< מִשְׁלֵי 14 >

חכמות נשים בנתה ביתה ואולת בידיה תהרסנו׃ 1
बुद्धिमान् स्‍त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्‍त्रीले आफ्नै हातले त्यो भत्काउँछे ।
הולך בישרו ירא יהוה ונלוז דרכיו בוזהו׃ 2
सोझो भएर हिँड्नेले परमप्रभुको भय मान्छ, तर आफ्ना चालहरूमा बेइमान व्यक्तिले उहाँलाई तुच्छ ठान्छ ।
בפי אויל חטר גאוה ושפתי חכמים תשמורם׃ 3
मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्‌को ओठले त्यसको रक्षा गर्छ ।
באין אלפים אבוס בר ורב תבואות בכח שור׃ 4
गाईवस्तु नभएको ठाउँमा भकारी खाली हुन्छ, तर गोरुको बलद्वारा प्रशस्त फसलको कटनी हुन सक्छ ।
עד אמונים לא יכזב ויפיח כזבים עד שקר׃ 5
विश्‍वासयोग्य साक्षीले झुट बोल्दैन, तर झुटो साक्षीले झुटा कुराहरू निकाल्छ ।
בקש לץ חכמה ואין ודעת לנבון נקל׃ 6
गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन, जब कि समझदार व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ ।
לך מנגד לאיש כסיל ובל ידעת שפתי דעת׃ 7
मूर्ख मानिसबाट टाढै बस, किनकि तिमीले त्यसको ओठमा ज्ञान पाउने छैनौ ।
חכמת ערום הבין דרכו ואולת כסילים מרמה׃ 8
समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो ।
אולים יליץ אשם ובין ישרים רצון׃ 9
दोषबलि चढाइँदा मूर्खहरूले गिल्ला गर्छन्, तर सोझाहरूका बिचमा स्‍नेह बाँडचुँड गरिन्छ ।
לב יודע מרת נפשו ובשמחתו לא יתערב זר׃ 10
हृदयले यसको आफ्नै तिक्तता जान्दछ, र कुनै पनि परदेशीले यसको आनन्द बाँडचुँड गर्दैन ।
בית רשעים ישמד ואהל ישרים יפריח׃ 11
दुष्‍ट मानिसहरूको घर नष्‍ट पारिने छ, तर धर्मी मानिसहरूको पालमा फलिफा हुने छ ।
יש דרך ישר לפני איש ואחריתה דרכי מות׃ 12
कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ ।
גם בשחוק יכאב לב ואחריתה שמחה תוגה׃ 13
हृदयमा हाँसो भए तापनि वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ ।
מדרכיו ישבע סוג לב ומעליו איש טוב׃ 14
विश्‍वासयोग्य नभएको व्यक्तिले आफ्ना चालहरूको प्रतिफल भोग्‍ने छ, तर असल व्यक्तिले आफ्नो इनाम पाउने छ ।
פתי יאמין לכל דבר וערום יבין לאשרו׃ 15
बेवकूफ मानिसले हरेक कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना चालहरूबारे विचार गर्छ ।
חכם ירא וסר מרע וכסיל מתעבר ובוטח׃ 16
बुद्धिमान् मानिस डराएर दुष्‍टताबाट टाढै बस्छ, तर मूर्खले निश्‍चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।
קצר אפים יעשה אולת ואיש מזמות ישנא׃ 17
झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।
נחלו פתאים אולת וערומים יכתרו דעת׃ 18
बेसमझ मानिसले मूर्खता कमाउँछ, तर समझदार मानिसले ज्ञानको मुकुट पहिरिन्छ ।
שחו רעים לפני טובים ורשעים על שערי צדיק׃ 19
खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्‍ट मानिसहरू धर्मात्माका ढोकाहरूमा झुक्‍ने छन् ।
גם לרעהו ישנא רש ואהבי עשיר רבים׃ 20
आफ्नै मित्रहरूबाट समेत गरिब मानिसलाई घृणा गरिन्छ, तर धनी मानिसका धेरै साथीहरू हुन्छन् ।
בז לרעהו חוטא ומחונן עניים אשריו׃ 21
आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गरिरहेको हुन्छ, तर गरिबलाई स्‍नेह देखाउने आशिषित् हुन्छ ।
הלוא יתעו חרשי רע וחסד ואמת חרשי טוב׃ 22
के खराब युक्ति रच्नेहरू बरालिँदैनन् र? तर असल गर्ने योजना बनाउनेहरूले करारको विश्‍वसनीयता र भरोसा प्राप्‍त गर्ने छन् ।
בכל עצב יהיה מותר ודבר שפתים אך למחסור׃ 23
सबै कडा परिश्रमले लाभ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरिबीमा पुर्‍याउँछ ।
עטרת חכמים עשרם אולת כסילים אולת׃ 24
बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।
מציל נפשות עד אמת ויפח כזבים מרמה׃ 25
विश्‍वासयोग्य साक्षीले जीवन बचाउँछ, तर झुटो साक्षीले झुटा कुराहरू ओकल्छ ।
ביראת יהוה מבטח עז ולבניו יהיה מחסה׃ 26
परमप्रभुको भय मान्‍नेसित बढी निश्‍चयता हुन्छ । त्यस मानिसको छोराछोरीका निम्ति यो सुरक्षाको एउटा बलियो स्थानझैँ हुने छ ।
יראת יהוה מקור חיים לסור ממקשי מות׃ 27
परमप्रभुको भय जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्युका जालहरूबाट उम्कन्छ ।
ברב עם הדרת מלך ובאפס לאם מחתת רזון׃ 28
राजाको महिमा तिनका धेरै मानिसहरूको सङ्ख्यामा पाइन्छ, तर मानिसहरूविना राजकुमार नष्‍ट हुन्छ ।
ארך אפים רב תבונה וקצר רוח מרים אולת׃ 29
धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ ।
חיי בשרים לב מרפא ורקב עצמות קנאה׃ 30
शान्त हृदय शरीरको लागि जीवन हो, तर ईर्ष्याले हड्‍डीहरूलाई सडाउँछ ।
עשק דל חרף עשהו ומכבדו חנן אביון׃ 31
गरिबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्‍टिकर्तालाई सराप्छ, तर खाँचोमा परेकाहरूलाई स्‍नेह देखाउनेले उहाँको आदर गर्छ ।
ברעתו ידחה רשע וחסה במותו צדיק׃ 32
आफ्ना खराब कामहरूद्वारा दुष्‍ट मानिस तल खसालिन्छ, तर धर्मात्माले मृत्युमा समेत आश्रय पाउँछ ।
בלב נבון תנוח חכמה ובקרב כסילים תודע׃ 33
बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ ।
צדקה תרומם גוי וחסד לאמים חטאת׃ 34
धार्मिकताले देशलाई उचाल्छ, तर पाप कुनै पनि मानिसको लागि अपमानको कुरो हो ।
רצון מלך לעבד משכיל ועברתו תהיה מביש׃ 35
समझदारसित काम गर्ने नोकरमाथि राजाको स्‍नेह हुन्छ, तर लाजमर्दो तरिकाले काम गर्नेमाथि तिनको रिस पर्छ ।

< מִשְׁלֵי 14 >