< מִשְׁלֵי 10 >

משלי שלמה בן חכם ישמח אב ובן כסיל תוגת אמו׃ 1
सोलोमनको हितोपदेश । बुद्धिमान् छोरोले आफ्नो बुबालाई खुसी तुल्याउँछ, तर मूर्ख छोरोले आफ्नी आमामा शोक ल्याउँछ ।
לא יועילו אוצרות רשע וצדקה תציל ממות׃ 2
दुष्‍टताद्वारा जम्मा गरिएको धन-सम्पत्तिको कुनै मूल्य हुँदैन, तर ठिक गर्नाले तपाईंलाई मृत्युबाट जोगाउँछ ।
לא ירעיב יהוה נפש צדיק והות רשעים יהדף׃ 3
परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्‍न, तर उहाँले दुष्‍टको इच्छालाई निराश तुल्याइदिनुहुन्छ ।
ראש עשה כף רמיה ויד חרוצים תעשיר׃ 4
अल्छे हातले मानिसलाई गरिब बनाउँछ, तर परिश्रमी मानिसको हातले धन-सम्पत्ति आर्जन गर्छ ।
אגר בקיץ בן משכיל נרדם בקציר בן מביש׃ 5
बुद्धिमान् छोरोले ग्रिष्म ऋतुमा फसल जोहो गर्छ, तर कटनीको समयमा सुत्‍नेले अपमान ल्याउँछ ।
ברכות לראש צדיק ופי רשעים יכסה חמס׃ 6
परमेश्‍वरका उपहारहरू धर्मी व्यक्तिको शिरमा पर्छन्, तर दुष्‍टहरूको मुख हिंसाले ढाकिएको हुन्छ ।
זכר צדיק לברכה ושם רשעים ירקב׃ 7
धर्मी व्यक्तिलाई सम्झनेहरूलाई उसले खुसी तुल्याउँछ, तर दुष्‍टहरूको नामचाहिँ सडेर जाने छ ।
חכם לב יקח מצות ואויל שפתים ילבט׃ 8
संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्‍ट हुने छ ।
הולך בתם ילך בטח ומעקש דרכיו יודע׃ 9
निष्‍ठामा हिँड्ने सुरक्षामा हिँड्छ, तर आफ्ना मार्गहरूलाई टेडो बनाउने पक्राउमा पर्ने छ ।
קרץ עין יתן עצבת ואויל שפתים ילבט׃ 10
द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक निम्त्याउँछ, तर बकबके मूर्ख फ्याँकिने छ ।
מקור חיים פי צדיק ופי רשעים יכסה חמס׃ 11
धर्मात्माको मुख जीवनको पानीको फुहारा हो, तर दुष्‍टहरूको मुखमा हिंसा लुकेको हुन्छ ।
שנאה תעורר מדנים ועל כל פשעים תכסה אהבה׃ 12
घृणाले द्वन्द्व निम्त्याउँछ, तर प्रेमले सबै कुकर्मलाई ढाकिदिन्छ ।
בשפתי נבון תמצא חכמה ושבט לגו חסר לב׃ 13
बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो ।
חכמים יצפנו דעת ופי אויל מחתה קרבה׃ 14
बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।
הון עשיר קרית עזו מחתת דלים רישם׃ 15
धनी मानिसको सम्पत्ति उसको किल्लाबन्दी गरिएको सहर हो, तर गरिबहरूको गरिबी तिनीहरूको विनाश हो ।
פעלת צדיק לחיים תבואת רשע לחטאת׃ 16
धर्मी मानिसको ज्यालाले जीवनमा पुर्‍याउँछ, तर दुष्‍टहरूको लाभले पापमा पुर्‍याउँछ ।
ארח לחיים שומר מוסר ועוזב תוכחת מתעה׃ 17
अनुशासनलाई पछ्याउनेको लागि जीवनको मार्ग छ, तर सुधारलाई इन्कार गर्ने कुबाटोमा लगिन्छ ।
מכסה שנאה שפתי שקר ומוצא דבה הוא כסיל׃ 18
घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो ।
ברב דברים לא יחדל פשע וחשך שפתיו משכיל׃ 19
जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।
כסף נבחר לשון צדיק לב רשעים כמעט׃ 20
धर्मी व्यक्तिको जिब्रो शुद्ध चाँदी हो, तर दुष्‍टहरूको हृदयमा थोरै मूल्य हुन्छ ।
שפתי צדיק ירעו רבים ואוילים בחסר לב ימותו׃ 21
धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्‍त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् ।
ברכת יהוה היא תעשיר ולא יוסף עצב עמה׃ 22
परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्यसमा दुःखकष्‍ट थप्‍नुहुन्‍न ।
כשחוק לכסיל עשות זמה וחכמה לאיש תבונה׃ 23
दुष्‍टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो ।
מגורת רשע היא תבואנו ותאות צדיקים יתן׃ 24
दुष्‍ट व्यक्तिको डरले त्यसलाई उछिन्‍ने छ, तर धर्मी व्यक्तिको इच्छा पुरा हुने छ ।
כעבור סופה ואין רשע וצדיק יסוד עולם׃ 25
दुष्‍टहरू बितिजाने आँधीबेहरीझैँ हुन्, र तिनीहरू रहँदैनन्, तर धर्मात्माचाहिँ सदा टिकिरहने जग हो ।
כחמץ לשנים וכעשן לעינים כן העצל לשלחיו׃ 26
दाँतमा सिर्का र आँखामा धुवाँजस्तै अल्छे आफूलाई पठाउनेहरूका निम्ति त्यस्तै हुन्छ ।
יראת יהוה תוסיף ימים ושנות רשעים תקצרנה׃ 27
परमप्रभुले भयले जीवनको आयु लम्ब्याउँछ, तर दुष्‍टको आयु छोटिने छ ।
תוחלת צדיקים שמחה ותקות רשעים תאבד׃ 28
धर्मी मानिसहरूको आशा तिनीहरूको आनन्द हो, तर दुष्‍ट मानिसहरूको आयु छोटिने छ ।
מעוז לתם דרך יהוה ומחתה לפעלי און׃ 29
परमप्रभुको मार्गले निष्‍ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्‍टको लागि यो विनाश हो ।
צדיק לעולם בל ימוט ורשעים לא ישכנו ארץ׃ 30
धर्मात्मा कहिल्यै उखेलिने छैन, तर दुष्‍टचाहिँ पृथ्वी रहने छैन ।
פי צדיק ינוב חכמה ולשון תהפכות תכרת׃ 31
धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्छ, तर भड्काउने जिब्रो काटिने छ ।
שפתי צדיק ידעון רצון ופי רשעים תהפכות׃ 32
धर्मात्माको ओठले स्वीकारयोग्य कुरा जान्दछ, तर दुष्‍टको मुखले बाङ्गोटिङ्गो कुरा मात्र जान्दछ ।

< מִשְׁלֵי 10 >