< מִשְׁלֵי 27 >

אל תתהלל ביום מחר כי לא תדע מה ילד יום׃ 1
भोलीको विषयमा घमण्ड नगर्, किनकि एकै दिनमा के आइपर्छ भनी तँलाई थाहा छैन ।
יהללך זר ולא פיך נכרי ואל שפתיך׃ 2
कसैले तेरो प्रशंसा गरोस्, तेरै आफ्नै मुखले होइन; परदेशीले गरोस्, तेरो ओठले होइन ।
כבד אבן ונטל החול וכעס אויל כבד משניהם׃ 3
ढुङ्गाको बोझ र बालुवाको ओजनलाई विचार गर् । मूर्खको चिढ्याइ ती दुवैभन्दा गरुङ्गो हुन्छ ।
אכזריות חמה ושטף אף ומי יעמד לפני קנאה׃ 4
झोँकको क्रोध र रिसको बाढी छ, तर डाहको सामु को खडा हुन सक्छ र?
טובה תוכחת מגלה מאהבה מסתרת׃ 5
गुप्‍त प्रेमभन्दा खुला हप्की बेस हो ।
נאמנים פצעי אוהב ונעתרות נשיקות שונא׃ 6
मित्रले दिएको चोट पत्यारलाग्दो हुन्छ, तर शत्रुले तँलाई प्रचुर मात्रामा चुम्बन गर्न सक्छ ।
נפש שבעה תבוס נפת ונפש רעבה כל מר מתוק׃ 7
पेटभरि खाएको मानिसले महको चाकालाई पनि इन्कार गर्छ, तर भोकाएको व्यक्तिलाई हरेक तितो कुरो मिठो लाग्छ ।
כצפור נודדת מן קנה כן איש נודד ממקומו׃ 8
आफ्नो गुँडबाट भट्किएर निस्केको चरा आफ्नो बासस्थानबाट बरालिएको मानिसझैँ हुन्छ ।
שמן וקטרת ישמח לב ומתק רעהו מעצת נפש׃ 9
अत्तर र धूपले हृदयलाई आनन्द दिन्छ, तर मित्रको मिठास उसको इमानदार सल्लाहबाट आउँछ ।
רעך ורעה אביך אל תעזב ובית אחיך אל תבוא ביום אידך טוב שכן קרוב מאח רחוק׃ 10
आफ्नो मित्र र मित्रको बुबालाई नत्याग्, अनि तेरो विपत्तिको दिनमा तेरो भाइको घरमा नजा । टाढाको भाइभन्दा नजिकको छिमेकी उत्तम हुन्छ ।
חכם בני ושמח לבי ואשיבה חרפי דבר׃ 11
हे मेरो छोरो, बुद्धिमान हो, र मेरो हृदयलाई आनन्दित तुल्या । तब मेरो खिल्ली उडाउनेलाई म जवाफ दिने छु ।
ערום ראה רעה נסתר פתאים עברו נענשו׃ 12
विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।
קח בגדו כי ערב זר ובעד נכריה חבלהו׃ 13
परदेशीको जमानी बस्‍नेको खास्टो पनि खोस्‍नू, र त्यसले अनैतिक स्‍त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्‍नू ।
מברך רעהו בקול גדול בבקר השכים קללה תחשב לו׃ 14
कसैले आफ्नो छिमेकीलाई बिहान सबेरै चर्को सोरमा आशिष् दिन्छ भने, त्यो आशिष्‌लाई श्राप ठानिन्छ ।
דלף טורד ביום סגריר ואשת מדונים נשתוה׃ 15
झगडालु पत्‍नी वर्षाको समयमा एकहोरो तपतप चुहुने झरीजस्तै हो ।
צפניה צפן רוח ושמן ימינו יקרא׃ 16
त्यसलाई नियन्त्रण गर्नु बतासलाई नियन्त्रण गर्नुझैँ हो वा दाहिने हातमा तेललाई समात्‍नुझैँ हो ।
ברזל בברזל יחד ואיש יחד פני רעהו׃ 17
फलामले फलामलाई उध्याउँछ । त्यसै गरी, मानिसले आफ्नो मित्रलाई उध्याउँछ ।
נצר תאנה יאכל פריה ושמר אדניו יכבד׃ 18
अञ्‍जीरको रुख गोडमेल गर्नेले यसको फल खाने छ, र आफ्नो गुरुको रक्षा गर्नेले आदर पाउँछ ।
כמים הפנים לפנים כן לב האדם לאדם׃ 19
जसरी पानीले मानिसको अनुहार प्रतिबिम्बित गर्छ, त्यसै गरी मानिसको हृदयले उसको प्रतिबिम्बित गर्छ ।
שאול ואבדה לא תשבענה ועיני האדם לא תשבענה׃ (Sheol h7585) 20
जसरी पाताल र एब्बाड्‍डोन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, त्यसै गरी मानिसका आँखा कहिल्यै सन्तुष्‍ट हुँदैनन् । (Sheol h7585)
מצרף לכסף וכור לזהב ואיש לפי מהללו׃ 21
चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, अनि मानिसको प्रशंसा हुँदा त्यसको जाँच हुन्छ ।
אם תכתוש את האויל במכתש בתוך הריפות בעלי לא תסור מעליו אולתו׃ 22
मूर्खलाई खलमा वा अन्‍नलाई झैँ जाँतोमा हालेर पिँधे तापनि त्यसको मूर्खता त्यसबाट हट्ने छैन ।
ידע תדע פני צאנך שית לבך לעדרים׃ 23
तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे ।
כי לא לעולם חסן ואם נזר לדור דור׃ 24
किनकि धन-सम्पत्ति सदाको लागि होइन । के मुकुट सबै पुस्ताभरि रहन्छ र?
גלה חציר ונראה דשא ונאספו עשבות הרים׃ 25
पराल कहिले हटाइन्छ र नयाँ पालुवा कहिले पलाउँछ अनि डाँडापाखाबाट घाँस कहिले बटुलिन्छ भनी तँलाई थाहा हुनुपर्छ ।
כבשים ללבושך ומחיר שדה עתודים׃ 26
ती भेडाहरूले तेरो वस्‍त्र जुटाउने छन्, र बाख्राहरूले खेतको मूल्य जुटाउने छन् ।
ודי חלב עזים ללחמך ללחם ביתך וחיים לנערותיך׃ 27
तँ र तेरो घरानाको भोजनको लागि बाख्रीको दूध उपलब्ध हुने छ र त्यो तेरा नोकर्नीहरूलाई पोषण हुने छ ।

< מִשְׁלֵי 27 >