< מִשְׁלֵי 17 >

טוב פת חרבה ושלוה בה מבית מלא זבחי ריב׃ 1
कलहले भरिएको घरमा भोज खानुभन्दा शान्तिसाथ रोटीको सुक्खा टुक्रा खानु उत्तम हो ।
עבד משכיל ימשל בבן מביש ובתוך אחים יחלק נחלה׃ 2
बुद्धिमान् नोकरले लाजमर्दो गरी काम गर्ने छोरोमाथि शासन जमाउँछ, र दाजुभाइ सरह नै पैतृक-सम्पत्ति पाउने छ ।
מצרף לכסף וכור לזהב ובחן לבות יהוה׃ 3
चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, तर परमप्रभुले नै हृदय जाँच गर्नुहुन्छ ।
מרע מקשיב על שפת און שקר מזין על לשון הות׃ 4
खराब काम गर्नेले दुष्‍टको ओठमा ध्यान दिन्छ । झुट बोल्नेले विनाशक जिब्रोमा कान लगाउँछ ।
לעג לרש חרף עשהו שמח לאיד לא ינקה׃ 5
गरिबलाई गिल्ला गर्नेले आफ्नो सृष्‍टिकर्ताको अपमान गर्छ, र अर्काको विपत्तिमा रमाउनेचाहिँ दण्डविना उम्कने छैन ।
עטרת זקנים בני בנים ותפארת בנים אבותם׃ 6
नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् ।
לא נאוה לנבל שפת יתר אף כי לנדיב שפת שקר׃ 7
सिपालु बोलीवचन मूर्खलाई सुहाउँदैन । शासकको लागि झुट बोल्ने ओठ झन कति असुहाउँदो हुन्छ!
אבן חן השחד בעיני בעליו אל כל אשר יפנה ישכיל׃ 8
घुस दिनेको लागि यो टुनाजस्तै हो । त्यो जहाँ गए तापनि सफल हुन्छ ।
מכסה פשע מבקש אהבה ושנה בדבר מפריד אלוף׃ 9
चित्त दुखाइलाई बेवास्ता गर्नेले प्रेमको खोजी गर्छ, तर विषयलाई दोहोर्‍याउनेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ ।
תחת גערה במבין מהכות כסיל מאה׃ 10
मूर्खलाई सय कोर्रा प्रहार गर्नुभन्दा बरु समझशक्ति भएको व्यक्तिलाई एउटा हप्की काफी हुन्छ ।
אך מרי יבקש רע ומלאך אכזרי ישלח בו׃ 11
दुष्‍ट व्यक्तिले केवल विद्रोहको खोजी गर्दछ । त्यसैले त्यसको विरुद्धमा क्रुर दूत पठाइन्छ ।
פגוש דב שכול באיש ואל כסיל באולתו׃ 12
मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा बरु बच्‍चा खोसिएको भालुसित भेट गर्नु उत्तम हुन्छ ।
משיב רעה תחת טובה לא תמיש רעה מביתו׃ 13
जसले भलाइको साटो खराबी गर्छ, खराबीले त्यसको घर कहिल्यै छोड्ने छैन ।
פוטר מים ראשית מדון ולפני התגלע הריב נטוש׃ 14
द्वन्द्वको सुरुआत सर्वत्र पानी फैलनुजस्तै हो । त्यसैले विवाद चर्किनुअगि नै त्यहाँबाट हिँडिहाल ।
מצדיק רשע ומרשיע צדיק תועבת יהוה גם שניהם׃ 15
दुष्‍ट मानिसलाई निर्दोष ठहराउने व्यक्ति र धर्मी मानिसलाई दण्ड दिने व्यक्ति दुवै नै परमप्रभुको लागि घृणित छन् ।
למה זה מחיר ביד כסיל לקנות חכמה ולב אין׃ 16
बुद्धिको विषयमा सिक्‍न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्‍ने कुनै क्षमता नै छैन?
בכל עת אהב הרע ואח לצרה יולד׃ 17
मित्रले हर समय प्रेम गरिरहन्छ, र दाजुभाइचाहिँ कष्‍टको समयको लागि जन्मेका हुन्छन् ।
אדם חסר לב תוקע כף ערב ערבה לפני רעהו׃ 18
बेसमझको मानिसले वाचा बाँध्च, र आफ्नो छिमेकीको ऋणप्रति जिम्मेवार बन्छ ।
אהב פשע אהב מצה מגביה פתחו מבקש שבר׃ 19
द्वन्द्वलाई प्रेम गर्नेले पापलाई प्रेम गर्छ । आफ्नो ढोकाको सङ्घार अति अग्लो बनाउनेले हड्‍डी भँचाउने छ ।
עקש לב לא ימצא טוב ונהפך בלשונו יפול ברעה׃ 20
कुटिल हृदय भएको मानिसले कुनै असल कुरो पाउँदैन । छली जिब्रो भएको मानिस विपत्तिमा पर्छ ।
ילד כסיל לתוגה לו ולא ישמח אבי נבל׃ 21
जो मूर्खको बुबाआमा, तिनीहरूले आफैमा शोक ल्याउँछन्, र मूर्खको बुबामा कुनै आनन्द हुँदैन ।
לב שמח ייטב גהה ורוח נכאה תיבש גרם׃ 22
आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्‍डीहरूलाई सुकाउँछ ।
שחד מחיק רשע יקח להטות ארחות משפט׃ 23
न्यायको मार्गलाई बङ्ग्याउन दुष्‍ट मानिसले गुप्‍त घुसलाई स्वीकार गर्छ ।
את פני מבין חכמה ועיני כסיל בקצה ארץ׃ 24
समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।
כעס לאביו בן כסיל וממר ליולדתו׃ 25
मूर्ख छोरो आफ्नो बुबाको लागि शोक हो, र त्यसलाई जन्माउने आमाको लागि तिक्तता हो ।
גם ענוש לצדיק לא טוב להכות נדיבים על ישר׃ 26
धर्मात्मालाई दण्ड दिनु कहिल्यै असल हुँदैन, न त निष्‍ठा भएका कुलीन मानिसहरूलाई कोर्रा लगाउनु असल हुन्छ ।
חושך אמריו יודע דעת וקר רוח איש תבונה׃ 27
ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ ।
גם אויל מחריש חכם יחשב אטם שפתיו נבון׃ 28
चुप लागेमा मूर्खलाई पनि बुद्धिमान् ठानिन्छ । त्यसले आफ्नो मुख बन्द गर्दा त्यसलाई विवेकी मानिन्छ ।

< מִשְׁלֵי 17 >