्रभुले हामीलाई ध्‍यान दिनुहुन्छ र हामीलाई आशिष्‌ ‌‌दिनुहुन्छ । उहाँले इस्राएलका घरानालाई आशिष्‌ ‌‌दिनुहुनेछ । उहाँले हारूनका घरानालाई आशिष्‌ ‌‌दिनुहुनेछ ।
יברך יראי יהוה הקטנים עם הגדלים׃ 13
उहाँलाई आदर गर्नेहरू, जवान र वृद्ध दुवैलाई उहाँले आशिष्‌ ‌‌दिनुहुनेछ ।
יסף יהוה עליכם עליכם ועל בניכם׃ 14
परमप्रभुले, तिमीहरूलाई, अर्थात् तिमीहरू र तिमीहरूका सन्तानहरूका सङ्‍ख्या धेरै वृद्धि गरून् ।
ברוכים אתם ליהוה עשה שמים וארץ׃ 15
परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
השמים שמים ליהוה והארץ נתן לבני אדם׃ 16
स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ ।
לא המתים יהללו יה ולא כל ירדי דומה׃ 17
मृतहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, न त तल शान्‍तमा जाने कसैले गर्नेछ ।
ואנחנו נברך יה מעתה ועד עולם הללו יה׃ 18
तर हामी परमप्रभुलाई अहिले र सदासर्वदा धन्‍यवाद दिनेछौं । परमप्रभुको प्रशंसा गर ।

< תהילים 115 >