< מִשְׁלֵי 24 >

אל תקנא באנשי רעה ואל תתאו להיות אתם׃ 1
खराब मानिसहरूको लालच नगर्, न त तिनीहरूसित सङ्गत गर्ने चाहना राख् ।
כי שד יהגה לבם ועמל שפתיהם תדברנה׃ 2
किनभने तिनीहरूको हृदयले हिंसाको षड्यन्त्र रच्छ, र तिनीहरूको ओठले कष्‍टबारे कुराकानी गर्छ ।
בחכמה יבנה בית ובתבונה יתכונן׃ 3
बुद्धिद्वारा घर निर्माण गरिन्छ, र समझशक्तिद्वारा यसलाई स्थापित गरिन्छ ।
ובדעת חדרים ימלאו כל הון יקר ונעים׃ 4
ज्ञानद्वारा सारा बहुमूल्य र उत्कृष्‍ट थोकहरूले कोठाहरू भरिन्छन् ।
גבר חכם בעוז ואיש דעת מאמץ כח׃ 5
बुद्धिमान् योद्धा बलियो हुन्छ, र ज्ञानी मानिसले आफ्नो शक्ति बढाउँछ ।
כי בתחבלות תעשה לך מלחמה ותשועה ברב יועץ׃ 6
किनभने बुद्धिमानी निर्देशनद्वारा तैँले आफ्नो युद्ध लड्न सक्छस्, र धेरै परामर्शदाताहरूद्वारा विजय हासिल गरिन्छ ।
ראמות לאויל חכמות בשער לא יפתח פיהו׃ 7
मूर्खको लागि बुद्धि अति उच्‍च हुन्छ । ढोकामा त्यसले आफ्नो मुख खोल्दैन ।
מחשב להרע לו בעל מזמות יקראו׃ 8
खराबी गर्न योजनाहरू बनाउने एउटा छ जसलाई मानिसहरू “षड्यन्त्रकारीको गुरु” भन्छन् ।
זמת אולת חטאת ותועבת לאדם לץ׃ 9
मूर्ख योजना पाप हो, र मानिसहरूले खिल्ली उडाउनेलाई तुच्छ ठान्छन् ।
התרפית ביום צרה צר כחכה׃ 10
कष्‍टको दिनमा तँ डरले कमजोर भइस् भने तेरो शक्ति क्षीण हुने छ ।
הצל לקחים למות ומטים להרג אם תחשוך׃ 11
मृत्युको लागि लगिँदै गरेकाहरूलाई छुटकारा दे, र मारिनका लागि ढुनमुनिएकाहरूलाई बचा ।
כי תאמר הן לא ידענו זה הלא תכן לבות הוא יבין ונצר נפשך הוא ידע והשיב לאדם כפעלו׃ 12
“हामीलाई यस विषयमा केही थाहा थिएन,” भनी तैँले भनिस् भने के हृदयको जाँच गर्नुहुनेले तैँले भनिरहेको कुरालाई बुझ्नुहुन्‍न र? तेरो जीवनको रखवाली गर्नुहुनेलाई के यो कुरा थाहा छैन र? के परमेश्‍वरले हरेकलाई त्यसको प्रतिफलअनुसार दिनुहुन्‍न र?
אכל בני דבש כי טוב ונפת מתוק על חכך׃ 13
हे मेरो छोरो, मह खा, किनकि यो गुलियो हुन्छ, किनकि महको चाकाबाटको महको स्वाद तँलाई गुलियो हुन्छ ।
כן דעה חכמה לנפשך אם מצאת ויש אחרית ותקותך לא תכרת׃ 14
तेरो प्राणको लागि बुद्धि यही होः तैँले यसलाई भेट्टाइस् भने तेरो भविष्य सुन्दर हुने छ, र तेरो आशा निराश हुने छैन ।
אל תארב רשע לנוה צדיק אל תשדד רבצו׃ 15
धर्मात्माको घरमाथि आक्रमण गर्ने दुष्‍ट मानिसजस्तै ढुकेर नबस् । त्यसको घर नभत्का ।
כי שבע יפול צדיק וקם ורשעים יכשלו ברעה׃ 16
किनकि धर्मात्मा सात पटक लोट्छ र फेरि उठ्छ, तर दुष्‍ट मानिसहरू विपत्तिद्वारा तल खसालिन्छन् ।
בנפל אויביך אל תשמח ובכשלו אל יגל לבך׃ 17
तेरो शत्रुको पतन हुँदा उत्सव नमना, र त्यसले ठक्‍कर खाँदा तेरो हृदयलाई प्रसन्‍न हुन नदे ।
פן יראה יהוה ורע בעיניו והשיב מעליו אפו׃ 18
नत्रता परमप्रभुले देख्‍नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ ।
אל תתחר במרעים אל תקנא ברשעים׃ 19
खराबी गर्नेहरूको कारण चिन्ता नमान्, र दुष्‍ट मानिसहरूको ईर्ष्या नगर् ।
כי לא תהיה אחרית לרע נר רשעים ידעך׃ 20
किनभने दुष्‍ट मानिसको कुनै भविष्य छैन, र दुष्‍ट मानिसको बत्ती निभाइने छ ।
ירא את יהוה בני ומלך עם שונים אל תתערב׃ 21
हे मेरो छोरो, परमप्रभुको भय मान्, र राजादेखि डरा । तिनीहरूको विरुद्धमा लाग्‍नेहरूको सङ्गत नगर् ।
כי פתאם יקום אידם ופיד שניהם מי יודע׃ 22
किनभने उहाँहरूको विपत्ति अकस्मात आइपर्ने छ, र उहाँहरू दुवैबाट आउने विनाशको मात्रा कसलाई थाहा छ र?
גם אלה לחכמים הכר פנים במשפט בל טוב׃ 23
यी पनि बुद्धिमान्‌का नीति-वचनहरू हुन् । मुद्दाको न्यायमा पक्षपात गर्नु राम्रो होइन ।
אמר לרשע צדיק אתה יקבהו עמים יזעמוהו לאמים׃ 24
दुष्‍ट मानिसलाई “तिमी धर्मात्मा हौ,” भनी भन्‍ने कुनै पनि व्यक्ति मानिसहरूद्वारा श्रापित हुने छ, र जाति-जातिहरूद्वारा घृणित हुने छ ।
ולמוכיחים ינעם ועליהם תבוא ברכת טוב׃ 25
तर दुष्‍टलाई अनुशासनमा राख्‍नेहरू आनन्दित हुने छन्, र तिनीहरूमा भलाइका उपहारहरू आउने छन् ।
שפתים ישק משיב דברים נכחים׃ 26
इमानदार जवाफ दिनेले ओठमा चुम्बन दिन्छ ।
הכן בחוץ מלאכתך ועתדה בשדה לך אחר ובנית ביתך׃ 27
तेरो बाहिरको काम तयार गर्, र खेतबारीमा गरिने हरेक काम तँ आफैले तयार राख् । त्यसपछि तेरो घर बना ।
אל תהי עד חנם ברעך והפתית בשפתיך׃ 28
विनाकारण तेरो छिमेकीको विरुद्धमा साक्षी नबन्, र तेरो ओठले छल्ने काम नगर् ।
אל תאמר כאשר עשה לי כן אעשה לו אשיב לאיש כפעלו׃ 29
यसो नभन्, “त्यसले मलाई गरेजस्तै म त्यसलाई गर्ने छु । त्यसले मलाई गरेको साटो म लिने छु ।”
על שדה איש עצל עברתי ועל כרם אדם חסר לב׃ 30
म अल्छे मानिसको खेतनेरबाट गएँ, बेसमझ मानिसको दाखबारीबाट भएर गएँ ।
והנה עלה כלו קמשנים כסו פניו חרלים וגדר אבניו נהרסה׃ 31
जताततै काँढाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकिएको थियो, र यसको ढुङ्गाको पर्खाल तोडिएको थियो ।
ואחזה אנכי אשית לבי ראיתי לקחתי מוסר׃ 32
तब मैले देखेका कुरामा मैले विचार गरेँ । मैले हेरेँ र अर्ती प्राप्‍त गरेँ ।
מעט שנות מעט תנומות מעט חבק ידים לשכב׃ 33
क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले
ובא מתהלך רישך ומחסריך כאיש מגן׃ 34
गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।

< מִשְׁלֵי 24 >